परिचय

परिचय

किवीफल एक्टिनिडियासीई (Actinidiaceae) परिवार र एक्टिनिडिया (Actinidia) जाती (Genus) अन्र्तरगत पर्ने पतझढ वर्गको बहुवर्षीय लहरे फल बाली हो । किवीफललाई चाइनिज गुजवेरी पनि भनिन्छ । विश्वमा हालसम्म किवीफलका करिब ७० भन्दा बढि प्रकारका प्रजातीहरुका परिचाहन भईसकेका छन्  । यी मध्ये एक्टिनिडिय डेलिसिओसा र एक्टिनिडिय चाइनेन्सिस व्यवसायिक खेती गरिने प्रजातीहरु हुन् । किवीफलको विकासको शुरुआत सन् १९१० मा न्यूजिल्याण्डमा चीनबाट ल्याईएको बीउबाट गरिएको हो । अहिले पनि चीनमा जंगली जातका किवीका लहराहरुबाट किवीफल संकलन हुने गर्दछ । हेवार्ड राइटले सन् १९२४ मा न्यूजिल्याण्डमा किवीफलको सबैभन्दा प्रमुख जात हेवार्ड विकास गरेका हुन् । यही हेवार्ड जात संसारभरी प्रचलित छ ।

नेपालमा पनि २ किसिमका प्रजातीहरु एक्टिनिडिया एस्ट्रिगोसा र एक्टिनिडिया क्यालोसा जंगली अवस्थामा पाइन्छन् । नेपालमा यसलाई झुसे फलको नामले चिनिन्छ भने जंगली जातलाई ठेकी फल भनिन्छ ।

किवीफलमा पाइने पौष्ट्रिक तत्वहरु

किवीफलमा प्रशस्त मात्रामा भिटामिन सी, भिटामिन ए, ई र के लगायत विभिन्न किसिमका शुक्ष्म खाद्य तत्वहरु, कार्बाेहाईड्रेड र प्रोटिन पाईन्छ । यी तत्वहरुको मात्रा सुनौलो गुदी भएका र हल्का हरियो गुदी भएका किवीफलमा फरक फरक हुन्छन् (तालिका २)।

तालिका २. किवीफलमा पाइने पौष्टिक तत्वहरु (प्रति १०० ग्राम)

क्र.सं. तत्वहरु हल्का हरियो किवीफल सुनौलो किवीफल
शक्ति ६१ किलो क्यालोरी ६० किलो क्यालोरी
कार्वोहाइट्रेड १४.६६ ग्राम १४.२३ ग्राम
सुगर (चिनी) ८.९९ ग्राम १०. ९८ ग्राम
पाचनयोग्य फाइवर ३ ग्राम २ ग्राम
बोसो ०.५२ ग्राम ०.५६ ग्राम
प्रोटिन १.१४ ग्राम १.२३ माइग्रोग्राम
भिटामिन ए बरावरको लुटिन जियाजेन्थिन १२२ माइग्रोग्राम ११४ माइग्रोग्राम
थायमिन (बी १) ०.०२७ मिलीग्राम ०.०२४ मिलीग्राम
राईवोफ्लाविन (बी २) ०.०२५ मिलीग्राम ०.०४६ मिलीग्राम
१० नियासिन (बी ३) ०.३४१ मिलीग्राम ०.२८ मिलीग्राम
११ फोलेट (बी ९) २५ माइक्रोग्राम ३४ माइक्रोग्राम
१२ भिटामिन सी ९२ .६ मिलीग्राम १०५.४ मिलीग्राम
१३ भिटामिन ई १.४६ मिलीग्राम १.४९ मिलीग्राम
१४ भिटामिन के ४०.३ माइक्रोग्राम ५.५ माइक्रोग्राम
१५ क्याल्सियम ३४ मिलीग्राम २० मिलीग्राम
१६ फलाम ०.३१ मिलिग्राम ०.२९ मिलिग्राम
१७ म्याग्नेसियम १७ मिलिग्राम १४ मिलिग्राम
१८ म्याग्निज ०.०९८ मिलिग्राम ०.०५८ मिलिग्राम
१९ पोटास ३१२ मिलिग्राम ३१६ मिलिग्राम
२० फोस्फोरस ३४ मिलिग्राम २९ मिलिग्राम
२१ सोडियम ३ मिलिग्राम ३ मिलिग्राम
२२ जिंक ०.१४ मिलिग्राम ०.१० मिलिग्राम

श्रोतः USDA र Wikipedia, 2016 

किवीफल खेती सुरु गर्नु पहिले ध्यान दिनुपर्ने कुराहरु

किवीफल खेती १२०० देखि २४०० मिटरसम्म राम्रो हुने हुँदा जग्गा त्यस किसिमको उचाईमा रहेको छ कि छैन, उपयुक्त हावापानी छ कि छैन, विगतमा असिना, हावाहुरी, तुषारो, हिमपात आदिको स्थिती, सिंचाई सुविधा तथा पानीको निकास, माटोको पिएच, किवीफलमा गरिने आवश्यक कृषि कर्महरु जस्तै टेका (support) दिने, काँटछाँट तथा तालिमको ज्ञान, मलखादको व्यवस्था गर्न सकिने नसकिने आदि कुरामा ध्यान दिनु पर्दछ । सबैभन्दा प्रमुख कुरा बजारको स्थिती, लागत र नाफाको स्थिती, दिर्घकालसम्म व्यवसाय टिकाउ हुन सक्छ सक्दैन भन्ने कुरामा पनि ध्यान दिनु पर्दछ । यसैले किवीफल खेती गर्न खोज्नु भएका कृषकहरुले प्राविधिकको सल्लाह अनुसार राम्ररी बुझेर मात्रै लगानी गर्नु पर्दछ ।

जातहरु

सोयु (Soyou)

यो चाइनेन्सिस प्रजातिको रातो गुदी हुने जात हो । यसलाई रेड किवी (red kiwi) पनि भनिन्छ । यसको बोक्रा हल्का हरियो रंगको हुन्छ र झुस हुँदैन । फलको तौल ३९±९.६ ग्राम हुन्छ । फल झण्डै गोलाकार हुन्छ ।

यो सबैभन्दा चाँडै अर्थात भाद्र तेस्रो हप्ताबाट पाक्दछ । दशैं– तिहार जस्ता चाडपर्व अगाडी नै पाक्ने, गुदीमा राता धर्सा भएको, फल निकै गुलियो हुने र ११०० देखि १७०० मिटरसम्मका कम चिसो हुने स्थानमा पनि खेती गर्न सकिने जात हो ।

एलिसन (Allison)

यो बोक्रामा बाक्लो खैरो झुस भएको, लामो फल, टुप्पातिर अली उठेको र राम्रो भण्डारण क्षमता भएको जात हो । यसलाई १२०० – २४०० मिटरसम्मको उचाइमा खेती गर्न सकिन्छ । यसको फलको गुदी हरियो रङ्गको, स्वादिष्ट र मिठो हुन्छ ।

ब्रुनो(Bruno)

यो डेलिसियोसा प्रजातिको हल्का हरियो गुदी हुने जात हो । यसको बोक्रामा खैरो रंगका प्रशस्त झुस हुन्छन् । फलको तौल ६३.९±१२.४ ग्राम हुन्छ । फल लाम्चो आकारको हुन्छ । कार्तिक दोश्रो तेश्रो हप्तादेखि फल टिप्न लायक हुन्छन् ।     हेवार्ड भन्दा चाँडो पाक्ने, राम्रो उत्पादन दिने र फल लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले यसलाई उपयुक्त जात मानिएको छ । १४०० देखि २५०० मिटरसम्मका चिसो हुने स्थानमा यसको खेती गर्न सकिन्छ ।

