फलको टुप्पातिर नाइटो भित्र अर्को फल गांसिएको जस्तो देखिने हुनाले यसको नाम वाशिंगटन नाभेल रहन गएको हो। यस जातको व्यावसायिक खेती ८०० देखि १२०० मिटरको उचाईमा गर्नु उपयुक्त हुन्छ । यो अगौटे जात कार्तिक–मंसिरमा पाक्ने भएकोले चाडबाडको समय हुनाले राम्रो बजार पाउन सक्छ । राम्ररी पाकेको फलको रसमा गुलियोपन १२ देखि १३ प्रतिशत र अमिलोपन १.५ प्रतिशत हुन्छ । एउटा फलको सरदर तौल १७० ग्राम सम्मको हुन्छ र रसको मात्रा करिब ४०% हुन्छ । यस जातको फलभित्र बीउ एकदम नगन्य मात्रामा वा बीउ नै हुँदैन भने पनि हुन्छ । अन्य गुण राम्रो भए पनि यस जातमा फल कुहाउने औसाको कारण फल झर्ने समस्या बढी भएकोले उत्पादन कम हुन्छ ।
जुनार खेति प्रविधि
जातहरु
यसको खेतीको लागि ८०० देखि १४०० मिटरसम्मको उचाई भएको स्थानमा उपयुक्त हुन्छ । उचाई अनुसार फाल्गुनको पहिलो हप्ता देखि वैशाख महिना सम्ममा उत्पादन लिन सकिन्छ । यो पछौटे जात भएकोले यसले राम्रो बजार पाउन सक्छ । एउटा फलको सरदर तौल (१२५– १५०) ग्रामसम्म हुन्छ । राम्ररी पाकेको फलको रसमा गुलियोपन १२.५ देखि १४.५ प्रतिशत र अमिलोपन १.४ देखि १.५ प्रतिशत सम्म हुन्छ । फलमा ढिलो गुलियो पस्ने भएकोले फल कुहाउने औंसाको प्रकोप कम हुन्छ ।फलमा गुदीको मात्रा (४०–५०)% सम्म र रसको मात्रा (३५–४०)% सम्म हुन्छ ।
यो जातको खेती ८०० देखि १४०० मिटरसम्मको उचाई भएको स्थानमा गर्नु उपयुक्त हुन्छ । उचाई अनुसार मङ्सिरदेखि माघसम्ममा उत्पादन लिन सकिने यो मध्य मौसमी जातको एउटा फलको सरदर तौल (१५०–२००) ग्राम सम्मको हुन्छ । राम्ररी पाकेको फलको रसमा गुलियोपन करिब ११ देखि १२ प्रतिशत र अमिलोपना १.५ प्रतिशतसम्म हुन्छ।
सिन्धुली जिल्लामा उत्पत्ति भएको यो जातको जुनारको बोट ६ देखि १२ मिटर उचाई भएको र हाँगा फिँजारिएको हुन्छ। फल गोलाकार, माथिल्लो भाग गोलो र तल्लो भाग थोरै भित्र दबीएको जस्तो देखिन्छ । बोक्रा चिल्लो, फिका सुन्तला रङदेखि रातो सुन्तला रङको कस्सिएको र छोडाउन केही गाह्रो हुने हुन्छ । एक दाना फल १४० देखि २०० ग्राम र गुलियोपन ९ देखि १४ प्रतिशत र अमिलोपन ०.६२ देखि १.१२ प्रतिशतसम्म हुन्छ । सिन्धुली स्थानीय जातको जुनार मंसिर देखि माघभित्र टिपिन्छ ।
आवश्यकता
८०० देखि १४०० मिटरसम्मको उचाईमा जुनार खेती गर्न सकिन्छ । तापक्रम १८–२१ डि.से. भएको ठाउँमा जुनारको खेती राम्रो हुन्छ ।
पानी नजम्ने र पी.एच. ५.५–६.५ भएको माटो राम्रो हुन्छ । प्रसारणः साइड वा स्पाइस ग्राºिटङ्ग विधिबाट तिनपाते वा सिट्रेन्ज रुटस्टकमा कलमी गरिएको हुनुपर्दछ ।
जग्गा तयारी
असार – श्रावण रोप्ने दूरीः ४ह४ मिटर (३१ विरुवा प्रति रोपनी तथा ६२५ विरुवा प्रति हेक्टर)
