परिचय

परिचय तथा महत्व

 

अंग्रेजी नाम - (Custard Apple)

वैज्ञानीक नाम – Annona squamosa

परिवार - Annonaceae

सामान्य परिचय

सरिफालाई नेपाली र हिन्दीमा सिताफल पनि भनिन्छ । यसफललाई सुगर एप्पल भन्ने पनि प्रचलन छ । पाकेको फल अति मिठो र स्वादिष्ट हुन्छ । यसमा चीनीको मात्रा धेरै बढि हुन्छ ।

उदगम स्थान – ट्रपिफल अमेरिका

प्रयोग

  • ताजा पाकेको फल खानको लागी प्रयोग गरिन्छ ।
  • वीउबाट उपयोगी तेल र लेप paint तयार गर्न सकिन्छ ।
वानस्पतिक विवरण

वानस्पति विवरण

  • यसको उचाई ५–६ मीटर सम्म उचाई हुन्छ ।
  • यो अर्ध पटझ्ड विरुवा हो ।
  • फुलहरु हरियो–पहेलो रंबको करिब २.५ से.मी. लामा हुन्छन् ।
  • फल गोलो, अण्डाकार वा शबकार ५–८ से.मी. व्यास भएको पहेलो–हरियो रङ्ग भएको हुन्छन् ।
  • गुदि सेतो दहि जस्तो र मिठो हुन्छ ।
  • बीउ खैरो, कडा र करिब १ से.मी. लामो हुन्छ ।

 

जातहरु

केही प्रमुख जातहरु

१. लाल सरिफा

  • रुख होचो (रुख धेरै अग्लो हुदैँन्) हुन्छ ।
  • पातहरुको नसा बैजनी रंबका हुन्छन् ।
  • पाकेको फल हलुका रातो र बैजनी रबको र आर्कषक हुन्छ ।
  • फलहरुमा धेरै (थुप्रै) वीउ भएको हुन्छ ।

२. म्याम्मोथ

  • फल अण्डाकार तथा खण्डहरु धेरै चौडा र गोलाकार भएको ।
  • फलेका वाहय बोक्रा पहेलो हरियो रंगको हुन्छ ।
  • प्रति बोट ७०–८० फलहरु हुन्छन् ।

३. वासीबगटन पी.आई.–१०७००५

  • फल गोलो र पहेलो–हरियो रंङ्ग भएको ।
  • नियमित फल दिने गर्दछ ।
  • एक बोटबाट सामान्यतया ६०–७० वटा फल दिने गर्दछ ।

अन्य जात

  • वालानगर
  • व्रिटीस गीनी सिलाफल
  • लोकल सिलाफल

आवश्यकता

हावापानी

हावापानी

सरिफा उष्ण तथा उपोष्ण हावापानीमा हुने फल हो र यसले गरम सुख्खा, मध्यम जाडो मन पराँउछ तर तुषारो सहन सक्दैन् । यो समुन्द्र सतह देखि ८०० मीटर सम्मको उचाईको हावापानीमा राम्रो उत्पादन लिने सकिन्छ । ग्रिष्म महीनामा तापमान ४० डिग्री से. भन्दा बढी हुन गएमा र तातो हावा चलेमा र बढी बर्षा भएमा फुल झर्न थाल्दछन् । ८००–१२०० मी.मी. बार्षिक वर्षा उपयुक्त मानीन्छ ।

माटो

पानी नजम्ने, निकास भएको, सबै किसिमको माटोमा यसको खेतीगर्न सकिने भएता पनि बलौटे, दोमेट र पी.एच. ५.५ देखि ६.५ भएको माटो उपयुक्त मानीन्छ ।

नर्सरी व्यवस्थापन

प्रजनन/प्रसारण विधि

प्रजनन/प्रसारण विधि

सामान्यतया नेपालमा बीउबाट बिरुवा तयार गरिने प्रचलन बढी भएता पनि अन्यदेशमा भने यस फलको प्रसारणका मुख्य विधि भने इनरचिंग, भिनियर ग्राफ्टिंग, सिल्ड बडिङ्ग र टिस्यूकल्चर बाट विरुवा तयार गरिन्छ ।