हेवार्ड (Hayward)

ब्रुनो जस्तै यो पनि डेलिसियोसा प्रजातिको हल्का हरियो गुदी हुने जात हो । यसको बोक्रामा खैरो रंगका प्रशस्त झुस हुन्छन् । यसको फल निकै ठूला (८१.४±२२.१ ग्राम) हुन्छन् । फल गोलो र लाम्चो दुई प्रकारका हुन्छन् जस्तैः हेवार्ड गोलो र हेवार्ड लाम्चो । कात्र्तिक चौथो हप्तादेखि यस जातका फल टिप्न लायक हुन्छन् । यो ढिलो पाक्ने, फल ठूलो हुने र लामो समयसम्म भण्डारण गर्न सकिने जात हो । १४०० देखि २५०० मिटरसम्मका चिसो स्थानमा यो जातको खेती गर्न सकिन्छ । यसलाई बढि चिलिङ्ग समय (६०० – ८०० घण्टा) चाहिन्छ

आवश्यकता

हावापानी

उत्तरी मोहडा फर्केको १२०० मिटरदेखि २४०० मिटरसम्मको जग्गा किवीफल खेतीको लागि राम्रो हुन्छ । किवीफलका नयाँ पालुवा पलाउन चिसो तापक्रम (० – ७० से.) को अवधि ६०० – ८०० घण्टा सम्म आवश्यक पर्दछ । किवीफललाई पानी अधिक मात्रामा चाहिने हुँदा सिंचाईको भरपर्दो श्रोत चाहिन्छ । साथै वर्षादमा पानी नजम्ने हुनुपर्दछ । करिब १५०० – २००० मिलीलिटर वार्षिक वर्षा हुने क्षेत्रमा किवीफल खेती सजिलै गर्न सकिन्छ । धेरै हुरीबतास चल्ने स्थानमा पनि यसको खेती गर्न समस्या हुन्छ ।

हिंउदमा अलि चिसो हुने (चिसो र आद्र) हावापानी उपयुक्त हुने हुनाले किवीफल खेती हाल सुन्तला लगाइएको क्षेत्र भन्दा माथि र स्याउ लगाइएको क्षेत्र भन्दा तल, जहाँ मकै ( कोदो वा मकै - गहुँ जस्तो खेती प्रणाली प्रचलित छ, त्यस्ता ठाउँहरु उपयुक्त हुन्छ ।

माटो

प्रशस्त प्रांगरिक पदार्थ भएको, १ मिटर गहिरो खन्दा ढुंगा नभेटिने र अम्लियपना ५.५ देखि ६.५ सम्म भएको माटो किवीफलको लागि उत्तम मानिन्छ ।

धेरै अम्लियपना भएको माटोले सुक्ष्म खाद्यतत्वहरु उपलब्ध गराउन नसक्ने तथा धेरै क्षारिय माटोमा पनि मुख्य खाद्यतत्वहरुको अभाव हुने भएकोले माटो अम्लिय भएमा कृषि चुन तथा धेरै क्षारिय भएमा जिप्सम सिफारिस गरिएको मात्रामा राख्नु पर्दछ ।

नर्सरी व्यवस्थापन

किवीफलको विरुवा उत्पादन र प्रसारण प्रविधि

किवीफल पर-परागसेचन हुने फलफूल बाली हो । यसैले बीउबाट उम्रेको विरुवाबाट फलमा मातृ गुणमा परिवर्तन आउने हुँदा फल राम्रो लाग्दैन । बीउबाट तयार गरिएका विरुवाहरु जातिय शुद्धता कायम नहुने र फल फल्न धेरै वर्ष (४–५ वर्ष) लाग्ने हुँदा व्यवसायिक कृषकहले वानस्पतिक विधिद्धारा प्रसारण गरिएका विरुवा नै लगाउनु पर्दछ ।

पहिलो वर्ष अन्य नर्सरीबाट विरुवा खरिद गरि लगाए पनि दोश्रो, तेश्रो वर्षदेखि आफैले बेर्ना तयार गर्न सकिन्छ । किवीफलमा ग्राप्टिङ्ग (कलमी) गरी विरुवा उत्पादन गर्ने विधि प्रमुख विधि हो ।

रुटस्टक तयार गर्ने तरिका

  • स्थानिय, रोग अवरोधक, धेरै वर्ष बाँच्ने जातको बीउ पहिलो वर्ष उमारेर रुटस्टक तयार गर्नु पर्दछ। नेपालमा पाईने जंगली जात वा उन्नत जातहरु मध्ये ब्रुनो, मन्टी, एलिसन, एवर्ट आदिको बीउ संकलन गरेर रुटस्टक तयार गर्न सकिन्छ ।
  • जंगली जातको रुटस्टकको काण्ड सानो हुने हुँदा २ वर्ष पछि मात्रै ग्राप्टिङ्ग गर्न सकिन्छ । तर अरु जातको रुटस्टक एक वर्षमा नै तयार हु्न्छन् ।
  • फल पाक्ने समय (मंसिर) मा रुटस्टकको लागि बीउ संकलन गर्न सकिन्छ । सामान्यतय फलको गुलियोपदार्थ (कुल घुलनशील ठोस पदार्थ) १२५ भन्दा माथि भएको अवस्थामा फलको बोक्रा हटाएर फललाई भाँडोमा राखी केही चम्चा वालुवा मिसाई मुछेर जालीको सहायताले बीउ छुट्याउन सकिन्छ। यसरी छुट्याईएको बीउलाई हल्का घाम वा छाँयामा सुकाएर राख्नु पर्दछ ।
  • बीउलाई नर्सरीमा १–२ महिनापछि जमाउन सकिन्छ । बीउलाई २–३ हप्ता ५० सेल्सियसको रेफ्रिजेरेटरमा राखेर जमाउँदा उमार शक्ति बढ्दछ । ब्याड प्लाष्टिक घर भित्र बनाउनु पर्दछ ताकी माटोको तापक्रम बीउ उम्रन उयुक्त होस् । फागुनको अन्तमा नर्सरीमा बीउ जमाउनु उपयुक्त हुन्छ।
  • नर्सरी तयार गर्दा १:१:१ को अनुपातमा माटो, बालुवा र पाकेको कम्पोष्ट मल मिलाई १ मी. चौडा, १५–२० से. मी. उचाई र आवश्यकता अनुसार लम्बाईको नर्सरी बनाउन सकिन्छ ।
  • बीउ रोप्दा १५ से.मी.को लाइनमा ५ से.मी.को फरक हुने बालुबा मिसाएर राखी माटोले १ से.मी. गहिरोमा पुर्नु पर्दछ । १ महिना भित्र बीउ उम्रन्छ ।
  • नर्सरीमा बेर्नाहरु ४–५ पात भएपछि उखलेर ग्राप्टिङ्ग गर्ने मुख्य प्लटमा असार तिर सार्नु पर्दछ । करिव १०–१२ महिना भए पछि (माघमा) रुटस्टकमा उन्नत जातको हाँगा ल्याई ग्राप्टिङ्ग गर्न सकिन्छ ।

ग्राफ्टिङ्ग

यो विधि द्वारा विरुवा उत्पादन गर्दा एक विरुवाको मुलवृत्त (रुटस्टक) मा राम्रो गुणहरु भएको जातको हाँगा भाग (साइन) जोडेर नयाँ विरुवा तयार गरिन्छ । ग्राप्टिङ्ग गर्दा मुलवृत्त (रुटस्टक) कम्तीमा पनि १५ से.मी. उचाईको हुनु पर्दछ । ग्राप्टिङ्गका विभिन्न विधिहरु मध्ये बेन्च ग्राप्टिङ्ग सबैभन्दा उत्तम विधि पाईएको छ ।

