नाईट्रोजन
कमी भएमा देखिने लक्षणहरू: पातमा हरियोपना घटने, एकनासले पहेलीने, कलिला पात सानो हुने , पुरानो पातहरू झर्ने, मुना मर्ने, बोट नबढ्ने।
व्यवस्थापन: बिरुवामा लक्षणहरू देखिएमा नाईट्रोजनयुक्त प्रांगारिक मल र रासायनिक मल सिफारिस मात्रामा माटोमा हाल्ने र हल्का सिंचाई गर्ने ।
फोसफरस
कमी भएमा देखिने लक्षणहरू: फलको गुणस्तरमा प्रष्ट लक्षण देखिन्छ । फल ठुलो, खस्रो, बोक्रा बाक्लो र भित्र बिच भाग खाली हुने । पात सानो, झर्ने, फुल फुल्न ठिला हुने । फल नछिप्पिदै झर्ने ।आख्लाको बिकृत बनोट हुने ।
व्यवस्थापन: बिरुवामा लक्षणहरू देखिएमा फस्फोरसयुक्त प्रांगारिक मल र रासायनिक मल सिफारिस मात्रामा माटोमा हाल्ने र हल्का सिंचाई गर्ने ।
पोटास
कमी भएमा देखिने लक्षणहरू: पातहरू साना र पातको किनार अग्रेजी क (K) आकारमा फर्किएका । फेद बाट गम जस्तो पदार्थ निस्कन,नछिप्पदै फल झर्ने । फलको साईज फरक हुने ।
व्यवस्थापन: बिरुवामा लक्षणहरू देखिएमा पोटासियमयुक्त प्रांगारिक मल र रासायनिक मल सिफारिस मात्रामा माटोमा हाल्ने र हल्का सिंचाई गर्ने ।
क्याल्सियम
कमी भएमा देखिने लक्षणहरू: शुरुमा टुप्पाका नयाँ मुनाहरू मर्ने । पातको नसाको बिचमा पहेलो हुने । पात बाक्लो र सानो हुने । पातको मुख्य नसा छोटो । फलको बोक्रा कडा र बाक्लो हुने । जराको बृद्धि रोकिने ।
व्यवस्थापन: बिरुवामा लक्षणहरू देखिएमा क्याल्सियम कार्बोनेट वा कृषि चुन १ किलो प्रति बोट का दरले रिङ विधि बाट माटोमा हाल्ने र हल्का सिंचाई गर्ने ।
म्याग्नेसियम
कमी भएमा देखिने लक्षणहरू: पातको आधार तिरबाट भि आकारको पहेलो आकार देखिने । धेरै कमी भएमा पुरै पात पहेलो भई झर्ने । उत्पादन कम हुने । जरा बृद्धि कम हुने, बर्ष विराएर फल्न सहयोग गर्ने । कमीको लक्षण देखिएको विरुवाले चिसो सहन नसक्ने ।
व्यवस्थापन: बिरुवामा लक्षणहरू देखिएमा म्याग्नेसियम सल्फेट (०.३ ५) झोल बनाई पुरै बोट भिज्ने गरी स्प्रे गर्ने ।
सल्फर
कमी भएमा देखिने लक्षणहरू: शुरुमा नयाँ पातहरू पहेलीने । हाँगाको मुना मर्ने । नछिप्पियको पात हल्का हरियो र पुरानो छिप्पियको पात हल्का सुन्तला रंगको हुने । केहि फल सानो ,कुनैको बोक्रा बाक्लो हुने । फलमा रस कम हुने ।
व्यवस्थापन: बिरुवामा लक्षणहरू देखिएमा सल्फर ५० ग्राम प्रति बोटका दरले रिङ विधि बाट माटोमा हाल्ने र हल्का सिंचाई गर्ने ।
जिंक
कमी भएमा देखिने लक्षणहरू: नयाँ विकास भएका भागमा लक्षण देखिन्छ । पातको रेसाको बिच भाग पहेलीने । पातको आकार घटने माथि फर्केको । बिरुवाको बृद्धि विकास कम हुने । धेरै भएमा फल सानो हुने, नछिप्पिदै पाके जस्तो रंग देखिने । बोटमा फल कम फल्ने । मसिना हाँगाहरू मर्दै जाने।