बिउबाट प्रसारण विधि

  • बीउबाट विरुवा तयार गर्न राम्रो संग खनजोत गरेर व्याड तयार गरिन्छ ।
  • राम्ररी पाकेको फलबाट वीउहरु झिकि पानीमा सफा गरी करिब १५ दिन घाममा सुकाउने ।
  • बीउ राख्ने समय–वैशाख–जेष्ठ महिनामा मा पनि बीउ राख्न सकिने भएमा पनि भाद्र महिनामा वीउ राख्न उपयुक्त समय मानिन्छ ।
  • बीउबाट वीउ १० से.मी. र लाइन बाट लाइन १५ से.मि.को फरकमा वीउ राख्ने ।
  • बीउ एक महिनामा उम्रिन्छ ।
  • बिरुवाहरु ८–१० से.मी. अग्लो भए पछि २०ह१२.५ से.मी. साईजको पोलीथिन थैलोमा सारिन्छ ।
  • पोलिथिन व्यागमा अर्थात नर्सरिमा ६–७ महिना सम्म बिरुवा हुर्काए पछी विरुवा विक्री लायक तथा/रोप्न लायक हुन्छन्

कलमी गर्ने विधि

  • बिभिन्न तरकारिबाट कलर्मीं गर्न सकिने भएता पनि शिल्ड बडिङ्ग वढि प्रचलनमा छ ।
  • बडिङ्ग फाल्गुन महिनामा गरिन्छ ।
  • पुर्ण परिपक्क पातहरु झरेको आख्लाको छनोट गरिन्छ ।
  • बडलाई रुटस्टकको डाठमा घुसारेर पक्का गरिन्छ ।
  • दुई से.मी. चौडा पोलीथीन सिट्ले आख्ला थुसारे र राम्ररी बाधिन्छ ।
  • कोपिला फुकेर राम्रो बृधि मई सकेपछी मात्र वेरेको पोलिथिन सिटलाई पुर्णरुपले हटाइन्छ ।

जग्गा तयारी

रोपण

खाडल खन्ने र पुर्ने

४० घन से.मी. को खाडल खन्न (४०ह४०ह४० से.मी.) र खाडल खन्दा माथीको माटो सबभन्दा तल र तलको माटो सबभन्दा माथी राख्नु पर्दछ ।

खाडलमा २०–२५ किलो कम्पोष्ट मल राख्नु पर्दछ ।

दुरि: बोट बाट बोट र पक्तिबाट पक्तिको दुरि ५ मिटरमा रेखाङ्ग गरि खाडल खन्ने र दुरी कायम गर्ने ।

विरुवा सार्ने: करिब १ वर्ष पुरानो विरुवा, खनीएको खाडल पुरी तयार गरिएको ठाँउमा लगाउने ।

विरुवा रोप्ने समय: सबभन्दा राम्रो समय मनसुन अर्थात आषाढ–श्रावण महिना हो ।

बाली व्यवस्थापन तथा हेरचाह

मलखादको प्रयोग

मलखाद

साधारण तथा सरिफा को बोटलाई मलखाद दिने चलन नेपालमा न्यून नै छ तर निम्नानुसार मलखाद दिदाँ राम्रो उत्पादन लिन सकिन्छ ।

क्र.सं. बर्ष गोवर/कम्पोष्ट (किलो) नाईट्रोजन (ग्राम) फरफोरस (ग्राम) पोटास (ग्राम)
पहिलो वर्ष १० १०० ५० -
दोस्रो वर्ष २० २०० १०० -
तेस्रो वर्ष ३० ३०० १५० ५०
चौथो वर्ष ४० ४०० २०० १००
पाँचौँ वर्ष ५० ५०० २५० २००

नोट: पहिलो बर्ष भन्नाले बिरुवा लगाएको पछिल्लो वर्ष हो ।

मल दिने समय: वर्षा सुरु हुनु भन्दा अघी वैशाख जेष्ठ महिनामा

मल दिने तरिका: बोटको वरिपरि उमेर अनुसार सामान्यतया ६ फिटको गोलाकार बनाई १ देखि १.५ फिट गहिरो गरि खनी मलखाद माटोमा मिसाई दिनुपर्दछ ।

 