बेन्च ग्राप्टिङ्ग

रुटस्टक उखेलेर सजिलो स्थानमा ल्याई ग्राप्टिङ्ग गर्ने तरिकालाई बेन्च ग्राप्टिङ्ग भनिन्छ । तर यो तरिकामा ग्राप्टिङ्ग गरिसकेपछि विरुवा फेरि लगेर जतनसाथ सार्नु पर्दछ ।

यथास्थानमा ग्राप्टिङ्ग (In-situ grafting)

रुटस्टक नउखलिकन सोही स्थानमा माउ बोटबाट सायन ल्याई गरिने ग्राप्टिङ्गलाई यथास्थानमा गरिने ग्राप्टिङ्ग भनिन्छ । रुटस्टक उखेल्न र सार्न नपर्ने हुनाले यो विधि कम खर्चालु हुन्छ ।

बडिङ्ग

फलफूल बालीहरुमा गरिने बडिङ्ग मध्ये चिप बडिङ्ग सजिलो र छिटोका साथै सफल प्रविधि मानिन्छ । सायन र रुटस्टकको साइज असमान भएतापनि यो विधि अनाउन सकिन्छ ।

जग्गा तयारी

बगैंचा स्थापना

 सबै फलफूल खेती जस्तै किवीफल खेती पनि दिर्घकालिन व्यवसाय हो । एक पटक लगाएको किवीफलले ३०–४० वर्षसम्म उत्पादन दिईरहन्छ । यसैले बगैंचा स्थापना गर्दा जग्गाको रेखाङकन गर्नु पर्दछ । बगैंचा रेखाङकन बिभिन्न तरिकाबाट गर्न सकिन्छ ।

बगैंचाको रेखांकन गर्ने तरिका

गह्रा/कान्ला तरिका (Contour system)

  • हाम्रो जस्तो पहाडी भू–भागमा गह्राहरु हुने भएकोले र किवीफल मध्य देखि उच्च पहाडी क्षेत्रमा लगाईने भएकोले साना साना गह्रा वा कान्ला (समउच्च रेखा/कन्टुर) विधिद्वारा रेखाकंन गर्नु पर्दछ । यस पद्धतिद्वारा जग्गा रेखाङ्कन गर्दा भिरालो जग्गा भए काटेर गह्रा र कान्ला बनाइन्छ । यस्ता गह्राहरुमा तलमाथि गरेर आधार रेखा खिचिन्छ । तलदेखि माथिसम्म एउटा गह्रामा सिधा एक लाइन चिन्ह लगाइसकेपछि क्रमैसंग बाकी गह्रामा पनि चिन्ह लगाउँदै जानु पर्दछ । जग्गाको एकापट्टिबाट माथिदेखि तलसम्म लामो डोरीको सहयाताले प्रत्येक गह्राको बीच बीचमा पर्ने गरी खाडल खन्ने चिन्ह लगाउनु पर्दछ।
  • किवीफल ६ मिटर × ६ मिटर वा ६ मिटर × ५ मिटरको फरकमा लगाउन सकिन्छ । अधिक काँटछाँट गरि राम्रो व्यवस्थापन गर्ने हो भने ५ मिटर × ४ मिटरमा पनि किवीफल लगाउन सकिन्छ । यस अनुसार गह्रामा चिन्ह लगाउँदै जानु पर्दछ । कान्लाको लम्बाई अनुसार बोटबाट बोटको दुरी भने फरक पर्न  सक्दछ र विरुवा एकै लाइनमा नदेखिन पनि सक्दछन्।
  • कान्लाको भित्तातर्फ तथा छेउतर्फ न्यूनतम १ मिटर जमीन हुन आवश्यक पर्दछ । भित्तापट्टी पानीको निकासको लागि कुलेसो बनाउनुपर्दछ । यसरी ६ मीटर दूरीमा विरुवा लगाउँदा १ रोपनी जग्गामा १४ वटा विरुवा अटाउँछ ।
  • तर समथर जग्गामा भने बर्गाकार, डायागोनल, त्रिकोणीय वा षटकोणाकार पद्धतिमा पनि विरुवा लगाउन सकिन्छ । यदि ६ मिटर × ६ मिटरमा विरुवा लगाउने हो भने एक रोपनीमा १३ बोट अट्दछन् भने ६ मिटर × ५ मिटरमा विरुवा लगाउने हो भने एक रोपनीमा १६ बोट अट्दछन् ।

 1

बर्गाकार तरिका (Square system)

  • समथर जमिनमा रेखाङ्कन गर्न यो तरिका सजिलो हुन्छ । यसमा चारै तर्फ बराबर दुरीमा एक एक वटा बोट लगाईन्छ । यसमा विरुवा लगाउन, खनजोत गर्न वा बगैंचा भित्र अन्य अल्पकालीन खेती गर्न पनि सजिलो हुन्छ । यो तरिकामा ५ मिटर दुरीमा विरुवा लगाउँदा एक रोपनीमा २० बोट अट्दछन् ।
  • आयातकार तरिका (Rectangular system)
  • यो पनि समथर जमिनको लागि उपयुक्त पद्धति हो । यसमा रेखाङ्कन गर्ने तरिका बर्गाकारमा जस्तै हो तर यसमा दुई पंक्तिको दुरी बिरुवा लगाउने दुरी भन्दा फरक हुन्छ । जस्तै किविफलमा ६ मिटर × ५ मिटर दुरीमा लगाउनु आयातकार विधि हो । यो दुरीमा बिरुवा लगाउँदा प्रति रोपनी १८ बोट अट्छ 

2

आयातकार तरिका (Rectangular system)

  • यो पनि समथर जमिनको लागि उपयुक्त पद्धति हो । यसमा रेखाङ्कन गर्ने तरिका बर्गाकारमा जस्तै हो तर यसमा दुई पंक्तिको दुरी बिरुवा लगाउने दुरी भन्दा फरक हुन्छ । जस्तै किविफलमा ६ मिटर × ५ मिटर दुरीमा लगाउनु आयातकार विधि हो । यो दुरीमा बिरुवा लगाउँदा प्रति रोपनी १८ बोट अट्छ 

1

पंचबाटिका/क्विन्कस तरिका (Quincunx system)

  • बर्गको चारै कुनामा मुख्य बोट लगाइन्छ । बीचमा छोटो अवधिको फलपूmका बिरुवा लगाइन्छ । रेखाङ्कन गर्ने सम्पूर्ण तरिका बर्गाकार जस्तै हुन्छ । बर्गाकार बोटहरुको बीचमा होचा जातको वा विभिन्न किसिमको फलपूmलको विरुवा लगाउन सकिन्छ । स्थायी वा मुख्य बालीसँग प्रतिस्पर्धामा पुग्नसाथ बिचको विरुवा छटाइन्छ वा मुख्य बाली फल्न थालेपछि बीचको बोट हटाइन्छ ।

4

त्रिकोणिय रेखाङ्कन तरिका (Triangular layout system)

  • यो तरिका पनि समथर जमिनमा प्रयोग गरिन्छ । यसमा ३ वटा बिरुवा त्रिकोणको रूपमा बराबर दुरीमा रोपिन्छ । यो विधिमा प्रति इकाई क्षेत्रफल धेरै बिरुवा अटाउँछ तर रेखाङ्कन गर्न र काम गर्न अन्य पद्धतिमा भन्दा गाह्रो हुन्छ । यो पद्धतिमा ६ मिटर दुरीमा बिरुवा लागाउँदा प्रति रोपनी १३ वटा बिरुवा अटाउँछ ।

