परिचय

परिचय

सुन्तलाजात फलफूल भन्नाले फलको बोक्रामा स–साना तेलले भरिएको छिद्रहरू हुन्छन्, जुन काँचो अवस्थामा हरियो भए पछि फल विकास हुँदै जाँदा आ–आफ्नो जातीय गुण अनुसारको बोक्राको रंग परिवर्तन हुँदै जान्छ । फल भित्र ९ देखि १२ सम्म केस्राहरू हुन्छन । केस्राहरू भित्र स–साना बिजुलाहरू हुन्छन् जस भित्र रसले भरिएको हुन्छ । यसको बिच बिचमा जातीय गुण अनुसार केहि सिडलेस जातहरू बाहेक धेरै/थोरै बिउहरू हुन्छन् । यस्तो समुहमा पर्ने फलहरूलाई सुन्तलाजात फलफूल भनिन्छ । सुन्तलाजात फलफूललाई पनि यसको स्वाद अनुसार दुई भागमा बाँड्न सकिन्छ ।

(क) गुलियो स्वाद भएको समूहको फल काँचो हुँदा अमिलो स्वाद हुने, फलको विकास साथ साथै बोक्राको रंगमा परिवर्तन र फलमा गुलियोपनको पनि विकास हुँदै जान्छ र परिपक्क भई पाकेपछि गुलीयो फल हुन्छ । यसमा सुन्तला, जुनार, भोगटे, ग्रेपफ्रुट, चाक्सी र मुन्तला पर्दछन् ।

(ख) अमिलो स्वाद भएकाहरू कागती (सुनकागती), युरेका (चस्मे कागती), निबुवा, बिमिरो, कालीज्यामी, नाईटेज्यामिर र तिनपाते सुन्तला (जस्को फल खान लायकको हुँदैन तर यसको बिउ रुटस्टकको लागि प्रयोग हुन्छ) आदि पर्दछन ।

देशका तराई देखि पाहाडका ६० जिल्लामा कागतीको उत्पादन हुने गरेको भएता पनि व्यावसायिक उत्पादन हुने जिल्लाहरू थोरै रहेका छन् । उत्पादन क्षेत्र पूर्वदेखि पश्चिमसम्म छरिएर रहेका र देशभित्र निर्वाहमुखी कृषि भएकोले कागती बजारमा आउन सकेको छैन र आएको उत्पादित कागतीले बजारको माग पुरा गर्न सकेको छैन । नेपालको शहर बजारको कागती मागको करिब ९० प्रतिशत हिस्सा भारतबाट आयात भई आपूर्ति भैरहेको छ। तसर्थ कागतीमा आत्मनिर्भर हुनका लागि विगतमा अवलम्बन गरेको नीति तथा कार्यक्रमको समिक्षा गरी नयाँ दृष्टिकोणका साथ भविष्यका लागि कार्यक्रम तर्जुमा गर्नु आजको आवश्यकता भएको छ ।

उत्पति र वर्गीकरण

सुन्तलाजात फलफूलको उत्पति करिब ३ करोड वर्ष पहिले यस पृथ्वीमा भएको होला । निश्चित रूपले यहि फलका लागि स्पष्ट प्रमाण र जानकारी प्राप्त छैन । चिनिया ग्रन्थहरूमा ईसा पूर्व २००० वर्ष पहिले नै उल्लेख छ । सुन्तलाजात फलफूलको उत्पति बारे धेरै मत भिन्नता छ तापनि यस (citrus) वंशका धेरै जातिहरू (species) हिमाल क्षेत्र, दक्षिण पूर्वी एशिया र मलाया आर्चिपेलागोका उष्ण र उपोष्ण भागका वासिन्दा हुन् भन्नेमा सबैको एक मत छ । नेपाल हिमाली क्षेत्रको पूर्वी भागमा अवस्थित छ, चिनसँग जोडिएको व्यापार एतिहासिक छ । केही सुन्तलाजात फलफूलको उत्पति स्थान आसाम र यु.पि. पनि रहेको दावी गरिन्छ जुन नेपालसँग जोडिएको छ ।

डि.कोन्डोल (ई.सन् १८८६) को भनाई अनुसार सुन्तलाजात फलफूलको उत्पति भारतको उत्तरी पूर्वी भाग वा दक्षिणी चिनमा कहिँ हुनु पर्दछ । जस अनुसार सो क्षेत्रमा नेपाल पनि पर्दछ । नेपालमा कागतीका विभिन्न प्रजातीहरू पूर्व देखि पश्चिम सम्म नै आदि काल देखि पाईन्छ । बोनाभिया (सन १८९०) का अनुसार सुन्तला बुटवल (नेपाल) मा अर्ध जंगली अवस्थामा भइरहेको पाईयो र सम्भवत: १९२९ मा टानकाले सुन्तला नेपालको आफ्नै वासिन्दा (indigenous) हो भनि पुष्ट्याई गरेका हुन ।

निबु र निबुवा

निबुवाको उत्पति पूर्वी हिमाली क्षेत्रमा भएको विश्वास गरिन्छ । बोनाभियाको अनुसार मलाया निबुवाको बासस्थान हो । यो भारतको बासिन्दा हो र नेपाल पनि । हडसनका अनुसार निबुवाको उत्पति जरुर पूर्वी हिमालय क्षेत्रमा भएको हुनु पर्दछ भनेका छन ।

कागती

कागती र निबुवाको नामाकरण शुरुको समयमा दुविधाको कारणले गर्दा शुरु ईतिहास खोज्न गाह्रो परेको छ । टानका ले यसलाई मलायामा निबुवाको ईतिहास संग जोडेका छन र भारतीय उत्पतिको भन्न खोजेको पाईन्छ । भारतमा जङ्गली अवस्थामा पाईदैन तर नेपालको मध्यवर्ती पाहाडी भागमा स्थानिय जातको रूपमा विभिन्न प्रकारका प्रजाति पाईन्छ जुन खोज गर्न जरुरी छ ।

कागतीको उपयोगीता
  • कागतीको ताजा फल आयुर्वेदिक दृष्टिले धेरै उत्तम मानिन्छ । कागतीमा भिटामिन सि प्रसस्त पाईने हुनाले रोग निवारक फल मानिन्छ।
  • कागतीमा साईट्रिक एसिड,पोटास, फोसफरस, भिटामिन ए, बि, सि, फलाम, म्याग्नेसियम, सोडियम, तामा, क्लोरीन र प्रोटिन पाईन्छ ।
  • भिटामिन सि, र पोटासियम एक आपसमा घुलनशिल हुने भएकोले बढी खाँदा पनी बेफाईदा हुँदैन ।
  • शरिरमा रगत कम हुने व्यक्तिलाई नियमित सेवनले फाईदा गर्छ ।
  • कागतीको नियमित सेवनले अपच, पेटका सबै जसो विकार निष्काशन गर्न सहयोग गर्छ।
  • स्कर्भी रोगको औषधि हो ।
  • कब्जियत, उच्चरक्तचाप हटाउँछ ।
  • खानामा रुचि, मोटोपन घटाउने, गिजा सुनिने रोग, टन्सिल, मुखको घाउ, डण्डिफोर निको पार्छ ।
  • पित्तको सफाई गर्ने, बाथ रोग निको पार्न सहयोग गर्छ ।
  • रगत सफा गर्न सहयोग गर्छ ।
नेपालमा कागती खेती व्यावसायिक रूपमा विस्तार नहुनुका कारणहरू
  • कृषकहरूमा व्यासायिक सोच नहुनु ।
  • करेसाबारी खेतीमा सिमित, कम उर्वर,रुखो जमिनमा खेती गरिनु ।
  • बेमौसमी जातको अभाव ।
  • कृषक वर्गमा प्राविधिक ज्ञानको कमीको साथै प्राविधिक ज्ञानलाई महत्व नदिनु।
  • गुणस्तरिय बिरुवा उत्पादनको कमी ।
  • व्वयासायिक खेती विस्तार सम्बन्धि नीति नहुनु ।
  • बाली बिमा व्यवस्थित रूपमा लागु नहुनु ।
  • रोग, किराहरूको समस्या ।

जातहरु

कागतीका प्रकार

मुख्य रूपमा कागती दुई प्रकारका हुन्छन्, अमिलो र गुलियो कागती । गुलियो कागतीलाई चाक्सी भनिन्छ। यसको अंग्रेजी नाम Sweet lime र वैज्ञानिक नाम Citrus limmetoides हो। नेपालमा चाक्सीका बोट फाट्टफुट्ट रूपमा कतै कतै पाईन्छन्।

अमिलो कागती (Acid lime) दुई प्रकारका हुन्छन् जस्तै;

साना फल हुने कागती (Small fruited lime)

नेपालमा खेती हुने कागती यसै खालका साना प्रकारका कागती हुन् । यसको वैज्ञानिक नाम Citrus aurantifolia हो । नेपालमा यस प्रकारका कागतीलाई पहाडी कागती वा सुन कागती भनिन्छ । मद्रासी कागती तथा बनारसी कागती पनि यसै प्रकारका कागती हुन । साधारण बोलिचालीको भाषामा कागती भन्नाले साना फल हुने कागतीलाई जनाउछ।

ठुला फल हुने कागती (Large fruited lime)

यस प्रसकारका कागतीको उत्पत्ति साना फल हुने कागती र निबुवा (lemon) प्रजातीका बालीको बिचमा क्रस भएर वर्णशंकर भई उत्पत्ति भएको मानिन्छ । यसको वैज्ञानिक नाम Citrus latifolia हो । यस प्रकारका कागतीको खेती युरोप र अमेरीकामा हुने गरेको छ । गर्मी हावापानीमा हुने युरेका कागती वा चस्मे कागती वनस्पतिक वर्गिकरणको दृष्टिकाणले निवुवा वा लेमन (Citrus lemon)  प्रजातीमा परे पनि यिनका फलको साईज, आकार र प्रयोजन पनि कागतीको जस्तै भएकाले बोलीचालीमा यिनीहरूलाई पनि कागती नै भन्ने गरेको पाईन्छ ।

तेह्रथुम स्थानीय तथा अन्य स्थानीय
  • तेह्रथुम जिल्लाको फाम्चामारा गा.वि.स.का कृषकहरूको बगैचाबाट छनौट गरिएको स्थानीय जात हो ।
  • ८०० देखि १४०० मिटर उचाईसम्म खेती गरेर गुणस्तरीय उत्पादन लिन सकिन्छ ।
  • फल पाक्ने समय असोज-कार्तिक ।
  • कागती फलको आकार गोलो हुन्छ भने बोक्रा नरम र पातलो पाके पछि पहेलो भएर जान्छ ।
  • कागती फलको तौल ४० देखि ५० ग्रामको हुन्छ ।
  • कागतीको रसमा ७ देखि ९ प्रतिशत अमिलोपन हुन्छ ।
  • यस जातको बिरुवा २.५ देखि ३ मिटर सम्मको उचाई हुन्छ भने कलमी बिरुवा रोपेको ३-४ वर्ष मा फल्ने गर्छ ।
सिडलेस
  • फलमा बियाँ हुदैन ।
  • ८०० देखि १४०० मिटर उचाईसम्म खेती गरेर गुणस्तरीय उत्पादन लिन सकिन्छ ।
  • फल पाक्ने समय असोज-कार्तिक ।
  • कागती फलको आकार गोलो हुन्छ भने बोक्रा नरम र पातलो पाके पछि पहेलो भएर जान्छ ।
  • कागती फलको तौल ४० देखि ५० ग्रामको हुन्छ ।
  • कागतीको रसमा ७ देखि ९ प्रतिसत अमिलोपन हुन्छ ।
  • यस जातको बिरुवा २.५ देखि ३ मिटर सम्मको उचाई हुन्छ भने कलमी बिरुवा रोपेको ३-४ वर्ष मा फल्ने गर्छ ।
NCRP-55 (सुनकागती १)
  • तराई, भित्रिमधेश, बेसी, खोच र तटीय क्षेत्रको लागी सिफारीस गरेको नयाँ जात हो।
  • मौसमी र बेमौसमी फुल लाग्ने हुँदा असार देखि भाद्र सम्म मुख्य बाली हुने तर वर्षै भरी केहि फल दिई रहने हुन्छ ।
  • फलको आकार गोलो, पातलो बोक्रा भएको चिल्लो फल पाके पछि पहेलो रसिलो बास्नादार हुन्छ ।
  • कागती फलको तौल ५० देखि ५५ ग्रामको हुन्छ ।
  • कागतीको रसमा ७ प्रतिशत अमिलोपन हुन्छ।
  • यस जातको बिरुवा ३ देखि ३.५ मिटर सम्मको उचाई हुन्छ भने कलमी बिरुवा रोपेको ३ –४ वर्ष मा फल्ने गर्छ ।
  • उत्पादन ३४.५ टन प्रति हेक्टर ।
  • क्याङकर रोग सहने क्षमता भएको ।
NCRP-49 (सुनकागती २)
  • तराई, भित्रिमधेश, बेसी, खोच र तटीय क्षेत्रको लागी सिफारीस गरेको नयाँ जात हो ।
  • मौसमी र बेमौसमी फुल लाग्ने हुँदा असार देखि भाद्र सम्म मुख्य बाली हुने तर वर्षै भरी केहि फल दिई रहने हुन्छ ।
  • फलको आकार गोलो, पातलो बोक्रा भएको चिल्लो फल पाके पछि पहेलो रसिलो बास्नादार हुन्छ ।
  • कागती फलको तौल ५० देखि ५५ ग्रामको हुन्छ ।
  • कागतीको रसमा ७ देखि ७.१ प्रतिशत अमिलोपन हुन्छ ।
  • यस जातको बिरुवा २.५ देखि ३ मिटर सम्मको उचाई हुन्छ भने कलमी बिरुवा रोपेको ३ –४ वर्ष मा फल्ने गर्छ ।
  • उत्पादन २६.९ टन प्रति हेक्टर ।
युरेका
  • बोटमा काँडा कम हुने र पात तेह्रथुम स्थानीय भन्दा ठूलो हुन्छ ।
  • फलको भेट्नु तिर चुच्चो परी केहि बाहिर निस्केको हुन्छ ।
  • फलको तौल ८० देखि १०० ग्राम सम्म हुन्छ।
  • यो जात पाहाडमा भन्दा तराईमा धेरै प्रचलित छ ।
  • बास्ना कम आउने हुनाले बजारमा माग कम छ ।
  • मध्यपाहाडमा साउन भदौमा पाक्छ तर तराईमा वर्ष भरी नै फल्छ ।
NCRP 53
  • तराई, भित्रिमधेश, बेसी, खोच र तटीय क्षेत्रको लागी सिफारीस गरेको नयाँ जात हो ।
  • मौसमी र बेमौसमी फुल लाग्ने हुँदा जेठ देखि असार सम्म मुख्य बाली हुने तर वर्षै भरी केहि फल दिई रहने हुन्छ ।
  • फलको आकार गोलो, पातलो बोक्रा भएको चिल्लो फल पाके पछि पहेलो रसिलो बास्नादार हुन्छ ।
  • कागती फलको तौल ९० देखि १०० ग्रामको हुन्छ ।
  • कागतीको रसमा ६.४ देखि ६.५ प्रतिशत अमिलोपन हुन्छ ।
  • यस जातको बिरुवा ३ देखि ४ मिटर सम्मको उचाई हुन्छ भने कलमी बिरुवा रोपेको ३-४ वर्ष मा फल्ने गर्छ ।

आवश्यकता

हावापानी

नेपालको भौगोलीक दृष्टिकोणले उच्च पहाडी जिल्ला बाहेक अन्य जिल्लाहरूमा यसको सफलता पूर्वक व्यावसायिक खेती गर्न सकिन्छ । नेपालमा कागतीको जात अनुसार गुणस्तरीय फल उत्पादनको लागी १०० मिटर देखि १४०० मिटर सम्मको हावापानी उपयुक्त पाईएको छ । यस भित्र तराई, बेसी, खोच देखि लिएर मध्य पहाडी भागहरू पर्दछ । कागती बिरुवाको जिवन चक्र वृद्धि उष्ण र समउष्ण हावापानीमा राम्रो हुन्छ । जुन हावापानी तराई क्षेत्र, मध्य पहाडी क्षेत्र र उच्च पहाडी जिल्लाहरूको तुषारो नपर्ने, जाडो महिनामा तापक्रम सुन्य डिग्री भन्दा तल नजाने, वार्षिक ८०० देखि १२०० मिलि मिटर सम्म पानी पर्ने, हुस्सु नलाग्ने, दैनिक ८-१० घण्टा घाम लाग्ने र १० देखि ३५ डि.से बिचको तापक्रम भएको स्थानहरू व्यवसायिक कागती खेतीको लागि अति उपयुक्त मान्न सकिन्छ ।

माटो

माटोको रासायनिक/भौतिक गुण व्यवसायिक कागती खेतीको लागि ज्यादै महत्वपूर्ण भूमिका रहेको हुन्छ । हलुका खालको माटो, जमिन मुनी र सतही पानीको समस्या नभएको, एकै खालको माटो गहिराई धेरै तल सम्म भएको माटो व्यावसायिक कागती खेतीका लागि उपयुक्त हुन्छ । चिम्टाईलो पदार्थ बढी भएको माटोमा पानी जम्ने हुँदा यस्तो माटो कागती खेतीलाई राम्रो मानिदैन । हलुका बालुवा वा ज्यादै गह्रो खालको माटो राम्रो हुँदैन । चिम्टाईलो माटोको लागि प्रांगारिक मलको बढी प्रयोग गरी हलुका बनाउन सकिन्छ भने हलुका बलौटे माटोमा पानी र मलखाद अढ्याउन प्रांगारिक मलखादको प्रयोग गरी गुणस्तरमा सुधार गर्न सकिन्छ । माटोको पि. एच ५.५ देखि ६.५ सम्म भएको २ मिटर गहिराई सम्म पनि ठूलो ठूलो ढुङ्गा नभएको माटोमा व्यावसायिक कागती खेतीको लागी अति उपयुत्त हुन्छ । तराइको जिल्लाहरूमा जमीन मुनीको पानीको समस्या भएमा त्यसलाई आन्तरिक निकासको व्यवस्था गर्ने र सतही पानीको समस्या भएमा कुलो काटी पानी तर्काई समस्याको समाधान गर्न सकिन्छ ।

नर्सरी व्यवस्थापन

बिरुवा उत्पादन

बिरुवा उत्पादन गर्दा बडउड सर्टिफिकेसन प्रविधि अपनाई गर्नु पर्दछ। जस अनुसार माउबोट रोगमुक्त छ भनी प्रमाणित गरिएको हुन्छ भने रुटस्टक पनि जाली घर भित्र उमारी, हुर्काई, कलमी गरे पछि पनि जाली घर भित्र नै हुर्काई बिक्रि गरिन्छ । बिजु बिरुवा पनि त्यसरी नै जाली घर भित्र हुर्काइन्छ । बिरुवा दुई तरिका बाट उत्पादन गरिन्छ ।

