कडा मोसाइक (Severe Mosaic)

परिचय

रोगको जीवाणु: PVY and PVA

जीवाणुको प्रकार: Virus (भाईरस)

क्षति गर्ने बालीहरु: आलु

लक्षण

कडा मोजाइक (Severe Mosaic-PVY and PVA) मा भाइरस ए वा भाइरस वाई र भाइरस ए को संयुक्त आक्रमणवाट कडा मोजाइकका लक्षणहरु देखिन्छन्। बोटहरु धेरै साना हुने, पातको स्वरुप विग्रने वा खुम्चने र पातको रंग छिरविरे हुने हुन्छ। पातको सतह खस्रो वा नमिलेको हुन्छ ।

pv

 

व्यवस्थापन

• भाइरस रोग नलागेको आलुको वीउ मात्र प्रयोग गर्ने।
• वीउ आलु उत्पादन गर्ने खेतवाट भाइरस लागेका बोटहरु उखेलेर हटाउने तथा जलाएर नष्ट गर्ने।
• आलु बारी वरिपरिका झारपातहरु उखेलेर हटाउने।
• लाही कीरा वा अन्य भाइरस सार्ने कीरालाई मार्न रोगर वा मालाथियन विषादी १ मिलि लिटर प्रति लिटर पानीको दरले १५ दिनको फरकमा ३ पटक सम्म वालीमा छर्कने ।

पछौटे डढुवा रोग (Late blight)

परिचय

रोगको जीवाणु: Phytopthora infestans

जीवाणुको प्रकार: Fungus

क्षति गर्ने बालीहरु: गोलभेडा, आलु, खुर्सानी, भन्टा

लक्षण

पातको टुप्पो वा किनारामा भिजेको जस्तो फुस्रो हरियो दाग देखा पर्दछ । जुन चाँडै बढ्छ र दागको पछाडि हेर्दा सेतो वा खैरो कपासको रेशाजस्तो दुसी देखिन्छ। यो रोग डाँठ र दानामा समेत लाग्दछ । उपयुक्त मौसम भएको अवस्थामा छोटो समयमै पूरा बोट जलेको जस्तो देखिन्छ । रोग लागेको आलुको दाना खैरो देखी वैजनीरंगको हुन्छ। दाना भित्रै कुहिएर खैरो हुन्छ।

 

व्यवस्थापन

• स्वस्थ बीउ रोप्ने।
• रोग लागेको आलुको दाना र विरुवा अवशेष हटाउने ।
• रोग अवरोधक जातहरु (Janakdev, Kufri Jyoti, NPI 106, 108, CFJ) प्रयोग गर्ने।
सुरक्षात्मक रोगनाशक विषादी मेन्कोजेव ७५% डब्लु पी वा कपर अक्सिक्लोराइड ५०% डव्लु पी २-३ ग्राम प्रति लिटर पानीको दरले मिसाएर ७ दिनको फरकमा ३-४ पटक छर्ने वा
• क्लोरोथालोनिल ७५% डव्लु पी १.५ ग्राम अथवा प्रोपिनेव ७० % डव्लु पी ३ ग्राम प्रतिलिटर पानीमा मिसाएर छर्ने
डाइमेथोमोर्फ ५०% डव्लु पी १.५ देखि २.५ ग्राम प्रति लिटर पानीका दरले छर्ने वा
• फेनोनामिडान १०% डव्लु पी ३ ग्राम प्रती लिटर वा फेमोक्साइडिन १६.६% + साइमोक्जानिल २२.१% एस पी १ ग्राम प्रती लिटर पानीको दरले प्रयोग गर्ने।
• प्रतिकुल मौसम भएमा दैहिक विषादी र सुरक्षात्मक विषादी आलो पालो गरेर छर्नाले धेरै प्रभावकारी असर दिन्छ।

मकैको ध्वाँसे थेग्ले रोग (Grey leaf spot)

परिचय

रोगको जीवाणु: Cersocpora zea maydis

जीवाणुको प्रकार: Fungus

क्षति गर्ने बालीहरु: मकै

लक्षण

मकै चमरा निस्किने बेलामा फेद नजिकका पातमा शुरुमा स–साना पहेला वा खैरा दाग बनाउँछ र दुइ तीन हप्ताभित्र नसासँग समान अन्तरमा लाम्चिला धर्साहरुमा परिवर्तन हुन्छ ।थेग्लाहरु जोडिदै गई पुरै पात ध्वस्त हुन्छ । पातबाट डाँठ, घोेगाको खोस्टा पनि लाग्छ ।घोगाहरु साना, हलुका, थोते, टेडा हुने हुन्छ । गणेश १, मनकामना ३, मनकामना १, हिलपुल पहेलो र देउती जातका रोग सहन सक्नेजात लगाउने ।

leaf spot

 

व्यवस्थापन
  1. मकै छिटो र पातलो रोप्ने
  2. घुम्ती बाली अपनाउने
  3. रोगी बोटका अवशेष जलाउने, रोगको लक्षण देखिना साथ पात हटाउने । सन्तुलित मलखाद प्रयोग गर्ने
  4. ढुसीनासक विषादी वेभिष्टीन वा वेनोफेट १ ग्राम अथवा डाइथेन एम ४५ वा साफ २ ग्राम प्रति लिटर पानीको दरले ७-१० दिनको फरकमा दुइपटक छर्ने

बेर्ना कुहिने रोग (Damping off)

परिचय

रोगको जीवाणु: Pythium spp, Fusarium spp., Phythophthora spp., Rhizoctonia spp

जीवाणुको प्रकार: Fungus

क्षति गर्ने बालीहरु: काउली, प्याज, वन्दा, फर्सी, काक्रो, लौका, भिण्डी, सिमि, बोडी, ब्रोकाउली

लक्षण

बेर्ना उम्रिनु अगावै जमिन माथी आउने क्रममा रोगको आक्रमण भएमा माटो भित्रै मर्छ । बेर्ना उम्रिइसकेपछि रोग लागेमा बेर्ना ढल्छ। बेर्नाको माटोको सतह नजिकैको भागबाट यस रोगको संक्रमण भइ फेदको वरिपरि वोक्राको भाग खुम्चिने र पानीले भिजेको जस्तो भइ बिरुवा ढल्छ र विस्तारै ओइलाउछ र मर्छ ।

dmping off

 

व्यवस्थापन

• पर्याप्त घाम लाग्ने, पाहारीलो र छायाँ नपर्ने ठाउँमा नर्सरी बनाउने।
• हरेक सिजनमा एउटै ठाउँमा नर्सरी ब्याड नबनाउने ।
• ब्याड बनाँउदा केही अग्लो बनाउने तथा बाक्लो बीउ नछर्ने।
• ब्याडमा पानीको राम्रो निकासको प्रबन्ध गर्ने ।
• नर्सरीको लागि पानी नजम्ने खालको दोमट वा बलौटे दोमट माटोको प्रयोग गर्ने।
• राम्रोसंग पाकेको प्रांगारिक मलको मात्र प्रयोग गर्ने ।
• पटक पटक गरी थोरै थोरै सिंचाई गर्ने।
• नर्सरी व्याड तयार गर्नु अघि माटोमा सिंचाइ गरी करिब १५ सेमी बाक्लो सुकेका पात पतिङ्गर जम्मा गरी जलाउने र खरानी समेत माटोमा मिसाइ नर्सरी व्याड तयार गर्ने।
• जैविक दुसीनाशक बिषादी ट्राइकोडर्मा १० ग्राम प्रति केजीका दरले बीउ उपचार गरी रोप्ने वा थाईराम ७५% वा क्याप्टान ५०% धुलो २ ग्राम प्रति केजी बीउको दरले उपचार गर्ने।
• व्याड बनाउँदा ट्राइकोडर्मा १ केजी र ५० केजी कम्पोष्ट मिसाइ तयार गरेको उपचारीत कम्पोष्ट मलको प्रयोग गर्ने।
• रोग लागेको अवस्थामा पनि ट्राइकोडर्मा ५ ग्राम प्रतिलिटर पानीका दरले ड्रेन्चिङ्ग गर्ने वा कार्वेण्डाजीम ५० % डव्लुपी २ ग्राम प्रति लिटर पानीका दरले मिसाएर छर्ने।

