परिचय

परिचय तथा महत्व

विश्वका ८० भन्दा बढी देशहरुमा उत्पादन गरिने नरिवलको खेती नेपालको तराई तथा भित्री मधेसका जिल्लाहरुमा खेती गरिन्छ । यो फल ताजा खानकालागी, सुकाएर खानका लागी मात्र नभएर यसमा भएको जुसले शितलता प्रदान गर्ने हुनाले गर्मि याममा प्रयोग गरिन्छ । यसका साथ साथै यसका पात तथा जटावाट विभिन्न हस्तकलाका सामाग्रिहरु तयार गर्न सकिन्छ । यसको फललाई धार्मिक कार्यमा पनि प्रयोग गरिन्छ । यस्को उत्पत्ति दक्षिण पुर्वि एशियामा भएको अनुमान गरिन्छ ।

प्रयोग तथा पौष्टिक महत्व

ताजा फलमा करिव १० प्रतिशत कार्वोहाईड्रेट, ४ प्रतिशत प्रोटिन, ३७ प्रतिशत चिल्लो पदार्थ, ४ प्रतिशत खनिज तथा ४५ प्रतिशत पानीको मात्रा हुन्छ ।

आवश्यकता

हावापानी

यसलाई गर्मि हावापानी चाहिन्छ । औषत वार्षिक तापक्रम २७ डिग्री र वार्षिक वर्षा १३००–२३०० मिमि आवश्यक पर्दछ । यो सामुन्द्रिक सतह देखी ९०० मि सम्म उत्पादन गर्न सकिन्छ 

माटो

यसले विविध खालको माटो रुचाउने भएता पनि राम्रो निकासको प्रवन्ध भएको हावा खेल्ने खुकुलो माटोमा उत्पादन राम्रो हुन्छ । पि.एच. ५.२–८ यसको लागी उपयुक्त हुन्छ तर माटोमा प्रशस्त पोटासको मात्रा हुनु जरुरी हुन्छ ।

नर्सरी व्यवस्थापन

प्रशारण

छनौट गरिएका माउबोटबाट फल संकलन गरि बीउको लागी राखिन्छ । बीउको लागी राखिएका फलको औषत तौल ७६९ ग्राम हुनुपर्छ । फल टिपेपश्चात तत्काल नर्षरीमा २५–३० से.मीको फरकमा रोपण गर्नु पर्दछ । फललाई तेर्सो पारेर राखिन्छ र हल्का देखिने गरि माटोले पुरिन्छ ।

जग्गा तयारी

विरुवा लगाउने समय, दुरी तथा रोपण

बगैचा स्थापना गर्ने जग्गा सम्याएर ६ मिटरको फरकमा करिब १ घन मि को खाडल खन्ने र खाडलमा दुई पत्र नरिवलको जट्टा पिंधमा राख्ने । २०–२५ के.जी. पाकेको कम्पोष्ट मल राखी माटोमा राम्रो सँग मिलाएर जेष्ठ-आषाढ महिनामा रोपण गर्ने ।

बाली व्यवस्थापन तथा हेरचाह

सिंचाई

यसको वृद्दि र विकासका लागी प्रयाप्त मात्रामा सिंचाईको आवश्यकता पर्दछ । सुख्खा समयमा १०–१५ दिनको फरकमा सिंचाई दिनु पर्दछ भने वर्षा समयमा त्यती आवश्यकता पर्दैन । प्राय सिंचाई गर्दा बोटको वरिपरि खनेर बेशिन बनाई त्यसमा पानी हाल्नु पर्दछ ।

अन्तरबाली

फलदिने अवस्था सम्मको लागी अन्तरवालीको रुपमा भुँईकटहर, केरा, मरिच कफि तथा अन्य कोशेवाली लगाउनु उपयुक्त हुन्छ । तर अन्तरवाली लगाउँदा नरिवलको छेउमा पर्ने गरि लगाउनु हुँदैन ।

रोग व्यवस्थापन

रोगहरु

मुना कुहिने रोग, डाँठ कुहिने रोग, खैरो थोप्ले रोग आदी

किरा व्यवस्थापन

किराहरु

पात खाने झुसिलकिरा, राईनोसरस खपटे किरा, रेड पाल्म विभिल, जरा खाने किरा आदी मुख्य हुन । 

बाली कटानी तथा भण्डारण

उत्पादन तथा बाली भित्राउने

फूल फुलेको १२–१३ महिनामा फल परिपक्व हुन्छ । राम्रो सँग पाकेको फललाई मात्र वोटवाट टिप्नु पर्दछ । उत्पादन दिने वयस्क बोटहरु भएको बगैचाबाट औषत १००००–१४००० फल र वर्ष रहे दिन सक्छ । तर राम्रो सँग व्यवस्थापन गरेको बगैचामा यसलाई २५००० फल र वर्ष रहेसम्म बढाउन सकिन्छ ।

भण्डारण तथा पकाउने

फल टिपे पश्चात केहि दिनको लागी छाँयादार ठाँउमा भण्डारण गर्न सकिन्छ ।

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

सन्दर्भ

पद्मनाथ आत्रेय

फलफूल विकास अधिकृत

उष्ण प्रदेशीय फलफूल खेति प्रविधि पुस्तिका - नरिवल खेती प्रबिधि

फलफूल विकास निर्देशनालय

कीर्तिपुर, काठमाडौं