अलैङ्गिक विधिबाट बिरुवा

वनस्पतिक प्रसारण प्रविधि (ग्राफ्टिंग/बडिङ्ग) बाट बिरुवा उत्पादन गरिएको हुन्छ । यो प्रविधिबाट उत्पादन गरिएको विरुवा माउबोट जस्तो हुने, जातीय शुद्धता कायम हुने, छिटो फल दिने हुन्छ, काँडा कम हुने, रोग सहने शक्ति भएको र जरा राम्रोसँग फैलिन सक्ने हुन्छ ।

लैङ्गिक विधि बिजु बिरुवा

सुन्तलाजात फलफूलमा बिजु भन्नाले बिउ बाट उत्पादित तर गर्भधारण (fertilization) बिना नै उत्पादित बिरुवा अर्थात् न्यू सेलर लाई बुझिन्छ । न्यूसेलर बिरुवा जोसिला एकनासका हुन्छन् र कलमीमा जस्तै जातिय शुद्धता हुन्छ । अन्य सुन्तला जात फलफूल भन्दा कागती बिजु बिरुवा छिटो फल्ने हुन्छन् । बिरुवा रोपेको ३–४ वर्षबाट नै उत्पादन दिन शुरु गर्दछ तर जरा कुहिने रोग लाग्न सक्छ । विषाणु रहित हुन्छन्।

जग्गा तयारी

बगैंचा स्थलको छनौट

जमिनको छनौट गर्दा जमिनको मोहडा, सिँचाई, जमिनको उचाई, सुर्यको प्रकाश, तापक्रम, यातायात, बजार आदिलाई विचार गर्नु पर्दछ । सिंचाई सुविधा छैन भने जग्गाको मोहडामा ध्यान दिनु आवश्यक हुन्छ किन भने पहाडी जिल्लाहरूको जग्गामा मोहडा अनुसार घाम कम बेसी लाग्ने हुन्छ । सिंचाई सुविधा नभएको दक्षिण मोहडा भएमा जमिन धेरै सुख्खा हुन्छ । सिँचाई सुविधा छैन भने उत्तर पूर्व, मोहडा भएको जग्गामा उत्पादन राम्रो हुन्छ । सिँचाई सुविधा छैन भने गुणस्तरीय फल उत्पादन गर्न सकिदैन र बोटको आयू कम हुन्छ । त्यसैले सिँचाई सुविधा छ भने दक्षिण-पूर्व मोहडा फर्किएको जग्गामा उच्च गुणस्तरीय कागती फल उत्पादन गर्न सकिन्छ । तर सिँचाई सुविधा छैन भने उत्तर मोहडाको जग्गामा पनि खेती गर्न सकिन्छ । दिनमा ८ देखि १० घण्टा घाम लाग्ने, यातायातको सुविधा भएको हुनु पर्दछ । यातायातको सुविधा नभएमा उत्पादित वस्तुको बजार व्यवस्थापन गर्न गाह्रो हुने ढुवानी खर्च बढि लाग्ने हुन्छ । बगैंचा स्थापना गर्ने ठाउँ अनुसार कागती जात लगाउनु पर्दछ ।

बिरुवा रोप्ने समय र तरिका

कागतीका बिरुवा असार-श्रावणमा सार्नु राम्रो हुन्छ । सिँचाई सुविधा भएका ठाउँमा चैत्र वैशाखमा पनि सार्न सकिन्छ । बगैंचामा बिरुवा लगाउन चाहेको जात र किसिम स्पष्ट खुलेको भरपर्दो नर्सरीबाट रोग, किरा मुक्त १.५ फिट उचाई भएको, १.५–२ वर्षे बिरुवा, प्रशस्त मसिना जराहरू भएको रोप्नु पर्दछ । यसरी ल्याएको बिरुवाको जराहरू चोट पटक लागेको छ भने लाग्ने चक्कुले काटेर छाँट्नु पर्दछ । बिरुवा रोप्दा कलमी गरेको भाग माटो देखि १०–१५ से.मी माथि रहने गरी जराको भाग मात्र पुरी सिधा पारेर खाडल बिचमा रोप्नु पर्छ । वरीपरी राम्रोसँग खुट्टाले थिची दिने र सानो लठ्ठी गाडेर डोरीले बाध्ने साथै सिँचाई गरी दिने ।

श्यक बिरुवा संख्या

बोट लगाउने दुरी (मिटर) प्रति हे. बिरुवा संख्या
*४  ६२५
* ४००
रेखाङ्कन गर्ने तरिका

नयाँ बगैंचा स्थापनाको लागि छुट्याईएको जमिनमा रेखाङ्कन गरी फलफूलका बोटहरू लगाउनु पर्दछ । यसो गर्नाले बगैंचालाई आर्कषक बनाउनु मात्र नभई बिरुवाले प्रकाश, हावा, पानी, र खाद्य तत्वको प्रतिस्पर्धा बिना समुचित उपयोग गर्न पाउँदछन् र बगैंचा भित्र गरिने कृषि कर्म गर्न सजिलो र कम खर्च लाग्ने हुन्छ । कुनै पनि प्रणालीको रेखाङ्कन गर्दा सर्वप्रथम आधार रेखा तानेर मात्र थालनी गर्नु पर्दछ। आधार रेखा लिँदा जहिले पनि बाटो, पर्खाल, घर, पाटी, मन्दिर, नहर आदिको सहारा लिनु बेस हुन्छ । उक्त रेखा हुने सम्म लामो र सिधा पार्नु पर्दछ । दुवै तर्फका किलाहरूमा तन्कने गरी डोरी सिधा पार्नु पर्छ । फलफूलको किसिम, जमिनको आकार, माटोको किसिमको आधारमा तपसिल अनुसार रेखाङ्कन विधिहरू अपनाई फलफूलका बोटहरू लागाउन सकिन्छ । रेखाङ्कन गरी लगाइएको बगैंचा आकर्षक र बगैंचा व्यवस्थापन कार्य गर्न सजिलो हुन्छ । जग्गाको बनावट अनुसार बगैंचा रेखाङ्ककन विधि पनि फरक पर्दछ । केहि प्रचलित रेखाङ्कन विधि यस प्रकार छन्।

क) वर्गाकार तरिका

यो तरिकाबाट रेखाङ्कन गर्दा एक बोट देखि अर्को बोटको दुरी र एक लाईन देखि अर्को लाईनको दुरी बराबर राखिन्छ । रेखाङ्कन शुरु गर्दा पहिले सडक वा बार बन्देजसँग समानान्तर हुने गरी बोटको बिचमा राखिने आधा दुरी छोडेर आधार रेखा खिचिन्छ र त्यसमा ३,४,५ को सुत्र प्रयोग गरी ९० डिग्रीको कोण बनाई आधार रेखा तानिन्छ । यो तरिका प्राय ठुला गह्रा कान्ला वा समथर मिलेको जग्गामा गरिन्छ।

ख) आयतकार तरिका

एक बोट देखि अर्को बोटको दुरी र लाईन देखि लाईनको दुरी फरक राखी वर्गाकार जस्तै गरी रेखाङ्कन गर्ने तरिका लाई आयतकार तरिका भनिन्छ ।

ग) त्रिभुजाकार वा षट्कोणाकार तरिका

यो तरिकामा पनि पहिलो बाटो वा बारको करिब समानान्तरमा आधार रेखा खिचिन्छ । त्यसमा पनि पहिले बाटो वा बारको करिब समानान्तरमा आधार रेखा खिचिन्छ । त्यसमा फलफूलको किसिम अनुसारको दुरी कायम गरी चिन्ह लगाईन्छ । सँगैका दुई चिन्हबाट त्यही दुरी बराबरका दुई डोरीको छेउ जहाँ मिल्छ त्यहाँ एक चिन्ह (किला) लगाइन्छ । एवम्रितले अरु चिन्ह लगाउने काम बढाउँदै लगे पछि दोश्रो अधार रेखा तयार हुन्छ । त्यहि क्रमले अन्य अधार रेखाहरू बनाउदै जाँहा सम्पुर्ण क्षेत्रको रेखाङ्कन हुन्छ । यसमा प्रत्येक तिन बोटले त्रिभुज र एक केन्द्रमा पारेर वरपरका ५ बोटले षट्कोण बनाउँछन् । षट्कोण तरिकामा सबै बिरुवाको दुरी एक आपसमा बराबर हुन्छ तर त्रिभुजाकारमा नहुन पनि सक्छ । षट्कोणाकार तरिका बाट रेखाङ्कन गर्दा वर्गाकार तरिकामा भन्दा १५ प्रतिशत बढी बिरुवा त्यति नै जमिनमा रोप्न सकिन्छ ।

घ) गह्रा/कान्ला तरिका

प्राय पाहाडी क्षेत्र जहाँ खेत बारीहरू गह्रा–गह्रा परेका हुन्छन्, ति जग्गाहरूमा यो विधि अपनाईन्छ । यसमा एक लाईन देखि अर्को लाईनको दुरी बराबर राखिन्छ तर गह्रा–गह्रा को दुरी साँघुरो वा फराकिलो हुने भएकोले लाईन भित्र बिरुवा देखि बिरुवाको दुरी भने फरक पर्छ । यस तरिकाबाट रेखाङ्कन गर्दा सबभन्दा पुछार र सिरानमा डोरी टाँगी आधार रेखा तानेर ठिक्कको दुरीमा किला गाडी चिन्ह लगाई ले–आउट गरिन्छ । 

खाडल खन्ने र पुर्ने

रेखाङ्कन गरी निश्चित चिनो लगाएको ठाँउमा ३*३*३ फिटको लम्बाई चौडाई गहिराईको खाडल खन्नु पर्छ । खाडल खन्दा ठूला ढुंगा आएमा फोरेर हटाई दिनु पर्छ र माथिल्लो सतहको माटो एकतिर र तल्लो भागको माटो एकतिर राख्नु पर्छ । यसरी तयार गरेको खाल्डो ७–१० दिन खुल्ला राखि खाडलमा पातपतिङ्गर,स्याउला राखी आगो लगाउनु राम्रो हुन्छ । यसो गर्दा माटोमा भएका किरा तथा रोगका जिवाणुहरू नष्ट हुन्छन् । खाडल माटोले पुर्दा माथिल्लो सतहको माटो पहिला पुर्ने र तल्लो सतहको माटोमा ३०–४० के.जी.राम्रोसँग पाकेको कम्पोष्ट मल माटोमा मिसाई पुर्ने । यसरी जमिनको सतह भन्दा १५ से.मि अग्लो सतह हुने गरी पुर्नु पर्छ । खाडल पुरीसके पछि खाडलको बिचमा पर्ने गरी बिरुवा रोप्ने स्थानको लागी किल्लाको चिनो लगाउनु पर्छ । 

बिरुवाको छनौट

नेपालमा हालसम्म बिजु बिरुवाको प्रयोग गरी कागती खेती गरिने गरेको छ । तर बिजु बिरुवाको तुलनामा कलमी बिरुवाको प्रयोग गर्नु धेरै दृष्टिकाणले उपयुक्त हुन्छ । रोग, किरा मुक्त माउ बोटबाट बिउ संकलन गरी उत्पादन गरिएका बिरुवा राम्रो हुन्छ । कागतीका बिरुवा कलमी गर्न सुन्तला,जुनारमा जस्तै तीनपाते सुन्तला वा सिट्रेन्जका रुटस्टक प्रयोग गर्न सकिन्छ । कलमी बिरुवा चाँडो (तिन वर्षमा) फल्दछन्, जरा कुहिने रोग सहन सक्दछन् र छनौट गरिएका माउबोट जस्तै हुन्छन् । गुणस्तरीय बिरुवामा निम्न अनुसारका गुण हुनु पर्दछ ।

  • छनौट गरिएका स्वस्थ्य माउ बोटबाट सायन प्राप्त गरी कलमी गरेको ।
  • बेर्नाको जरा सिधा गई प्रशस्त मसिना जरा भएको ।
  • कलमी बिरुवा भए तिनपाते सुन्तलाको रुट–स्टक भएको ।
  • कलमी गरेपछि कम्तिमा १.५ वर्षको ।
  • छनौट गरिएका स्वस्थ्य माउबोटबाट सायन प्राप्त गरी कलमी गरेको ।
  • गुणस्तरीय रुटस्टकमा कलमी गरेको ।
  • ग्रिनिङ, क्यांकर र ट्रिस्ट्रेजा रोग नलागेका ।
  • कम्तिमा २ फिट उचाई भएका ।
  • कम्तिमा १५ से.मी. उचाईमा कलमी गरेको ।
  • कत्ले किरा नलागेका बिरुवा ।
  • लिफ माईनर नलागेको ।
  • बिजु बिरुवा भए स्वस्थ्य माउबोटबाट बिउ लिई उत्पादन गरेको ।

 

बाली व्यवस्थापन तथा हेरचाह

मलखाद व्यवस्थापन

बगैचा व्यवस्थापनको अर्को महत्वपुर्ण काम मलखादको प्रयोग हो । बिरुवाको उमेर, अवस्था र सिजन अनुसार मलखाद प्रयोगको तरिकामा फरक पर्दछ । फेरी कागतीको जराको प्रकृति पनि फरक भएकोले मलखाद प्रयोग गर्दा उचित तरिका पुगेन भने बोटले लिन सक्दैन । सामान्यतया नेपालमा कागती बगैंचामा मल प्रयोग गर्ने व्यावहारिक चलन छैन । फल टिपिसकेपछि अर्को वर्षको राम्रो उत्पादनको लागी मलजल गनुपर्ने हुन्छ । हाम्रो चलन चल्ती अनुसार र कगतीको बिरुवाको जिवन चक्र अनुसार पनि बगैंचामा पौष/माघमा मल दिनु पर्ने हुन्छ तर मल दिने समयमा बगैंचा सुख्खा भै बिरुवाको वरीपरी खन्दा पनि धुलो उड्ने हुन्छ । यस्तो माटोको अवस्थामा रासायनिक मल दिएर पनि बिरुवाले लिनसक्ने अवस्था हुँदैन जब सम्म सिँचाई गरिंदैन। प्राङ्गगारीक मल दिँदा पनि बिरुवाको वरीपरी खन्दा माटोमा भएको चिस्यान उढेर जाने खतरा हुन्छ । एक पल्ट वर्षा भएपछि वा सिँचाई दिएर मात्र प्राङ्गगारीक/ रासायनिक मल दिएमा मात्र बिरुवाले मल लिन सक्ने अवस्था हुन्छ अन्यथा अर्थिक क्षति मात्र हुनेछ ।

हामीले दिएको मल बिरुवाले अत्यधिक मात्रामा प्रयोग गरोस् भन्नको लागि बगैंचाको माटोमा चिस्यान अति आवश्यक हुन्छ । तर हाम्रो कागती बगैंचा मध्य पहाडी जिल्लाहरूमा जहाँ सिचाई सुविधा र मलिलो माटो हुँदैन त्यस्तो रुखो जग्गामा मात्र अधिकांशले कागती बगैंचा स्थापना गरेको पाईन्छ । त्यसैले पनि कागती फलको उत्पादकत्व अन्य राष्ट्रको तुलनामा धेरै कम छ । कागती बगैंचामा मलजलको व्यवस्थापन र रोग र किराको नियन्त्रण वार्षिक कार्य तालिका अनुसार सम्पूर्ण कार्य गरे कागती बगैंचाको ह्रास बाट जोगाई उत्पादकत्व बढाउन सकिने ठाँउ धेरै छ । बगैंचा व्यवस्थापन बिरुवाको जिवन चक्र विचार गरेर संचालन गर्न सक्यौ भने १०-१५ प्रतिशत उत्पादकत्व बढाउन सकिन्छ र कागती बगैंचाबाट अझ राम्रो अर्थिक लाभ लिन सकिन्छ ।

हाल नेपालको जलवायु अनुसार पुष, माघ र फागुन महिनामा अत्यन्त कम मात्रामा वर्षा हुने, कतै त वर्षा नै नहुने यस्तो अवस्था छ भने कागती बगैंचा माघ र फागुन महिनाको दोश्रो हप्ता सम्ममा मल दिईसक्नु बिरुवाको जिवन चक्र अनुसार अति आवश्यक हुन्छ । किनभने चैत्र देखि नै फूल फुल्न सुरु गर्छ । बिरुवालाई फूल फुल्न भन्दा अघि मल जलको अति आवश्यक हुन्छ । तर मल दिउ भने सुख्खा मौसम छ; मल बिरुवाले लिने भन्दा वाष्पिकरण भए बढी खर्च हुन्छ, साथ साथै माटोमा अलिकति भएको चिस्यान पनि नास हुन्छ । यस्तो अवस्थामा माटोमा चिस्यानको कमीको चिन्ताले बिरुवाले बढि भन्दा बढि फूल फुल्ने र पछि गएर धेरै जसो फुल/ फल झर्ने गर्दछ । किनभने बिरुवालाई आवश्यक मात्रामा चाहिने खाद्यतत्व (मल/ जल) र चिस्यानको कमी हुन्छ ।

यस्तो अवस्थाले गर्दा कागती बगैंचा ह्रासको लक्षण विकास हुने र उत्पादकत्व कम हुँदै जाने अन्तमा बिरुवा नै मर्ने अवस्थामा पुग्छ । त्यसैले जँहा सिचाई सुविधा छ त्यहाँ सिँचाई दिएर मात्र पहिला रासायनिक मल दिने र प्राङ्गगारीक मल बिरुवाको हाँगा फिजिएको तपकेना भित्र बेसिन बनाई मल दिने र मल्चिङ्ग अनिवार्य गर्ने । सिँचाई सुविधा नभएका ठाउँमा फल टिपी सक्ने बितिकै न्यु लाईट झोल मल ५ एम. एल प्रति लिटर पानीमा वा सिबा लिब स्प्रे २११, २ दखि ४ एम. एल प्रति लिटर पानीमा वा माइक्रो र्फट ५ ग्राम प्रति लिटर पानीमा वा युरिया मल ३/ ४ ग्राम प्रति लिटरमा मिसाई १५/१५ दिनको फरकमा ३/४ पल्ट बिरुवाको सबै पातहरू राम्रोसँग भिज्ने गरी स्प्रे गर्ने ।

आ-आफ्नो ठाँउ अनुसार नयाँ पालुवा आउने समय फरक पर्ने हुँदा नयाँ पालुवा आउने भन्दा दुई हप्ता अघिनै छरी सक्नु राम्रो हुन्छ । व्यावसायिक रूपमा कागती खेती गर्दा यहाँ उल्लेख भए अनुसार दुई तरिकाबाट मल प्रयोग गर्न सकिन्छ ।

माटोमा मलखाद प्रयोग (जराबाट खाद्य तत्व अवशोषण)

  • मलखाद प्रयोग गर्दा बोट वरिपरी बेसिनमा पर्ने गरी प्रयोग गर्ने ।
  • रायासनिक मल दिनेबेला मूल फेंदमा नपर्ने गरी फेंद देखि करिब एक हात परबाट दिने ।
  • माटोको गुणस्तर कायम राख्न हरेक ३/४ वर्षको अन्तरालमा कृषि चुन प्रयोग गर्नुपर्छ ।
  • कागतीका खाद्य तत्व तान्ने जरा मध्य करिब ८०–९५ प्रतिशत जरा जमिन देखि १०/१२ से.मि. तल हुन्छ त्यसैले धेरै गहिरो खन्ने र तल मल दिनुहुँदैन ।

बोटमा झोल मलको प्रयोग (पातबाट खाद्य–तत्व अवशोषण)

  • सुक्ष्म खाद्य–तत्व र युरिया मल (०.२५५ भन्दा कम वाईयुरेट भएको) पानीमा मिलाएर स्प्रे गरेर दिईन्छ ।
  • जुनसुकै किसिमको मललाई पनि पानीमा घोलेर छर्न सकिन्छ तर ति मलहरू पानीमा सजिलै घुलनशील रासायनिक प्रतिकृयामा मध्यम (neutral) हुनुपर्छ ।
  • मललाई पातमा छर्दा पातको उमेर र नयाँ मुना कलिलो हुनुपर्छ । धेरै कलिलो वा धेरै छिप्पिएको हुनुहुँदैन ।
  • एक पटक मात्र छर्नु भन्दा उपयुक्त समय मिलाएर पटक पटक तर कम मात्रा मिलाएर छर्नु राम्रो हुन्छ ।

विरुवाको उमेर र रासायनिक मलको मात्रा

बिरुवाको उमेर युरिया (ग्राम) डि.ए.पि. (ग्राम) पोटास(ग्राम)
५० २५ ५०
१०० ५० १००
१५० ७५ १५०
२०० १०० २००
२५० १२५ २५०
३०० १५० ३००
३५० १७५ ३५०
४०० २०० ४००
४५० २२५ ४५०
१० ५०० २५० ५००

नोट: यो मात्रा माटोको उर्वराशक्तिको आधारमा घटबढ गर्न सकिन्छ ।

प्रांगारिक मलका फाईदा र बेफाईदाहरू

क्र.स. फाईदाहरू बेफाईदाहरू
माटोको बनोट सुधार गर्छ खाद्य तत्वहरू न्यून मात्रा हुन्छ
माटो खुकुलो पार्छ खाद्य तत्व बिस्तारै उपलब्ध हुन्छ
खाद्य तत्व लामो समय सम्म उपलब्ध हुन्छ धेरै परिमाणमा प्रयोग गर्नु पर्छ
स्थानिय स्तरमा तयार गर्न सकिने राम्रोसँग नकुहिएको प्रयोग गरेमा कीराको प्रकोप बढने

रासायनिक मलको गुणस्तर जाँच गर्ने घरेलु तरिका

युरिया

  • एक गिलास पानीमा एक चम्चा युरिया हाली चलाउने, यदि राम्रोसँग घुल्यो भने गुणस्तर राम्रो।
  • तातो तावामा राख्दा पहेलोपन  आउँछ र पछि उडेर जान्छ ।

डि.ए.पि.

