परिचय

परिचय तथा महत्व

वैज्ञानिक नाम: Persea americana miller  
परीवार :  lauraceae

नेपालमा एभोकाडो फललाई "घ्यूफल" भनेर चिनिन्छ । प्राय जसो धनिमानि मानिसले बढि खाने र रुचाउने यो फल धेरै पटक खादै गए पछि मनपर्दो हुनेगर्दछ । यसमा राम्रो बासना र बढि रेसादार फल बस्तु पाइन्छ । खाद्य तत्वको हिसाबले एभोकाडो ज्यादै पोषण युत्त मानिन्छ । यसमा १.७५ प्रेटिन २६.४५ चिल्लो पदार्थ र ५५ कार्वोहाइड्रेड पाइन्छ । यस फलमा चिनी कम हुने र बढी शक्ति पाइने भएकोले मधुमेयका रोगीहरुको लागि शक्तिदायक फल मानिन्छ ।

उत्पति

यसको उत्पति मध्य अमेरीकाबाट भएको हो । बढि फल उत्पादन गर्ने देशको रुपमा हवाइ पिलिपिन्स, क्युवा, इजरायल श्रीलंका र भारतलाई चिनिन्छ । इजरायलबाट सन १९७९ मा एभोकाडोका विरुवाहरु ल्याई नेपालमा खेती गर्न सुरु गरिएको थियो । केही एभोकाडोको माउबोटहरु, उष्ण प्रदेशिय बागवानी फर्म सलाही, केन्द्रीय वागवानी केन्द्र कीर्तिपुर र उपोष्ण वागवानी केन्द्र त्रिसूलीमा माउ वगैचा ब्लक स्थानमा गरी एभोकाडो उत्पादन गरिएको छ ।

१०० ग्राम खाने घ्यूफलमा पाइने रासायनिक वस्तुको मात्रा:

क्र.स खाद्यतत्वको नाम मात्रा
१. साधारण खाद्यतत्वहरु शक्ति २४५ क्यालोरी
  प्रोटिन १.७ ग्राम
  जम्मा कार्वोहाइड्रेट ५.५१ ग्राम
  चिल्लो वस्तु १.८ ग्राम
  क्रुड रेसाहरु ५.१ ग्राम
२ भिटामिनहरु भिटामिन ए ०.१७ मि. ग्राम
  भिटामिन सि १६ मि. ग्राम
  भिटामिन बि ३ १ मि. ग्राम
  भिटामिन वि २ ०.१३ मि. ग्राम
  भिटामिन वि १ ०.०६ मि. ग्राम
३ खनिजतत्वहरु क्याल्सीयम १० मि. ग्राम
  क्लोरीन ११ मि. ग्राम
  कपर ०.४५ मि. ग्राम
  आइरन ०.६ मि. ग्राम
  म्याग्नेसियम ३५ मि. ग्राम
  म्यागानिज ४.२१ मि. ग्राम
  सल्फर २८.५ मि. ग्राम
  सोडियम ३६८ मि. ग्राम

पाकेको एभोकाडोको ताजा फलको गुदी खानामा प्रयोग गरिन्छ र साथै भित्री गुदीलाई (ध्पु) पाउरोटी, आइस क्रीम र मिल्क स्न्याकको रुपमा समेत प्रयोग गरिन्छ । 

जातहरु

मेक्सिकन जातहरु

यो समहुका फलहरु २५० ग्रामभन्दा साना हुन्छन् र फुल फुलेको ६–८ महिनामा फलहरु पाक्दछन् । बोक्रा चिल्ला तथा पातला हुन्छन् र फलमा तेलको मात्रा ३०% सम्म हुन्छ । यस खालको जातहरु बोटमा पातलो र नरम वोक्रा भएका साना फलहरु (२५० ग्राम) लाग्दछन् । फलको केन्द्र भागमा बीउ ठूलो खूकूलोसंग रहेको हुन्छ । यसमा तेल वा चिल्लो बस्तुको मात्रा ३० प्रतिशतसम्म पाइन्छ । यस खालका जातहरुमा बढी चिसो तापक्रम सहने गुण विद्यमान पाइन्छ।