 4

षटकोणाकार रेखाङ्कन तरिका

  • यो पद्धति पनि समथर जमिनको लागि उपयुक्त हुन्छ । यसमा बराबर भुजा भएका त्रिकोणमा विरुवा रोप्दा जोडिएको ६ वटा बरबर भुजा ९ज्भहबनयल० बन्दछ र बिचमा सातौ बिरुवा रोपिन्छ । यो तरिकामा बिरुवा रोप्दा बर्गाकार तरिकामा भन्दा १५ प्रतिशत बढी बिरुवा अटाउँछ । यो तरिकामा रेखाङ्कन गर्न गाह्रो हुन्छ र अन्तरबाली लगाउन सकिदैन । यो पद्धतिमा ६ मिटर दुरीमा बिरुवा लगाउँदा प्रति रोपनी १६ वटा विरुवा अटाउँदछ ।

2

खाडलको तयारी
  • विरुवा सार्नु भन्दा १ महिना अगाडी नै खाडल खनेर छोड्नु उपयुक्त हुन्छ । यो काम मंसिर–पुष महिनामा गर्नु पर्दछ ।
  • जग्गा रेखाङ्कन गरे पछि चिन्हको बीचमा पर्ने गरी ३ × ३ × ३ घन फिटका खाडल खन्नु पर्दछ । खाडल खन्नु अघि प्लाण्टिङ्ग बोर्डको प्रयोग गर्नु पर्दछ । प्लाण्टिङ्ग बोर्ड १५० से.मी. लम्बाई, १० से.मी. चौडाई र ३ से.मी. मोटाई भएको आयाताकार काठको फल्याक जस्तो साधन हो । यसमा समान दुरीमा तीनवटा भी ९ख्० आकारका प्वालहरु बनाइएको हुन्छ ।    बगैंचा रेखाङकन गर्दा फिक्स गरेको किल्लालाई प्लाण्टिङ्ग बोर्डको सहायताले बीचको दातीमा ख् आकारमा पारी खाडल खन्ने ठाउँको वरिपरीको घेरा लगाउनु पर्दछ ।
  • छेउको दातीमा दुई वटा किल्ला गाडी फिक्स गरेर किल्ला नहल्लने गरेर बोर्डलाई निकाल्नु पर्दछ।
  • खाडल खन्दा निस्केको माथिको मलिलो माटो एकातिर र तलको रुखो माटो अर्कोतिर थुपार्नु पर्दछ।
खाडल पुर्ने
  • माटो परिक्षण गरि सिफारिस गरिएको कृषि चुन वा जिप्सम र मलखाद राखी माथिको राम्रो माटोले खाडल पुर्नु पर्दछ । किवीफलका विरुवा रोप्नुभन्दा केही दिन (१० दिन पहिले) खाडलमा मल र माटो मिसाई पुर्नु पर्दछ ।
  • माथिको राम्रो माटोमा ५० के.जी कम्पोष्ट वा गोवरमल, १०० ग्राम डि.ए.पि, १०० ग्राम म्यूरेट अफ पोटास, १ के.जी खरानी, १ चम्चा बोरेक्स, ५ के.जी क्वान्थम मल, २०० ग्राम बोनमिल राखेर खाडल पुर्नु पर्दछ । खाडल पुर्दा प्लाण्टिङ्ग बोर्डको प्रयोग गरी बीचमा विरुवा रोप्ने चिन्ह्रको लागि किला गाड्नु पर्दछ ।
  • सिंचाई गरिसकेपछि खाडल तल दाबिने ९धसिने० भएकोले मल मिसाएको माटोले खाडल पुर्दा करिव १ फिट माथि अग्लो बनाउनु पर्दछ । यसो गरिएन भने सिंचाई गरेपछि वा वर्षादमा पानी परेपछि खाडलको मल र माटो तल बस्दछ र पानी जम्दछ ।
विरुवा लगाउने समय र तरिका
  • किवीफल पतझढ वर्गको फल भएकोले हिउँद (पुस–माघ) मा लगाईन्छ । मंसिर(पुसमा खाडल खन्ने र माघ महिनासम्ममा विरुवा सारिसक्नु पर्दछ ।
  • किवीफलको भाले र पोथी अलग अलग बोटमा हुने भएकोले नर्सरीबाट नै विरुवा खरिद गर्दा भाले र पोथीबाट उत्पादन गरिएका कलमी बोटहरु यकिन गरी खरिद गरेर लगाउनु पर्दछ । किवीफलको व्यवसायिक खेती गर्दा भाले र पोथी बोटहरुको अनुपात १:५ देखि १:८ सम्म हुनु पर्दछ । कुनै जातहरु उही जातको भाले बोटबाट पर-परागसेचन हुन नसक्ने हुनाले दुई भन्दा बढी किवीफलका जातहरु एउटै बगैंचामा लगाउँदा उत्पादन राम्रो लिन सकिन्छ ।
  • रेखांकन गरी खनिएका खाडल मध्ये बीचमा पर्ने गरि भाले जातहरु लगाउनु पर्दछ । जसले गर्दा मौरी, भमरा वा अन्य परागसेचन गराउने किराहरुले भालेको परागकरण सजिलै पोथी फूलमा पुर्याउछन् ।

किवी विरुवा रोप्ने उपयुक्त समय हिउँद (पुस महिना) हो । तर पोलीव्यागमा उत्पादन गरेको , पानिको सुविधा भएमा जहिले पनि रोप्न सकिन्छ ।लेआउट वमोजिम बिरुवा केन्द्रमा पर्ने गरि ३ फिट गहिरो र फराकिलो खाल्डो राप्नु भन्दा २ महिना पहिलेनै खनेर १ डोका गोवर मल ५ केजि खरानी, ५०० ग्राम हड्किो धूलो ,२०० ग्राम नाइट्रोजन , १०० ग्राम फस्फोरस ,२०० ग्राम पोटास र २५ ग्राम फ्युराडन राम्रो सगँ माटोमा मिसाइ १ फिट उचाइ सम्म खाडल पुर्नुपर्छ र केन्द्रमा चिन्ह लगाइन्छ ।

खाडल तयार गरेर १ महिना पछि प्लान्टिङ वोर्डको सहायतावाट विरुवा खाडलको केन्द्रमा पर्ने गरी नखुम्चाइकन मिलाएर जोर्नी नपुरीने गरी रोप्नु पर्छ । हल्लिनबाट जोगाउन र सिधा वनाउन निगालो वासँको टेका दिइ वाध्नु पर्छ र आवश्यकता अनुसार छापो हाल्ने र पानी दिने व्यवश्था मिलाउनु पर्छ ।

विरुवा रोप्ने
  • विरुवा रोप्दा प्लाण्टिङ्ग बोर्डको प्रयोग गरी खाडलको बीचमा पर्ने गरी रोप्नु पर्दछ । ग्राप्टिङ्ग गर्दा जोडीएको विरुवाको भागलाई माटोले पर्नु हुदैन । विरुवा साझको समयमा रोप्नु राम्रो हुन्छ ।
  • खाल्डोमा रोप्ने समयमा बोर्डको बीचको प्वालमा विरुवा पर्ने गरी रोप्नाले विरुवाको दुरीमा घटी बढी हुन पाउँदैन ।
  • रोपिसकेपछि विरुवा वरिपरीको माटो खुट्टाले वा हातले राम्ररी थिची सिंचाई गर्नु पर्दछ । सिंचाई माटोको चिस्यान हेरेर ३–३ दिनको फरकमा गर्न सकिन्छ । विरुवाको वरिपरी पानी बार्ने घेरा लगाउनु पर्दछ ।
  • पराल, खर वा स्याउलाले बोटको वरिपरी छापो दिएर मात्रै सिंचाई गर्नु पर्दछ । विरुवा सारेपछि बाँसको भाटाले टेका (सपोट) दिनु पर्दछ र हल्का बाध्नु पर्दछ ।