  • हातमा मल लिएर खैनी जस्तै चुना मिसाएर माडदा पिरो राग आयो भने गुणस्तर राम्रो ।
  • तवामा तताउँदा दाना फुल्छ ।

म्युरेट अफ पोटास

  • सफा पानीमा मल हाल्दा मलको रातो भाग तैरिन्छ । मलको दाना भिजाउँदा आपसमा नटाँसिने ।

सुक्ष्म–तत्व व्यवस्थापन

प्रति फल्ने बोट सुक्ष्म–तत्वहरूको मिश्रण जिन्क सल्फेट–१०० ग्राम, कपर सल्फेट–६० ग्राम, म्याग्नेसियम सल्फेट–४० ग्राम, फेरस सल्फेट–४० ग्राम, म्यांगानीज सल्फेट–४० ग्राम, चूना १८० ग्राम र पानीको मात्रा: २० लिटर

प्रयोग विधिः सबै मललाई २० लि. पानीमा घोलेर २५ बोटलाई पुग्ने गरी छर्ने ।

प्रयोग गर्ने समयः सुक्ष्म तत्वहरूको मिश्रण छर्ने समय वैशाख–जेष्ठ

 

मलखाद व्यवस्थापन

बगैचा व्यवस्थापनको अर्को महत्वपुर्ण काम मलखादको प्रयोग हो । बिरुवाको उमेर, अवस्था र सिजन अनुसार मलखाद प्रयोगको तरिकामा फरक पर्दछ । फेरी कागतीको जराको प्रकृति पनि फरक भएकोले मलखाद प्रयोग गर्दा उचित तरिका पुगेन भने वोटले लिन सक्दैन । सामान्यतया नेपालमा कागती बगैचामा मल प्रयोग गर्ने ब्यवहारिक चलन छैन । फल टिपिसकेपछि अर्को वर्षको राम्रो उत्पादनको लागी मलजल गनुपर्ने हुन्छ । हाम्रो चलन चल्ती अनुसार र कगतीको बिरुवाको जिवन चक्र अनुसार पनि बगैंचामा पौष/माघमा मल दिनु पर्ने हुन्छ तर मल दिने समयमा बगैंचा सुख्खा भै बिरुवाको वरीपरी खन्दा पनि धुलो उडने हुन्छ । यस्तो माटोको अवस्थामा रासायनिक मल दिएर पनि बिरुवाले लिनसक्ने अवस्था हुदैन जब सम्म सिचाई गरीदैन । प्राङ्गगारीक मल दिदा पनि बिरुवाको वरीपरी खन्दा माटोमा भएको चिस्यान उढेर जाने खतरा हुन्छ । एक पल्ट वर्षा भएपछि वा सिचाई दिएर मात्र प्राङ्गगारीक/ रासायनिक मल दिएमा मात्र बिरुवाले मल लिन सक्ने अवस्था हुन्छ अन्यथा अर्थिक क्षेतिमात्र हुनेछ ।

हामीले दिएको मल बिरुवाले अत्यधिक मात्रामा प्रयोग गरोस भन्नाको लागि बगैंचाको माटोमा चिस्यान अति आवश्यक हुन्छ । तर हाम्रो कागती बगैंचा मध्य पहाडी जिल्लाहरूमा जहाँ सिचाई सुबिधा र मलिलो माटो हुँदैन त्यस्तो रुखो जग्गामा मात्र अधिकांशले कागती बगैंचा स्थापना गरेको पाईन्छ । त्यसैले पनि कागती फलको उत्पादकत्व अन्य राष्ट्रको तुलनामा धेरै कम छ । कागती बगैंचामा मलजलको ब्यबस्थापन र रोगरकीराको नियन्त्रण वार्षिक कार्यतालिका अनुसार सम्पूर्ण कार्य गरे कागती बगैंचाको ह्रास बाट जोगाई उत्पादकत्व बढाउन सकिने ठाँउ धेरै छ । बगैंचा ब्यबस्थापन बिरुवाको जिवन चक्र विचार गरेर संन्चालन गर्न सक्यौ भने १०-१५ प्रतिसत उत्पादकत्व बढाउन सकिन्छ र कागती बगैंचाबाट अझ राम्रो अर्थिक लाभ लिन सकिन्छ ।

हाल नेपालको जलवायु अनुसार पुष, माघ र फागुन महिनामा अत्यन्त कम मात्रामा वर्षा हुने, कतै त वर्षा नै नहुने यस्तो अवस्था छ भने कागती बगैंचा माघ र फागुन महिना को दोश्रो हप्ता सम्ममा मल दिईसक्नु बिरुवाको जिवन चक्र अनुसार अति अवस्यक हुन्छ । किन भने चैत्रको देखि नै फूल फुल्न सुरु गर्छ । बिरुवालाई फूल फुल्न भन्दा अघि मल जलको अति आवश्यक हुन्छ । तर मल दिउ भने सुख्खा मौसंम छ मल बिरुवा लिने भन्दा वाष्पिकरण भए बढी खर्च हुन्छ, साथ साथै माटोमा अलिकति भएको चिस्यान पनि नास हुन्छ । यस्तो अवस्थामा माटोमा चिस्यानको कमीको चिन्ताले बिरुवाले बढि भन्दा बढि फूल फुल्ने र पछि गएर धेरै जसो फुल/ फल झर्ने गर्दछ । किन भने बिरुवालाई आवश्यक मात्रामा चाहिने खाद्यतत्व (मल/ जल) र चिस्यानको कमी हुन्छ ।

यस्तो अवस्थाले गर्दा कागती बगैंचा ह्रासको लक्षण बिकास हुने र उत्पादकत्व कम हुदै जाने अन्तमा बिरुवा नै मर्ने अवस्थामा पुग्छ । त्यसैले जँहा सिचाई सुबिधा छ त्यँहा सिचाई दिएर मात्र पहिला रासायनिक मल दिने र प्राङ्गगारीक मल बिरुवाको हाँगा फिजिएको तपकेना भित्र बेसिन बनाई मल दिने र मल्चिङ्ग अनिवार्य गर्ने । सिंचाई सुबिधा नभएका ठाउँमा फल टिपी सक्ने बितिकै न्यु लाईट झोल मल ५ एम. एल प्रति लिटर पानीमा वा सिबा लिब स्प्रे २११, २ दखि ४ एम. एल प्रति लिटर पानीमा वा माइक्रो र्फट ५ ग्राम प्रति लिटर पानीमा वा युरीया मल ३/ ४ ग्राम प्रति लिटरमा मिसाई १५/ १५ दिनको फरकमा ३/ ४ पल्ट बिरुवाको सबै पातहरू राम्रो संग भिज्ने गरी स्प्रे गर्ने ।

-फ्नो ठाँउ अनुसार नयाँ पाँउला आउने समय फरक पर्ने हुँदा नयाँ पाँउला आउने भन्दा दुई हप्ता अघिनै छरी सक्नु राम्रो हुन्छ । व्यवसायिक रूपमा कागती खेती गर्दा यंहा उल्लेख भए अनुसार दुई तरिकाबाट मल प्रयोग गर्न सकिन्छ ।

माटोमा मलखाद प्रयोग (जराबाट खाद्य तत्व अवशोसण)

  • मलखाद प्रयोग गर्दा वोट वरिपरी बेसिनमा पर्ने गरी प्रयोग गर्ने ।
  • रायासनिक मल दिनेबेला मूल फेंदमा नपर्ने गरी फेंद देखि करिब एक हात परबाट दिने ।
  • माटोको गुणस्तर कायम राख्न हरेक ३/ वर्षको अन्तरालमा कृषि चुन प्रयोग गर्नुपर्छ ।
  • कागतीका खाद्य तत्व तान्ने जरा मध्य करिब ८०९५ प्रतिशत जरा जमिन देखि १०/ १२ से.मि. तल हुन्छ त्यसैले धेरै गहिरो खन्ने र तल मल दिनुहुंदैन ।

बोटमा झोल मलको प्रयोग (पातबाट खाद्यतत्व अवशोषण)

  • सुक्ष्म खाद्यतत्व र युरिया मल (.२५५ भन्दा कम वाईयुरेट भएको) पानीमा मिलाएर स्प्रे गरेर दिईन्छ ।
  • जुनसुकै किसिमको मललाई पनि पानीमा घोलेर छर्न सकिन्छ तर ति मलहरू पानीमा सजिलै घुलनसिल रासायनिक प्रतिकृयामा मध्यम (neutral) हुनुपर्छ ।
  • मललाई पातमा छर्दा पातको उमेर र नयाँ मुना कलिलो हुनुपर्छ । धेरै कलिलो वा धेरै छिप्पिएको हुनुहुंदैन।
  • एक पटक मात्र छर्नु भन्दा उपयुक्त समय मिलाएर पटक पटक तर कम मात्रा मिलाएर छर्नु राम्रो हुन्छ ।

विरुवाको उमेर र रासायनिक मलको मात्रा

विरुवाको उमेर

युरिया (ग्रा)

डि..पि. (ग्राम)

पोटास(ग्राम)

५०

२५

५०

१००

५०

१००

१५०

७५

१५०

२००

१००

२००

२५०

१२५

२५०

३००

१५०

३००

३५०

१७५

३५०

४००

२००

४००

४५०

२५०

४५०

१०

५००

३००

५००

नोट: यो मात्रा माटोको उर्वराशक्तिको आधारमा घटबढ गर्न सकिन्छ ।

प्रांगारिक मलका फाईदा र बेफाईदाहरू

क्र..

फाईदाहरू

बेफाईदाहरू

माटोको बनोट सुधार गर्छ

खाद्य तत्वहरू न्यून मात्रा हुन्छ

माटो खुकुलो पार्छ

खाद्य तत्व विस्तारै उपलब्ध हुन्छ

खाद्य तत्व लामो समय सम्म उपलब्ध हुन्छ

धेरै परिमाणमा प्रयोग गर्नु पर्छ

स्थानिय स्तरमा तयार गर्न सकिने

राम्रो संग नकुहिएको प्रयोग गरेमा कीराको प्रकोप बढने

 

रासायनिक मलका फाईदा र बेफाईदाहरू

क्र..

फाईदाहरू

बेफाईदाहरू

खाद्य तत्व बढी मात्रामा पाईन्छ

जथाभावी प्रयोग गरेमा माटोको भौतिक अवस्था विगार्छ

खाद्यतत्व विरुवाले छिटो प्राप्त गर्छ

माटोमा चुहिएर, वाष्पिकरण र पानीमा बगेर नोक्सान हुन्छ

खाद्य तत्वको कमी छिटो हटाउने सकिन्छ

माटोमा अन्य यौगीक संग मिलेर बिरुवा लाई उपलब्ध नहुने

 

रासायनिक मलको गुणस्तर जाँच गर्ने घरेलु तरिका

युरिया

  • एक गिलास पानीमा एक चम्चा युरिया हाली चलाउने राम्रो संग घुल्यो भने गुणस्तर राम्रो।
  • तातो ताँवामा राख्दा पहेलोपन आउछ र पछि उडेर जान्छ ।

डि..पि.

  • हातमा मल लिएर खैनी जस्तै चुना मिसायर माडदा पिरो राग आयो भने गुणस्तर राम्रो ।
  • तवामा तताउदा दाना फुल्छ ।

म्युरेट अफ पोटास

  • सफा पानीमा मल हाल्दा मलको रातो भाग तैरिन्छ । मलको दाना भिजाउदा आपसमा नटाँसिने ।

सुक्ष्मतत्व व्यवस्थापन

प्रति फल्ने वोट सुक्ष्मतत्वहरूको मिश्रण जिन्क सल्फेट१०० ग्राम, कपर सल्फेट६० ग्राम, म्याग्नेसियम सल्फेट४० ग्राम, फेरस सल्फेट४० ग्राम, म्यांगानीज सल्फेट४० ग्राम, चूना १८० ग्राम र पानीको मात्रा ः २० लिटर

प्रयोग विधिः सबै मललाई २० लि. पानीमा घोलेर २५ वोटलाई पुग्ने गरी छर्ने ।

प्रयोग गर्ने समयः सुक्ष्म तत्वहरूको मिश्रण छर्ने समय बैशाखजेष्ठ

सिँचाई र निकास

कागतीको लागी सिँचाई र निकासको राम्रो व्यवस्थापन गर्नु आवश्यक हुन्छ । अन्य वनस्पतिलाई झैं कागती बोटलाई पनि वानस्पतिक र उत्पादनशील अवस्था गरी दुई अवस्थामा विभाजन गरिन्छ । वानस्पतिक अवस्था अन्तर्गत जरा, डाँठ, पात र नयाँ पालुवाको वृद्धि अवस्थालाई बुझिन्छ । यसैगरि उत्पादनशील अवस्था भन्नाले फुलको कोपिलाको विकास, यसको विभाजन, फूल फुल्ने, फल लाग्ने र फलको विकासलाई बुझिन्छ । बिरुवा वृद्धिका विभिन्न अवस्थालाई ४ भागमा विभाजन गरी आवश्यक पर्ने पानीको मात्रा सम्बन्धमा तल वर्णन गरिन्छ ।

क) फूल फुल्ने, फल लाग्ने र पालुवा आउने अवस्था

यो अवस्थामा बिरुवा ज्यादै संकटकालीन अवस्थामा रहेको हुन्छ । माटोमा पानीको मात्रा अलिकति मात्र पनि कम भयो भने नयाँ पालुवामा आएका पात मसिना हुने र पालुवाको लम्वाई छोटो हुन्छ । अझ यस अवस्थामा माटोको चिस्यान ज्यादै कम भयो भने पातको वृद्धि एकदमै कम भई फूल फुल्ने अवस्था पनि अपुरो हुने, फल कम लाग्ने र अत्यधिक मात्रामा फूल र फल झर्छ । यो समयमा सिँचाईको अति आवश्यक पर्छ ।

ख) फल वृद्धि अवस्था

यो खासगरि परागसेचन कार्य समाप्त भई फल सेट भएर झर्ने जति झरी बाँकि फलको वृद्धि अवस्था हो । सेट भएका फल शारिरिक रूपमा केराउ दाना अवस्थामा पुगिसकेपछि फल विकासको अवस्था स्पष्ट पहिचान गर्न सक्छौँ । परागसेचन नभएका फूल, परागसेचन भएका तर प्रकृया पुरा नभएका फूल र फल सेट भै सकेर पनि झरेर बाँकि रहेका फल जब केराउ दाना अवस्थामा पुगेको हुन्छ ति फललाई फल वृद्धि अवस्थामा गणना गर्दछौं । यो दोश्रो अवस्था हो । यस अवस्थामा नयाँ पात र पालुवा पूर्ण रूपमा विकास एवं वृद्धि भैसकेको हुन्छ । यो अवस्थामा बिरुवालाई अत्यधिक मात्रामा पानीको आवश्यकता पर्छ । यो समयमा माटो सुख्खा रहने र तापक्रम वृद्धि भैरहने समय भएकोले बिरुवामा उत्स्वेदन (Transpiration) कृया उच्च गतिमा हुन्छ । एकातर्फ माटोमा चिस्यानको कमी र अर्को तर्फ फलको वृद्धि भैरहेको हुनाले सिँचाईको आवश्यकता पर्छ ।

ग) फल छिप्पिने अवस्था

यस अवस्थामा फलको संख्या भन्दा गुणस्तर अति महत्वपूर्ण हुन्छ । विभिन्न अवस्थामा फल झर्ने समय पार गरी बाँकि अडिएका फलहरू छिप्पिने प्रकृयामा प्रवेश गर्दछन्। यस अवधिमा पनि लामो समय वर्षा भैरह्यो वा अन्य कारणले माटोमा बढी चिस्यान रह्यो भने बोट वानस्पतिक वृद्धिमा जान्छ । यस अवस्थाले गर्दा फलको गुणस्तर र आगामी सिजनमा आउने फूलको विकासमा प्रभाव पार्छ । तसर्थ फलको गुणस्तर वृद्धि गर्न, वानस्पतिक वृद्धि रोकी आगामी सिजनको फूल कोपिला विकास गर्न माटोमा सिँचाई नगरी हल्का सुख्खा अवस्थामा राख्नुपर्छ ।

घ) फल टिपाई पछि

फल टिपाई पछिको बोटलाई हल्का तिर्खाको महसुस हुने भएकोले उपलब्ध भएसम्म सामान्य सिँचाई दिनुपर्छ । उत्तर मोहोडा भएका बगैंचालाई शीत र तुसारोको चिस्यानले पनि राहत पुर्याउँछ। पुस–माघको समयमा वर्षा वा सिँचाईबाट लामो समय माटोमा बढी समय चिस्यान भएमा पुनः बोट वानस्पतिक वृद्धिमा जान्छ । तसर्थ माटोमा आवश्यक भन्दा बढि लामो समय चिस्यान भएमा हिउँद पछि लगत्तै आउने नयाँ पालुवा र फूलको कोपिला विकासमा प्रतिकुल प्रभाव पार्दछ ।