खैरा रोग (Khaira Disease of Rice)

परिचय

रोगको जीवाणु: Zinc Deficiency

जीवाणुको प्रकार:

क्षति गर्ने बालीहरु: धान

लक्षण

यो रोग जिङ्क तत्वको कमि बाट हुन्छ। तल्लो पातमा खैरा रंगका मसिना थोप्ला देखिएर बढ्दै गई एक आपसमा जोडिएर पुरा पात खैरो देखिन थाल्छ। बोटको वृद्धि कम भई होचो हुन्छ। यस्तो रोपाई गरेको एक वा दुइ हप्ता भन्दा पछि सुरु हुन्छ ।

khaira

 

व्यवस्थापन

१. फोसफोरस मल बढी प्रयोग नगर्ने ।
२. खेतमा पानी निकास राम्रो गर्ने ।
३. ५ ग्राम जिङ्क सल्फेट २.५ ग्राम चुना १ लिटर पानीमा मिसाई २५-३० लिटर प्रति कट्ठाको दरले छर्ने वा चीला मिन २ ग्राम १ लिटर पानीमा मिसाई छर्ने ।

गहुँको सिंदुरे रोगहरु (Yellow (Stripe) rust & Brown (leaf) rust)

परिचय

रोगको जीवाणु: Pucinia recondita & Pucinia striformis

जीवाणुको प्रकार: Fungus

क्षति गर्ने बालीहरु: गहुँ

लक्षण
  1. पातको खैरो सिंदुरे रोग (Pucinia recondita): पातको माथिल्लो सतहमा सुन्तला रंगका फोकाहरू देखिन थाल्छन । ती फोकाहरू छुट्टाछुट्टै रहेका हुन्छन् ।
  2. पहेंलो वा धर्के सिंदुरे रोग-(Pucinia striformis): पातको माथिल्लो सतहमा पहेला लाम्चिला फोकाहरू एक अर्कासंग मिली धर्सा परेर रहेका हुन्छन ।

lr   leaf rust wheat

 

व्यवस्थापन

• विकल्पी परपोषी विरुवा (चुत्रो) हटाउने।
• डब्लु के १२०४, पासाङ ल्हामु, गौतम जातमा रोग सहनशीलता हुने भएकोले जात छनौट गर्दा विचार पुर्याउने।
• गहुँ सकेसम्म छिटो लगाउने ।
• सिफारीश गरिए अनुसार सन्तुलित मात्रामा मलखादको प्रयोग गर्ने ।
• मेन्कोजेव ७५% डब्लु पी नामक विषादी ३ ग्राम प्रति लिटर पानीका दरले मिसाएर १५ दिनको फरकमा ३ पटक छर्ने वा
• प्रोपीकोनाजोल २५% इसि ०.७५ मिलि प्रति लिटर पानीका दरले मिसाइ छर्ने ।

गुँद निस्कने रोग सँग (Gummosis)

परिचय

रोगको जीवाणु: Phytophthora spp.

जीवाणुको प्रकार: Microorganism (सूक्ष्मजीव)

क्षति गर्ने बालीहरु: जुनार, सुन्तला, कागती

लक्षण

फाइटोप्थोरा ढुसीको विभिन्न प्रजातिबाट लाग्ने यो रोग बिरुवाको कुन भागमा लागेको छ सोही अनुसार फरक फरक नामले चिनिन्छ र लक्षण पनि फरक-फरक हुन्छ। रोग लागेको हाँगा वा मुल काण्डमा बोक्रा मरेर काठ मात्र / कडा हुन्छ। त्यस ठाउँवाट गुंद निस्किन्छ । भित्री काठको रंग खैरो भै तल माथि लम्बाईमा फुट्छ । विस्तारै फेदको बोक्रा चारैतिरबाट मर्छ र पातहरु पहेंलो भै अन्त्यमा बोट नै मर्दछ। यस्तै लक्षण जमिन मुनिको काण्डमा समेत देखा पर्छ। यसमा जराको टुप्पावाट ढुसीहरु प्रवेश गरी रोग ल्याउँछ। फेद कुहिने समस्या भएमा पनि जरा कुहिने रोग लाग्न सजिलो हुन्छ। यस रोगले जराहरु कुहिएर पातहरु पहेंलो भएर जाने र अन्त्यमा बोट नै मर्दछ ।

gumosis          gumosis

 

व्यवस्थापन
  • लिफ माईनर" कीरा नियन्त्रण गर्न कीटनाशक विषादी छर्ने।
  • तीनपातेको मुल वृतमा कलमी गरिएका बिरुवाहरु लगाउने। 
  • रुखको फेदमा पानी जम्न नदिई निकासको राम्रो व्यवस्था मिलाउने । 
  • गाईवस्तुको मल साथै छापो रुखको फेंदमा छुईने गरि नराख्ने । 
  • ५-६ वर्ष सम्मका बीजु बिरुवा भए तीनपातेको रुटस्टकले नेचुगी गर्ने। 
  • जैविक दुसीनासक विषादी ट्राइकोडर्मा प्रयोग/ड्रेन्चिङ्ग गर्ने, ट्राइको कम्पोष्ट प्रयोग गर्ने। 
  • बिरूवाको फेदको ६०-१०० से.मी. माथिसम्म वोर्डोपेष्ट नियमित रुपमा लगाउने । 
  • रोग लागेको ठाउँको रोगी बोक्रा धारिलो चक्कुले खुर्केर वोर्डो पेष्ट, वोर्डो पेन्ट लगाउने। 
  • वोटको वरिपरि १ मि. क्षेत्रको माटोमा वोर्डोमिश्रण ड्रेन्चिङ्ग गर्ने।

आलुको खैरो पिपचक्के (Brown rot)

परिचय

रोगको जीवाणु: Ralstonia solanacearum

जीवाणुको प्रकार: Bacteria

क्षति गर्ने बालीहरु: आलु

लक्षण

यो रोग सोलानेसी परिवारका (आलु, गोलभेडा, खुर्सानी, भण्टा आदि) प्रायः सबै विरुवाहरुलाई आक्रमण गर्दछ र यी वालीहरु बाहेक अन्य प्रमुख वालीहरुमा बदाम, जुट, सूर्ती, कपास, केरा, अदुवा, तिल, मसला (यूक्यालिप्टस) आदिमा पनि यो रोगले आक्रमण गर्दछ । यो रोग लागेपछि शुरुको अवस्थामा विरुवा आंशिक रुपमा ओइलाउँदछ । यस्ता विरुवाहरु घाम लागेको बेलामा ओइलाउने र घाम अस्ताए पछि स्वस्थ जस्ता देखिन्छन् । विस्तारै सम्पूर्ण बोट नै स्थायी रुपमा ओइलाएर जान्छ । यसो हुनुको कारण विरुवाको संचार तन्तुमा जीवाणुहरु जम्मा भई खाद्य तत्व तथा पानी संचारमा अवरोध आउनु हो। रोगको पहिचानको लागि आलुको डाँठ या गेडा काटी हेरेमा भित्री भागमा खैरो चक्का भएको दाग देखिन्छ । रोगको आक्रमण बढी भएमा आलु दानाको आँखाहरुवाट पीपजस्तो पदार्थ निस्कन थाल्दछ र पछि गएर त्यो कालो रंगमा परिणत हुन्छ ।उक्त स्थानका माटो टाँसिएको हुन्छ ।

brown rot     potato

 