3

चित्र १. १:८ को अनुपातमा भाले र पोथी विरुवा लगाईएको किवीफलको बगैंचा

बाली व्यवस्थापन तथा हेरचाह

मलखाद

किवीफलको पानी सोस्ने जरा धेरै हुने भएकोले धेरै पानी र खाद्यतत्व लिई छिटो छिटो बढ्दछन्। यसैले किवीफललाई धेरै मलखादको आवश्यकता पर्दछ । मलखादको मात्रा माटोको रसायनिक तथा भौतिक गुणहरुको आधारमा फरक पर्ने भएकोले नेपाल जस्तो विविधता भएको जग्गा जमिनलाई मलखादको एउटै मात्रा सिफारिस गर्नु उपयुक्त हुँदैन ।

सामान्यतय राम्रो उत्पादन लिन किवीफललाई १७० के.जी. नाइट्रोजन, ५६ के.जी. फोस्फोरस र १०० के.जी. पोटास प्रति वर्ष प्रति हेक्टर चाहिन्छ । किवीफलका विरुवाहरु ६ मी. × ६ मी. मा लगाइएका छन् भने एक हेक्टरमा २७७ विरुवा अट्दछन् । यस हिसाबले एउटा बोटलाई ६१५ ग्राम नाइट्रोजन, २१० ग्राम फोस्फरस र ३६० ग्राम पोटास प्रति वर्ष चाहिन्छ ।

यसैले मलखादको मात्रा निर्धारण गर्दा कुन मलखादमा कति खाद्यतत्व पाइन्छ भन्ने कुरा यकिन गरेर गर्नु पर्दछ । यस हिसाबले किवीफल खेती गर्न साधारणतय निम्न अनुसार मलखाद सिफारिस गरिएको छ ।

तालिका ४.  किवीफल खेतीको लागि सिफारिस मलखादको मात्रा

विरुवाको उमेर (वर्ष)

कम्पोष्ट मल (के.जी प्रति बोट)

नाइट्रोजन (ग्राम प्रति बोट)

फोस्फोरस (ग्राम प्रति बोट)

पोटास (ग्राम प्रति बोट)

विरुवा रोप्ने बेलामा

५०

५०

५०

५०

५०

१००

१००

१००

५०

२००

१५०

२००

६०

३००

२००

३००

६०

४००

३००

४००

६०

६००

४००

५००

६ वर्ष र त्यस भन्दा माथि

६०

८००

५००

६००

किवीफल खेतीमा अर्गानिक मलखाद

अर्गानिक किवीफल खेती गर्दा फलको गुणस्तर राम्रो हुने र फलमा पाइने पोषण तत्वहरु पनि प्रशस्त हुने हुँदा किवीफलको अर्गानिक खेती प्रविधिलाई सुधार गरि राम्रो उत्पादन लिन सकिन्छ । हाम्रो जस्तो पहाडी जिल्लाहरु जहाँ सजिलै रसायनिक मलखाद पाईदैन, त्यस्तो ठाउँमा अर्गानिक खेती प्रविधि अपनाउनु दिगो र नाफामुखी व्यवसाय हुन्छ ।

यसै परिप्रेक्षमा बागवानी अनुसन्धान महाशाखाले २०६९ देखि २०७२ सालसम्म सूर्य किबी फार्म, फस्कोट, काभ्रेमा विभिन्न मलखाद तथा खाद्यतत्वको अनुपात मिलाई अनुसन्धान गरेको थियो । चार सालको उत्पादनको तथ्याङ्कको औसत आंकडा अनुसार भर्मिकम्पोष्ट र कोसेबाली समुहको कम्पोष्ट मल प्रयोग गर्दा उत्पादन क्रमशः २२.२८ के.जी. प्रति बोट र २६.८४ के.जी. प्रति बोट पाइयो ।

अर्गानिक किवीखेती गर्न किवीफललाई चाहिने खाद्यतत्वहरु प्रचुरमात्रामा पुग्ने गरि कुहिएका विभिन्न किसिमका जैविक पदार्थहरु जस्तैः भर्मिकम्पोष्ट, कम्पोष्ट, खरानी, पातपतिङ्गरको छापो, गोबरमल, गाईभैंसीको पिसाप, तोरी/सस्र्यूको पिना, कुखुराको मल आदि राख्न सकिन्छ ।

भर्मिकम्पोष्ट

सामान्यतय भर्मिकम्पोष्टमा ०.५% नाइट्रोजन, ०.२५% फोस्फोरस र २% पोटास पाइन्छ । २१० ग्राम फोस्फोरस उपलब्ध गराउन १०० × २१०/०.२५ = ८४ के.जी. भर्मिकम्पोष्ट चाहिन्छ । साधारणतय नाइट्रोजन र फोस्फोरसको तीन भागको दुई भाग मात्र त्यसै वर्ष विरुवाले उपयोग गर्न सक्दछ । भर्मिकम्पोष्टको ७०% (५५—६० के.जी.) माघ महिनामा र ३०% (२०—२५ के.जी.) असारमा राख्नु पर्दछ ।

कम्पोष्ट

उतिस, टेफ्रोसिया, फ्लेमेन्जीय जस्ता बार बन्देज र जंगलका पात पतिंगर, स्याउला, झारपात आदि संकलन गरी खाडलमा पुरेर कुहाई बनाइएको कम्पोष्ट मल किवीफलको लागि राम्रो मलखादको श्रोत हो । यस्ता वनस्पतिजन्य पदार्थहरुलाई कम्तिमा पनि ६ महिना कुहाउनु पर्दछ ।

उतिस वा टेफ्रोसिया नपाईएमा कोसेवाली, फार्ममा पाईने झारपात, खेरजाने वनस्पतिजन्य पदार्थ आदिलाई कुहाएर पनि प्रयोग गर्न सकिन्छ ।

कम्पोष्ट मल पनि ८० के.जी. प्रति बोटका दरले राख्नु पर्दछ । ६० के.जी. कम्पोष्ट माघमा र २० के.जी. कम्पोष्ट असार— श्रावणमा बोटको १ मिटर टाढा वरिपरी कुलेसो बनाई मल राखी पुर्नु पर्दछ । मलखाद राखेपछि हल्का सिचाई गर्नु पर्दछ ।

गोडमेल तथा झारपात नियन्त्रण

किवी फलको जरा धेरै गहिरो नजाने हुनाले माथिल्लो सतहमा माटो खुकुलो बनाउन समय समयमा गोडमेल गर्नु पर्दछ । वोटको वरीपरी वर्षामा चाडै झारपातले पलाउछ तसर्थ वर्षमा २ देखि ३ पटक सम्म गोडमेल गर्नु पर्दछ । गोडमेल गरेर निस्केको झारपातले फेदको वरीपरी छापो हाल्नु राम्रो हुन्छ । पौष माघ महिनामा विरुवा सुसुप्त अवस्थामा गएको समयमा मलखाद प्रयोग गर्नु अगाडी खनजोत गर्नु पर्दछ । जेठ असार र साउन भाद्रमा पुन झार पात उखेल्नु पर्दछ र यूरिया टपड्रस गनुपर्दछ ।