जेष्ठ अन्तिमदेखि वर्षा हुन शुरु भई भाद्रसम्म वर्षा भई रहन्छ । भाद्र अन्तिम देखि फल परिपक्क हुने, रस भरिने र बोक्राको रङ्ग विकास हुने भएकोले यस अवधिमा माटोमा हल्का चिस्यान मात्र भए पुग्दछ । यदि यस अवधिमा माटोमा चिस्यान बढि भयो भने फलमा रङ्ग चढ्न ढिला गर्छ साथै लामो अवधिसम्म आवश्यक भन्दा बढि चिस्यान भयो भने फल झर्ने गर्छ । सुन्तलाजात फलफूल बगैचामा खास सिँचाई गर्ने समय तल दिईएको छ ।

  • कागती बगैंचामा खास गरी सिँचाई गर्ने समय भनेको फल टिपाई पछि काँटछाँट गर्ने, मलखाद दिने र विषादी छर्ने कार्य समाप्त भए पश्चात सिँचाई दिनुपर्छ ।
  • वसन्त पालुवा आउने समयमा पालुवा र फूलको कोपिला पनि साथै आउने भएकोले यस समयमा पनि सिँचाई गर्नु पर्छ ।
  • फूलबाट फल सेट भई वृद्धि हुने वैशाख जेठ महिनामा फल केराउ दाना र गुच्चा आकारमा पुग्ने अवस्थामा पानीको आवश्यक पर्ने भएकोले यस समयमा सिँचाईको अति आवश्यक पर्छ । सिँचाईको सुविधा नभएको खण्डमा तिर्खाएको बोटलाई सफा पानी स्प्रे गरेमा पनि बिरुवाले पातबाट पानी सोसेर लिई तिर्खा मेट्छ । त्यसैले सिँचाई गर्ने समय भनेको पौष देखि शुरु भई जेष्ठ सम्मको अवधि हो ।
  • बिरुवाको फेदमा कुनै पनि हालतमा पानी जम्न दिनु हुँदैन । वर्षायाममा पानी जम्ने हुदा समयमानै कुलेसोको उचित व्यवस्था गरी पानीको निकासको राम्रो प्रबन्ध मिलाउनु पर्छ ।

सिँचाई गर्ने तरिका

  • बोटको वरिपरी कुलेसो बनाएर ।
  • स्प्रिङ्कलरको प्रयोग ।
  • थोपा सिंचाई प्रविधिबाट ।
  • सफा पानी स्प्रे गर्ने
छापो (मल्चिङ्ग)

मल्चिङ्ग भन्नाले सुकेको झारपात, पराल, खर, धानको भुस, कागज, प्लाष्टिक आदि प्रयोग गरी बोट बिरुवाको वरिपरिको माटो लाई छोप्ने प्रकृयालाई भनिन्छ । असारदेखि भाद्रसम्म तापक्रम पनि बढि हुने भएकोले वातावरण न्यानो र ओसिलो हुन्छ । यस अवधिमा मल्चिङको खासै आवश्यक पर्दैन । असोज– कार्तिकमा मल्चिङ गर्दा सुन्तलाजात फलफुल बोटमा लाग्ने हानीकारक कीराको लागी लुकेर बस्ने आश्रय स्थल बन्न सक्छ । खासगरि पौष देखि जेष्ठसम्मको लामो सुख्खा समयमा माटोको चिस्यान बचाई राख्न मल्चिङको आवश्यकता पर्दछ ।

पौष, माघमा बोटमा काँटछाँट, बेसिन खन्ने, मलखाद दिने, सिँचाई गर्ने र सुक्ष्म तत्व, झोल मल वा वोर्डो मिश्रण स्प्रे गरेपछि बोटको बेसिन वरिपरी सुकेको घांँसपात परालले मल्चिङ गर्न सके माटोको चिस्यान बचाई बोटलाई ज्यादै फाईदा पुग्दछ । तसर्थ उपलब्ध भएसम्म वर्षेनी मल्चिङ गर्नुपर्छ । पछि मल्चिङ कुहिएर माटोमै मिलि मल बन्दछ ।

छापो (मल्चिङ्ग ) किन लगाउने

हाम्रो जस्तो पहाडी ईलाकामा असिंचित क्षेत्रमा नै बढी बगैंच स्थापना गरिने हुँदा सिँचाईद्वारा पानी दिन अति नै महँगो हुने हुनाले जमिनमा भएको चिस्यानलाई सदुपयोग गर्न अति नै आवश्यक छ। छापो लगाउनाले करिब ५० प्रतिशत बिरुवाको पानीको मागलाई पुरा गरिदिने हुनाले पहाडी ईलाकामा बिरुवामा छापो लगाउन नितान्त आवश्यक छ । छापो लगाउँदा निम्न फाईदाहरू हुन्छन्।

  • बिरुवाको वरिपरि झारपात उम्रन पाउँदैन ।
  • माटो चिसो भई रहन्छ तथा माटोको चिस्यान बचाएर राख्छ ।
  • माटोलाई घामको किरणबाट बचाउँछ तथा माटोको तापक्रम बढन दिँदैन।
  • पानी सोसेर राख्छ ।
  • भूक्षय हुनबाट बचाउँछ ।
  • माटोमा प्राङ्गारिक पर्दाथहरू बढाउँछ ।
  • माटोमा बिरुवाको खाद्य तत्वहरू बढाउँछ ।
  • माटोको बनावटमा सुधार ल्याउँछ ।
  • माटो हलुका र मलिलो पार्दछ ।
बेसिन बनाउने

बिरुवा रोपेको पहिलो वर्ष १ मिटर वरिपरीको बेसिन बनाए देखि बिरुवा बढ्दै जाँदा बिरुवाले जति क्षेत्रफल ढाक्छ त्यति क्षेत्रमा बेसिन बनाउँदै जानुपर्छ । कागतीको खाद्य तत्व र पानी तान्ने रेशादार जराहरू धेरै तल नजाने भएकोले बिरुवालाई सजिलोको लागि बेसिन बनाईन्छ । हरेक वर्ष यहि बेसिनमा सिँचाई गर्ने र मलखाद दिने गरिन्छ । बेसिनमा खनजोत गर्दा धेरै गहिरो खनजोत गर्नु हुँदैन। खनजोत गर्दा जरा धेरै काट्टियो भने त्यहिबाट जरा कुहाउने जीवाणु पसी जरा कुहाउँछ ।

सकर हटाउने

कलमी गरिएका बिरुवाको रुट–स्टकबाट ४-५ वर्षको उमेरसम्म सकरहरू पलाईरहन्छ । यि सकरहरूले सायनले भन्दा बढि खाद्य–तत्व लिने भएकोले यसको वृद्धि छिटो हुन्छ । तर सायन भने विस्तारै बढ्छ । सकर हटाएन भने केहि समयपछि सायनले खाद्य तत्व पाउन नसक्दा मर्दै जान्छ र सकर मात्र हुर्किन्छ । कहिलेकाहिँ कृषकको बगैचामा कलमी सुन्तला रोपेको बोटमा सायन मरी तिनपाते सुन्तलाको सकर मात्र हुर्किएको पाईन्छ । तसर्थ रुट–स्टक बाट पलाउने हाँगा (सकर) हरूलाई तुरुन्त हटाई दिनुपर्छ ।

तालिम तथा काँटछाँट

समशितोष्ण फलफूलमा जस्तौ कागतीमा तालिम तथा काँटछाँटको धेरै ठुलो महत्व हुँदैन। विशेष गरी उच्च गुणस्तरको फल फलाउन तथा बगैंचा स्वस्थ राख्न र रोग/ किरा लागेको हाँगाहरू हटाउन निरन्तर रूपमा फलफूल बगैंचामा काँटछाँट तथा तालिम गरी रहनु पर्दछ।

तालिम

तालिम भन्नाले आवश्यक्ता अनुसार आफूले चाहे बमोजिमको बिरुवालाई निश्चित आकार दिने प्रकृयालाई बुझिन्छ । बिरुवा रोपेको दोस्रो वर्ष देखि बिरुवालाई तालिम दिने कार्य शुरु गर्नु पर्दछ ।

तालिम किन गर्ने

  • बिरुवाको सबै भागमा प्रशस्त हावा तथा सूर्यको प्रकाश पुर्याउन ।
  • हाँगाहरू एकनासले चारैतिर फैलाउन ।
  • हाँगाहरू दह्रो बनाउन ।
  • फलहरू स्वादिलो, एकनासे तथा चम्किलो बनाउन ।
  • विषादी छर्कन, काँटछाँट गर्न तथा फल टिप्ने कार्य सजिलो बनाउन ।
  • किरा तथा रोगको प्रकोप कम गर्न ।
  • बोट बिरुवाहरू स्वस्थ राख्न तथा धेरै समय सम्म निरन्तर फल फलाउन ।
  • बिरुवाको उमेर बढाउन ।

तालिम कहिले गर्ने

सुन्तलाजात फलफूललाई तालिम गर्ने उचित समय पुस-माघ महिना वा फल टिपिसके पछि । सामान्यतया वर्षमा एक पटक तालिम गरिन्छ ।

तालिम गर्दा कस्ता हाँगाहरू काट्ने ?

  • चार दिशामा फैलिएका मुख्य हाँगाहरू जोगाई लुलो, लाछिने र भित्रपटि जान लागेको हाँगाहरू ।
  • चोर/पानी हाँगाहरू ।
  • जमिन मुनिबाट आएका हाँगाहरू, सकर्स ।
  • झुण्डिएका हाँगाहरू ।

काँटछाँट

काँटछाँट भन्नाले नचाहिने हाँगाहरूलाई काट्ने प्रकृया बुझिन्छ । सामान्यतया चोर/पानी हाँगा, रोग तथा किराले क्षतीग्रस्त बनाएका हाँगाबिंगाहरू, सुकेका हाँगाबिंगाहरू, हावा हुरि, असिना तथा गाईवस्तु आदिले भाँचेका हाँगाबिंगाहरू काट्ने प्रकृयालाई काँटछाँट भनिन्छ । कागतीमा धेरै काँटछाँटको आवश्यकता पर्दैन तापनि तल दिईए अनुसार हल्का काँटछाँट गर्नु पर्दछ ।

  • जमिनबाट ३ फिट भन्दा तलको हाँगा हटाउने ।
  • ज्यादै बाक्लो हाँगा हटाउने ।
  • रुटस्टकमा आएका हाँगा हटाउने ।
  • रोग लागेका, सुकेका, भाँचिएका, पहेलो भएका हाँगा हटाउने ।
  • काट्दा आँख्लाको नजिकै माथिपट्टि बाट काट्नु पर्छ ।
  • काँटछाँट गर्दा सिकेचर र प्रुनिङ स को प्रयोग गर्नुपर्छ ।
  • काटेको ठाउँमा बोडोपेष्ट लगाउनु पर्छ ।

काँटछाँट किन गर्ने

  • फल दिने हाँगाहरू बढाउन ।
  • बिरुवालाई राम्रो र दह्रो बनाउन ।
  • रोग र किराको प्रकोप कम गर्ने ।
  • सुर्यको प्रकाश तथा हावा बिरुवाको सबै भागमा पुर्याउन ।
  • उच्च गुणस्तरको फल फलाउन ।

काँटछाँट कहिले गर्ने

सुन्तलाजात फलफूललाई काँटछाँट गर्ने उचित समय पुस-माघ महिना वा फल टिपी सके पछि वर्षको एक पल्ट गर्नुपर्ने हुन्छ । बिरुवा रोपेको दोस्रो वर्ष देखि बांचुञ्जेल सम्म काँटछाँट गरि रहनु पर्दछ ।

फलफूलको बोट बिरुवामा काँटछाँट को असर

  • उचित समयमा उचित मात्रामा काँटछाँट गर्नाले बिरुवाको उचाई काँटछाँट नगरेको बिरुवाको भन्दा कम हुन्छ, फलस्वरूप विषादी प्रयोग गर्न तथा फल टिप्न सजिलो हुन्छ ।
  • फल लाग्ने नयाँ हाँगाहरू आउनमा मद्दत गर्छ ।
  • फल लाग्न, अडिन तथा उच्च गुणस्तरको फल फल्नमा मद्धत गर्छ ।
  • फलको उत्पादनमा वृद्धि हुन्छ ।
  • काँटछाँट नगरेको बिरुवा भन्दा काँटछाँट गरेको बिरुवाबाट गुणस्तरीय फलको उत्पादन हुन्छ ।
बगैंचामा स्प्रे व्यवस्थापन

वोर्डो मिश्रण स्प्रे गर्ने

हिउँदमा गर्नुपर्ने बगैंचा व्यवस्थापनको सम्पुर्ण कार्य सकेपछि १ प्रतिशतको वोर्डो मिश्रण बोटको सम्पुर्ण भाग भिज्ने गरी स्प्रे गर्नुपर्छ । यस अवधिमा छरेको वोर्डो मिश्रणले बोटमा शुसुप्तावस्थामा बसेका ढुसिजन्य रोगलाई नियन्त्रण गर्छ । यसले माईट्स किरा पनि नियन्त्रण गर्छ । यसका साथै यसले बोटलाई सुक्ष्म तत्वको पनि आपूर्ति गर्ने भएकोले यस अवस्थामा गरिने स्प्रे ज्यादै महत्वपूर्ण हुन्छ । यस बाहेक वैशाख महिनामा फल केराउ दाना अवस्थामा पुग्दा पनि १ प्रतिशतको वोर्डो मिश्रण स्प्रे गर्न सके अति लाभकारी हुन्छ ।

सुक्ष्म तत्व स्प्रे गर्ने

सम्पूर्ण फलफूल मध्य सुन्तलाजात फलफूलले कुनै पनि सुक्ष्म तत्वको कमि हुनासाथ कमिको लक्षण देखाई हाल्छ । सुन्तलाजात फलफूल बगैचा ह्रासको विभिन्न कारण मध्य बिरुवाको सुक्ष्म खाद्य–तत्व पनि एक हो । तसर्थ बोटमा सुक्ष्म तत्वको कमी हुनबाट बचाउनको लागि वर्षको एकपल्ट वैशाख महिनामा राम्ररी बोट भिज्ने गरी स्प्रे गर्नुपर्छ ।

खनिज तेल स्प्रे गर्ने

बोट बिरुवामा प्रयोग गर्न मिल्ने खनिज तेलको प्रयोगले सुन्तलामा लाग्ने विभिन्न किसिमका किराहरू जस्तै माईट्स, लाही, सिल्ला, लिफ माईनर र कत्ले किराहरूलाई प्रभावकारी रूपमा नियन्त्रण गर्दछ । यसको प्रयोगले किरालाई श्वास–प्रश्वासमा समस्या उत्पन्न गराई दिन्छ । हालै गरिएको एक अध्ययन अनुसार यसको प्रयोगले किराहरूमा उनीहरूको व्यवहारमा परिवर्तन ल्याई दिन्छ । जस्तै लिफ माइृनरको पोथीले पातमा जहाँ तेलको प्रभाव रहेको छ त्यहाँ फूल पार्दैन । यसैगरी लाहि किराले भाईरस रोग सार्ने क्रम ज्यादै न्यून हुन्छ । यो तेलको प्रयोगले जुन किराहरू सिधै तेलको सम्पर्कमा पर्छन् तिनीहरूलाई प्रत्यक्ष असर पार्दछ ।

प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी

  • तापक्रम अत्यधिक वा शुन्य डिग्री भन्दा तल झरेको अवस्थामा खनिज तेलको प्रयोग गर्नु हुँदैन।
  • बढी तापक्रम छ तर आद्रता प्रशस्त छ भने यसको प्रयोग त्यति हानिकारक हुँदैन। किनभने बिरुवा सुख्खाको असरबाट मुक्त रहन्छ ।
  • यसैगरी तापक्रम शुन्यतिर छ भने पनि यसको प्रयोग वर्जित छ ।
  • वर्षात्को समयमा यसको प्रयोग गर्नु हुँदैन।
  • नयाँ पालुवा आईरहेको बेलामा पनि यसको प्रयोग गर्नु हुदैन  ।

सफा पानी स्प्रे गर्ने

वैशाख जेष्ठको खडेरीको समयमा माटो धेरै सुख्खा भयो र सिँचाईको लागि पानीको अभाव भएको समयमा तिर्खाएको बोटलाई पानीको आवश्यकताबाट बचाउन स्प्रे प्रयोग गरी सफा पानीले पुरै बोटको पात राम्ररी भिज्ने गरी स्प्रे गर्न सकिन्छ । अवस्था हेरी केहि दिनको अन्तरालमा पानी स्प्रे गरी बोटलाई बचाउन सकिन्छ ।

नयाँ बिरुवाको हेरचाह
  • झारपातको नियन्त्रण ।
  • पात खन्ने किरा, कागतीको पुतली र कत्ले किरा नियन्त्रण ।
  • गमोसिस (खाटो निस्कने) र क्यांड्ढर रोगको नियन्त्रण ।
  • तराई तथा समथर क्षेत्रमा पानी निकासको व्यवस्था ।
  • कलमी बिरुवामा रुटस्टकबाट निस्केका हाँगा (सकर) हटाउने ।
  • तालिम, काँटछाँट गर्ने ।

 

रोग व्यवस्थापन

ट्रिस्टेजा भाईरस

यो रोग ट्रिस्टेजा नामक भाईरसबाट लाग्दछ । नेपालको सुन्तलाजात फलफूल बगैंचामा यो रोगले कहिले देखि आक्रमण गर्न थाल्यो भन्ने कुरा यकिन नभएतापनि हालैका वर्षहरूमा यो रोग एउटा समस्याको रूपमा देखिन थालेको छ । सुन्तलाजात फलफूल बाली मध्ये यसले कागतीमा अत्यधिक सताएको छ ।

यो रोग लागेपछि पालुवा आउने मौसमका नयाँ पालुवा आउँदैन । यो रोग चिन्नको लागी शंका लागेको हाँगा काटेर बोक्रा खुईलाएर डाँठमा हेर्यो भने खोपिल्टा र धर्साहरू देखिन्छ । शुरुवातमा रोगी बोटहरू पहेंलिदै जान्छ र बोट पनि जिङरिङ परेको देखिन्छ । विस्तारै रोग लागेका हाँगाबाट पातहरू झर्दै सिख्रा हुँदै जान्छ। पात झरी नाङ्गै भए पछि हाँगाहरू मर्दै जान थाल्छ । रोगले ग्रस्त पारेपछिको अति चरम अवस्थामा धेरै फूल फूल्ने, फलहरू साना साना लाग्ने र अन्तमा पूरै बोट नै सुकेर मर्ने हुन्छ ।

रोग सार्ने माध्यम

  • रोगले छोएका कलमी वा बिजु बेर्ना रोपेको ।
  • रोगी बोटमा लाहि कीराले चुसी पुनः निरोगी बोटमा सरेपछि यसले ट्रिस्टेजा रोगका विषाणुले सार्दछ ।