ग्वाटेमेलन जातहरु

फलहरु लामो भेट्नामा फल्ने र करिब ६०० ग्रामसम्म तौल भएका हुन्छन् । फुल फुलेको ९–१२ महिनामा फलहरु पाक्दछन । फलको बोक्रा बाक्लो हुन्छ र बीउ सानो तर भित्रको खाने भागसँग टाँसिएका हुन्छन । यस फलमा तेलको मात्रा ८–१५% सम्म हुन्छ । मध्य अमेरीकाबाट निकालीएका जातहरु यसमा पर्दछन् । यस खालका जातहरुको फलको भेट्नो लामो फल ठूलो साइजको (६०० ग्रााम) बोक्रा बाक्लो र बीउ केन्द्रीय भागमा खादिएर रहेको हून्छ । वोटमा फलफूल लागेको ८ देखी १२ महिनामा पाक्दछ । फलमा ८–१५५, चिल्लो वस्तु पाइन्छ ।

वेष्ट इन्डियन जातहरु

लामो भेट्नामा मध्यम आकारका फलहरु लाग्दछन् । फल पाक्न फुल फुलेको ९ महिनासम्म लाग्दछ र यसको फलमा कम चिल्लोपना (३–१०%) पाइन्छ ।अरु जातहरुको तुलनामा यस समुहका जातहरुले चिसो सहन सक्दैनन् । केन्द्रीय अमेरीकाका तल्ला भेकहरुमा रैथाने भई फैलिएका जातहरु यस वर्गमा पर्दछन् । यस खालका जातहरुको फलमा भेट्नो लामो भएको मध्य साइजको फलमा नरम खालको बोक्रा हुन्छन जसमा ठूला विउहरु खुकूलोसंग प्रत्येक फलमा खादिएर रहेको हुन्छन् । यस खालका जातहरुले चिसो सहन सकदैनन् । गर्मि उष्ण क्षेत्रमा यो जातको सफलता पुर्वक खेती गर्न सकिन्छ । वोटमा फलफूल लागेको, ९ महिना पछि पाक्दछ ।

जातहरु र जातिय बिशेषताहरु

(१) हयास

  • यो म्याकसीकन टाइप-ए ग्रुपको जात हो ।
  • विभिन्न जातहरु मध्ये बढि खेती भएको जातको रुपमा यो जात चिनिएको छ ।
  • मझौला खालको साइज भएको, वैजनी रंगको फलको गुदी भएको, हरियो फल
  • पाकेपछि कालो रंगमा परिणत हुने गर्दछ ।
  • यसका बोट ठूलो हुने र तुसारोबाट बढि संवेदनसिल छ । यसको फल बढि वासनादार र चिल्लो बस्तु भएको हुन्छ ।

(२) ग्रीन

  • ग्वाटेमेलन प्रजाती अन्तरगतका जातहरु मध्ये सफलता पूर्वक खेती गर्न सकिने मूख्य जात हो ।
  • यस जातमा फलने फल लाम्चो (oval shape) आकारको हरीयो वा हल्का पहेलो रंगको हुन्छन् ।
  • प्रति फलको तौल सरदर २५०—४०० ग्रामको हुन्छ ।
  • छाला खस्रो केही फलमा बीउ ठूलो गोलो केन्द्रमा कस्सिएर टासिएको हुन्छ ।

(३) फुर्टे

  • मेक्सीकन र ग्वाटेमालन प्रजातिबाट निकालीएको हाइब्रिड जात हो ।
  • फल, लाम्चो (pyriform) २२५ देखी ४५० ग्राम साइजको हुन्छन् । बढि चिसो
  • सहने जातको रुपमा यो जात चिनिन्छ ।
  • उष्ण भन्दा उपोष्ण क्षेत्रमा राम्रो फल्ने जात हो ।
  • फलमा १८—२६५ सम चिल्लो पदार्थ पाइन्छ ।

 (४) युतीया

  • यो जातमा फल ज्यादै सानो लाग्छ । फल राम्रो बासनादार हुन्छ ।
  • फल फलाई राम्रो हुन्छ तर एक बर्ष बिराएर फल्ने प्रवृत्ति देखिन्छ ।

(५) रिड

  • यो जात ग्बाटेमालन प्रजातिमा पर्दछ । बोट मध्य हिसाबको झाडीदार देखिन्छन् ।
  • फल ठूलो, गोलो, आकारका हरियो छाला भएको उच्च गुणस्तरको हुन्छ ।
  • राम्रो र लगातार उत्पादन दिने जातको (prolific cropping cultivar) रुपमा यो जात चिनिएको छ ।

(६) इथिन्जर

  • फल लाम्चो मध्य साइजको हुन्छन् ।
  • फल्को बाहिरी छाला खस्रो, चमकिलो हरियो रंगको हुन्छ । फल भित्र बिउ ठुलो र खुकुलो गरी केन्द्रमा रहेको हुन्छ अन्य जातहरु भन्दा चाडो पाक्छ, धेरै र राम्रो उत्पादन दिन्छ । यो मेक्सीकन प्रजातीको टाइप बि समुहमा पर्छ ।