व्यवस्थापन

• स्वस्थ आलुको बीउ रोप्ने।
• प्रत्येक बर्षएकै ठाउँमा लगातार आलुवाली मात्र नलगाइ एक बर्ष बिराएर लगाउने र वाली चक्रमा धान, मकै, कोदो, गहुँ, तोरी जस्ता वालीहरु समाबेस गर्ने ।
• वीउ रोप्नु अघि ०.०२% को स्ट्रेप्टोमाइसिन झोलमा डुवाउने।
• धानवाली लाग्ने खेतमा आलुखेती गरेमा यो रोगलाई धेरै नियन्त्रणमा ल्याउन सकिन्छ । यसरी लामो समयसम्म पानी जमाएको ठाउँमा रोगका जीवाणुहरुको संख्यामा धेरै कमी आउन सक्दछ।
• बीउ लगाउँदा सिंगो आलु लगाउनु पर्छ जस्ले गर्दा एउटा दानावाट अर्कोमा रोग सर्न पाउँदैन।
• आलु खेतमा सिंचाई गर्दा रोग ग्रस्त खेतवाट अन्य स्वस्थ खेतबारीमा पानी जान दिनु हुँदैन ।
• आलु खनिसकेपछि खेतबारीवाट रोगी आलु दाना तथा बोटहरु संकलन गरि जलाउने वा गहिरो गरि पुरिदिनु पर्दछ ।
• साथै खेतबारीमा रहेका सबै प्रकारका झारपात वा अन्य विरुवाहरु उखेली हटाउने गर्नुपर्दछ ।

सिते ढुसी रोग (Downy Mildew)

परिचय

रोगको जीवाणु: Peronspora prasitica

जीवाणुको प्रकार: Fungus

क्षति गर्ने बालीहरु: काउली, वन्दा, ब्रोकाउली

लक्षण

पातको पछिल्लो सतहमा खैरो वैजनी धब्बा देखिन्छ । पात डड्ने, वृद्वि रोकिने बोट कमजोर हुने हुन्छ ।

dm

 

व्यवस्थापन

• रोग लागेको पात हटाइ नष्ट गर्ने।
• खेत बारीको सरसफाई गर्ने।
• घुम्ती वाली प्रणाली अपनाउने।
• स्वस्थ बीउ रोप्ने।
• मेन्कोजेव ७५% डब्लु पी धुलो विषादी २ ग्राम प्रति लिटर पानीमा मिसाइ छर्ने ।

 

घोगा कुहिने रोग (Ear Rot)

परिचय

रोगको जीवाणु: Fusarium monoliforme

जीवाणुको प्रकार: Fungus

क्षति गर्ने बालीहरु: मकै

लक्षण

घोगाको टुप्पोबाट रातो वा गुलाफी रङ्ग भई कुहिन थाल्दछ । कुनै बेला घोगाको फेदबाट पनि कुहिने गर्दछ ।

ear rot

 

व्यवस्थापन

१. रोग अबरोधक जातहरू गणेश–२, मनकामना–१
२. स्वस्थ्य घोगाहरू छनोट गरी बीउ राख्ने
३. कार्वेन्डाजिम ५० % डब्लु.पी बेभिष्टिन ढुसीनासक बिषादी २ ग्राम प्रति किलो बीउका दरले बीउ उपचार गरी बीउ रोप्ने

सिते ढुसी रोग (Downy Mildew of cucurbits)

परिचय

रोगको जीवाणु: Pseudoperonospora cubensis

जीवाणुको प्रकार: Fungus

क्षति गर्ने बालीहरु: फर्सी, काक्रो, लौका, सिमि, बोडी

लक्षण

यो रोगको प्रकोप काँक्रोमा धेरै देखा पर्दछ । पातमा हल्का पहेंलो खैरो रङ्गको कुना परेका थोप्लाहरू देखा पर्दछन् । बिहान सबेरै ओसिलो मौसममा पातको तल्लो सतहमा ढुसी उम्रेको देख्न सकिन्छ। अत्यधिक आक्रमण भएको अवस्थामा पातहरू छिट्टै सुकाई बोटलाई समेत सुकाउँदछ। फलको आकार समेत विकृत हुने गर्दछ ।

downy mildew

 

व्यवस्थापन

• बढी पानी र आद्र अवस्था रोग विस्तारको लागि अनुकुल हुने हुँदा सो समय छली छिटो रोप्ने
• रोगरहित क्षेत्रको स्वस्थ बीउ मात्र प्रयोग गर्ने।
• सिफारिश बमोजिमको मलखाद प्रयोग गर्ने।
• उपचारित बीउवाट मात्र उत्पादित बेर्नाको प्रयोग गर्ने।
• बाक्लो विरुवा नराख्ने, पातको माथी पानी नजम्ने गरी सिंचाई दिने ।
• रोगीबोट र अन्य झारपातहरू उपयुक्त तरिकाले नष्ट गर्ने ।
• थिराम ७५% डब्लुएस २ ग्राम प्रति किलोको दरले बीउ उपचार गर्ने ।
• फल नलागेको अवस्थामा भए कपर अक्सिक्लोराइड ५०% डब्लु पी धुलो विषादी २-३ ग्राम प्रति लिटर पानीका दरले मिसाइ छर्ने ।
• मेन्कोजेव ७५% डब्लुपी विषादी २ ग्राम प्रती ली पानीका दरले मिसाइ पात पुरै भिइने गरि छर्ने।
• डाइमेथोमोर्फ ५०% डब्लु पी विषादी १.५ ग्राम प्रती लिटर पानी वा साइमोजोनिल ५०% डब्लुपी २ ग्राम प्रती लिटर पानीका दरले छर्ने।

धानको उडबट्टा रोग (Udbatta Disease)

परिचय

रोगको जीवाणु: Ephelis oryzae

जीवाणुको प्रकार: Fungus

क्षति गर्ने बालीहरु: धान

लक्षण

धानको बाला देखिने बेलामा खरानी रंगको मसिनो अगरबत्ती जस्तो देखिन्छ । प्रकोप बढी भएको बोट होचो हुन्छ र दाना लाग्दैन ।

uttabatta   ub1

 

व्यवस्थापन

१. रोगको अवरोधक वा रोग सहने जातको धान लगाउने ।

१. धानको बिउ ५२ डिग्री सेल्सियसमा १० मिनट सम्म डुबाएर उपचार गर्ने ।

३. बाली भित्र्याईसकेपछि सम्पूर्ण रोगी बोटका अवशेषहरु खेतबाट हटाउने ।

४. विषादि वेभिष्टिन (carbendazim) ३ ग्राम प्रति किलोग्राम बिउका दरले व्याड राख्नु भन्दा पहिले उपचार गर्ने ।

५. यदि शुरुमै धान खेतमा रोगी बोट देखिएमा तुरुन्तै हटाउने ।

फेल्ट / पटुके रोग ( Citrus Felt disease)

परिचय

रोगको जीवाणु: Septobasidium pilosum

जीवाणुको प्रकार: Fungus

क्षति गर्ने बालीहरु: जुनार, सुन्तला, कागती

लक्षण

सुन्तलाजात फलफूलमा विभिन्न ढुसीजन्य रोगले आक्रमण गर्ने गरेको पाइन्छ । त्यस्तै रोगहरु मध्येको एक फेल्ट रोग पनि हो। यस रोगलाई नेपालीमा पटुके रोग भनिन्छ। यो रोग ढुसी (fungus) ले गर्दा लाग्दछ। यो रोग वर्षा सुरु भए लगत्तै देखिन सुरु हुन्छ। यो रोगले कत्ले कीरालाई आश्रय दिन्छ । यो रोगको ढुसी खैरो वा खरानी रंगको हुन्छ र डाँठमा टाँसिएर बसेको देखिन्छ तर दुसी डाँठभित्र पस्दैन। यस्तो दुसी झट्ट हेर्दा झ्याउ जस्तै देखिन्छ । यस्तो झ्याउ काटेर हेर्दा भित्र कत्ले कीरा पनि देख्न सकिन्छ र यसले कत्ले कीरालाई संरक्षण गरेको हुन्छ। यो रोगले बोटको नयाँ हाँगा र डाँठमा संक्रमण गदर्छ, फलस्वरुप हाँगाहरु कमजोर बनाउँछ अनि सुकाईदिन्छ।

felt

 