व्यवस्थापन विधि

  • यो रोग लागिसकेपछि बगैंचा वा रोगी बोट नष्ट गर्नु पर्छ । लाहि कीरा नियन्त्रण गर्ने
  • विश्वासिलो श्रोत केन्द्रमा उत्पादित गुणस्तर बिरुवा मात्र रोप्ने ।
  • बगैंचामा वार्षिक कार्य तालिका अनुसार बगैंचा व्यवस्थापन तथा स्प्रे कार्यक्रम संचालन गर्ने ।
जरा कुहिने रोग

जरा कुहिने रोग नेपालको सबभन्दा बढि देखिने रोग हो । यो रोग फाईटोप्थोरा नामक ढुसीबाट हुन्छ । न्यानो मौसममा यो रोगले आक्रमण गर्ने भएकोले जरा कुहिने रोग गर्मी मौसममा देखा पर्छ । खासगरी यो रोग बिजु बिरुवा तथा नाईटे ज्यामिरमा कलमी गरेको बिरुवामा बढी देखिन्छ । वर्षा मौसममा परेको पानी बोटको जरामा लामो समय जम्यो भने जरा कुहाउने ढुसिले आक्रमण गर्छ र जरा कुहिने रोग लाग्दछ । यसका साथै बगैंचामा अन्तरबाली लगाउने वा गोडमेल गर्ने क्रममा जरामा चोट लाग्यो र रोगको जीवाणु पनि माटोमा छ भने तुरुन्त आक्रमण गर्दछ ।

रोगको लक्षण

यो रोग लागेपछि बोटका हाँगाका पातहरू पहेंलिन्छ । जुन साईडको जरा कुहिएको छ त्यतैतिरको हाँगा मात्र पहेंलिन्छ । यदि बोटको वरिपरीको जरा कुहिएको छ भने पुरै बोट पहेंलिन्छ । यो रोगले बढी सताएमा बिस्तारै पात झर्दै जान्छ र हांगाको टुप्पोबाट मर्दै जान शुरु भई पुरै बोट सुकी मर्दछ ।

व्यवस्थापन विधि

कलमी बिरुवा लगाउने: तिनपाते सुन्तलामा कलमी गरेको बिरुवामा जरा कुहिने रोग लाग्दैन । तसर्थ तिनपातेमा कलमी गरिएका बिरुवा लगाउनु पर्दछ ।

नेचुगि गर्ने: यदि जरा कुहिने समस्या देखा परेका बोट फाटफुट मात्र छन् भने तिनपातेको बेर्ना तयार गरी जरा कुहिने रोग लागेको बोटको फेंदमा नेचुगी गर्ने ।

ड्रेन्चिङ गर्ने: जरा कुहिएको बोटमा जुन साईडतिर पात पहेंलिएको छ त्यहि साईडतिरको जरा खनेर हेरी कुहिएका मसिना ठूला सबै जरा सिकेचरले काटेर हटाउने । कुहिएको जरा हटाईसकेपछि सबै जरा लछप्प भिज्ने गरि १ प्रतिशतको वोर्डो मिश्रण स्प्रे गर्ने (यो विधिलाई ड्रेन्चिङ भनिन्छ) । यसरी उपचार गरेपछि २/३ हप्ता भित्रै निको भई पहेंलिएका पात र हांगाहरू हरियो हुन थाल्छ ।

क्यांकर

कागतीको बिरुवामा लाग्ने रोगहरू मध्य मुख्य रोग क्याङ्कर रोग हो । समयमा नै पहिचान र उचित व्यवस्थापन गर्न सकिएन भने ठूलो आर्थिक क्षति हुन जान्छ।

क्यांकर रोगको जीवाणु

कागतीमा लाग्ने क्याङ्कर रोगको जीवाणु Xanthomonas citri नामको ब्याक्टेरीया हो । यस ब्याक्टेरीयाको विशेषता के छ भने उच्च तापक्रम र उच्च हावाको आद्रत्ता भएको अवस्था अर्थात मनसुनको बेला क्याङ्कर रोग ग्रसीत बोटको खत अर्थात क्याङ्कर बाट ब्याक्टेरीया spore हरू हावामा अथवा पानीको छिटामा मिसिन्छ र हावा वा पानीको थोपा सँगसगै निरोगी बोट वा पात, हाँगा र फलमा समेत पुग्दछ ।

लक्षण

लक्षण भनेको जीवाणु भित्र पसेको ठाउँमा पात, फल वा कलिला हाँगा अत्यधिक कोषिकाको संख्या वृद्धि भएर भर्न गएको खत (canker) देखा पर्नु हो । यी खतहरू यत्रतत्र छुट्टाछुट्टै र धेरै खतहरु भएमा एक आपसमा जोडिन पनि सक्छ । खतहरू छिप्पिदै गए पछि यी खतहरू खैरो रङ्गको हुन्छ । खतको बिच भाग केही उठेको हुन्छ र कडा बन्छ र खतको बिच भाग चिरीन पनि सक्छ । यस्ता खतहरू पातको दुवै साइडमा देखिन्छ । कागती बिरुवाको पात, हाँगा र फलहरूमा खतहरूले भरिएको हुन्छ । जब खतहरू फुट्दछ तब हावासँग वा खास गरेर वर्षामा पर्ने पानीको स-साना थोपा वा छिटासँग मिसिएर सोही बोटको निरोगी पात, हाँगा र फलमा सर्दछ । यो रोग सर्ने प्रकृया वर्षायाममा तीव्र हुन्छ किनकि उच्च तापक्रम र सापेक्षित आद्रता बढी हुने अवस्थामा यो रोगका जीवाणु बढ्न र फैलनको लागी अनुकुल वातवरण मानिन्छ । खतमा रहेका ब्याक्टेरीया हिउँदको बेलामा ५—६ महिना सम्म नमरेर बाँचिरहन्छ । तापक्रम बढ्न थालेपछि वृद्धि हुन सुरु हुन्छ र वर्षायाममा अत्याधिक वृद्धि भै स्वस्थ पात, हाँगा र बिरुवामा फैलिन्छ । कागतीको बगैंचामा क्याङ्कर महामारीको रूपमा फैलियो भने पात झर्ने स-साना हाँगा नाङ्गै हुने र फलको उत्पादनमा ह्रास आउनेमात्र नभै फलेको फलमा समेत खतहरू देखा पर्ने भएकाले गुणस्तर घट्न गई सस्तोमा बेच्नु पर्ने हुन्छ ।

व्यवस्थापन

क्याङ्कर रोग खतमा परिणत भैसके पछि उपचार गरेर खत विहिन बनाउन सकिँदैन । यस कारण क्याङ्कर रोग व्यवस्थापनको लागि उपाय अपनाउनु पर्दछ । यस रोगको रोगथामको लागि सबभन्दा पहिले रोगको जीवाणु श्रोतहरू थाहा पाउनु पर्दछ । नयाँ क्षेत्र वा नयाँ बगैचामा श्रोत भनेको नर्सरीहरूबाट रोग लागेको बिरुवाहरू लगी ती ठाँउमा रोपिन्छ भने ती बिरुवा नै प्राथमिक श्रोत बन्दछ । रोकथामको उपाय अपनाउँदा रोगका जीवाणुका श्रोत र फैलिने समय र तरिकालाई ध्यान दिनु अत्यन्त आवश्यक हुन्छ । यस रोगको नियन्त्रणको लागि निम्न नियन्त्रण विधि गर्न आवश्यक हुन्छ ।

१.क्याङ्कर रहित बेर्ना मात्र नयाँ ठाउँमा बगैंचा स्थापना गर्दा रोप्ने । बिरुवाको उत्पादन क्षेत्र क्याङ्कर प्रकोप रहित रहेनछ भने, समय समयमा विषादी छरी रोगको एउटा पनि खत नभएको बिरुवा मात्र लैजाने।

२.व्याक्टेरिसाइड बिषादी समयमा मै प्रयोग गरी रोगको नियन्त्रण गर्ने । हालको चलन चल्तीमा आएको व्याक्टेरिसाइड र विषादीहरुमा बोर्डो मिश्रण १ प्रतिशत नै सबै भन्दा राम्रो नतिजा दिएको छ । त्यसपछि कपर अक्सीक्लोराईड ०.३ प्रतिशत पनि प्रयोग गरिन्छ ।

३. साथै हाल केहि एन्टीबायोटीक जस्तै कासुगोमाइसिन (kasugamycin 1000ppm_), Streptomycin 100 ppm ( १ ग्राम १० लिटर पानीमा ) वा क्रोसीन— एजी (KROSIN-AG) ६ ग्राम ६० लिटर पानीमा पनि प्रयोग गरिन्छ । यी विषादीहरू जाडो सकिई नयाँ पालुवा लागेर पातहरू आधा वा पुरै आकार लिन थलेपछि छर्नु पर्दछ । रोगको प्रकोप हेरी २०—३० दिनको फरकमा वर्षाको अन्त्यसम्मा आवश्यकता हेरी ३—४ स्प्रे गर्दा रोग नियन्त्रण हुन्छ ।

३. हिउँदमा रोग लागेर (क्याङ्कर भएका) सुकेका हाँगाहरू काँटछाँट गरी बगैंचा सफा सुग्घर राख्नु पर्दछ ।

फेद कुहिने रोग

यो पनि जरा कुहिने रोगका जीवाणुबाटै लाग्दछ । यो रोगले खास गरी वर्षा मौसममा छोईसकेको हुन्छ । वर्षाको समयमा हेर्दा पानीले भिजेको जस्तो छाप देखिन्छ । वर्षा समाप्त हुँदै जाँदा रोगले पनि बढी असर पारिसकेको हुन्छ । त्यसपछि क्रमश: बोक्राका तन्तुहरू मरी लम्बाइतिर बोक्रा चर्किन्छ । यसरी बोक्रा कुहिदै, चर्किदै खुईलिदै गएपछि भित्रको डाँठ पनि देखिन्छ । घाउमा गम जस्तो चोप निस्कन्छ । यसरी पुरै वरिपरीको बोक्रा कुहिएपछि पूरै बोट मर्दछ ।

व्यवस्थापन विधि

  • तिनपाते रुटस्टकमा करिब १५ से.मि. माथि कलमी गरिएका बेर्नाहरू व्यवस्था गरी लगाउने।
  • वोटको बेसिन तथा फेद वरिपरी जैविक विधि अनुसार नियन्त्रण गर्न ट्राईकोडर्मा लिग्नोरम नामक ढुसिको प्रयोग गर्न सकिन्छ । यो ढुसिले हानिकारक ढृसिलाई नियन्त्रण गर्दछ ।
  • प्रत्यक वर्ष हिंउदमा फल टिपी काँटछाँट गरिसकेपछि वोर्डोपेष्ट बनाई फेंदमा दल्ने । वोर्डोपेष्ट वा वोर्डो पेन्ट लगाउँदा रोग लागि कुहिएको बोक्रालाई चक्कूले खुर्केर हटाई उक्त घाउमा पेष्ट लगाउने।
  • रोग शुरुको अवस्थामा छ भने बिरुवाको फेदमा नेचुगी गरेर बोट लाई बचाउन सकिन्छ ।
सिट्रस ग्रिनिङ

सुन्तलाजात फलफूलमा लाग्ने सम्पूर्ण रोग मध्य ग्रिनिङ रोग सबभन्दा विनाशकारी रोग मानिन्छ । यो रोग ब्याक्टेरीयाबाट लाग्दछ । सर्वप्रथम यो रोग सन् १८७० मा चीनको ग्वाङडोङ राज्यको चाउझु भन्ने स्थानमा देखिएको थियो । यो रोग लागेपछि बोट पहेंलो भै सुक्दै मर्ने भएकोले त्यहाँका किसानहरूले यसलाई चीनिया भाषामा होङलोङबिङ (huanglongbing) भन्न थाले । होङ अर्थ पहेंलो, लोङको अर्थ ड्रयागन र वीङको अर्थ रोग भन्ने अर्थमा सबै किसानहरूले यसलाई सामान्य वोलीचालीको भासामा होङलोङबिङ नै भन्न थाले ।

रोगको लक्षण

यो रोग पत्ता लगाउन रोगी बोटबाट पात नमूना लिई पि.सि.आर. (Polymerase chain reaction) विधिबाट प्रयोगशालामा परिक्षण गरिन्छ । रोगि बोटका पातहरू पहेंलो हुँदैमा ग्रिनिङ रोग हो भन्न मिल्दैन । सुन्तलाजात फलफूल मध्ये जुनारमा यो रोगको लक्षण प्रष्ट देखिन्छ । तसर्थ शंकास्पद सुन्तला बोटमा ग्रिनिङ रोग हो होईन निश्चित गर्न सुन्तलाको हाँगा लिई जालीघर भित्र हुर्काएको जुनारमा ईन्डेक्सिङ गरेर पनि पत्ता लगाईन्छ । तर यस विधिले लामो समय लिन्छ ।

रोग लागेपछि शुरुको अवस्थामा २/ ४ वटा हाँगामा मात्र देखिन्छ र क्रमशः पुरै हाँगामा फैलिन्छ । रोग लागेका पात पहेंला, मसिना, ठाडो र गुजुमुच्च परेको साथै पात पहेंलोमा छिर्केमिर्के देखिन्छ । रोगि बोट झट्टै मर्दैन तर मर्ने अवस्थामा पुग्दा फूल फूल्ने सिजनमा अत्यधिक मात्रामा फूल फुल्छ र मसिना फल लाग्दालाग्दै पुरै बोट मरेर जान्छ ।

व्यवस्थापन विधि

यो रोग लागेपछि तुरुन्त बगैंचा नाश हुने होईन । खासमा यो रोगले सम्पूर्ण बोट क्षति गर्न केहि वर्ष लाग्छ । अझ बोटको राम्ररी व्यवस्थापन गर्न सके रोगले क्षति गर्ने अन्तिम वर्ष अत्यधिक फलोत्पादन पनि गर्न सकिन्छ । किनभने यो रोगले ग्रस्त पारेपछि अत्यधिक मात्रामा फूल फूल्ने फल फल्ने हुन्छ । यो रोग सुन्तलाजात फलफूलको लागि अत्यन्त हानीकारक भएकोले कृषकले अपनाउनु पर्ने उपायहरू यस प्रकार छन्।

(क) स्वस्थ एवं निरोगी बेर्ना लगाउने ।

(ख) यो रोग सार्ने सिट्रस सिल्ला किरा नियन्त्रण गर्ने ।

(ग) पि.सि.आर. परिक्षण गरी रोगी बिरुवा नष्ट गर्ने ।

कालो ध्वासे

यो रोग Capnodium citri नामक ढुशीबाट लाग्छ । यो आफै लाग्ने रोग होईन । खासगरी लाही किरा र कत्ले किराले छोडेको च्यापच्यापे गुलियो पदार्थ पातमा जम्मा भएपछि त्यहि गुलियो पदार्थमा विस्तारै कालो ढुशी लाग्दै जान्छ । गुलियो पदार्थ भएको स्थानमा यो रोग देखा पर्छ । यो रोग लागे पछि बिरुवाको पातमा हुने प्रकाश संश्लेषण प्रकृयामा अवरोध पुग्छ । यस्ता बोटबाट उत्पादित फल कम गुणस्तरको हुन्छ ।

व्यवस्थापन विधि

  • बोटमा लाग्ने कत्ले किरा,लाही किरा लगायत चुसेर खाने किरा नियन्त्रण गरेमा कालो ढुशीरोग लाग्दैन ।
  • यदि लागि सकेको छ भने २ देखि २.५ प्रतिशतको चिनीको झोल बनाई सम्पुर्ण बोट राम्ररी भिज्ने गरी घाम लागेको बेलामा छर्ने ।
  • भिजेको पात घामले सुकेपछि गुलियोले गर्दा कालो ढुसि पाप्राको रूपमा उप्किएर सफा हुन्छ ।
गूँद निस्कने रोग

यो रोग सुन्तला, जुनार र कागती सबै बालीमा लाग्दछ । यो रोग बोटको हाँगा, फेद वा कापमा समेत लाग्छ । यसको असर अत्यधिक भएमा फलमा समेत देखा पर्छ । यो रोगले ग्रस्त पारेको छ भने विस्तारै बोट सुक्दै गएर मर्छ। बोट मर्ने अन्तिम वर्षमा बोटमा अत्यधिक मात्रामा फुल फुल्दछ ।

व्यवस्थापन विधि

  • नियमित रूपमा बगैंचा व्यवस्थापन गर्ने र रोग लागेका हाँगाहरू काटेर जलाई दिने ।
  • वार्षिक कार्य तालिका अनुसार पुरै बोट लछप्प भिज्ने गरी वोर्डो मिश्रण स्प्रे गर्ने ।
खराने/ धुले रोग

यो रोग नयाँ पालुवाको नयाँ पात र कलिलो मुनामा मात्र लाग्छ । तसर्थ बिरुवामा पालुवा आउने बेलामा यदि बढी चिसो–ओसिलो र तापक्रम न्यानो छ भने यो रोगले आक्रमण गर्दछ । खासगरी यो रोगले जेष्ठ–आषाढको पालुवालाई बढी मात्रामा असर गर्दछ, यो समयमा वर्षा शुरु हुने र तापक्रम पनि न्यानो हुने समय हो । यो रोगले छोएपछि पातमा खरानीको धुलो छरेझैं देखिन्छ । कलिला फलमा पनि यसले आक्रमण गर्दछ । समयमै नियन्त्रण गरिएन भने यसले छोएको फल पनि झर्छ र पातपनि झरेर टुप्पोबाट मर्दै आई रोगले छोएको भागसम्म हाँगा मर्दछ । तर यो रोगले पूरै बोट भने मर्दैन।

व्यवस्थापन विधि

  • हरेक वर्ष नयाँ पालुवा आउँदा र बढी ओसिलो भै पानी पर्दा यो रोगले आक्रमण गर्दछ । तसर्थ शुरुमै फाट्फुट देखिनासाथ हाँगा हटाई दिएमा थप पालुवामा लाग्न पाउँदैन ।
  • यो रोगले बोटमा प्रशस्त आक्रमण गरेको छ भने पानीमा घुल्ने ८० प्रतिशतको सल्फर धुलो २ ग्राम प्रति लिटर पानीमा मिलाई पुरै बोट भिज्ने गरी छर्ने । तर मात्रा मिलेन भने सल्फरको कारण बोटलाई असर गर्न सक्छ ।
  • गाईको गहुंत १:५ अनुपातमा (१ भाग गहुंत ५ भाग पानी) नयाँ पालुवा आउनासाथ छर्ने । यसरी छर्दा खराने रोग पनि नियन्त्रण हुन्छ भने नाईट्रोजनको मात्रा पनि पातबाटै लिई आवश्यकता पुरा गर्छ ।
एन्थ्रेकनोज

यो रोग Colletrotrichum Gloeosporiodes नामक जीवाणुबाट लाग्दछ । नर्सरीमा भएका कलिला बिरुवा र हुर्किएको बोट छ भने नयाँ पालुवाको पातमा आक्रमण गर्छ । प्लाष्टिक गुमोज वा शिसाघर भित्र भएका बिरुवा छन भने यो रोगको जीवाणु हिउँदमा पनि आक्रमण गर्न सक्छ । सामान्यतया प्राकृतिक अवस्थामा यो रोगले वर्षातको ओसिलो र न्यानो वातावरणमा बढी आक्रमण गर्छ । यो रोगले पात र कलिला डाँठमा मात्र आक्रमण गर्छ । रोगले छोएपछि पातमा पानीले भिजे जस्तो देखिन्छ र विस्तारै खैरो हुँदै जान्छ । कलिलो डाँठमा चोप जस्तो गुद पनि निस्कन्छ । बढी असर गरेपछि पात झर्छ र कलिलो बिरुवा भए बोट मर्दै आउँछ ।