बाली व्यवस्थापन तथा हेरचाह
विरुवा रोप्ने समयमा खाडलमा २० के.जी. कम्पोस्ट दिने ।
| विरुवाको उमेर | कम्पोस्ट (के.जी) | नाइट्रोजन (ग्राम) | फस्फोरस (ग्राम) | पोटास (ग्राम) | युरिया (ग्राम) | डी.ए.पी (ग्राम) | म्युरेट अफ पोटास (ग्राम) |
| पहिलो वर्ष | १० | ८० | ५० | ६० | १३१ | १०९ | १०० |
| दोश्रो वर्ष | २० | १६० | १०० | १२० | २६३ | २१७ | २०० |
| तेश्रो वर्ष | ३० | २४० | १५० | १८० | ३९४ | ३२६ | ३०० |
| चौथो वर्ष | ४० | ३२० | २०० | २४० | ५२५ | ४३५ | ४०० |
| पांचौ वर्ष | ५० | ४०० | २५० | ३०० | ६५७ | ५४३ | ५०० |
| छैठौं वर्ष | ६० | ४८० | ३०० | ३६० | ७८८ | ६५२ | ६०० |
| सातौं वर्ष | ७० | ५६० | ३५० | ४२० | ९२० | ७६० | ७०० |
| आठौं वर्ष | ८० | ६४० | ४०० | ४८० | १०५१ | ८७० | ८०० |
| नवौं वर्ष | ९० | ७२० | ४५० | ५४० | ११८२ | ९७८ | ९०० |
| दशौं वर्ष | १०० | ८०० | ५०० | ६०० | १३१४ | १०८७ | १००० |
सम्पूर्ण मलखादहरु प्रतिबोटको दरले दिने ।
फल्ने बोटहरुमा जिंक सल्फेट १०० ग्राम, कपर सल्फेट ६० ग्राम, म्याग्नेसियम सल्फेट ४० ग्राम, फेरस सल्फेट ४० ग्राम, म्यांगानीज सल्फेट ४० ग्राम, चुना १८० ग्राम सबैलाई २० लिटर पानीमा घोलेर वैशाख जेष्ठतिर ३१ बोटलाई पुग्ने गरी छर्ने ।
रोग व्यवस्थापन
क्षति
बोट वरिपरि खनेर हेर्दा जराहरु कुहिएको देखिन्छ र पातहरु बोटको एकातिर पहेलिएर बोट मर्दछ ।
व्यवस्थापन
तिनपाते सुन्तलामा कलमी गरेको बिरुवा लगाउने, निकासको व्यवस्था मिलाउने खनजोत गर्दा जरामा चोट नलगाउने । जुन साइडतिर पात पहेँलिएको छ त्यतातिर जरा खनेर कुहिएका जराहरु काटेर हटाउने। वा १% बोर्डो मिश्रणले वा मेन्कोजेब ७५% डब्लु.पी. वा कपर अक्सिक्लोराइड ५०% डब्लु.पी. वा कार्बेन्डाजिम ५०% डब्लु.पी. २ ग्राम प्रति लिटर पानीमा मिसाई ड्रेन्चिंग गर्ने । कार्बेन्डाजिम ५०% डब्लु.पी. २ ग्राम प्रति लिटर पानीमा मिसाई पुरै बोट भिज्ने गरी छर्ने ।
क्षति
जमिन नजिकै बोटको फेदको वरिपरि बोक्रा चर्किन्छ र कुहिएर फेदको भित्री भाग देखिन्छ । पछि गएर बोक्रा फुटि चोपजस्तो पदार्थ निस्कन्छ र पुरै बोट मर्दछ । कहिलेकाहिँ जरा कुहेर धेरै फुल लाग्दछ र पात, फलमा भिजेको दाग देखिन्छ र सड्न गई फल झर्दछ ।
व्यवस्थापन
तिनपाते सुन्तला र सिट्रेन्जमा कलमी गरेको बिरुवा लगाउने। रोप्दा कलमी गरेका भाग जमिनदेखि १५ से.मी. को उचाईमा पर्ने गरी रोप्ने । कुहेको भाग काटेर हटाई बोर्डो पेष्ट दल्ने। हिउँदमा १% युरिया + ४ः४ः५० को बोर्डोमिश्रण बोटमा छर्ने । पानी जम्न नदिने। फेद वरिपरि ट्राइकोडर्मा भिरिडी वा सुडोमोनास सिरिन्जी ढुसी १० ग्राम प्रति लिटर पानीमा हाली १० लिटर माघ र चैत्रमा दुई पटक प्रयोग गर्ने, काँटछाँट गरेपछि बोर्डोपेष्ट दल्ने।