व्यवस्थापन
  • रोगी हाँगाबिंगाहरुलाई काँटछाँट गरेर हटाउने। 
  • १% को बोर्डो मिक्चर १०-१५ दिनको फरकमा वर्षा सुरु भए 
  • लगत्तै २ देखि ३ पटक छर्ने, वा 
  • कपरजन्य विषादी कपरअक्सिक्लोराईड २ ग्राम प्रति लिटर 
  • पानीमा मिसाएर १०-१५ दिनको फरकमा वर्षा सुरु भए लगत्तै २ देखि ३ पटक छर्ने।

औकुवा मोजाइक (Aucuba Mosaic)

परिचय

रोगको जीवाणु: Potato aucuba mosaic virus (PAMV)

जीवाणुको प्रकार: Virus (भाईरस)

क्षति गर्ने बालीहरु: आलु

लक्षण

औकुवा मोजाइक (Aucuba Mosaic) यसमा रोगी बोटको पातमा विभिन्न किसिमका बुट्टामा पहेंलादागहरु साना वा ठूला दागको रुपमा फैलिएको हुन्छन्, कहिले कांही पूरा पत्र नै पहेंलिएको हुन्छ। औकुवा लाही कीरालाई भाइरसको प्रमुख संवाहक (Vector) मानिन्छ। यी बाहेक लिफर हयर, सेतो झिंगा, थ्रिप्स आदि किरा पनि भाइरसका संवाहकहरु हुन । हात, औजार र अन्य सामानहरुवाट पनि भाइरसका विषाणुहरु प्रसारण हुन्छन् । बढी आद्रता र चिस्यान भएको अवस्थामा यी भाईरसहरु सक्रिय हुन्छन् । वातावरणमा १८-२२ डिग्री से. तापक्रम हुंदा यिनीहरुले आलुवालीलाई बढी नोक्सान पुर्याउंदछन् ।

moasic

 

व्यवस्थापन

• भाइरस रोग नलागेको आलुको वीउ मात्र प्रयोग गर्ने।
• वीउ आलु उत्पादन गर्ने खेतवाट भाइरस लागेका बोटहरु उखेलेर हटाउने तथा जलाएर नष्ट गर्ने।
• आलु बारी वरिपरिका झारपातहरु उखेलेर हटाउने।
• लाही कीरा वा अन्य भाइरस सार्ने कीरालाई मार्न रोगर वा मालाथियन विषादी १ मिलि लिटर प्रति लिटर पानीको दरले १५ दिनको फरकमा ३ पटक सम्म वालीमा छर्कने ।

 

शाकाणुद्वारा ओइलाउने रोग (Bacterial wilting)

परिचय

रोगको जीवाणु: Pseudomonas solanacearum

जीवाणुको प्रकार: Bacteria

क्षति गर्ने बालीहरु: गोलभेडा, खुर्सानी

लक्षण

बोट हरियो भइ झ्याप्प ओइलाउछ ।

wilt     chilly
                     गोलभेंडा                                                                     खुर्सानी

व्यवस्थापन
  • रोगी बोट हटाउने ।
  • कपर अक्सीक्लोराइड २-३ ग्राम १ लिटर पानीमा मिसाइ छर्ने ।
  • Streptomycin पुरै पात भिइने गरी प्रयोग गर्ने।

पातमा लाग्ने डढुवा (Northen Leaf Blight)

परिचय

रोगको जीवाणु: Bipolaris turcicum

जीवाणुको प्रकार: Fungus

क्षति गर्ने बालीहरु: मकै

लक्षण

पातमा ठूला लाम्चिला आँखा आकारका खैरा दागहरू देखा पर्दछन् । पछि ती थोप्लाहरू एक आपसमा जोडिई पात सुकाई दिन्छन् ।

northern leaf blight

 

व्यवस्थापन

१. स्वस्थ बीउको प्रयोग गर्ने

२. रोग अबरोधक जातहरू: मनकामना–३, गणेश–१, गणेश–२ लगाउने

३. कार्वेन्डाजिम ५० % डब्लु.पी (बेभिष्टिन) ढुसीनासक बिषादी २ ग्राम प्रति किलो बीउका दरले बीउ उपचार गरी बीउ रोप्ने

४. खेत बारीमा रोग देखेमा कार्बेन्डाजिन २ ग्राम प्रति लिटरका दरले ७-१० दिनको फरकमा छर्ने |

सेते रोग (White Rust)

परिचय

रोगको जीवाणु: Albugo candida

जीवाणुको प्रकार: Fungus

क्षति गर्ने बालीहरु: काउली, वन्दा, ब्रोकाउली

लक्षण

यो रोग एक प्रकारको ढुसीवाट लाग्ने गर्दछ । यो रोग तोरी, रायो, मुलावालीमा बढी आक्रमण गरेको पाइएको छ । दुसिले विरुवाको जरा बाहेक सबै भागमा संक्रमण गर्दछ । संक्रमण पछि विरुवाको पात, डाँठ, मुना आदिमा सेतो उठेको गिर्खा देखिन्छ। यी गिर्खाहरु एकआपसमा जोडिन्छन् र विरुवाको मुना, फुल लगायतका खण्डमा रोगी धब्बाको थुप्रो बन्छ। विरुवा बढ्‌ने, फल्ने गती रोकिन्छ।

white rust

 

व्यवस्थापन

• खेत बारीको सरसफाई गर्ने।
• स्वस्थ बीउ रोप्ने।
• सामान्य संक्रमण भएमा मेन्कोजेव ७५% डब्लु पी ३ ग्राम वा कार्वेण्डाजीम ५०% डब्लु पी २ ग्राम प्रति लिटर पानीका दरले मिसाएर छर्ने।

धानको खैरो थाप्लेरोग (Brown spot)

परिचय

रोगको जीवाणु: Bipolaris oryzae

जीवाणुको प्रकार: Fungus

क्षति गर्ने बालीहरु: धान

लक्षण

पात वा धानका गेडामा स–साना गोलाकार वा लाम्चिला खैरो थोप्लाहरू देखिन्छन् । थोप्लाको केन्द्र भाग खरानी रंगको हुन्छ ।

brown spot

 

व्यवस्थापन

१. वेभिष्टिन वा डेरोसाल २–३ ग्राम प्रति किलोग्राम बिउका दरले बिउ उपचार गरी व्याड राख्ने ।
२. सिंचाई भएको ठाउँमा चैत्र महिनाको शुुरुमा नै सिफारिस गरिएका उन्नत जातका धानहरू रोप्ने ।
३ मेन्कोजेव ७५ प्रतिशत डव्लु पि (डाइथेन एम–४५.) विषादी ३ ग्राम प्रति लिटर वा Propineb 70% WP (Antracol, Ki Antra, Antragold) ३ ग्राम प्रति लिटर पानीको दरले मिसाई १५ दिनको फरकमा ३ पटक छर्कने ।

गहुँको धुलो ढुसी रोग (Powdery Mildew)

परिचय

रोगको जीवाणु: Eryspihe graminis tritici

जीवाणुको प्रकार: Fungus

क्षति गर्ने बालीहरु: गहुँ

लक्षण

दुसीको वृद्धि पातमा हुँदै जाँदा सेतो पिठो जस्तो देखिन्छ । पछी फुस्रो खैरो रंगमा परिणत हुन्छ । रोगको कारण विरुवा पुड्‌को हुने, पात चाउरिने, घुम्रिने र आकार बिग्रने हुन्छ ।

powdery mildew  pm

 

व्यवस्थापन

• खेतमा उपयुक्त चिस्यान कायम गर्ने ।
• सल्फर ८०% डब्लु पी २ ग्राप प्रति लिटर पानीका दरले मिसाएर छर्ने ।
• डिनोक्याप ४८% इसी वा भेलिडामाइसिन ३% एल वा एजस्ट्रोविन २५ इ सी १ मिलि प्रति ३ लिटर पानीका दरले मिसाएर छर्ने ।

धुलो ढुसी रोग (सुन्तला जात) (Powdery mildew of citrus)

परिचय

रोगको जीवाणु: Oidium spp.