(७) पर्पल

  • यो पश्चिम भारतियन प्रजाती अन्तरगत पर्ने जात हो ।
  • फल नास्पति आकारको २५० ग्राम साइजका नरम चम्कीलो हुन्छ ।
  • फलमा बीउ खुकुलो संग केन्द्रमा रहेको हुन्छ र २ से.मी लामो पहेलो रंगको गुदी विउ वाहिर टासिएर रहको हुन्छ ।

९. उर्टज

  • यसलाई उर्टज सानो काडो भनिन्छ ।
  • बोटको उचाई कम, स्वादमा मिठो हुन्छ ।
  • फल भाद्र — असोजमा पाक्दछ ।
  • यो ‘ए ग्रुप’ वा ‘वि ग्रुप’मा पर्दछ ।

आवश्यकता

हावापानी र माटो
  • एभोकाडोले उष्ण र उपोष्णको मध्य चिसो हावापानी मन पराउछ ।
  • तुसारो र बढी चिसो हावापानीले यो फललाई नराम्रो प्रभाव पर्छ ।
  • ज्यादै बढि चिसो र पानी जम्ने तापक्रममा यो फलको उत्पादन लिन सकिदैन ।
  • एभोकाडो जातहरु अनुसार ६०० मि देखी १३०० मि सम्मको उचाइमा सफलता पूर्वक खेती गर्न सकिन्छ । पश्चिम भारतिय जातहरु उष्ण क्षेत्रमा उपयूत्त हुने तर मेक्सीकन र ग्वाटेमालन प्रजातिहरु उपोष्ण क्षेत्रमा राम्रो उत्पादन दिन्छन् ।
  • वर्षिक सरदर बर्षा ६६ – १४६ सेमी उपयूक्त हुन्छ, सूख्खा सहन सक्दैन ।
  • यसको खेती १४ देखी २८ डि.से तापक्रम उपयुक्त हुन्छ ।
  • माटोको पि एच को मान ४—७ सम्म भएको मलिलो गहिरो पानी नजम्ने निकाश भएको माटो व्यवशायीक खेतीको लागी उपयूक्त मानिन्छ ।

जग्गा तयारी

विरुवाको रोपाई
  • बोटविरुवा सामान्तया जात अनुसार ८—१० मिटर फरकमा रोप्न खाडल १ घन मिटर साइजको १ महिना अगाडी तयार गरिन्छ ।
  • तयार भएको खाडलमा प्रति खाडल २०—२५ केजी कम्पोष्ट मल र टप स्वाइल ४:१ अनुपातमा मिसाई मिश्रण बनाएर बैशाखमा जमिनको सतहबाट १ फिट माथि हुने गरी पुरीन्छ र खाडलको केन्द्रमा पर्ने गरी कालो बास गाडेर चिन्ह लगाइन्छ ।
  • वर्षायाम लागेपछि जेठ/असाढ महिनामा खाडलको केन्द्र वा बास गाडेको स्थान पर्ने गरी बिरुवा रोप्नु पर्छ।

बाली व्यवस्थापन तथा हेरचाह

मलको प्रयोग
  • एभोकाडोको लागि बढि मल चाहिन्छ ।
  • हरेक वर्ष २० देखी २५ के जी पाकेको कम्पोष्ण मल र १:१:१ अनुपातमा साना बिरुवाहरुको लागी र १० वर्ष भन्दा माथिका बोटविरुवाहरुको २:१:२ अनुपातमा हुने गरी नाइट्रोजन, फस्फोरस, पोटास युक्त मलको प्रयोग गर्नुपर्दछ ।
  • माटोमा पि एच को मान ७ भन्दा बढि भएमा आइरन तत्वको कमी देखीने भएकोले आइरन चिलेट ३५ ग्राम प्रति बोटका दरले प्रयोग गर्नुपर्ने हुन्छ ।
सिचाई
  • एभोकाडोलाई आवश्यकता अनुसार हिउदमा २१ दिनको अन्तरमा ग्रिष्ममा १०—१५ दिनको अन्तरमा गोलो चक्का बनाई सिचाई दिनुपर्दछ ।
  • पाइपबाट बेसिनमा सोझै भिजाउने तरीका राम्रो मान्दिैन । यसले बोटको जरा कुहाउछ ।

 