सिचाइ तथा निकासको प्रवन्ध

किवीफलको जरा गहिरो भन्दा माथिल्लो सतहमै फैलिने भएकोले सो ठाउमा सधै चिस्यान कायम रहेमा बोटको विकास राम्रो हुन्छ । विशेष गरि निम्न बृद्धि बिकास चरणमा सिंचाई अति जरुरी छ :
बिरुवा रोप्ने बखत वा रोपे पछि, मुना पलाउने तथा बानस्वतिक बृद्धिको समयमा, फुल फुल्ने समयमा, फल बृद्धिको समयमा, फल छिप्पिने समयमा
चिस्यानको अवस्था हेरी अरु बेला वोटमा १० देखि १५ दिनमा सिचाई गरि चिस्यान कायम राख्नु पर्दछ । किवी स्प्रीकंलर सिचाईले फलको गुणस्तरलाई असर पार्ने भएको पानीको अभाव भएको क्षेत्रमा थोपा सिंचाई उपयुक्त हुन्छ । तर वसन्तयामको सुरुमै तुषारो परेको अवस्थामा स्प्रींकलर सिचाई गरि तुषारोको असरलाई न्युन गर्न सकिन्छ ।

छापो

वरुवा रोपिसकेपछि खर , पराल र स्याउलाले वाक्लो गरी बोट विरुवाको एक मि वरिपरि सम्म छापो दिनु पर्छ । छापोको प्रयोगले माटोमा चिस्यान कायम गनुको साथै झारपात पनि आउनवाट नियन्त्रण गर्छ । त्यसैले विरुवा लगाइसकेपछि अनिवार्य छ । वगैचामा आएको झारपातलाई गोडमेल पछि संकलन गरि वोट वरिपरी छापो हाल्ने व्यवश्था मिलाउनु पर्छ ।

तालिम

किवीफल लहरामा फल्ने फल भएको हुनाले यसलाई बढ्नको लागि टेका (support) को जरुरत पर्दछ । किवीफलको हाँगाविंगामा टेकामा समाउन लहरे तरकारीमा जस्तो लहरा (टेन्ड्रिल) हुँदैनन् तर टेकामा बेरिदै जाने प्रकृतिका हुन्छन् ।

टेका प्रणाली ९सपोट सिस्टम० बनाउँदा फल टिप्न सजिलो हुने, विरुवामा प्रकाश राम्ररी पर्न सक्ने र हाँगाविगा व्यवस्थापन गर्न सकिने किसिमले बनाउनु पर्दछ । विरुवा रोपेपछि ६ फूट (२ मिटर) जति अग्लो फलामको वा सिमेन्टको पिलर गाड्नु पर्दछ ।

विरुवा बढ्दै जाँदा किवीफलका मुनाहरु आफै टेकामा बेरिदै बढ्दछन् । विरुवा रोपेको ७–८ महिनामा किवीफल ६ फिट जति अग्लो भइसक्दछ र यो उचाईमा पुगेपछि टुप्पो टिपेर हटाउनु पर्दछ । यसले गर्दा तलतिरबाट नयाँ मुना पलाउँन शुरु गर्दछ । व्यवसायिक किवीफल खेती गर्दा मुख्य दुई प्रकारले तालिम दिन सकिन्छ ।

 

1

टि वार पद्धति                                                       

2

  पर्गोला पद्धति

श्रोतः http://www.aces.edu/pubs/docs/A/ANR-1084/index2.tmpl

चित्र ३. किवीफलमा तालिमका तरिकाहरु

टि वार पद्धति अनुसार तालिम दिने हो भने अंग्रेजी टी (T) आकारमा २.५ मी. अग्ला खम्वा गाडी पाँच वटा तारहरु समानान्तर तानेर मुल ९अगुवा० हाँगाहरुवाट फूल फुल्ने नयाँ हाँगाहरुको विकास गर्नु पर्दछ । यी हाँगाहरु दायाँ वायाँ १०–१५ ईन्च (२०–३० से.मी) को अन्तरमा हुने गरी गर्नु पर्दछ।

पर्गोला पद्धति अनुसार तालिम दिने हो भने किवीफललाई बोटको नजिकै २.५ मी. अग्ला खम्वा गाडी चारैतर्फ हाँगा फैलन दिइन्छ । तारहरु जमिनबाट ५० से.मी.को अन्तरमा ६–७ फिट उचाई हुने गरी तन्काएर दुई वटा मुल ९अगुवा० हाँगा र त्यसको साथमा फल लाग्ने हाँगाहरु विकास गरिन्छ । यो पद्धति समथर जमिनमा मात्रै उपयुक्त हुने हुँदा पहाडी गह्राहरुमा टि वार पद्धति नै राम्रो हुन्छ ।

काँटछाँट

किवीफलमा धेरै हाँगाविगा पलाई लामो लामो लहरा जाने हुनाले अनावश्यक हाँगाहरुलाई काटी निश्चित हाँगाहरुमात्रै राख्नु पर्दछ ।

एक वर्ष पुरानो हाँगामा पुस–माघ महिनामा पलाएको पालुवामा फलका कोपिला लाग्दछन् । पुराना हाँगाहरु नकाट्ने हो भने नयाँ हाँगाहरु बढ्दैनन् । धेरै वर्ष पुरानो हाँगाहरुबाट नयाँ मुना पलाए पनि फल लाग्दैनन् । यसैले यस्ता अनावश्यक हाँगाहरुलाई काँटछाँट गर्नु पर्दछ र बनेको घाउमा बोर्डोपेष्ट (१०%) लगाउनु पर्दछ ।

एक प्रतिशतको बोर्डाक्स मिश्रण (१%) बनाउने तरिका

एक प्रतिशतको बोर्डाक्स मिश्रण तयार गर्न १० ग्राम निलोतुथो र १० ग्राम चुन १ लिटर पानीका दरले घोल्नु पर्दछ । सामान्यत १० लिटरको घोल बनाउन सजिलो हन्छ । यसको लागि प्लाष्टिकको बाल्टिनमा एक लिटर पानीमा १०० ग्राम निलोतुथो र प्लास्टिकको अर्को बाल्टिनमा एक लिटर पानीमा १०० ग्राम चुना राखेर छुटाछुटै घोल्नु पर्दछ । निलोतुथो पग्लन समय लाग्ने हुनाले रातभरी पानीमा राखी पग्लन दिनु पर्दछ ।

यसरी बेग्ला बेग्लै भाँडामा पगालेको निलोतुथो र चुनलाई तेश्रो प्लाष्टिकको बाल्टिनमा मिसाएर घोल तयार गर्नु पर्छ । यसको लागि निलोतुथो र चुनको घोल संगसंगै बरावर रुपमा मिसिने गरी खन्याउदै जाने र अर्को व्यक्तिले लठ्ठीले चलाउदै जानु पर्दछ । यसरी तयार भएको घोलमा ८ लिटर पानी थपि १० लिटर बनाउनु पर्दछ ।

यस्तो मिश्रण तयार गर्दा धातुका भाँडा प्रयोग गर्नु हुदैन् । यसरी मिश्रण बनाई सकेपछि निलोतुथो र चुनको मात्रा मिसिए नमिसिएको जाच्नु पर्दछ । यसको लागि एउटा सफा खिया नलागेको चक्कु वा ब्लेड घोलमा डुबाएर हेर्दा खिया लागे जस्तो रङ्ग आएमा पुनः चुन थप्दै चलाउदै जानुपर्दछ ।

चक्कु वा ब्लेडमा खिया नआई सफा छ भने मिश्रण तयार भयो भन्ने बझ्नु पर्दछ । निलो लिट्मस पेपर डुबाउदा रातो भएमा पनि घोल अम्लिय छ भन्ने बुझ्नु पर्दछ र चुन थप्नुपर्दछ ।