व्यवस्थापन विधि

  • कपरजन्य विषादीले लछप्पै भिज्ने गरी ८/१० दिनको फरकमा कम्तीमा २ पटक स्प्रे गर्ने ।
  • रोग लागेको शुरु अवस्था छ भने १ प्रतिशतको वोर्डो मिश्रण स्प्रे गर्ने तर बढी असर पारिसकेको अवस्थामा ब्लाईटक्स–५० विषादी १.५ ग्राम प्रति लिटर पानीमा मिलाई छर्ने ।

किरा व्यवस्थापन

फल कुहाउने झिंगा

फल कुहाउने झिंगा भौगोलिक क्षेत्र अनुसार विभिन्न जातका हुन्छन्। लहरे तरकारी बाली र सुन्तलाजात फलफूलमा लाग्ने झिंगा फरक–फरक जातका छन्। विगतमा हामीले मिथायल युजेनल प्रयोग गर्दा अत्यधिक परिमाणमा फल कूहाउने झिंगा मर्ने गरेको पाईयो । तैपनि फल झर्ने र कुहिने क्षतिमा खासै सुधार देखिएन । यसपछि खोजि गर्दै जाँदा थाहा लाग्यो कि सुन्तलामा लाग्ने झिंगा Bactrocera minax जातका भएकोले यो जातको किरा मिथाईल युजेनलमा आकर्षित नहुने कुरा पुष्टि भयो । पोथि झिंगाले शरिरको पछाडि भएको लाम्चो परेको तिखो अंग फलमा घुसारी एक पटकमा १०–३०० सम्म फुल पार्दछ । फुलबाट औंसा निस्केपछि फलको गुदि खाँदै जान्छ र फल पहेंलो भई झर्छ । यो किराले असर पारेको फल भदौको आखिरी देखि कार्तिक सम्म अति नै क्षति गर्दछ । भदौ पछि क्रमशः तापक्रम घट्दै जाने भएकोले भुंईमा खसेको फलबाट प्वाल बनाएर औंसा बाहिर निस्की माटो भित्र पस्छ । माटोको ४–५ से.मि. देखि १ फिट तलसम्म माटो भित्र गएर १–२ महिनासम्म अचल अवस्थामा बस्दछन् । वसन्त ऋतुसँगै न्यानो मौसम शुरु भई पालुवा पलाउने र फूल फूल्न शुरु हुन्छ तब यो किरा पूर्ण वयस्क अवस्थामा परिणत भै जमिन भित्रबाट बाहिर निस्कन्छ ।

व्यवस्थापन विधि

यो किराको वयस्क बारुलो झैं बगैंचामा उडि हिंड्छ । फुलमा औंसा बन्छ अनि हिंउदको चिसो अवधिभर माटो मुनि गएर बस्ने हुँदा एकल तरिकाबाट मात्र यसको नियन्त्रण संभव छैन । तसर्थ यसको नियन्त्रण एकिकृत विधि अनुरूप गर्नुपर्दछ ।

(क) विषादी स्प्रे गर्नेः तालिका अनुसार मालाथियन झोल १ एम.एल./ लि. पानीमा १० ग्राम चिनी मिलाई बगैचामा स्प्रे गर्ने ।

(ख) विषादी पासो थाप्नेः एक किलोग्रााम सख्खर पानीमा भिजाएर लेदो हुने गरी हल्का पकाउने र चिसो भएपछि १० एम. एल. मालाथियन वा रोगर मिलाएर राम्ररी फिट्ने । यसरी तयार पारेको विषादी पासोलाई बोटको अलग अलग हांगामा लेप दल्ने । गुलियोको लोभले वयस्क झिंगाले पासोको गुलियो खाँदा मर्दछ ।

(ग) माटो उपचारः हिउँदमा फल टिप्ने, तालिम–काँटछाँट गर्ने काम सकेपछि मलखाद दिने बेलामा मालाथियन धुलो बोटको बेसिन वरिपरी हल्कासँग माटोमा मिलाएर पुर्ने । ताकि माटोमा भएका किरा बाहिर निस्कने क्रममा विषादीको सम्पर्कमा आएमा मर्न सक्छ ।

(घ) झरेको फल व्यवस्थापनः फल कुहाउने झिंगाले झारेका सम्पूर्ण फल तुरुन्त जम्मा गरी खाडलमा हाली विषादीले उपचार गरी पुरी दिने ।

(ङ) प्राटिनयुक्त चारो प्रयोगः माटोबाट बाहिर निस्केपछि यो किरा प्रोटिनयुक्त खानाको खोजिमा भौंतारी रहन्छन् । यो झिंगाको वयस्क हुने अवस्था तथा पोथीले फुल पार्ने समयमा प्रशस्त प्रोटिनयुक्त खानाको आवश्यकता पर्दछ । तसर्थ यो किरालाई नक्क्ली प्रोटिनयुक्त खाना दिई यसको नियन्त्रण गर्न सकिन्छ । यसरी दिईने प्रोटिनले एक किसिमको एमोनिया ग्यास निकाल्छ र यहि ग्यासको गन्धका आधारमा झिंगाले नक्कली खाना पत्ता लगाउँछ । यसरी विषादीयुक्त प्रोटिन पासोमा आकर्षित भै खाएपछि मर्दछ । प्रोटिन पासो २ किसिमबाट प्रयोग गरिन्छ ।

  • प्रोटिन पासो थाप्नेः यो विधि अनुसार कुनै प्लाष्टिक बट्टा वा बोतलमा प्रोटिनको झोल सहितको विषादी पासो थापेर झिंगालाई आकर्षित गराई मारिन्छ ।
  • प्रोटिन झोल छर्नेः यस विधि अन्तर्गत प्रोटिनमा विषादी मिसाएर रुखको अलि उज्यालो भागतिर पर्ने गरी थोरै भाग (१–२ वर्ग मिटर) मा पर्ने गरी छरिन्छ । यसको गन्धले झिंगा आकर्षित भै चुस्न खोज्दा मर्दछ।

यो प्रविधि नेपालको लागि भरपर्दो र उपयुक्त हुन सक्छ तर हालसम्म यो प्रविधिको प्रयोग गरिएको छैन। अन्तर्राष्ट्रिय बजारमा उपलब्ध केहि व्यापारिक प्रोटिनहरूमा न्युलुर, जि.एफ.–१२०, रोयल टोङ्गाल्युर, भानल्युर, सोफ्रि प्राटिन, प्रोमार, मौरीज पिनाकल प्रोटिन रहेका छन्।

कत्ले किरा

बगैंचा ह्रासमा कत्ले किराले महत्वपूर्ण भूमिका खेल्दछ । नेपालमा ४/५ किसिमका कत्ले किराहरू पाईएका छन् । सामान्यतया नेपालको पूर्वी क्षेत्रमा हरियो नरम कत्ले किरा, तिरे कत्ले किरा, रातो कत्ले किरा, खैरो कत्ले र भुवादार कत्ले किरा पाईन्छ । यसैगरी पोखरा क्षेत्रमा रातो कत्ले किरा, तीरे कत्ले किरा र कालो कत्ले किरा पाईन्छन् । वसन्त ऋतुको फाल्गुन देखि जेष्ठसम्म हरियो नरम कत्ले किरा, जेष्ठ देखि अश्विनसम्म खैरो र कालो कत्ले किरा तथा श्रावण भाद्र देखि कार्तिक मंसिरसम्म तिरे कत्ले किरा र रातो कत्ले किराको प्रकोप बढि देखिन्छ । रुखको डाँठमा किरा लागेपछि हत्पत चिन्न सकिदैन किनभने यिनीहरूको रङ्ग र बिरुवाको बोक्राको रङ्ग मिल्दोजुल्दो हुन्छ । यो किराका कतिपय जातहरूमा भालेसँगको सम्पर्क बिना नै पोथी किराले बच्चा पार्दछ । एक पटकमा एउटा माउले १५० देखि २०० सम्म बच्चा जन्माउँछ । बच्चा निस्कने बेलामा माउ मर्छ ।

क्षतिको प्रकार

कत्ले किराको बच्चा आमाको खोलबाट निस्केको ४८ देखि ७२ घण्टा सम्म यताउता हिडडुल गर्छ । त्यस पछि जीवन भर एकै ठाउँमा टाँसिएर रस चुस्दै बस्छ । यो किराले रस चुसेर खाँदा यसको र्याल बिरुवालाई विषालु हुने भएकोले बिरुवा रोगी हुन्छ र अन्तमा मर्छ । कत्ले किराको बच्चा र वयस्क दुवैले बिरुवाको पात, डाँठ र फलबाट रस चुसेर खान्छ । जसले गर्दा बिरुवा रोगाउँछ र बढ्न सक्दैन । नरम शरीर भएको कत्ले किराले आफ्नो शरीरबाट गुलियो पर्दाथ निकाल्छ र त्यस गुलियो पदार्थ खान कमिलाहरूको चहल पहल देख्न सकिन्छ । साथै त्यस गुलीयो पर्दाथमा कालो ढुसी लाग्ने हुँदा बिरुवानै कालो पदार्थ लागेको देखिन्छ । यसरी बिरुवा नै कालो भएपछि पात पहेलिएर जाने, फल कम लाग्ने र फल झर्ने साथै फलले मुल्य नपाउने हुन्छ ।

व्यवस्थापन विधि

एट्रसो वा सर्बो एग्रो स्प्रे एम खनिज तेल १० देखि २० एम.एल प्रति लिटर पानीमा राम्रोसँग मिसाई फूल फुल्नु भन्दा पहिला (माघ/ फागुन) वा भाद्र महिनाको पहिलो हप्तामा पुरै बिरुवा भिज्ने गरी ३ बजे पछि छर्ने। मोनोसील १ एम.एल प्रति लिटर पानीमा राम्रोसँग मिसाई कत्ले किरा देख्न थाले पछि १० देखि १५ दिनको फरकमा दूई पटक छर्ने ।

पात चपाएर खाने लार्भे (लेमन डग)

यो लार्भेहरूको माउ पुतली रंगी चंगी पखेटा भएका हुन्छन् । पछिल्ला पखेटाको तल्लोभागमा अली तल पुच्छर जस्तो सानो भाग निस्केको हुन्छ । पूर्ण विकसित लार्भेको रङ्ग हरियो हुन्छ । यो पुतली दिनमा उड्छ । पोथी पुतलीले कलिला पातमा साना गोला, हल्का पहेला रंगका फुल अलग अलग गरी पार्दछ । फुल बाट ३–७ दिनमा लार्भेहरू निस्की पात खादै बढ्दै जान्छन् । करिब २ हप्ता पछि प्यूपा अवस्थामा जान्छ । जाडो समयमा प्यूपा अवस्था २–३ महिना सम्म रहन्छन् ।

क्षतिको प्रकार

लार्भेहरूले बिरुवाको कलिला पातहरू खान्छन् । धेरै लार्भेहरूले आक्रमण गरे भने बिरुवा नाङ्गो देखिन्छ । यस किराले बिरुवाको नर्सरी अवस्थामा धेरै आक्रमण गर्दछ ।

व्यवस्थापन विधि

साना बिरुवामा लार्भेहरू हातले टिपेर नष्ट गर्न सकिन्छ । ठुलो बिरुवामा व्यवस्थापनको लागी पात खन्ने किरालाई जस्तै विषादीहरू प्रयोग गर्न सकिन्छ ।

सिट्रस सिल्ला

सिट्रस सिल्ला किरा सानो हुन्छ । यसको पछाडीको भाग करिब ४५ डिग्री कोणमा ठाडो पारेर पातमा बसेको हुन्छ । यो किरा धेरै टाढा उड्न सक्दैन। यसको फुल अलि गाढा रंगको हुन्छ । बच्चा अवस्थामा हरियो वा हल्का सुन्तला रंगको हुन्छ । यो किरा १५ देखि ८० दिन सम्म बाँच्दछ । एउटा पोथीले जीवन भरमा ५०० देखि ८०० फुल पार्दछ । गर्मी मौसममा ३–६ दिन र जाडो मौसममा १० –२० दिनमा फुल बाट बच्चा निस्कन्छ ।

व्यवस्थापन विधि

  • यसको नियन्त्रण सिट्रस ग्रीनिङ्गमा दिए अनुसार गर्नु पर्दछ ।
  • रोगर २ मि.लि अथवा थायोडिन २ मि.लि प्रति लिटर पानीमा मिसाई पुरै पात भिज्ने गरी छर्ने ।
  • सबै खाले चुसाहा किरा नियन्त्रण गर्ने ।
  • मित्रजीवको संरक्षण गर्ने, स्त्री स्वभावका खपटे किराले सिट्रस सिल्ला किराको शिकार गर्दछ । एक खाले मसिना वारुलाले परजीवीको काम गर्दछ । यसले सिल्लाको शरिर भित्र फुल पार्दछ र बच्चा निस्किेपछि भित्रि भाग खाई बाहिर निस्कन्छ ।
पात खन्ने किरा

यो सुन्तलाजात बालीमा लाग्ने पात खन्ने कीरा Phyllocnistis citrella हो । यो एक किसिमको सेतो फुस्रो रंगको पुतली हो । वयस्क पुतली सानो सेतो रंगको अगाडीको पखेटामा खैरो धर्साहरू हुन्छ पछाडीको पखेटा सेतो हुन्छ। लाभ्राहरू सुलुक्क परेको हल्का हरियो रंगको पातमा टल्किने सुरुङ्ग बनाएर भित्र बसेको हुन्छ। यसको पोथी पुतलीले नयाँ कलिलो पातको तलपट्टी पातमा फुल पार्दछ । फुलबाट ३ देखि ७ दिनमा लार्भा निस्की पातमा सुरुङ्ग बनाइ खाँदै हिड्छ । प्यूपा अवस्था ३–४ हप्तासम्म रहन्छ । वयस्क भएपछि सुरुङ्ग बाट बाहिर निस्कन्छ । यसको क्षेतिले बोटै मर्ने, फल बिग्रने हुँदैन तर बोटको स्वास्थ्यमा भने क्षति पुर्याउँछ ।

क्षतीको प्रकार

लार्भाहरूले कलिलो पातहरूमा टल्किने सुरुङ्ग बनाएर हरियो भाग खाँदै बाङ्गो टिङ्गो सुरुङ्ग बनाएर बसेको हुन्छ । यो किरा लागे पछि पात खुम्चिने, पहेलिने पछि पात नै झर्ने हुन्छ । यस्तो पातहरूमा कागतीमा कोत्रे (क्याङ्कर) रोग लाग्न सजिलो हुन्छ । यो किराले कलिलो पातहरूमा बढि आक्रमण गर्दछ।

व्यवस्थापन विधि

एट्रसो वा सर्बो एग्रो स्प्रे एम खनिज तेल १० देखि २० एम.एल प्रति लिटर पानीमा राम्रोसँग मिसाई पुरै बिरुवा भिज्ने गरी ३ बजे पछि छर्ने वा रोगर २ मि.लि प्रति लिटर पानीमा मिसाई पुरै पात भिज्ने गरी छर्ने ।

काण्डको गबारो

गबारोका माउ एक प्रकारको खपटे किरा हो । यसले रुखको बोक्रा भित्र वा कुनै चर्केको स्थानमा ३५० वटा सम्म फुल पार्दछ । यी फुल बाट ६ देखि ११ दिनमा लार्भा निस्कन्छ र करिब १ हप्ता सम्म रुखको बोक्रा खाएर बाँच्दछ । त्यसपछि बिरुवाको हाँगाभित्र सुरुङ्ग बनाएर खान्छ । यसको जीवन चक्र पुरा हुन २– ३ वर्ष लाग्छ । जस्ले गर्दा हाँगाहरू सुक्दै जान्छ। किरा लागेको हाँगा बाट किराको दिसा र दुलो पार्दा निकालेको काठको धुलोहरू देखिन्छ । यस्तो हाँगा लाई काटेर हेरेमा सुरुङ्ग बनाएर बसेको गवारो किरा देख्न सकिन्छ ।

व्यवस्थापन विधि

कलिलो हाँगाहरूमा लागेको देखियो भने हाँगालाई काटेर लार्भाहरू नष्ट गर्नु पर्छ । यदि ठूलो हाँगामा लागेको छ भने गवारोले बनाएको प्वाल पत्ता लगाई त्यसमा सिरिन्जले पेट्रोल वा मट्टितेल वा कीटनाशक विषादी ३/४ मिलिलिटर प्वालभित्र हाली प्वाल गिलो माटोले टालीदिनु पर्दछ । किराले बनाएको प्वालमा लामो तार घुसारेर भित्र भएको गवारोहरूलाई मार्न पनि सकिन्छ ।

हरियो पतेरो

वयस्क अवस्थामा हरियो रङ्गको पतेरोले कागती फलमा क्षति गर्दछ । पोथी पतेरोले पातमा ९–१४ वटासम्म समूहमा फुल पार्दछ । फुलबाट निस्केपछि बच्चा अवस्थामा पहेंलो, त्यसपछि कालोमा सिन्दुरे थोप्ले हुँदै हरियो रङ्गको वयस्क हुन्छ । पोथी पतेरोले पारेको ९–१४ वटासम्मको फुलबाट १ हप्तामा बच्चा निस्कन्छ । शुरुको बच्चा अवस्थामा झुरूपप एकै ठाउँमा बस्छन् । करिब १ हप्तापछि सबै आ–आफ्नै हिसाबले यताउता लाग्छन् र पालुवा तथा फलबाट रस चुसि नोक्सान गर्न थाल्छन्। यो किराको प्रकोप खासगरि आषाढ अन्तिम देखि शुरु भई भाद्र दोश्रो हप्तासम्म बढि क्रियाशिल देखिन्छ । यस अवधिमा पतेरोले फलमा बसि रस चुस्दछ । रस चुस्दा यसले एक प्रकारको र्याल छोड्छ जुन फलको लागि विषालु हुन्छ । फलमा बढी नै चुस्यो भने फल पहेंलो भै झर्छ ।

व्यवस्थापन विधि

  • पतेरोको फुल र बच्चा अवस्था पहिचान गरी संकलन गर्ने र नष्ट पार्ने ।
  • बगैंचामा पतेरोको फुल नष्ट पार्ने । तर बगैंचामा मित्रजीव पनि हुन्छ तसर्थ ति मित्रजीवको रक्षा गर्ने ।
  • बढी क्षति पार्ने अवस्था भएमा रोगर वा मालाथियन वा यस्तै प्रकारका बढी गन्ध आउने विषादीहरू स्प्रे गर्ने । विषादीको गन्धले पतेरो भाग्छ । विषादीको गन्ध हराएपछि पतेरो फेरी आउँछ तसर्थ ८/१० दिनको फरकमा ४ स्प्रे जति दिएमा यसले क्षति पार्ने अवधि करिब करिब पार हुन्छ ।

