लसुन गानो तरकारी समूहको एक महत्वपूर्ण तरकारी हो। यो तरकारीको साथसाथै मसलाको रुपमा पनि प्रयोग गरिन्छ । यसको गानोमा प्रोटिन, कार्बोहाइड्रेट, इथर तेल, भिटामिन "ए", र "सी" ड पाइन्छ । यसले संयुक्त गानो उत्पादन गर्छ । जसको हरेक पोटीबाट सिंगै बिरुवा उम्रन सक्छ । यसको उत्पत्ति केन्द्र मध्य एशिया वा दक्षिण यूरोप मानिए तापनि यो संसारभरी पाइन्छ । यसको खेतीमा स्थानीय जातहरू नै प्रचलनमा छन् ।