बोर्डोक्स मिश्रण तयार गरेको २४ घण्टा भित्र छरि सक्नु पर्दछ । पानी परेको वा चर्को घाम लागेको बेला बोर्डो मिश्रण छर्नु हुदैन ।

रोग व्यवस्थापन

जरा कुहिने रोग (Phytophthora rot)

यो रोग फाइटोफ्थोरा क्याक्टोरम (Phytophtora cactorum) र फाइटटोफ्थोरा सिनामन (Phytophtora Cinamun) बाट लाग्दछ । यो रोग धेरै आर्द्रता र पानी जम्ने स्थानमा बढि लाग्दछ । साथै खनजोत वा गोडमेल गर्दा जराहरुमा चोटपटक लागेमा वा जरा काटिएमा यो रोग फैलन्छ । यसको रोकथामको लागि पानीको निकासको व्यवस्था गर्नु पर्दछ ।

यो रोग लागेमा मेन्कोजेव वा वेभिष्टिन २ ग्राम प्रति लिटरको घोलले वा एक प्रतिशतको बोर्डाक्स मिश्रणको घोलले फेदको वरिपरी जमिन भिजाउनु पर्दछ ।

स्क्लेरोटिनिया (Sclerotinia)

नयाँ हाँगामा लाग्ने ब्लाइट रोग स्क्लेरोटिनिय स्क्लेरोटिअनम (Sclerotinia sclerotiorum) बाट लाग्ने रोग हो ।  यो रोगलाई ट्विग ब्लाइट (twig blight) पनि भनिन्छ । फूलको पत्रदल वा पुष्पदलमा पानीले भिजेको जस्तो थोप्ला/दागहरु देखिन्छन् । यो रोगले फूल फुल्ने वेला देखि नै आक्रमण गरि फूल र फलको भेट्नो कुहिएर झर्दछन् । यो रोग लागेमा एक प्रतिशतको बोर्डाक्स मिश्रण  वा सिफारिस गरिएका ढुसीनाशक विषादि ३-४ पटक छर्नुपर्दछ ।

पातको थोप्ले रोग (Leaf spot)

पातमा देखिने थोप्लाहरु अल्टरनरिया (Alternaria), ग्लोमेरेला (Glomerella) वा फोमोप्सिम (Phomopsis) र कोलेटोट्रिचम (Colletotrichum) स्पेसिसबाट लाग्दछ । यस्तो रोगहरु खास गरी वर्षा मौसममा लाग्ने भएकोेले उपयुक्त र सिफारिस गरिएका ढुसीनासक विषादिहरु छर्नुपर्दछ । यो रोग लागेमा एक प्रतिशतको बोर्डाक्स मिश्रण ३-४ पटक छर्न सकिन्छ ।

व्याक्टेरियल ब्लसम रट (Bacterial blossom rot)

यो रोग लागेमा फूलको पत्रदल खैरो देखिन्छ र झर्दछ । त्यस्तै पुंकेशर पनि खैरो भई परिपक्क हुन पाउदैन । यो रोग लागेमा एक प्रतिशतको बोर्डाक्स मिश्रण ३-४ पटक छर्नुपर्दछ ।

किरा व्यवस्थापन

किवीफलमा लाग्ने फड्के कीरा (Hopper)

किवीफलको कलिलो पातमा चिल्लो कालो रङ्गको मसिना फड्के कीरा देखिन्छन् । यी कीराले पातबाट रस चुसेर खान्छन् र विरुवा बढ्न सक्दैन । यीनले मह जस्तो गुलियो पदार्थ निकाल्छन् र सुटिमोल्ड नामक ढुसी पैदा गर्दछन्  र पात, डाँठ तथा फल कालो बनाइदिन्छन् । यो वर्षाको समयमा अली कम लाग्दछ र पानी परेपछि हराएर जान्छ । यसको नियन्त्रणको लागि सरसफाई गर्नुपर्दछ र कीरा धेरै देखिएमा नुभान २ एम.एल. प्रति लिटर  पानीमा मिसाएर छर्नुपर्दछ ।

पात खाने झुसिलकीरा

यो पनि पुतलीको लार्भा हो । यिनीहरु धेरै थरिका हुन्छन् जस्तै कुनै कालो रौं भएको हुन्छ भने कुनै खैरो टाउको भएको देखिन्छ । सबैभन्दा बढी समस्या बनाउने पातमा लुकेर बस्ने पात बेरुवा झुसिलकीरो (leaf roller caterpillar) हो । यो दिनको समयमा पात भित्र लुक्दछ र रातको समयमा कलिलो पात खाएर नोक्सान पार्दछ । यसको नियन्त्रणको लागि बगैंचा सर–सफाई गर्न अनिवार्य हुन्छ र रासायनिक विषादि हाल्नुभन्दा लाभे्र जति देखिन्छन् त्यति नै टिपेर फाल्नु राम्रो हुन्छ।

किवीफलको फेदमा प्वाल पार्ने कीरा

यो पुतलीको लार्भा हो । यो कीरा दिउँसोमा पातको तलतिर कोकुन बनाएर लुक्दछ र रातको समयमा बोटको डाँठ कोतरेर खाई प्वाल नै पारिदिन्छ । प्वालबाट काठको धूलो झरेको देखिन्छ। पछि विरुवा भाँचिन्छ र मर्न सक्दछ । यसको नियन्त्रणको लागि ३ एम.एल. रोगर प्रति लिटर पानीमा मिसाई रुइको सहायताले प्वालमा राखिदिनुपर्दछ । बोट वरपर सर–सफाई राख्न पनि अनिवार्य हुन्छ ।

बाली कटानी तथा भण्डारण

किवीफलमा फूल र फल लाग्ने प्रवृति

किवीफलका काण्डहरुमा धेरै हाँगाहरु पलाउछन् तर सबै हाँगाहरुमा फूल तथा फल लाग्दैनन् । पुस–माघ महिनामा पलाएको पालुवामा फलका कोपिला लाग्दछन् । धेरै वर्ष पुरानो हाँगाहरुबाट नयाँ मुना पलाए पनि फल लाग्दैनन् । नयाँ मुना पलाएको एउटै फेदमा पनि ३ वटा सम्म फल लाग्दछन्। तर टुप्पोतिरको झुप्पोका भने एउटा मात्रै फल लाग्दछ ।किवीफलको कलमी गरेको विरुवा रोपेको ३ वर्षमा नै फल लाग्न थाल्दछ ।

किवीफल टिप्ने समय

किवीफल क्लाईमेट्रिक (टिपेपछि पाक्ने) फल भएकोले फल छिप्पिए पछि टिपिन्छ । फलको साईज, फलको रंङ्ग, फलभित्रको बीउको रंङ्ग कालो भएको, बाहिरी बोक्रामा झुस हराउदै गएको, पातहरु झर्न थालेको देखिएमा फल परिपक्वता भएको मानिन्छ । किवीफलमा परिपक्वतासंगै कार्वोहाइड्रेट जम्मा हुने प्रकृया घट्दै जान्छ । तर सुगर (गुलियोपना) भने लगातार बढ्दै जान्छ । यसको मुख्य कारण जम्मा भई सकेको कोर्वोहाइट्रेड सुगरमा परिवर्तन हुनाले हो । साधारणत कूल घुलनशील ठोस पदार्थ ७ भन्दा बढी भएमा फल परिपक्क भएको मानिन्छ ।