बाली कटानी तथा भण्डारण

फल टिप्ने समय

कागतीका फलका बोक्रा चिल्लो भएपछि र फलमा राम्ररी रस भरिएपछि टिप्न सकिन्छ । यो अवस्था कागतीमा फलका बोक्राको रंग हरियो भएकै अवस्थामा भई सकेको हुन्छ । बजारको माग र मूल्यलाई ध्यानमा राखी फलका बोक्राको रंग पहेलो हुन्जेलसम्म पनि फललाई बोटमा नै राख्न सकिन्छ ।

उत्पादन अवधि बढाउने

हाल नेपालको मध्यपहाडमा कागती खेती हुन्छ । मध्यपहाडमा असोज–कार्तिकमा कागती पाक्दछ । यस भन्दा अन्य समयमा नेपालका बजारमा बिक्रि हुने कागती भारतबाट आउने गरेको छ । आयात घटाउन र देशलाई कागतीमा आत्मनिर्भर गराउन कागतीको उत्पादन अवधि बढाउनु आवश्यक छ । कागतीको उत्पादन अवधि निम्न तरिकाले बढाउन सकिन्छ ।

  • गर्मी हावापानी भएका तराई र बेसी क्षेत्रमा कागती खेती प्रविधिको विकास गरी चाँडो (असार देखि असोज महिनामा) उत्पादन लिने।
  • मध्यपहाडमा असोज–मंसिरसम्म उत्पादन लिने ।
  • पहाडमा उत्पादन भएको कागतीलाई भण्डारण गरी फागुनसम्म नेपालमा उत्पादित कागतीबाट बजारको माग आपूर्ति गर्ने ।
  • तराई र पहाडको लागि चाँडो र ढिलो पाक्ने जातको पहिचान गर्ने ।
भण्डारण

सुन्तला र जुनारको तुलनामा कागतीलाई लामो समयसम्म भण्डारण गर्न सकिन्छ । भण्डारण गर्नको लागि चोटपटक तथा रोग किरा नलागेका फलको छनोट गर्नु पर्दछ । कागतीलाई ८–१० डिग्री से.ग्रे.मा ३ महिनासम्म भण्डारण गर्न सकिन्छ । यस प्रकारको तापक्रम नेपालको मध्य–पहाडी क्षेत्रमा सेलार स्टोर भित्र कायम गर्न सकिन्छ । त्यसकारण मध्य–पहाडी क्षेत्रमा कार्तिक–मंसिरमा उत्पादन भएका कागती माघ ,फागुन सम्म सेलार स्टोरमा भण्डारण गरी बजारमा बिक्रि वितरण गर्न सकिन्छ ।

भण्डारणको लागि फल टिप्ने समय

बगैंचा लगाएको स्थानको भौगोलिक अवस्था, उत्पादन स्थल र हावापानीले फल उत्पादनमा प्रत्यक्ष प्रभाव पार्दछ । मध्य पहाडी क्षेत्रका पूर्वदेखि पश्चिम सम्मका विभिन्न भौगोलिक अवस्था र उचाईमा लगाईएका सुन्तला, जुनार कागतिका फल टिप्ने औसत समय यस प्रकार छ।

(क) बगैचा स्थलको उचाई ८०० देखि १००० मिटर: यो उचाईको क्षेत्रमा मंसिर मध्य देखि फल टिप्न शुरु हुन्छ ।

(ख) १००० देखि १३०० मिटरः मंसिर तेश्रो हप्ता देखि फल टिप्न शुरु हुन्छ ।

(ग) १३०० देखि १५०० मिटरः पौस शुरु देखि फल टिप्न शुरु हुन्छ ।

(घ) १५०० देखि सिमान्त क्षेत्रसम्मः पौष मध्य देखि फल टिप्न शुरु हुन्छ ।

देशभरिका सुन्तला उत्पादन हुने विभिन्न क्षेत्रको सामान्य अध्ययन अवलोकन गर्दा असोज अन्तिम हप्ता देखि स्थानिय बजारमा हरियै अवस्थामा बजारमा आउन शुरु गर्छ । तथापि सामान्यतया सुन्तलाको फल टिप्ने समय मंसिर देखि शुरु भई फाल्गुण–चैत्रसम्म रहन्छ । हामी फल छांट्ने गर्दैनौ त्यसैले फल फल्ने वर्ष अत्यधिक फल्छ । बिरुवाले बनाएको ग्लुकोज फलतिर जाने भएकोले बोटमा संरक्षित भएर बस्न पाउँदैन त्यसैले अर्को वर्षको फलाईमा असर गर्छ । अत्यधिक फल फलेको वर्ष फलको साईज पनि बि, सि र डि ग्रेडको अत्यधिक हुन्छ । भर्खर फल्न शुरु गरेको बोट वा पातलो फल फलेको वर्ष फलको साईज ठूलो हुने र बोक्रा पनि बाक्लो हुन्छ । अधिक मात्रामा ए र बि साईजको फल लाग्दछ ।

फलमा रङ्ग चढ्ने समय

फाल्गुण चैत्रमा फुलेको फुल वैशाखमा चिचिला लाग्दछ र यस महिनाभरमा केराउ दाना अवस्थामा पुग्छ । जेष्ठ आषाढमा गुच्चा आकारमा पुगेको फल आषाढ श्रावण महिनामा लोकल कुखुराको अण्डा साईजमा पुग्दछ । यसरी वृद्धि हुँदै भदौ महिनामा फलमा केस्राको विकास भई रस भरिन शुरु गर्छ । भदौ अन्तिम देखि मनसुन वर्षा समाप्त भई तापक्रम घट्ने र माटोमा चिस्यान पनि कम हुँदै जान्छ । यस अवस्थामा फलमा अमिलो रस भरिएको हुन्छ । कार्तिक देखि वातावरण चिसो हुने, दिन छोटो हुने, घाम तिखो लाग्ने र माटोमा चिस्यान कम हुने कारणले गर्दा बिस्तारै फलमा रङ्ग चढ्न शुरु हुन्छ । यसरी स्थान विशेष अनुसार मंसिरको दोश्रो हप्ता देखि पौसको पहिलो हप्ता भित्र फल पाकेर सुन्तला रङ्ग चढि सक्छ ।

फल टिप्ने तरिका

सेलार घरमा जस्तो पायो त्यस्तो फल भण्डारण गर्न कठिन हुन्छ । त्यसैले राम्रोसँग रङ्ग नचढेको वा धेरै पाकेको फललाई भण्डारण गर्दा फलको भण्डारण क्षमता छोटो हुन्छ । तसर्थ २ देखि ३ महिना अवधि भण्डारण गर्नको लागि फल पाकेको ठिक समयमा टिप्नु पर्छ । यसै गरी हाम्रो गाउँघरमा सुन्तला टिप्ने तरीका फललाई तानेर निमोठ्ने, बोट हल्लाएर टिप्ने र लट्ठिले हानेर फल झार्ने तरिका प्रचलित छ । यसरी टिपकेको फल बजारसम्म पुग्दा फलको गुणस्तर ह्रास हुने भएकोले फल टिप्दा निम्न कुराहरूमा ध्यान दिनुपर्दछ ।

ठिक्क पाकेको फल पौष पहिलो हप्ता देखि बढिमा तेश्रो हप्ता भित्र टिप्दा ठिक्क हुन्छ । पाकको फल टिप्न ढिला भयो भने फलको अल्बेडो र केस्रा बिचको झिल्ली खुकुलो भई फलको खोक्रोपना विकास भई भण्डारण क्षमता घट्छ ।

  • फल टिप्ने क्लीपरले फलको भेट्नोमा चोट नलाग्ने गरि टिप्ने ।
  • टिपेको फललाई फल टिप्ने झोला वा क्रेटमा संकलन गर्ने ।
  • फल खन्याउँदा नजिकबाट विस्तारै खन्याउने।
  • संभव भए हातमा सुतिको पन्जा प्रयोग गर्ने ।
फल भण्डारणमा ध्यान दिनुपर्ने कुरा

एक अध्ययनको नतिजा अनुसार फलको अमिलोपन कोल्ड स्टोरमा भन्दा सेलार घर र सामान्य कोठामा गरेको भण्डारमा चांडै घटेको पाईयो । अमिलोको मात्रा घट्ने र गुलियोको मात्रा बढ्ने अवस्था संगै फलको भण्डारण अवधि र गुणस्तरमा समेत ह्रास आउंछ । यस कारणले गर्दा कोल्ड स्टोरको तुलनामा सेलार घर र सामान्य घरमा लामो समय भण्डारण गर्न सकिदैन । बढि पाकेको फलमा गुलियोको मात्रा बढि हुने भएकोले पनि धेरै लामो समय भण्डारण गर्न सकिन्न । ठिक अवस्थामा फल टिपेको छ र भण्डारण घरको अवस्था पनि ठिक छ भने ९ देखि १३ हप्तासम्म सुरक्षितसाथ भण्डारण गर्न सकिन्छ । सेलार घरमा फल भण्डारण गर्दा निम्न कुराहरमा ध्यान दिनुपर्छ ।

  • सामान्य कोठे भण्डार बढिमा ४०–४५ दिन भण्डारण गर्न सकिन्छ भने सेलार घरमा ९– १३ हप्तासम्म भण्डारण गर्न सकिन्छ ।
  • भण्डार कोठामा चिसो र तातो हावाको वहाव ठिक छ छैन अवलोकन गरी कोठा सफा राख्ने ।
  • फल भण्डारण गरेको तेश्रो हप्ता देखि नियमित अवलोकन गर्ने र कुहिएको फल हटाउँदै जाने । जब १० प्रतिशत भन्दा बढि फल कुहिन्छ सेलार घरबाट फल झिकि बिक्रि वितरण वा उपभोग गर्नुपर्छ, अन्यथा नोक्सान हुन जान्छ ।
  • फल भण्डारणको लागि कोदोको भुस, अखबार र सल्लाका पातहरू सुविधा अनुसार प्रयोग गर्न सकिन्छ ।
  • र्याकमा फल राख्दा चोट नलागेका फललाई बढिमा २ देखि ३ तह मिलाएर सेलार स्टोरको र्याकमा भण्डार गर्न सकिन्छ । बढी बाक्लो गरी फल राखेमा कुहिने र फल नष्ट हुने संभावना रहन्छ ।
फल भण्डारमा रोग

फलफुल भण्डारमा सबभन्दा बढि लाग्ने रोगमा निलो ढुसी (Blue mould) हो । यस बाहेक हरियो ढुसी (Green mould) र भेट्नो कुहिने (stem end rot) रोग पनि लाग्छ । भण्डार कोठामा आद्रता र तापक्रम बढि भयो भने यो रोग बढि लाग्दछ । भण्डारण राख्ने फलमा यि रोग लाग्न नदिन फल टिप्दा चोटपटक नलाग्ने गरी टिप्ने बोक्रामा भएका तेल ग्रन्थी नष्ट गर्नु हुँदैन। भण्डारमा फललाई ढुषि रोगबाट बचाउन फल भण्डार गर्नु अगावै ०.९५ प्रतिशत वा बोरेक्स २ ग्राम/ लिटर पानीमा मिसाई उपचार गरेमा ढुसिको आक्रमण कम हुन्छ ।

अन्य जानकारी

वोर्डो मिश्रण/ पेष्ट/ पेन्ट/ चोबत्तिया पेष्ट बनाउने विधि

निलोतुथो, चुना र पानीको निश्चित परिमाण मिलाई बनाएको तत्वलाई वोर्डो मिश्रण भनिन्छ । यस विधिमा प्रयोग हुने चुना ढिक्कावाला हुनुपर्छ । हावामा भएको पानी अवशोसण गरी धुलो भैसकेको चुना गुणस्तरको हुदैन । यसैगरी निलोतुथो ढिक्कामा हुने भएकोले यसलाई मसिनो पिठो हुनेगरी पिस्ने वा पानी र निलोतुथोको परिमाण पातलो कपडामा पोको पारी पानीको भांडोमा पोको आधा मात्र डुब्ने गरि झुण्ड्याएर राख्ने । जतिसुकै परिमाणमा भएपनि केहि समयमै निलोतुथो पानीमा घुलेर जान्छ ।

वोर्डो मिश्रण बनाउंदा १० ग्राम निलोतुथो, १० ग्राम कांचो चुना र १ लि. पानी मिलाएर बनाएको घोलबाट १ प्रतिशतको मिश्रण बन्दछ । यसरी बिरुवाको पालुवाको अवस्था अनुसार ०.५ देखि १ प्रतिशतसम्मको वोर्डो मिश्रण बनाएर छर्ने प्रचलन छ ।

वोर्डो मिश्रण फलफूल बगैचामा प्रयोग गरिने एक प्रकारको रामवाण जस्तै मानिन्छ । यसले अन्य बिषादीले झैं प्रत्यक्ष रूपमा मानव स्वास्थ र वातावरणमा असर पार्दैन । यसले धेरै किसिमका रोगका साथै सुक्ष्म तत्वको पनि आपूर्ति गर्ने र माईट्स कीरा पनि मार्दछ ।

बनाउने तरिका

धातुको भांडा निलोतुथोको झोलले तुरुन्त खाने भएकोले प्वाल बनाई दिन्छ । तसर्थ वोर्डो मिश्रण बनाउंदा प्लाष्टिक वा काठ वा माटोको भांडो प्रयोग गर्नुपर्छ । वोर्डो मिश्रण बनाईसकेपछि ठिक छ छैन भनी परिक्षण गर्नुपर्छ । परिक्षण गर्दा तयार भएको वोर्डो मिश्रणमा फलामको कुनै चिज १ मिनेट डुवाएर हेर्दा खिया देखिएमा पुनः थोरै चुना थप्दै घोल्दै जानुपर्छ र यसैगरी परिक्षण गर्दै जाने । जब फलामको टुक्रामा खिया पर्दैन अब वोर्डो मिश्रण छर्न लायक भयो भनेर जानिन्छ । यसरी तयार भएको वोर्डो मिश्रण २४ घण्टा भित्र प्रयोग गरिसक्नु पर्छ । परिक्षण नगरी खिया आउने अवस्थाको मिश्रण प्रयोग भएमा बिरुवाको पात जलाई दिन्छ । प्रयोग गरेपछि भाँडा राम्ररी पखाली घोप्टो पारेर राख्ने ।

  • १ लिटर पानीलाई दुईटा भांडामा आधा आधा पार्ने ।
  • १० ग्राम निलोतुथो आधा पानी भएको एउटा भांडामा घोल्ने ।
  • अर्को आधा पानी भएको पानीमा धुलो पारेको चुना फिट्ने ।
  • तेश्रो भाडामा चुना र निलोतुथो घोललाई एकैसाथ बिस्तारै खन्याउंदै काठले घोल्ने वा
  • तेश्रो भांडो नभएमा चुनाको घोलमा निलोतुथो बिस्तारै खन्याउंदै काठले चलाउने ।
  • एक्कै पटक घ्वाल्ल खन्याएमा वा निलोतुथोको घोलमा चुना खन्याएमा वोर्डो मिश्रण फाट्छ र गिर्खा गिर्खा बन्छ । यस्तो भयो भने काम लाग्दैन ।
  • वोर्डो मिश्रणको घोललाई ठीकसंग बन्यो बनेन भनेर जांच्नको लागि एउटा सफा ब्लेड वा चम्किलो फलामको टुक्रा केही छिनको लागि घोलमा डुवाउने । यदि खैरो रंग पोतिएको देखियो भने नीलोतुथो बढी भयो भन्ने बुझ्नु पर्छ र चुन थप्दै जानुपर्छ र खैरो रंग आउन छोडे पछि वोर्डो मिश्रण तयार भयो भन्ने बुझ्नुपर्छ ।

वोर्डो पेष्ट बनाउने र प्रयोग विधि

  • धुलो बनाएको निलोतुथो १०० ग्राम ।
  • धुलो बनाएको चुना १५० ग्राम ।
  • १ लि. पानी ।

यि तिन बस्तुलाई वोर्डो मिश्रण बनाए झैं अलग अलग भांडामा घोल्ने र तेश्रो भांडोमा चुना र निलोतुथो घोल बिस्तारै खन्याउंदै चलाउदै जाने । यसरी बिस्तारै वाक्लो लेदो तयार भई बिरुवाको फेंद, हांगामा लेप लगाउन तयार हुन्छ ।

वोर्डो पेन्ट बनाउने र प्रयोग विधि

१ किलो धुलो पारेको निलोतुथो माटे कराई वा माटोको हांडीमा सेतो हुनेसम्म राम्ररी भुट्ने ।

२ किलो ढिक्कावाला चुना फुटाएर फेरी हल्का भुट्ने ताकी चुनामा भएको पानीको मात्रा सबै उडेर जाओस्।

३ लि. आलसको तेल एकछिन् हल्का उमाल्ने र सेलाउन दिने ।

आलसको तेल सेलाएपछि आधा–आधा पार्ने र माथि भने झैं अलग–अलग भांडामा चुना र निलोतुथो राम्ररी घोल्ने । चुना र निलोतुथो राम्ररी घोलीसकेपछि पुनः दुबैलाई अर्को भाँडामा बिस्तारै खन्याउदै घोल्दै जाने वा चुनाको घोलमा निलोतुथोको घोल बिस्तारै खन्याउदै घोल्ने । यसरी बनाएको बस्तुलाई वोर्डो पेन्ट भनिन्छ । यो एक पटक प्रयोग गरेपछि त्यो वोटमा ४/ ५ वर्ष सम्म प्रयोग गर्न पर्दैन ।

चौबत्तिया पेष्ट बनाउने तथा प्रयोग विधि

१ लि. आलसको तेलमा ८०० ग्राम रेड लिड र ८०० ग्राम कपर कार्वोनेट घोलेर बनाएको घोललाई चौबत्तिया पेष्ट भनिन्छ । यो एक पटक बनाईसकेपछि धेरै पछि सम्म पनि प्रयोग गर्न सकिन्छ । तर कपर कार्वोनेट र रेड लिड महङ्गो हुने भएकोले यसको प्रयोग उतिसारो ब्यवहारिक छैन ।

खाद्य तत्वका कमी भएमा देखिने लक्षणहरू र व्यवस्थापन

नाईट्रोजन

कमी भएमा देखिने लक्षणहरू: पातमा हरियोपना घटने, एकनासले पहेलीने, कलिला पात सानो हुने , पुरानो पातहरू झर्ने, मुना मर्ने, बोट नबढ्ने।

व्यवस्थापन: बिरुवामा लक्षणहरू देखिएमा नाईट्रोजनयुक्त प्रांगारिक मल र रासायनिक मल सिफारिस मात्रामा माटोमा हाल्ने र हल्का सिंचाई गर्ने ।

फोसफरस

कमी भएमा देखिने लक्षणहरू: फलको गुणस्तरमा प्रष्ट लक्षण देखिन्छ । फल ठुलो, खस्रो, बोक्रा बाक्लो र भित्र बिच भाग खाली हुने । पात सानो, झर्ने, फुल फुल्न ठिला हुने । फल नछिप्पिदै झर्ने ।आख्लाको बिकृत बनोट हुने ।

व्यवस्थापन: बिरुवामा लक्षणहरू देखिएमा फस्फोरसयुक्त प्रांगारिक मल र रासायनिक मल सिफारिस मात्रामा माटोमा हाल्ने र हल्का सिंचाई गर्ने ।

