परिचय
अंग्रेजी नाम - (Indian Plum)
वैज्ञानीक नाम – Ziziphus jujube
परिवार - rhamnaceae
वयर एउटा कडा वोट हो । जसलाई विषम हावापानी र माटोका अवस्थाहरुमा पनि हुर्काउन सकिन्छ । यसको चिनीया नाउ तसाओ हो भने अमेरिकामा यसलाई जुजुव jujube भनिन्छ । नेपालमा यसको खेती पुर्ण व्यवसायी रुपले नगरिएको भएता पनि भारत र चिनमा भने पुर्ण व्यवसायीय रुपले गर्ने गरिएको छ ।
उदगम
भारत, दक्षिण–पश्चिम चीन र मलेसिया सम्म फैलिएको क्षेत्र ।
प्रयोग
- नेपाल र भारतमा ताजाफल खाने चलन छ ।
- सुकाएर पुन प्रयोग गर्न सकिन्छ अर्थात सुकाएर राखेको फललाई उसिनेर खान पनि सकिन्छ ।
- पातहरु पशुहरुलाई खुहाउन प्रयोग गरिन्छ ।
- काठबाट विभिन्न वस्तु बनाउन प्रयोग गरिन्छ ।