क्षति
पात, डाँठ, फलमा बाटुलो, आकार नभएको केही उठेको जस्तो र पहेँलो घेरा भएका दागहरु देखिन्छन्। यी दागहरु अलि उठेका र खैरा हुन्छन्। केन्द्र विन्दुमा दाग फाट्दछ र खस्रो रुपमा परिणत हुन्छ ।
व्यवस्थापन
बगैँचा सफा राख्ने। हिउँदमा काँटछाँट गरेपछि कपर अक्सिक्लोराइड (ब्लाइटक्स ५०% डब्लु.पी.) ३ ग्राम प्रति लिटर पानीमा मिसाई छर्ने र फेद वरपर सफा गरी १–१.५% को बोर्डोमिश्रण छर्ने ।
क्षति
कलिला पालुवा तथा पातहरुमा खरानी जस्तो धुलो देखिन्छ ।
व्यवस्थापन
सल्फर ८० % डब्लु.पी.२ ग्राम प्रति लिटर पानीमा मिसाई पुरै बोट भिजाउने , गाईको गहुँत १ः५ मात्रामा नयाँ पालुवा आउनासाथ छर्ने ।
क्षति
बोक्राको तन्तु मरेर सुक्दै जान्छ र बोक्रा लम्बाइतिर चर्किन्छ । त्यो भाग गुलाबी हुन्छ ।
व्यवस्थापन
रोग लागेको भाग खुर्कने र १ % बोर्डोमिश्रण छर्ने, रोगी भागहरु काटेर जलाउने र काटेको भागमा बोर्डो पेष्ट दल्ने। कार्बेन्डाजिम ५०% डब्लु.पी., मेन्कोजेब, ७५% डब्लु.पी. र
बोर्डोमिश्रण पालैपालो छर्ने ।
क्षति
पातमा पानीले भिजेको जस्तो दाग देखिन्छ र खैरो हुन्छ । पछि गएर पात झर्छ र फलमा पनि खैरा तथा काला थोप्लाहरु देखापर्दछन्।
व्यवस्थापन
सुरुको अवस्थामा १% बोर्डो मिश्रण स्प्रे गर्ने, पछिल्लो अवस्थामा कपरअक्सिक्लोराइड (ब्लाइटक्स ५०% डब्लु.पी.) ३ ग्राम प्रति लिटर पानीमा मिसाई छर्ने ।
क्षति
पातको माथिल्लो भागमा दाद जस्तो गिर्खा देखिन्छ, फलको बोक्रामा खस्रा फोका उठेका दादहरु देखिन्छन्।
व्यवस्थापन
रोगी ठाउँमा उत्पादन भएका बिरुवा नलगाउने, नयाँ पालुवा पलाउनुअघि बोर्डो मिश्रण वा कपरअक्सिक्लोराइड ५०% डब्लु.पी.) वा क्याप्टन ५०% डब्लु.पी.) स्प्रे गर्ने नयाँ पालुवा पलाएको अवस्थामा थायोफोनेट मिथाइल ७०%डब्लु.पी. छर्ने ।
क्षति
पात पहेला, मसिना, ठाडो र गुजुमुच्च परेको साथै पात पहेँलोमा छिर्केमिर्केदेखिन्छ । बेमौसममा पनि फुल लाग्दछ । दाना सानो हुनेर एकतर्फ मात्र बढ्ने, असामान्य फल झर्ने हुन्छ ।
व्यवस्थापन
स्वस्थ बिरुवा लगाउने र रोगी बिरुवा देखा परे नष्ट गर्ने । बगैँचामा कामिनी र करिपत्ताको बोट नष्ट गर्ने । समुद्र सतहदेखि १३०० मिटर भन्दा कम उचाईमा उत्पादन गरिएका बिरुवा प्रयोग नगर्ने । सिट्रस सिल्ला कीरा नियन्त्रण गर्न डाइमेथोयट ३०% ई.सी. (रोगर) १ मि.लि./लिटर पानीमा मिसाई छर्ने ।
क्षति
नयाँ पालुवा आउँदैन, रोग लागेको हागा काटेर बोक्रा खुइलाएर डाँठमा हेर्यो भने खोपिल्टा र धर्साहरु देखिन्छ । बोटहरु पहँलिदै जान्छ र पातहरु झरेर नाङ्गै हुन्छ ।