जीवाणुको प्रकार: Fungus

क्षति गर्ने बालीहरु: जुनार, सुन्तला, कागती

लक्षण

यो रोग नयाँ पालुवाको नयाँ पात र कलिलो मुनामा मात्र लाग्छ । तसर्थ बिरुवामा पालुवा आउने बेलामा यदि बढी चिसो-ओसिलो र तापक्रम न्यानो छ भने यो रोगले आक्रमण गर्दछ । खासगरी यो रोगले जेठ-आषाढको पालुवालाई बढी मात्रामा असर गर्दछ, यो समयमा वर्षा सुरु हुने र तापक्रम पनि न्यानो हुने समय हो । यो रोगले छोएपछि पातमा खरानीको धूलो छरेझैं देखिन्छ । कलिला फलमा पनि यसले आक्रमण गर्दछ । समयमै नियन्त्रण गरिएन भने यसले छोएको फल पनि र्झछ र पात पनि झरेर टुप्पोवाट मर्दै आई रोगले छोएको भागसम्म हाँगा मर्दछ तर यो रोगले पुरै बोट भने मार्दैन ।

cpm   cpm

 

व्यवस्थापन
  • हरेक वर्षनयाँ पालुवा आउँदा र बढी ओसिलो भई पानी पर्दा यो रोगले आक्रमण गर्दछ । तसर्थ सुरुमै फाटफूट देखिनासाथ हाँगा हटाई दिएमा थप पालुवामा लाग्न पाउँदैन ।
  •  पानीमा घुल्ने ८० प्रतिशतको सल्फर धूलो २ ग्राम प्रति लिटर पानीमा मिलाई पुरै बोट भिज्ने गरी छर्ने तर मात्रा मिलेन भने सल्फरको कारण बोटलाई असर गर्न सक्छ 
  • गाईको गहुँत १:५ अनुमातमा (१ भाग गहुँत ५ भाग पानी) नयाँ पालुवा आउनासाथ छर्ने । यसरी छंदा खराने रोग पनि नियन्त्रण हुन्छ भने नाईट्रोजनको मात्रा पनि पातबाटै लिई आवश्यकता पुरा गर्छ ।
  • १ प्रतिशतको बोर्डो मिश्रण ८-१० दिनको फरकमा छर्ने ।
  • हिंउदमा रोग लागेको भाग काँटछाँट गर्ने।

आलुमा पात दोब्रिने रोग (Potato leafroll)

परिचय

रोगको जीवाणु: Potato leafroll virus

जीवाणुको प्रकार: Virus (भाईरस)

क्षति गर्ने बालीहरु: आलु

लक्षण

पात दोब्रिने (PLRV) मा सबैभन्दा पहिले विरुवाको माथिल्लो भागका पातहरु फर्किएर दोब्रिन्छन् । पातको सतह बाक्लो र कडा हुन्छ। रोगी बोटहरु नबढ्‌ने नझांगिने र पहेंलिएर जान्छन् । पातका किनाराहरु फिक्का रातो देखिन्छन् ।

plr

 

व्यवस्थापन

• भाइरस रोग नलागेको आलुको वीउ मात्र प्रयोग गर्ने।
• वीउ आलु उत्पादन गर्ने खेतवाट भाइरस लागेका बोटहरु उखेलेर हटाउने तथा जलाएर नष्ट गर्ने।
• आलु बारी वरिपरिका झारपातहरु उखेलेर हटाउने।
• लाही कीरा वा अन्य भाइरस सार्ने कीरालाई मार्न रोगर वा मालाथियन विषादी १ मिलि लिटर प्रति लिटर पानीको दरले १५ दिनको फरकमा ३ पटक सम्म वालीमा छर्कने ।

गोठेरोग (Club root)

परिचय

रोगको जीवाणु: Plasmodiophora brassicae

जीवाणुको प्रकार: Parasite (परजीवी)

क्षति गर्ने बालीहरु: काउली, वन्दा, ब्रोकाउली

लक्षण

यो रोगले विरुवाको नर्सरी देखी टिप्ने बेलासम्म आक्रमण गर्न सक्ने भएकोले जति पहिले आक्रमण भयो उती बढी हानीकारक देखिन्छ । रोगको संक्रमण पछि बोटहरु घामको प्रकाशमा ओइलाउने तर साँझ विहान स्वस्थ जस्तै लक्षण देखिन्छन् । १,२ हप्ता सम्म यस्तो लक्षण देखिन्छ। यस्ता विरुवा उखलेर हेर्दा जरामा गाँठोहरु देखिन्छन् ।

club root     root

 

व्यवस्थापन

• यो रोग कम पि.एच. भएको अम्लिय माटोमा धेरै छिटो फैलने भएकोले कृषि चुनको प्रयोग गरि माटोको पि एच ७.२ भन्दा बढी बनाउने।
• जीवाणुरहित नर्सरीमा बेर्ना हुर्काउने । रोग लागेको ठाँउको बेर्ना अन्य ठाँउमा लैजान रोक लगाउने
• कार्वेण्डाजीम ५०% डब्लु पी विषादी ०.५ मि.ली प्रति लीटर पानीमा मिसाइ माटो भिज्ने गरी छर्ने
• बेर्ना सार्ने बेला ट्राइकोडर्मा ५ ग्राम प्रति लिटर पानीको दरले बनाएको घोलमा आधा घण्टासम्म बिरुवा डुबाएर उपचार गरी रोप्ने।
• खेतको सरसफाई गर्ने तथा संक्रमित विरुवा र तीनका अवशेष जलाइ दिने।
• अन्नबालीसँग घुम्ती वाली प्रणाली अपनाउने।
• प्रशस्त प्रांगारिक मल राखेर विरुवा रोप्ने।
• समस्याग्रस्त ठाउँमा नेभिजिन १०-१५ केजी प्रति रोपनी वा ३ ग्राम प्रति बोट, नर्सरी ब्याडमा ३ ग्राम प्रति लिटरका दरले पानीमा मिसाइ छर्ने।

मकैको डाठँ कुहिने रोग (Stalk Rot)

परिचय

रोगको जीवाणु: Erwinia chrysathemi pv zeae

जीवाणुको प्रकार: Bacteria

क्षति गर्ने बालीहरु: मकै

लक्षण

जमिन भन्दा माथि डाँठको दोश्रो आँख्ला नजिकैको भित्री भागको गुदीको रङ्ग बदलिन्छ र डाँठ कुहिन गई बोट ढल्दछ।

stalk rot

 

व्यवस्थापन

१. सिफारिस मात्रामा मल प्रयोग गर्ने

२. रोगको जीवाणु गभारोबाट सर्ने हुँदा उक्त गभारो नियन्त्रण गर्न कार्वोफ्युरान (फ्यूराडन ३%) रसायन प्रयोग गर्ने

खराने रोग (Powdery mildew of cucurbits)

परिचय

रोगको जीवाणु: Erysiphe cichoracearum

जीवाणुको प्रकार: Fungus

क्षति गर्ने बालीहरु: फर्सी, काक्रो, लौका, सिमि, बोडी

लक्षण

शुरुमा पातको माथिल्लो सतहमा सेतो खरानी छरेको जस्तो स साना धब्बाहरु देखा पर्दछन् । यी धब्बाहरु बढ्दै जान्छन् र संपूर्ण खण्ड नै धुलो छरेको जस्तो सेतो हुन्छ । धेरै आक्रमण भएको अवस्थामा पात, फुल झर्ने तथा सुकेर जाने हुन्छ। फल नलाग्ने, कम लाग्ने वा लागेका फलहरु पनि विकृत हुने र राम्रो सँग बढ्न नसक्ने हुन्छ।

podery mildew   pm

 