अन्तर वाली
  • छोटो जरा हुने वाली र सामान्यतया कोशे तरकारी बालीहरुलाई अन्तरवालीको रुपमा प्रयोग गरीन्छ ।
  • सतहका जराहरु काटिने वा खलबल हुने गरी खनजोत गर्नुहुदैन ।
  • बोटको वरीपरी एक मिटर व्यास वरपरको भागमा हल्कासंग  ́झारपातहरु हटाई माटो खुकुलो बनाउनुपर्ने वा छापो प्रयोग गर्नुपर्दछ ।
बोटको काटछाट
  • एभोकाडो फलमा फलका काटँछाटँ मात्र गरीन्छ ।
  • माथि हाँगा जाने खालका जातहरुमा बोटको मुख्य हाँगालाई काटेर साइड हागाँहरु बढ्न दिनुपर्छ ।
  • हागाँहरु फलने तर बोट अग्लो नहुने जातहरुमा हाँगाहरु पातलो र छोटो हुने गरी काटँछाटँ गर्नुपर्छ।
  • सामान्यतया फलको बोटमा भाचिएका, एक आपशमा जोडिएका, रोग कीराले खाएका हाँगाहरुलाई हरेक समयमा काटँछाटँ गरी हटाउनु पर्छ ।

 

प्रजननका तरिका
  • बीउ नै नेपालमा प्रसारणको मुख्य तरीका हो ।
  • बीउमा उमार शति धेरै कम (२—३ हप्ता ) हुन्छ । बीउलाई सुख्खा पिट वा ५⁰ से भण्डारण गरी राख्न सकिन्छ ।
  • बीउको बाहिरी बोक्रा हटाइ रोपेमा उमार शति बढ्दछ । पलाष्टिकको थैलामा २ से मि गहिराईमा एउटा बीउ राखेर उमारिन्छ । रोपेको १ बषै पछि मुख्य खेतमा सार्न सकिन्छ ।

 

एभोकाडो फलफूल बालीमा फूल फूल्ने र फल लाग्ने प्रकिया

एभोकाडो फलफूल बालीमा फूल फूल्ने र फल लाग्ने प्रकुया

यो फलको बोटमा फूलको बनावटको हिसाब उम्य लिङ्गी पाईन्छ तर कामको आधारमा एकलिङ्गीय फूल मानिन्छ । बोटमा भाले फूलहरु र पोथी फूलहरु फरकै समयमा निस्कने प्रकृयालाई डाइचेगेमस भनिन्छ । यो फल फूल्ने स्वभावबाट स्वसेचन हुन सक्दैन । पर परागसेचन मौरी, भमरा आदिबाट भई बीउ र बन्ने कृया सुरुवात हुन्छ । जात अनुसार एभोकाडोको फूल फूल्ने स्वभाव फरक हुने भएकोले बगैचा स्थापना गर्दा एकै जात वा समुहको एभोकाडो प्रयोग गरेर बगैचाको स्थापना गर्नुहुदैन र फरक जातहरु मिसाएर बगैचा बनाउनु पर्दछ ।

बिचित्र हिसाबले फूल फूल्ने र बन्द हुने अनुसार एभोकाडोको जातहरुलाई २ ग्रुप वा समुहमा वाडिएको छ । (१) ‘ए’ ग्रुप (२) ‘वि’ ग्रुप । यो हिसाबले भाले र पोथी फूल लाग्ने प्रकृया, सधै भरी यसरी नै रहन्छ भन्ने छैन । यसलाई एभोकाडो प्रजातिका जातहरु, तापक्रम, बादल, फल फूल्ने स्वभावले प्रभाव पार्छ र परीवर्तन ल्याउछ । सामान्यतया मेक्सीकन जातहरु चाडो फल्दछन् ।

ए ग्रुप र बी ग्रुप पर्ने जातहरु र फल फल्ने स्वभाव निम्नानुसार देखिन्छ ।

जातहरु पहिलो दिन दोस्रो दिन

ए — ग्रुपका जातहरु

१ हयास, ग्युन, पिंकरटन, पोथी सकृय परागकण टनरीड, एनाहिम, ल्याब ध्यास मेक्सीको

पोथी सकृय परागकण फूट्ने

बी —ग्रुपका जातहरु

र्टे, जुटाउने, व्याकन हबीटसेल, सिरप्राइज इथिन्जर

पोथीको योनी क्षेत्र हुने पराग कणहरु निस्कने

ए —ग्रुपको पुर्ण फूल निस्कने चक्रको समयमाथि: ३६ घण्टा; बी —ग्रुप जातहरुको फूल रहने समय अवधि: २४ घण्टा