रेड किवी वा सोयु असोज पहिलो हप्तामा र अरु जातहरु कार्तिकको अन्तदेखि मंसिर महिनासम्ममा टिप्न सकिन्छ । किवीफल टिप्दा भेट्नो सहित टिप्नु पर्दछ । किवीफल काँचो अवस्थामा नै टिपी प्याकिङ्ग, ढुवानी र भण्डारण गरिन्छ ।

तलिका ४.  किवीफलको परिपक्वता अनुसार कूल घुलनशील ठोस पदार्थमा हुने परिवर्तन

जातहरु

कूल घुलनशील ठोस पदार्थ

२ सेप्टेम्वर

१२ सेप्टेम्वर

२० सेप्टेम्वर

१५ अक्टोवर

२१ अक्टोवर

१० नोभेम्बर

२० नोभेम्बर

भदौ १७

भदौ २८

असोज ५

असोज ३०

कार्तिक ७

कार्तिक २७

मंसिर ७

रेड किवी र सोयु

६.७

८.१

१०.२

 

 

 

 

हेवार्ड गोलो

 

 

 

५.२

६.५

८.३

११.९

हेवार्ड लाम्चो

 

 

 

४.६

५.२

७.६

११.७

ब्रुनो

 

 

 

५.३

६.९

११.२

१२.१

मन्टी

 

 

 

५.८

६.१

९.५

१३.२

एवर्ट

 

 

 

४.६

५.६

८.३

१०.५

एलिसान

 

 

 

५.९

६.६

८.७

११.२

इसिमोड लाम्चो

 

 

 

 

६.१

६.८

१०.३

Source: HRD 2013

उत्पादन र उपयोग
  • उपयुक्त हावापानी, सिफारिस मात्रामा मलखाद र सिंचाईको प्रबन्ध तथा तालिम र काँटछाँट राम्रो व्यवस्था गरिएको खण्डमा किवीफलको ६–७ वर्ष पछिको बगैंचाबाट आम्दानी नाफामुलक हुन थाल्दछ।
  • नेपालमा ७–८ वर्षको हेवार्ड र ब्रुनो जातको बोटबाट सरदर ५० के.जी. उत्पादन हुन्छ । तर राम्रो स्याहार पुगेको खण्डमा एकै बोटबाट आधिकतम ७०–७५ के.जी. पनि उत्पादन भएको पाइएको छ ।
  • गोल्डेन वा रेड किबी जातहरुले भने अरु जातले भन्दा कमै उत्पादन दिन्छन् । तर बजारमा यी जातहरु महँगोमा बिक्री हुन्छन् ।
  • सुरुका वर्षहरुमा अर्गानिक उत्पादन रसायानिक उत्पादन भन्दा कमै हुन्छ । तर दिर्घकालमा अर्गानिक उत्पादन बढ्दै गई नाफा हुन्छ ।
  • ८ वर्ष पुरानो बोटमा गरिएको अनुसन्धानको नतिजा अनुसार ८० के.जी.प्रति बोट भर्मिकम्पोष्ट प्रयोग गर्दा ५० के.जी.प्रति बोट उत्पादन पाइयो भने कोसेबाली समुहको कम्पोष्ट मल ८० के.जी.प्रति बोट प्रयोग गर्दा ३८ के.जी प्रति बोट पाइयो । तर ७ वर्ष पुरानो बोटमा भने ८० के.जी.प्रति बोट भर्मिकम्पोष्ट प्रयोग गर्दा २८.५ के.जी.प्रति बोट पाइएको थियो ।
  • ४ वर्षको उत्पादन तथ्याङ्कको औसत आंकडा अनुसार भर्मिकम्पोष्ट र कोसेबाली समुहको कम्पोष्ट मल प्रयोग गर्दा उत्पादन क्रमशः २२.० के.जी. प्रति बोट र २७ के.जी. प्रति बोट पाइयो ।
  • यसैले कम्पोष्ट मल (८० के.जी. प्रति बोट) प्रयोग गर्दा दिर्घकालमा राम्रो र नाफामूखि देखिन्छ ।
  • भण्डारण कोठाको तापक्रम ० देखि ३ डिग्री सेल्सियस. र सापेक्षित आद्र्रता ९० प्रतिशत छ भने ३ महिनासम्म फल भण्डारण गर्न सकिन्छ । सबै किवीफल एकै समयमा पाक्दैनन् । यसैले भण्डारणमा नियमित हेर्दै पाकेको फल छुट्याउनु पर्दछ ।
  • फललाई औलाले छाम्दा नरम र गिलो भएमा बोक्रा फालेर खान उपयुक्त हुन्छ ।

कार्य तालिका

किवी बगैंचा व्यवस्थापनको मासिक कार्य–तालिका

महिना

कार्य विवरण

श्रावण– भाद्र

  • बगैंचा र नर्सरीमा गोडमेल तथा सरसफाई गर्ने
  • वर्षे काँटछाट गर्ने, चोर मुनाहरु हटाउने 
  • युरिया टपड्रेस गर्ने 
  • बगैंचामा पानी जम्ने भएमा पानीको निकासको प्रबन्ध मिलाउने ।

आश्विन– कार्तिक

  • नियमित रुपमा वगान तथा नर्सरीको सरसफाई गर्ने
  • दक्ष प्राविधिकवाट फलफलेको वगान निरिक्षण गराई जात पहिचान गर्ने
  • फल टिप्ने महिना हो, गुलियोपना मापन गर्ने
  • फल टिप्ने, सुरक्षित ओसार पसार गर्ने ।

मंसिर– माघ

  • नयाँ वगान स्थापना गर्न रेखाङ्कन गर्ने तथा खाडल खन्ने
  • टिपेको फल ग्रेडिङ्ग तथा प्याकिङ्क गरी शीतभण्डार गर्ने 
  • बोट बिरुवाको हिउदे काटछाँट शुरु गर्ने 
  • काटछाँट गर्ने समय मै बोर्डो पेष्ट बनाएर काटेको भागमा र फेदमा लगाउने 
  • बोट बिरुवा गोडमेल गरी कम्पोष्ट मलको साथै सिफारिश गरिएका रासायनिक मलको २/३ भाग प्रयोग गरी हल्का सिंचाई गर्ने  थ हेवार्ड जातको सायन संकलन गरि सुरक्षित राख्ने, कलमी गर्ने ।

फाल्गुण – चैत्र

  • ठुलो विरुवामा पालुवा नपलाउदै टपवकिङ्क कार्य गरी जात सुधार गर्ने 
  • नर्सरीमा कलमी गर्ने
  • उम्रिएको विरुवा फेद कुहिने रोग लागेर मर्न सक्दछ वेभिष्टिन २ ग्राम प्रतिलिटर पानी घोली उपचार गर्ने
  • बोट बिरुवामा आएका चोर हाँगाहरु हटाउने

बैशाख– असार

  • सिंचाईको व्यवस्था मिलाउने, बैशाख देखि जेठको दोस्रो हप्तासम्म सिचाई गर्ने र झारपात नियन्त्रण गर्ने
  • पातखाने झुसिलकीरा तथा साना खपटे कीराहरु लाग्दछन् विरुवा वरिपरी सरसफाई गरी नियन्त्रण गर्ने
  • नर्सरीमा कलमी गरेको विरुवामा स्याहार संभार गर्ने
  • सकरहरु, चोर हाँगाहरु तथा सुकेका हाँगाहरु हटाउने 
  • पहिलो वर्षको बिरुवालाई तालिम दिने 
  • कलमी विरुवाको फेदवाट पलाएको मुना हटाउने

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

सन्दर्भ:
कृषि व्यवस्थापन सूचना प्रणाली,
आयोजना व्यवस्थापन इकाई, २०७६