व्यवस्थापन
रोगी बिरुवा वा पुरै बगैँचा नष्ट गर्नुपर्दछ, लाही कीरा नियन्त्रण गर्ने, स्वस्थ बिरुवा सार्ने ।
किरा व्यवस्थापन
क्षति
यो कीराको रङ रुखको बोक्राजस्तो हुनेहुनाले सजिलै देखिंदैन । कीराहरु एकै ठाउँमा टांसिएर रस चुस्दै बस्छन्र यसरी रस चुस्दा यसका र्यालले बिरुवा रोगी हुन्छ र मर्छ । साथै यो कीराले गुलियो पदार्थ निकाल्ने भएकोले कमिलाहरु झुम्मिन्छन र यिनै कमिलाले कीरालाई सार्दछन्।
व्यवस्थापन
खनिज तेल सर्वो एग्रो सी १० देखि २० मि.लि प्रति लिटर पानीमा मिसाई बोट राम्ररी भिज्ने गरी १०–१२ दिनको फरकमा छर्नु पर्दछ । यसले सुलसुले कीरा पनि नियन्त्रण हुन्छ । सर्वो एग्रो सी संग डाइमेथोयट ३०% ई.सी. १ मि.लि प्रति लिटर पानीमा मिसाएर छरेमा अझ प्रभावकारी हुन्छ ।
क्षति
यस कीराले पालुवा तथा फलबाट रस चुसी नोक्सानी गर्दछ । यसले एक प्रकारको र्याल निकाल्दछ जुन फलको लागि विषालुहुन्छ र फल पहेँलो भई झर्दछ ।
व्यवस्थापन
फुल र बच्चा अवस्थामा सङ्कलन गरी नष्ट गर्ने, थायोमेथोक्जाम २५% डब्लु.जि. ०.५ ग्राम प्रति लिटर पानीमा १० दिनको फरकमा ३ पटक छर्ने ।
क्षति
पाक्ने समय अगावै फलहरु पहेंला भई भुईंमा खस्दछन्र फल काटेर हेर्दा औंसा कीराहरु देखिन्छन्।
व्यवस्थापन
फलको दाना लाग्ने बेलामा प्रोटिन पासोको प्रयोग गर्ने, विषादी मिसाइएको प्रोटिनयुक्त चारो वा सेरानोक पासो प्रयोग गर्ने, कीरा लागेर झरेका फल नष्ट गर्ने, माटोमा मेटाराइजियम ढुसी प्रति रोपनी १ के.जी.का दरले मिसाउने।
क्षति
अत्यन्त साना कीराहरु पातमा लुकेर बस्छन, नयाँ पालुवाबाट रस चुस्दछन र सिट्रस ग्रिनिंग रोगको व्याक्टेरिया सार्दछन्।
व्यवस्थापन
पहेलो टाँसिने पासो राखेर अनुगमन गर्ने । थायोमेथोक्जाम २५%डब्लु.जि. ०.५ ग्राम प्रति लिटर पानीमा फागुन–चैत्रको पालुवा आउने बेलामा छर्ने ।
क्षति
लार्भाले पातमा सुरुङ्ग बनाएर हरितकण खांदै हिँड्छ । यसले थोरै हुँदा त्यति धेरै क्षति गर्दैन तर धेरै कीरा भएमा बिरुवाको स्वास्थ्य बिगार्दछ ।
व्यवस्थापन
पानी हाँगाहरु हटाउने। पहेँलो टाँसिने पासो राखेर अनुगमन गर्ने । इमिडाक्लोप्रीड १७.८ एस.एल. ०.५ मि.लि वा क्लोरएन्ट्रोनिलीप्रोल (कोराजीन) १८.५% ई.सी. ०.३ मि.लि वा फेनभेलेरेट २०% ई.सी. १ मि.लि. वा स्पायनोस्याड ४५% एस.सी.०.३ मि.लि प्रति लिटर पानीे पालुवा आउने बेलामा ७ दिनको फरकमा ३ पटक छर्ने ।
बाली कटानी तथा भण्डारण
फलको बोक्रा चिल्लो भएपछि फल टिप्नको लागि तयार हुन्छ । जुनार मङ्सिरदेखि पाक्न सुरु गर्दछ ।
८–१० टन प्रति हेक्टर (४०० देखि ५०० के.जी. प्रति रोपनी)