  • सरदर उपयुक्त तापक्रम (राती र दिउसोमा बढिमा ) —७० डिग्राी (२१ से)
  • तापक्रम घटेमा दिनमा फूल्ने प्रकृया ढिलो अनियमित बन्दछ ।
  • तापक्रम ६० डिग्री (१६ सं) भन्दा कम भएमा फल नलाग्ने हुन सक्दछ ।
  • क्यालिकोर्नियामा ए—गु्रप र वि— ग्रुपका जातहरुको प्रयोग हालै गरिएको परिक्षण अनुसार हयास एभोकाडोमा फलको रेटिंब राम्रो भई ४० देखी १५० प्रतिशत फलको एत्पादनमा वृद्धि भएको पाइएको छ । (एभोकाडो डाइचोगेमस फल फल्ने प्रक्रिया)
  • ‘ए’ ग्रुप जातमा सुरुको दिनमा विहानमा फल्दछन् र ८ दिउसो फल्ने बन्द हुन्छ । अर्को दिनको दिउसोमा मात्रै फल फल्दछ । त्यसैगरी ग्रुप वि मा जातहरुमा पहिलो दिनको दिउसो फल्दछन र अर्को दिनको विहान मात्रै दोस्रो चोटी फल्दछ ।
  • यो फूल फल्ने प्रकृया बमोजिम ए — गर्भाशय लाई बी — परागकण फलले हरेक विहान परागसेचन गराउछ भने दिउसोको समयमा बी (गर्भशाय ) ले ए— परागकण लिन, तयारी हुन पुग्दछ । र परागसंचेन एवं गर्भादान राम्रो भई फल फल्ने प्रकुया राम्रो बन्दछ । अन्यथा गर्भाशय सुकने हुन्छ । परागसेचन प्रकृया प्रभावकारी बन्दैन ।
  • पराग सेचन गर्ने मौरीहरु मूख्य एजेण्ट भएकोले बगैचामा मौरीको धार राख्दा राम्रो मानिन्छ ।
  • एभोकाडोको बगैचामा जात अनुसार फल फल्ने स्वभाव बमोजिम ‘ए’ समुह र ‘बी’ समुहको जातको अनुपात १:१ वा २:१ हुने गरी जातहरु मिसायर लगाउनु पर्छ । यो जातहरु मिसाएर लगाउनु पर्छ।

 

बाली कटानी तथा भण्डारण

फल्को टिपाई र उत्पादन
  • एभोकाडो बोटमै नपाकने (climacteric fruit) फल भएकोले, बोटमा फल परिपक्क भएपछि टिपेर कृत्रिम रुपमा पकाइन्छ ।
  • भेट्नो राती बैजनी (reddish purple) र हरियो फल हुने जातमा गाढा हरियोबाट हल्का हरीयो (light green) भएमा वा हल्का बिया टासिएर रहने जातहरुमा औंलाले फलमा हिर्काउदा hollow sound आएमा फल परिपक्क भएको मानिन्छ ।
  • प्रिपक्क भएकाहरुलाई एक–एक गरी टिपेर  झोलामा राखेर संकलन गरिन्छ ।
  • ५—६ बर्षबाट फल फल्न सुरु हुन्छ ।
  • एभोकाडोको जात अनुसार १०० देखी ५०० वटा फलहरु प्रति बोटमा फल्दछ ।

उत्पदनोप्रान्त गरिने क्रियाकलापहरु

पोष्ट हार्भेस्ट प्रविधी
  • टिपिसकेको फल आकार र जात अनुसार ग्रेडिंग गरेर बासको डोका वा प्लाष्टीकको क्रेटमा पराल वा कागजले प्याकिंग गरेर ओसार पसार गरीन्छ ।
  • यो फल बोटमै नपाक्ने भएकोले, टीपी सकेपछि उपयुक्त तापक्रम भएको स्थानमा राखी पकाउनु पर्दछ ।
  • सामान्यतया राम्रोसंग परिपक्क भएको फललाई २० डिग्री से मा ६ देखी १२ दिन सम्म राख्दा पाक्दछ ।
  • कोल्ड स्टोरेजमा ४.४ डिग्री से. मा चिसो सहने जातहरुलाई भण्डारण राख्न सकिन्छ भने चिसो नसहने जातहरु १० देखी १३ डिग्री से. तापक्रममा भण्डारण गरी राख्न सकिन्छ ।

 

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

महेश्वर लामिछाने

बरिष्ठ फलफूल विकास अधिकृत

उष्ण प्रदेशीय फलफूल खेति प्रविधि पुस्तिका - एभोकाड़ो खेती प्रबिधि

फलफूल विकास निर्देशनालय

कीर्तिपुर, काठमाडौं