व्यवस्थापन

• खेतको नियमित सरसफाई गर्ने।
• स्प्रिङकलर सिंचाई गर्ने ।
• हेक्जाकोनाजोल ५% एसपी १.५ एम.एल प्रती लिटर पानीको दरले पुरै पात भिइने गरी छर्कने ।
• सल्फर ८०% डब्लु पि २ ग्राम प्रति लिटर पानीका दरले मिसाएर छर्ने ।

धानको मरुवा रोग (Rice Blast)

परिचय

रोगको जीवाणु: Pyricularia oryzae

जीवाणुको प्रकार: Fungus

क्षति गर्ने बालीहरु: धान

लक्षण

पातमा स–साना सेता टीका बीचमा भएका लाम्चिला खैरा थोप्ला देखा पर्दछन् ।
बाला मुन्तिरको डाँठको वरिपरी वा आँख्लामा खैरो रङ्ग भएको दाग पनि देखिन्छन् । जसलाई नेक ब्लास्ट पनि भनिन्छ ।

rb   lb

 

व्यवस्थापन

१. रोग निरोधक जातहरू लगाउने जस्तै खुमल-२, खुमल-५, खुमल-६, खुमल-७, खुमल-९, खुमल-१३
२. बेभिष्टिन वा डेरोसाल २–३ ग्राम प्रति किलोग्राम बीउका दरले बीउ उपचार गरी व्याड राख्ने
३. सिफारिस अनुसार नाइट्रोजन मल प्रयोग गर्ने
४. खेतमा पानी जमाई राख्ने
५. Tricyclazole 75%WP (Baan, Logik, Trip, Trikaal) ०.७५ ग्राम प्रति लिटर वा Kasugamycin 3%SL (Kasu-b, KI-mycin) १.५ मि.लि. प्रति लिटर पानीमा, वा Hexaconazole 5% EC (Avon, Comfort, Ki Hexa, Hexa plus) २ ग्राम प्रति लिटर वा Kresoxim- methyl 44.3 SC (Ergon) १ मि.लि. प्रति लिटर पानीमा मिसाई १५ दिनको फरकमा २–३ पटक छर्कने

मकैको घोगा कुहिने रोग (Cob rot)

परिचय

रोगको जीवाणु: Fusarium moniliformi

जीवाणुको प्रकार: Fungus

क्षति गर्ने बालीहरु: मकै

लक्षण

मकैको घोगामा रोग लागेको दाना फुस्रो गुलाबी वा फिक्का पहेंलो रंगको हुन्छ । सामान्यतया शुरुमा ढुसीले घोगाको टुप्पोवाट आक्रमण गर्दछ भने कहिलेकाही फेदमा पनि आक्रमण गर्न सक्छ, पछि पुरै घोगा ढाक्न सक्छ ।

cob rot

 

व्यवस्थापन

• रोग अवरोधक जातको प्रयोग गर्ने।
• घुम्ती वाली प्रणाली अपनाउने ।
• खेतबारी सफा राख्ने।
• स्वस्थ बीउ प्रयोग गर्ने।
• बीउ तथा अन्न राम्रोसँग सुकाएरमात्र भण्डारण गर्ने।
• कार्बोक्सीन १७.५% थिराम १७.५% मिश्रीत विषादी २ ग्राम प्रती केजी बीउका दरले बीउ उपचार गरी रोप्ने ।
• घोगा लाग्ने बेलामा डाइथेन एम ४५ रोगनाशक विषादी वोटमा छर्कने

सिट्रस मेलानोज (Citrus Melanose)

परिचय

रोगको जीवाणु: Diaporthe citri.

जीवाणुको प्रकार: Fungus

क्षति गर्ने बालीहरु: जुनार, सुन्तला, कागती

लक्षण

यो रोग विशेषगरी कलिला पात र फलमा देखिने गर्छ । दुसीको संक्रमण भएको करिब १ हप्ता पछि पातको सतहमा सानो गोलाकार पानीले भिजेको जस्तो थोप्ला देखिन्छ । पछि थोप्ला बढ्‌दै खैरो-रातो खटिरामा परिवर्तन हुन्छ र ती खटिराहरू बाहिर पट्टिबाट पहेँलो धब्बाले घेरिएको हुन्छ। बिस्तारै ती पहेँलो धव्बाहरू हराउँदै जान्छ र पातमा खटिराहरू मात्रै बाँकी रहन्छ जसले गर्दा पात खस्रो देखिने गर्छ। अन्त्यमा रोगले संक्रमण गरेका पातहरू पुरै पहेँलो हुने, झर्ने गर्छ र कलिला हाँगाहरू पनि सुकेर जाने गर्दछ। फलको जुन भागमा लामो समयसम्म चिस्यानको मात्रा धेरै हुन्छ ती ठाउँहरूबाट लक्षण देखिन सुरू गर्छ। सुरुको चरणमा फुलको पत्र झर्ना साथ फलमा खटिराहरू देखा पर्न थाल्छ। ती खटिराहरूको संख्या धेरै भएपछि एक आपसमा जोडिएर पुरै फलको सतहमा ढाक्न थाल्छन् । साहै कलिलो फलमा संक्रमण भएको अवस्थामा फलको आकार सानो हुने र फल झर्ने पनि हुने गर्दछ। यो रागले फलको भित्री गुणस्तरमा खासै असर गर्दैन। तर, फलको बाहिरी आवरणले गर्दा उपभोक्तामा रुची घट्दछ ।

melanose

 

व्यवस्थापन
  • मरेका हाँगाहरू काँटछाँट गर्ने र जलाई दिने। 
  • काँटछाँट गर्न प्रयोग गरिने सिकेचर र आरोलाई उमालेको पानी वा अल्कोहलमा निर्मलिकरण गर्ने। 
  • सिँचाई गर्दा पात र फलमा पानी पर्न नदिने। 
  • कपरजन्य ढुसीनासक विषादी कपरअक्सिक्लोराईड २ ग्राम प्रति लिटर पानीमा मिसाएर १०-१५ दिनको फरकमा २ देखि ३ पटक प्रयोग गर्ने।

धुले दाद (Powdery Scab)

परिचय

रोगको जीवाणु: Spongospora subterranea

जीवाणुको प्रकार: Fungus

क्षति गर्ने बालीहरु: आलु

लक्षण

आलुको दानामा यसको विशेष असर पर्दछ । सुरुमा कलिलो आलुको बोक्रमा सानो, गोलो अलि उठेको हलुका खैरो दागहरु देखापर्दछन् । केही दिनपछि ती दागहरु ठूलो हुन थाल्दछन् र छिप्पिईसकेपछि ती दागहरु फुटी वरीपरि उप्केको पाप्रा जस्तो देखिन्छ । त्यसभित्र खैरो कालो धुलो जस्ता दुसीहरु देखिन्छन् । आलुको गुदीलाई भने यसले खासै नोक्सानी गर्दैन। माटोमा चिस्यान ज्यादा भएमा यी दाद ठूला भै ससाना ऐजेरु जस्ता देखिन्छन् । कहिले काही यो रोग जरामा पनि स साना गांठाको रुपमा देखापर्दछ र पछि कालो भएर जान्छ। धेरै वर्षा हुने, पानीको निकास राम्ररी नभएको ठाँउ र आद्र मौसम भएको बेला यो रोगको प्रकोप बढ्दछ ।

powdery scab      scab

 

व्यवस्थापन

• अन्न वाली तथा दलहनवाली वा तेलवाली संग लामो समयको (कम्तीमा ३ वर्षको) वाली चक्र अपनाउने ।
• रोग नलागेको वीउ आलुको प्रयोग गर्ने।
• पानीको निकासको राम्रो व्यवस्था मिलाउने।
• फर्मलडिहाइडको ४ प्रतिशत झोलमा ५ मिनेट सम्म वीउ आलुलाई डुवाएर उपचार गरेको वीउ रोप्ने।

प्याज डढुवा (Purple Blotch/Alternaria Blight)