पोटास

कमी भएमा देखिने लक्षणहरू: पातहरू साना र पातको किनार अग्रेजी क (K) आकारमा फर्किएका । फेद बाट गम जस्तो पदार्थ निस्कन,नछिप्पदै फल झर्ने । फलको साईज फरक हुने ।

व्यवस्थापन: बिरुवामा लक्षणहरू देखिएमा पोटासियमयुक्त प्रांगारिक मल र रासायनिक मल सिफारिस मात्रामा माटोमा हाल्ने र हल्का सिंचाई गर्ने ।

क्याल्सियम

कमी भएमा देखिने लक्षणहरू: शुरुमा टुप्पाका नयाँ मुनाहरू मर्ने । पातको नसाको बिचमा पहेलो हुने । पात बाक्लो र सानो हुने । पातको मुख्य नसा छोटो । फलको बोक्रा कडा र बाक्लो हुने । जराको बृद्धि रोकिने ।

व्यवस्थापन: बिरुवामा लक्षणहरू देखिएमा क्याल्सियम कार्बोनेट वा कृषि चुन १ किलो प्रति बोट का दरले रिङ विधि बाट माटोमा हाल्ने र हल्का सिंचाई गर्ने ।

म्याग्नेसियम

कमी भएमा देखिने लक्षणहरू: पातको आधार तिरबाट भि आकारको पहेलो आकार देखिने । धेरै कमी भएमा पुरै पात पहेलो भई झर्ने । उत्पादन कम हुने । जरा बृद्धि कम हुने, बर्ष विराएर फल्न सहयोग गर्ने । कमीको लक्षण देखिएको विरुवाले चिसो सहन नसक्ने ।

व्यवस्थापन: बिरुवामा लक्षणहरू देखिएमा म्याग्नेसियम सल्फेट (०.३ ५) झोल बनाई पुरै बोट भिज्ने गरी स्प्रे गर्ने ।

सल्फर

कमी भएमा देखिने लक्षणहरू: शुरुमा नयाँ पातहरू पहेलीने । हाँगाको मुना मर्ने । नछिप्पियको पात हल्का हरियो र पुरानो छिप्पियको पात हल्का सुन्तला रंगको हुने । केहि फल सानो ,कुनैको बोक्रा बाक्लो हुने । फलमा रस कम हुने ।

व्यवस्थापन: बिरुवामा लक्षणहरू देखिएमा सल्फर ५० ग्राम प्रति बोटका दरले रिङ विधि बाट माटोमा हाल्ने र हल्का सिंचाई गर्ने ।

जिंक

कमी भएमा देखिने लक्षणहरू: नयाँ विकास भएका भागमा लक्षण देखिन्छ । पातको रेसाको बिच भाग पहेलीने । पातको आकार घटने माथि फर्केको । बिरुवाको बृद्धि विकास कम हुने । धेरै भएमा फल सानो हुने, नछिप्पिदै पाके जस्तो रंग देखिने । बोटमा फल कम फल्ने । मसिना हाँगाहरू मर्दै जाने।

व्यवस्थापन: बिरुवामा लक्षणहरू देखिएमा जिंक सल्फेट (०.५%) झोल बनाई पुरै बोट भिज्ने गरी स्प्रे गर्ने।

म्यांगेनिज

कमी भएमा देखिने लक्षणहरू: सेपिलो ठाउँमा बढि देखिन्छ । शुरुमा पातमा हल्का हरियो धब्वाहरू देखिन्छ र केहि हप्ता पछि हराएको जस्तो देखिन्छ । पातहरू बढदै जादा हल्का हरियो सेतो रंगको धब्बाहरू देखिन्छ । फिक्का हरियो पृष्ठ भूमिमा हरियो नसाहरू देखिन्छ ।

व्यवस्थापन: बिरुवामा लक्षणहरू देखिएमा म्याग्निज सल्फेट (०.३ ५) झोल बनाई पुरै बोट भिज्ने गरी स्प्रे गर्ने ।

तावा

कमी भएमा देखिने लक्षणहरू: पहेला धब्वाहरू हरियो हाँगाहरू र पातको भेटनोको तल देखिन्छ । पछि बढदै गएर हागाको चारै तिर फैलिएर रिंग जस्तो दखिन्छ। घब्वाहरू सुनिन्छ र खैरो रंगको गम जस्तो पदार्थ निस्कन्छ । धेरै पातका मुनाहरू आउछ र पात साना अनियमित किनारा र बिकृत हुन्छन । यस्ता बोटहरू तुषारो खप्न सक्दैनन । हाँगाहरू मरेका देखिन्छन । बोक्रा बाट गुँद निस्कने, फल फुट्ने, फल नछिप्पिदै झर्ने ।

व्यवस्थापन: बिरुवामा लक्षणहरू देखिएमा कपर सल्फेट (०.३%) झोल बनाई पुरै बोट भिज्ने गरी स्प्रे गर्ने।

आईरन

कमी भएमा देखिने लक्षणहरू: शुरुमा नयाँ पातको नसाको बिचमा पहेलो हुन्छ । पुरै पात पहेलो हुने, पात घटदै गई सानो हुने । पातहरू कागज जस्तै पातलो हुने । बढि भएमा नयाँ आउने पातहरू मुख्य नसा बाहेक सेतो हुने । पात झर्ने ।फल सानो हुने, कडा खस्रो हुने ।

व्यवस्थापन: बिरुवामा लक्षणहरू देखिएमा फेरस सल्फेट (०.३%) झोल बनाई पुरै बोट भिज्ने गरी स्प्रे गर्ने।

बोरोन

कमी भएमा देखिने लक्षणहरू: पात र फलमा कार्बोहाईडेट बढी जम्मा हुने । पातका नसाहरू पहेलो हुने,फुट्ने र पात तलतिर फर्कने । फलमा चोप जस्तो निस्कने। फल बिकृत हुने, फल झर्ने । धेरै फल फल्ने तर तिन चार महिना पछि झर्ने, फलमा रसको मात्रा कम हुने । फल कडा बोक्रा खस्रो हुने । माटोमा चिस्यान भए पनि बोट ओईलाउने ।

व्यवस्थापन: बिरुवामा लक्षणहरू देखिएमा बोरिक एसिड (०.३%) झोल बनाई पुरै बोट भिज्ने गरी स्प्रे गर्ने।

मोलिबडेनम

कमी भएमा देखिने लक्षणहरू: पुरानो पातहरूमा लक्षण देखिन्छ । पातको तल्लो भागमा चोप जस्तो निस्कने र पातमा रातो खैरो धब्वा देखिने । प्रत्यक बोटका केहि पातहरूमा देखिन्छ । पातमा धब्वाहरूको संख्या बढदै जान्छ । गृष्म ऋतुमा पात झर्छ ।

व्यवस्थापन: बिरुवामा लक्षणहरू देखिएमा सोडियम मोलिब्डेट झोल बनाई पुरै बोट भिज्ने गरी स्प्रे गर्ने ।

फलफूल बगैंचा ह्रास हुनाका कारण तथा उपाएहरु
  • हावापानी, भौगोलिक बिशेषता अनुसारको बाली र जात छनौट नहुनु ।
  • गुणस्तरीय विरुवाको उत्पादन र वितरण व्यवस्थित नहुनु ।
  • कम उर्वराशक्ति भएका स्थानहरूमा बगैंचा
  • स्थापना गर्नु र खाद्य तत्वहरूको व्यवस्थापन नगर्नु ।
  • बगैंचामा सिंचाई र निकासको ब्यवस्था नहुनु।
  • रोग, कीराहरूको समयमै उचित व्यवस्थापन नहुनु ।
  • कृषकहरूमा प्राविधिक ज्ञानको कमी तथा महत्व नदिनु।
  • बिरुवाहरू जथाभावी ओसार पसार गर्नु ।
  • पुराना बगैंचा पुनस्र्थापना, व्यवस्थापन नहुनु ।
  • नर्सरी ACT नहुनु ।

फलफूल बगैंचा ह्रास समस्या समाधानका उपाएहरू

  • जाली घरमा बिरुवा उत्पादन गरी वितरण गर्ने।
  • बडउड सर्टिफिकेसन लागु गर्ने ।
  • उर्वराशक्ति राम्रो भएका जमीनमा बगैंचा स्थापना गर्ने ।
  • बगैंचामा सिंचाई व्यवस्थापन गर्ने ।
  • कृषकहरूलाई बगैंचा व्यवस्थापन सम्बन्धि प्राविधिक ज्ञान दिने ।
  • पुराना बगैंचा पुनस्र्थापना गर्न जोड दिने ।
  • सुन्तलाजात वालीका खतरनाक रोग र कीराहरूको व्यवस्थापन गर्ने ।
  • फलफूल नर्सरी ऐन तर्जुमा गरी कार्यान्वयन गर्ने ।
फल झर्ने कारणहरू

फल झर्ने कारणहरू

फलको अवस्था

र्ने समय

झर्ने कारण

फलको कोपिला अवस्था

चैत्र अन्तिम बैशाख दोश्रो हप्ता

धेरै वाक्लो लागेको फलको कोपिला, परागसेचन नभएका फलका चिचिलाहरू यस अवधिमा सबभन्दा बढि झर्छन् । यो प्राकृतिक विधि हो ।

केराउ दाना अवस्था

वैशाख तेश्रो हप्ता जेष्ठ तेश्रो हप्ता

यस अवधिमा सुख्खा बढि हुनाले माटोमा चिस्यान कम हुंदा वोटले सबै फल धान्न सक्दैन तसर्थ फलको भेट्नोमा एब्सिसिन तह बनेर छानिएका फलहरू झर्छन्।

गुच्चा आकार अवस्था

असार

समयमा वर्षा भएन वा लामो समयको अन्तरालमा कहिले पानी पर्ने कहिले खडेरी पर्ने अवस्था आएमा फल झर्छ । यसका साथै वोटले आफूले धान्न सक्ने भन्दा बढि फल भएमा पनि माउ वोटले फल झार्छ ।

लोकल कुखुराको अण्डाकार अवस्था

असार अन्तिम देखि श्रावण ठांउ अनुसार आसार अन्तिम देखि श्रावणभर

हरियो पतेरो कीराले फलमा बसि रस चुसेर खांदा फल पहेंलो भई फल झर्छ ।

फल परिपक्क अवस्था

असोजकार्तिक

खास गरि जुनार र निबुवा फलमा फल कुहाउने झिंगाले आक्रमण गर्नाले यस अवधिमा फल पाक्नु अगावै पहेंलो भई झर्छ र फलबाट औंसा कीरा निस्केर माटो मुनि लुकन जान्छ ।

फल परिपक्क तथा पाकेको अवस्था

मंसिरपौष

यो समय माटोमा सुख्ःखा हुने र फल पाक्ने समय भएको अवस्थामा लगातार ५/ ७ दिन पानी परेर माटो पुरा भिज्यो वा ७/ ८ दिन लगातार पानी लचप्प भिज्ने गरी सिंचाई गर्यो भने पाकेका फल पनि झर्न थाल्छ।

 

फल झर्ने समस्याको न्यूनिकरण विधि

  • मलखादको प्रयोग सिफारिस मात्रा अनुसार र उचित समयमा गर्नु पर्दछ ।
  • सिंचाईको व्यवस्थापन गर्नु पर्दछ ।
  • शुक्ष्म खाद्य तत्वहरूको प्रयोग सिफारिस मात्रामा गर्ने ।
  • असार देखि भाद्र सम्म पतेरो कीराको व्यवस्थापन गर्ने ।
  • झरेका फलहरू लाई तुरुन्तै संकलन गरी नष्ट गर्ने ।
  • बगैंचा सधै सफा राख्ने ।

 

फल फुटने समस्या र व्यवस्थापन

कागतीका फलहरूको विकास भैरहेको अवस्थामा लामो समय सम्म सुख्खा हुने र एक्कासी पानी पर्ने अथवा सिंचाई गर्ने काम गरेमा फल फुट्ने समस्या देखिन्छ । सुख्खा मौसममा फलको बोक्रा कडा हुने र कम तन्किने हुँदा लामो खडेरी पछि पानी पर्दा वा सिंचाई दिदा फलमा तन्तुहरूको तन्किने शक्ति भन्दा बढी पानीको प्रवेश जराबाट फलमा हुने हुदा फल फुट्ने समस्या हुन्छ । माटोमा पोटासियमको, ताँवाको कमी भयो भने पनि यो समस्या दखिन सक्छ ।

व्यवस्थापन

  • सुख्खा समयमा सिंचाई को ब्यवस्था मिलाउने।
  • माटो जाँच गरी पोटास, ताँवा कमी देखिएमा कमी देखिएको खाद्य तत्व प्रयोग गर्ने ।

 

सेलार स्टोर साधारण जानकारी

सेलार स्टोर भनेको (Semi underground  store chamber) भिरालो गह्रा–कान्ला परेको जग्गालाई खारेर अर्ध भूमिगत रूपमा निर्माण गरिएको घरलाई सेलार स्टोर भनिन्छ । यस किसिमको घरमा तापक्रम, आद्रता र हावाको वहाव मिलान गरी बनाईएको हुन्छ । यसका गाह्रोहरू ईट्टा वा ढुंगावाट बनाईएको र छाना माटो ,स्लेट, टायल वा फुसले छाएर बलियो ढोका बनाई भण्डारण भित्र स्वच्छ हावाको संचार तथा भण्डारण कोठाको तातो हावा निस्कने र चिसो हावा भित्र जाने क्रमसंगै चिस्यान अटुट रूपले रहने सिद्धान्तवाट सेलार घर तयार पारिएको हुन्छ । सुन्तलाजात फलफूलका फल भण्डारणको लागि उपयुक्त शित भण्डारको व्यवस्था नभएको र पाक्ने वित्तिकै बेच्नु पर्ने अवस्था भएकोले कृषकले भने जस्तो फाईदा पाउन सकिरहेका छैनन्। यसका साथै उपभोक्ताहरूले बेमौषममा फल खान नपाउने र आवश्यकता भन्दा बढि मुल्य तिर्नुपर्ने अवस्था छ । यसकारण शहरी संजालले नजोडेका ग्रामिण क्षेत्रमा सेलार स्टोरको आफ्नै महत्व छ ।

  • लामो समय सम्म बोटमै फल राख्दा बोटलाई असर पर्ने भएकोले समयमै फल टिपी बिरुवालाई ठिक अवस्थामा राख्न ।
  • बेमौषममा सुन्तलाजात फलफूल आपूर्ति गरी स्थानिय माग पुरा गर्ने ।
  • स्थानीय स्तरमा सजिलै निर्माण गर्न सकिने प्रविधि हस्तान्तरण गर्न ।
  • ग्रामिण क्षेत्रमा सुन्तलाजात फलफूल खेती प्रति कृषकलाई अझ बढी प्रोत्साहित गर्न ।

सेलार स्टोर निर्माणको उदेश्य

सुन्तलाजात फलफूल उत्पादन हुने समयमा फल टिपि सेलार घरमा भण्डारण गरी ग्रामिण क्षेत्रका स्थानिय बजारमा बेमौसममा फल उपलब्ध गराउने भरपर्दो सरल प्रविधि हो । निम्न उद्देश्य पूर्ति गर्न सेलार घर निर्माण गरिन्छ ।

  • ग्रामिण स्तरमा बैकल्पिक आय श्रोतको सृजना गर्न ।
  • बेमौसममा पनि गांउघरमा सजिलै संग फलफूल उपलब्ध गराउन ।
  • सुन्तलाजात फलफूल खेति गर्ने कृषकहरूलाई थप प्रोत्साहित गर्न
  • सुन्तलाजात फलफूलको ब्यवसायिक प्रबर्धनमा टेवा पुर्याउन ।

सेलार घर निर्माणमा ध्यान दिनुपर्ने प्राविधिक पक्ष

सुन्तलाजात फलफूल भण्डारण गर्न सेलार स्टोरमा ५–७ डि.से.को तापक्रम र ८५–९५ प्रतिशत आद्र्रता बनाउन सके सवभन्दा उपयुक्त हुन्छ । सेलार स्टोरको तापक्रम र आदता मिल्न सकेन भने लामो अवधि फल भण्डारण गर्न सकिंदैन । तसर्थ निम्न पक्षहरूमा ध्यान दिनुपर्छ।

१. निर्माण स्थलको उचाई

सामान्यतया निर्माण स्थलको उचाई १२०० मिटर भन्दा माथी हुनुपर्छ । तापक्रमको सम्बन्धले गर्दा सेलार घर सकभर जति माथि उचाईमा बनाउन सकियो त्यति राम्रो मानिन्छ । कम उचाई भएको ठांउमा निर्माण गर्दा तापक्रम बढि हुने भएकोले लामो अवधि फल भण्डारण गर्न संभव हुंदैन ।

२. जमिनको मोहोडा

सेलार स्टोर निर्माण स्थल ओसिलो, पूर्व उत्तर मोहडा परेको र नजिकमा बोट बिरुवा भएको छहारी भएको ठांउ उपयुक्त मानिन्छ । पारिलो जग्गामा तापक्रम बढि हुन जाने भएकोले यस्तो जग्गा छनोट गर्नु हुदैन।

३. निर्माण प्रविधिको जानकारी

सेलार स्टोर निर्माण गर्न केहि बिशेष कुराहरूको जानकारीको आवश्यक पर्ने भएकोले सम्बन्धित प्राविधिक तथा ज्ञान भएका व्यक्तिसँग सम्पर्क एवं सल्लाह गर्नु पर्दछ । निर्माण प्रविधिमा खास गरी निर्माण स्थलको उचाई, मोहोडा, हावा संचार, फल भण्डारण र व्यवस्थापन सम्बन्धि ज्ञान भएमा बनाउन खासै गाह्रो छैन ।

सेलार स्टोर निर्माण पूर्व ध्यान दिनुपर्ने कुरा

(क)निर्माण स्थल प्राविधिक दृष्टिकोणले उपयुक्त छ कि छैन बिचार पुर्याउनु पर्छ ।

(ख)कति भण्डारण क्षमताको बनाउने? निर्माण लागत कति लाग्छ ? लागत अनुमान तथा निर्माण डिजाईन तयार गर्ने ।

(ग)सेलार स्टोरमा राख्ने गरी उत्पादन छ कि छैन? बिचार गर्ने ।

(घ)निर्माण खर्च कृषक स्वयंले ब्यहोर्न सक्छ कि बाह्य सहयोग पनि चाहिन्छ? निर्माण खर्च र प्राविधिक पक्षको समेत ब्यवस्था मिलाउने ।

(ङ) सेलार घर बनाउने कृषकलाई वास्तविक रूपमा यसको आवश्यकता महसुस भएको छ कि लहड र सहयोग प्राप्तिको सदुपयोग हो? निर्माण पहिले नै यकिन गर्ने ।

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

कागती खेती प्रविधि

भरतबहादुर आचार्य, वरिष्ठ सुन्तला विकास अधिकृत

गणपति पाण्डे, वरिष्ठ सुन्तला विकास अधिकृत

राष्ट्रिय सुन्तलाजात वाली विकास कार्यक्रम

कीर्तिपुर, काठमाण्डौ ।