व्यवस्थापन: बिरुवामा लक्षणहरू देखिएमा जिंक सल्फेट (०.५%) झोल बनाई पुरै बोट भिज्ने गरी स्प्रे गर्ने।
म्यांगेनिज
कमी भएमा देखिने लक्षणहरू: सेपिलो ठाउँमा बढि देखिन्छ । शुरुमा पातमा हल्का हरियो धब्वाहरू देखिन्छ र केहि हप्ता पछि हराएको जस्तो देखिन्छ । पातहरू बढदै जादा हल्का हरियो सेतो रंगको धब्बाहरू देखिन्छ । फिक्का हरियो पृष्ठ भूमिमा हरियो नसाहरू देखिन्छ ।
व्यवस्थापन: बिरुवामा लक्षणहरू देखिएमा म्याग्निज सल्फेट (०.३ ५) झोल बनाई पुरै बोट भिज्ने गरी स्प्रे गर्ने ।
तावा
कमी भएमा देखिने लक्षणहरू: पहेला धब्वाहरू हरियो हाँगाहरू र पातको भेटनोको तल देखिन्छ । पछि बढदै गएर हागाको चारै तिर फैलिएर रिंग जस्तो दखिन्छ। घब्वाहरू सुनिन्छ र खैरो रंगको गम जस्तो पदार्थ निस्कन्छ । धेरै पातका मुनाहरू आउछ र पात साना अनियमित किनारा र बिकृत हुन्छन । यस्ता बोटहरू तुषारो खप्न सक्दैनन । हाँगाहरू मरेका देखिन्छन । बोक्रा बाट गुँद निस्कने, फल फुट्ने, फल नछिप्पिदै झर्ने ।
व्यवस्थापन: बिरुवामा लक्षणहरू देखिएमा कपर सल्फेट (०.३%) झोल बनाई पुरै बोट भिज्ने गरी स्प्रे गर्ने।
आईरन
कमी भएमा देखिने लक्षणहरू: शुरुमा नयाँ पातको नसाको बिचमा पहेलो हुन्छ । पुरै पात पहेलो हुने, पात घटदै गई सानो हुने । पातहरू कागज जस्तै पातलो हुने । बढि भएमा नयाँ आउने पातहरू मुख्य नसा बाहेक सेतो हुने । पात झर्ने ।फल सानो हुने, कडा खस्रो हुने ।
व्यवस्थापन: बिरुवामा लक्षणहरू देखिएमा फेरस सल्फेट (०.३%) झोल बनाई पुरै बोट भिज्ने गरी स्प्रे गर्ने।
बोरोन
कमी भएमा देखिने लक्षणहरू: पात र फलमा कार्बोहाईडेट बढी जम्मा हुने । पातका नसाहरू पहेलो हुने,फुट्ने र पात तलतिर फर्कने । फलमा चोप जस्तो निस्कने। फल बिकृत हुने, फल झर्ने । धेरै फल फल्ने तर तिन चार महिना पछि झर्ने, फलमा रसको मात्रा कम हुने । फल कडा बोक्रा खस्रो हुने । माटोमा चिस्यान भए पनि बोट ओईलाउने ।
व्यवस्थापन: बिरुवामा लक्षणहरू देखिएमा बोरिक एसिड (०.३%) झोल बनाई पुरै बोट भिज्ने गरी स्प्रे गर्ने।
मोलिबडेनम
कमी भएमा देखिने लक्षणहरू: पुरानो पातहरूमा लक्षण देखिन्छ । पातको तल्लो भागमा चोप जस्तो निस्कने र पातमा रातो खैरो धब्वा देखिने । प्रत्यक बोटका केहि पातहरूमा देखिन्छ । पातमा धब्वाहरूको संख्या बढदै जान्छ । गृष्म ऋतुमा पात झर्छ ।
व्यवस्थापन: बिरुवामा लक्षणहरू देखिएमा सोडियम मोलिब्डेट झोल बनाई पुरै बोट भिज्ने गरी स्प्रे गर्ने ।