परिचय

रोगको जीवाणु: Alternaria porri

जीवाणुको प्रकार: Fungus

क्षति गर्ने बालीहरु: प्याज

लक्षण

यो रोगले विरुवाका सबै भागहरुमा आक्रमण गर्न सक्दछ । सुरुसुरुमा यसको लक्षण पातहरुमा देखा पर्दछ। सानो सानो लाम्चो थोप्लाहरु नरम पातहरुमा देखिन्छन् । पातको टुप्पोमा सबभन्दा पहिले यो लक्षण देखा पर्दछ । विस्तारै यी थोप्लाहरु पातदेखि तलतिरका भागहरुमा पनि फैलिंदै जान्छन्। यी थोप्लाहरु मिसिएर ठूला धब्बाहरु बन्दछन्। रोग छिप्पिदै जांदा पात र डांठहरु घुमाउरो परेका देखिन्छन् । पछि पातहरु जम्मै डढेर सकिन्छन्। गानोमा पनि रोग फैलिंदै जान्छ। गानो चारैतिर रातो पहेंलो पानी निस्किन्छ र सड्न थाल्दछ। रोगी बोटहरुमा फुल फुल्दैन।

alternaria   purple blotch

व्यवस्थापन

• २-३ वर्ष सम्मको घुम्ती वाली प्रणाली अपनाउने। वाली चक्रमा गानो वालीको सट्टा अन्नवाली, कोसेवाली वा काउली वालीहरु लगाउने।
• पुराना घाँसपातका ठुटाहरु, झारपातहरु बटुलेर जलाउने।
• रोग लागेका प्याजका गानाहरु भण्डारण नगर्ने।
• पछौटे वालीमा यो रोग बढी लाग्ने भएकोले रोग छल्नको लागी वाली छिटो लगाउने ।
थाइराम विषादी २ ग्राम प्रति किलो बीउका दरले मिसाएर बीउ उपचार गर्ने।
• टेबुकोनाजल २५.९% इसी वा ०.७५ मिलि वा डाईफेनोकोनाजोल २५% इसी १ मिलि/लिटर पानीको दरले छर्ने।

ऐजेरु (Wart)

परिचय

रोगको जीवाणु: Synchytrium endobioticum

जीवाणुको प्रकार: Fungus

क्षति गर्ने बालीहरु: आलु

लक्षण
  • आलुको जरा बाहेक डाँठ, त्यान्द्रा, दानातथा पातमा सेता खटिरा जस्ता लक्षण देखिन्छन ।
  • आलुको दानाको आँखाहरूमा ससाना सेता खटिराहरू जस्ता लक्षण देखिन्छन् । जुन पछि विस्तारैबढेर काउली जस्तो फुक्क भई पूरा दानालाई नै घेरी आलुको आकार बिग्रिन्छ। त्यस्तोआलु पछि कालो हुँदै जान्छ र कुहिन्छ।

wart   wart

 

व्यवस्थापन

• रोगग्रस्त क्षेत्रवाट ल्याएको आलुको बीउ प्रयोग नगर्ने ।
• स्वस्थ आलुको बीउ मात्र रोप्नको लागी प्रयोग गर्ने।
• कुफ्री ज्योति, NPI 106, NPI 108 जस्ता रोग अवरोधक जातहरु लगाउने।
• रोगग्रस्त क्षेत्रमा काम गर्दा प्रयोग भएको ज्यावल र जुत्ता सफा गरेर मात्र अर्को प्लटमा काम गर्नु पर्दछ ।
• पाँच बर्ष भन्दा बढीको वालीचक्र अपनाउने ।
• रोगको लक्षण देखिएका दानाहरु गहिरो खाडलमा गाड्ने वा जलाइ नष्ट गर्ने। रोगी दाना पशुहरुलाइ पनि नखुवाउने, खेतमा पनि नछोड्ने र कम्पोष्ट बनाउनका लागि पनि प्रयोग नगर्ने ।

कालो सडन (Black Rot)

परिचय

रोगको जीवाणु: Xanthomonas campestris pv. campestris

जीवाणुको प्रकार: Bacteria

क्षति गर्ने बालीहरु: काउली, वन्दा, ब्रोकाउली

लक्षण

यो रोग एक प्रकारको व्याक्टेरियाको संक्रमणवाट लाग्ने रोग हो । संक्रमण पछि पातको छेउतिरको खण्डमा पहेंलो हुदै जान्छ । पातको छेउवाट मुख्य नसातर्फ पंहेलिदै अंग्रेजी अक्षर भी (V) आकारको रुप लिन्छ । पात दोब्रिन्छ पंहेलो भएको खण्डमा पातको नशा कालो हुन्छ, गीलो सडन हुन्छ र गन्ध आउने हुन्छ ।

black rot     cauliflower

 

व्यवस्थापन

• खेतको नियमित सरसफाई गर्ने ।
• काउलीवर्ग बाहेका बाली समावेश गरी घुम्ति वाली प्रणालि अवलम्बन गर्ने।
• स्वस्थ बिरुवा मात्र रोप्नको लागि प्रयोग गर्ने।
• स्ट्रेप्टोमाइसिन १००-२०० पिपिएम छर्ने।

सिथ व्लाइट (Sheath blight)

परिचय

रोगको जीवाणु: Rhizoctonia solani

जीवाणुको प्रकार: Fungus

क्षति गर्ने बालीहरु: धान

लक्षण

पातको फेदमा अण्डाकार खैरा थोप्लाहरू भएपछि आकारमा वृद्धि हुँदै जान्छ र ढुसीको कालो गिर्खाहरू देखापर्दछ । बोटको माथिल्लो भागमा समेत पुग्छ र सुकेर डढेको जस्तो देखिन्छ ।

sheathblight

 

व्यवस्थापन

१. नाइट्रोजन मल सिफारिस मात्रा भन्दा बढी प्रयोग नगर्ने ।
२. उन्नत जातको धान रोप्दा बोटदेखि बोटको दुरी बढाउने ।
३. Validamycin 3%L (Sheathmar, Valigan, Ozoro) ३ ग्राम प्रति लिटर वा Pencycuron 22.9 SC (Monceren 250) १.५ मिलि लिटर प्रति लिटर पानीमा वा कार्वेन्डाजिम ५० प्रतिशत डव्लु.पी (वेभिष्टिन वा डेरोसाल) ढुसीनाशक विषादी १.५ ग्राम प्रति लिटर पानीको दरले मिसाई १०–१२ दिनको फरकमा २ पटक छर्ने ।

 

गहुँको दाधुवा रोग (Leaf blight)

परिचय

रोगको जीवाणु: Bipolaris sorokiniana

जीवाणुको प्रकार: Fungus

क्षति गर्ने बालीहरु: गहुँ

लक्षण

पातमा ससाना खैरा थोप्ला देखिन्छन् पछि यिनीहरु डुङ्गा जस्तो आकृतिमा रुपान्तरण हुन्छन् । यी धव्वाको वरिपरी पहेलो घेरा देखिन्छ । विस्तारै साना पहेला अण्डाकार धब्बाहरु एक आपसमा जोडिन्छन् र विभिन्न आकारमा परिणत हुन्छन् । अधिक संक्रमण भएको अवस्थामा पातहरु डढ्‌ने र सुक्ने हुन्छ ।

wheat

 

व्यवस्थापन

• कार्बोक्सिन १७.५% + थिराम १७.५% डब्लु पि २ ग्राम प्रति किलोका दरले बीउ उपचार गर्ने वा
• कार्वेन्डाजिम ५० % डब्लु पी धुलो विषादी २ ग्राम प्रतिकिलो बीउका दरले बीउ उपचार गर्ने ।
• सिफारिश मात्रामा पोटास मलको प्रयोग गर्ने ।
• ठिक समयमा गहुँ छर्ने ।
• रोग अवरोधक जातहरू लगाउने ।

 

सिट्रस ग्रीनीङ्ग रोग (Citrus greening)