सिचाई  

सिचाई

सामान्य तया सरिफालाई त्यति सिचाईको आवश्यकता पर्दैन तर पनि माटोको अवस्थालाई देरि गर्मि महिनामा सिचाई गर्नाले विरुवा चाडै बढ्ने र राम्रो उत्पादन दिने हुन्छ । मलखाद दिएपछी सिचाई दिनु पर्दछ । फुलफुल्ने बेला, फल लाग्ने वेला, फल पाक्न सुरु हुने बेला/अवस्थामा सिचाई दिनु उपयुक्त हुन्छ ।

अन्तरवाली

वैगचा भित्र ४–५ वर्ष सम्म तरकारी तथा कोशेवाली लगाउन सकिन्छ ।

काँटछाँट

फल टिपीसकेपछी अर्थात मंसिर–पौष तिर कमजोर जोडिएमा, रोर्ग–किरा लागेका हागाहरु काटेर हटाउनु पर्दछ ।

रोग व्यवस्थापन

मुख्य मुख्य केहि रोगहरु

१) कोत्रे रोग (Anthracnose) : कालो वा खैरो दागहरु पात, कोपिला र फुलहरुमा देखा पर्दछ ।

रोक थाम: वेमिस्टीन २ ग्राम प्रति लिटर पानीका दरले मिसाई छर्ने ।

२) जरा कुहिने रोग (Root rot): यो रोग ढुसीबाट लाग्दछ यसले सबभन्दा पहिले जराहरुलाई आक्रमण गर्दछ, बोट ओइलाउदै जान्छ र बोट मर्न पनि सक्दछ ।

किरा व्यवस्थापन

मीलीवग (Mealy bug)

यो किरा पात, डाढ, कोपिला र फुलमा लाग्दछ । यो किराले विरुवाबाट रस चुस्दछ र विरुवामा गुलीयो दिशा गर्दछ । जसमा ढुसीकाको कालो पत्र जम्दछ । यसरी पात, जरा र कोपिलामा किरा लागेपछि विरुवा रोगी हुन्छ र फलको गुणस्तरमा पनि कमी आउँछ ।
रोगथाम: रोगर २ एम.एल प्रतिलीटर पानीका दरले मिसाई १०–१२ दिनको फरकमा १–३ पटक छर्ने ।

फुल कुहाउने औसा (fruit fly) 

वारुला जस्तो देखिने यो झिंगाको पोथीले फल पाक्नु भन्दा अघी फलका बोक्रा छेडेर फुल पार्दछ र फुलबाट औसा निस्केर पल खान सुरु गर्दछ, फल खान अनुउपयुक्त हुन्छन् ।

रोकथाम: फेरोमेन ट्रापको प्रयोग गर्ने । मालाथीयन २ एम.एम. प्रतिलिटर पानीमा १ प्रतिशत चिनिमा मिसाइ बनाएको झोल छर्ने ।

बाली कटानी तथा भण्डारण

फल टिप्ने

फल टिप्ने

विजु विरुवाले ४–५ वर्षमा र अन्य विधि अर्थात कमलीबाट लगाइएका विरुवा ३–४ वर्षवाट फल दिन थाल्दछ । विरुवा/वोट चैत्र–वैशाख देखि फुल फुल्न सुरु हुन्छ । फल तयार हुने अर्थात पाक्ने समय भाद्र–असोज तिर हो । फल हरियो बाट पहिलो हुन थालेपछी टिप्न थाल्नु पर्दछ । फल टिपेको १ हप्ता भित्रमा खानको लागी उपयुक्त हुन्छ ।

उत्पादन

प्रतिबोट सामान्यतया १००–१५० वटा फल सजिलै लिन सकिन्छ । एउटा फल करिब १५०–२५० ग्रामको हुन्छ ।

वोटको आयु

उपयुक्त वातावरण भएमा २०–३० वर्ष सम्म विरुवा बाच्ने र फल पनि दिन सक्छ तर १२–१५ वर्ष पछी बोट केही कमजोर देखिन्छ र उत्पादन कम हुदै जान्छ ।

भण्डारण

सरिफा फल १५–२० डि.से. तापक्रम र ८५–९० प्रतिशत सापेक्षित आद्रतामा भएको स्थानमा भण्डारण गर्नु पर्दछ ।

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

सूर्यनाथ योगी

बरिष्ठ फलफुल विकास अधिकृत

उष्ण प्रदेशीय फलफूल खेति प्रविधि पुस्तिका - सरिफा खेती प्रबिधि

फलफूल विकास निर्देशनालय