परिचय

रोगको जीवाणु: Liberibacter asiaticum

जीवाणुको प्रकार: Bacteria

क्षति गर्ने बालीहरु: जुनार, सुन्तला, कागती

लक्षण

सुन्तला जात फलफूलमा लाग्ने सम्पूर्ण रोगहरु मध्ये ग्रिनिङ रोग सबभन्दा विनाशकारीरोग मानिन्छ । सुरुमा यो रोग भाईरसवाट लाग्ने अनुमान गरिएता पनि पछि ब्याक्टेरीयावाट लाग्ने कुरा प्रमाणित भयो । बोटमा देखिने लक्षणः रोग लागेपछि सुरुको अवस्थामा २/४ वटा हाँगामा मात्र देखिन्छ र क्रमशः पूरै हाँगामा फैलिन्छ । रोग लागेका पात पहेंला, मसिना, ठाडा र गुजुमुच्च परेका साथै पात पहेंलोमा छिर्केमिर्के देखिन्छ। रोगी बोट झट्टै मर्दैन तर मर्ने अवस्थामा पुग्दा फूल फुल्ने सिजनमा अत्यधिक मात्रामा फूल फुल्छ र मसिना फल लाग्दालाग्दै पुरै बोट मरेर जान्छ ।

पातमा देखिने लक्षण

पहेंलो पात, जिङ्ग्रिङ परेको बोट नजिक गएर हेर्नुभयो भने यस प्रकारको लक्षण देखियो भने ग्रिनिङ रोग हो कि शंका गर्न सकिन्छ । रोग लागेको पात पहेंलो-हरियो छिर्केमिर्के भएको, पातको बीचबीचमा पहेंलोमा हरियो टाटा देखिन्छ । यस्ता टाटाहरु बीचको नशाको दुबैतिर फरक-फरक किसिमका हुन्छन् । यो लक्षण जिङ्कको कमिले रोग लाग्दा पनि उस्तै देखिन्छ । जिङ्कजन्य सूक्ष्म तत्वको कारणले हुने पहेंला टाटाहरु पनि उस्तै-उस्तै प्रकृतिका हुन्छन् ।

cg    cgf

 

व्यवस्थापन
  • समुन्द्री सतह देखि १३०० मिटर उचाई भन्दा कम उचाईको क्षेत्रको बगैंचामा संवाहक कीरा सिट्रस सिल्लाको साथै रोगको अनुगमन, निरीक्षण गर्ने। 
  • गुणस्तरीय, स्वस्थ विरुवा रोपण गर्ने। स्क्रिन हाउस (जाली घर) भित्रको बडउड प्रमाणित विरुवा रोपण गर्नु राम्रो हुन्छ । रोग लागेको शंकास्पद नर्सरीबाट बिरुवा लिनु हुँदैन। खुला स्थानको नर्सरीबाट बिरुवा लिने हो भने, १३०० मिटर भन्दा बढी उचाईमा रहेको नर्सरीबाट बिरुवा लिनु सुरक्षित हुन सक्दछ । 
  • रोगको एकीकृत व्यवस्थापनका लागि रोगग्रस्त क्षेत्र पहिचान र सर्वेक्षण, रोग पहिचानका लागि स्क्रयाच विधिको प्रयोग, संवाहक कीरा सिल्ला र रोग व्यवस्थापन साथै आन्तरिक नियन्त्रण प्रणालीलाई अवलम्बन गर्नु पर्दछ । 
  • यसका साथै, उपलब्ध व्यवस्थापनका विधिहरु एकीकृत एवं क्षेत्रगत/सामुदायिक रुपमा अपनाउनु पर्दछ ।

हलुका मोसाइक (Mild Mosaic)

परिचय

रोगको जीवाणु: PVX, PVM, PVS

जीवाणुको प्रकार: Virus (भाईरस)

क्षति गर्ने बालीहरु: आलु

लक्षण

हलुका मोजाइक (Mild Mosaic, PVX, PVM, PVS) मा विभिन्न भाइरसहरुवाट मोजाइकका लक्षणहरु देखा पर्दछन् । पातमा नसाहरुको वीच भाग कतै हलुका रंग कतै गाढा हरियो रंगका भई छिरविरे रंगका बन्दछन् । पात गुटमुटिन पनी सक्दछ र कुनै जातमा टुप्पाहरु सुक्न पनि सक्दछ ।

virus

 

व्यवस्थापन

• भाइरस रोग नलागेको आलुको वीउ मात्र प्रयोग गर्ने।
• वीउ आलु उत्पादन गर्ने खेतवाट भाइरस लागेका बोटहरु उखेलेर हटाउने तथा जलाएर नष्ट गर्ने।
• आलु बारी वरिपरिका झारपातहरु उखेलेर हटाउने।
• लाही कीरा वा अन्य भाइरस सार्ने कीरालाई मार्न रोगर वा मालाथियन विषादी १ मिलि लिटर प्रति लिटर पानीको दरले १५ दिनको फरकमा ३ पटक सम्म वालीमा छर्कने ।

डाँठ कुहिने रोग (Sclerotinia Stalk Rot)

परिचय

रोगको जीवाणु: Sclerotinia sclerotiorium

जीवाणुको प्रकार: Fungus

क्षति गर्ने बालीहरु: काउली, वन्दा, ब्रोकाउली

लक्षण

जमिनको सतहमा डाठमा पानीले भिजेको जस्तो साना खैरो रंगका दागहरु देखा पर्दछन् । डाठको चारैतिर सेतो धागो जस्तो दुसी उम्रर घेरा पार्दै जान्छ। अनुकुल मौसम (सापेक्षित आद्रता बढी र तापक्रम १५-२०° से.) बढ्दै जांदा डाठको माथिल्लो भागतिर पनि सेतो दुसी देखिन थाल्छ र विस्तारै डाठ कुहिन थाल्छ । डाठको भित्री भागमा काला गिर्खाहरु देखिन्छन् । यो रोगको प्रकोप बढ्‌दै जांदा पातहरु ओईलाउने र वोट नै मर्ने हुन्छ।

stalk rot

 

व्यवस्थापन

• रोगको प्रकोप देखिएका ठाउंमा वाली चक्र अपनाउनमा अन्न वाली (खास गरी धान वाली) संग तिन वर्ष लामो चक्र अपनाउने ।
• रोग लागेको वोटविरुवा खेतबारीवाट उखेलेर जलाइ नष्ट गर्ने
• पाकेको गोबरमल वा कम्पोष्ट मल प्रयोग गर्ने, सोलाराईजेसन गर्ने।
• सफा र स्वस्थ विउ मात्र प्रयोग गर्ने।
• रोग ग्रस्त खेतबारीमा कमसेकम एक महिनासम्म पानी जमाई राख्ने।
• रोगको प्रकोप कम गर्न वेभिष्टिन विषादी २ ग्राम (आधा चम्मा) १ लिटर पानीमा मिसाइ बनाएको झोल रोग लागेको ठाँउ भिज्ने गरि १५ दिनको फरकमा छर्ने।

मकैको डाउनी मिल्ड्यु (Downy Mildew)

परिचय

रोगको जीवाणु: Sclelospora phillippinensis

जीवाणुको प्रकार: Fungus

क्षति गर्ने बालीहरु: मकै

लक्षण

पातहरू पहेंलिएर सानो हुने र पातमा धर्साहरू देखिन्न् ।

mildew

 

व्यवस्थापन

१. स्वस्थ बीउको प्रयोग गर्ने
२. रोग अवरोधक जातहरू रामपुर २, रामपुर कम्पोजिट लगाउने
३. मेन्कोजेव ७५ प्रतिशत डव्लु पि (डाइथेन एम–४५.) विषादी ३ ग्राम प्रति लिटर वा मेटालेक्सील ८ प्रतिशत मेन्कोजेव, ६४ प्रतिशत (क्रिनोक्सील गोल्ड, कीन्ग मील एमजेड, रिडोमिल एमजेड, टयागमील) २ ग्राम प्रति लिटर पानीमा मिसाई छर्ने

टाटेपाटे विषाणु (Cucumber Mosaic Virus (CMV))

परिचय

रोगको जीवाणु: Cucumber Mosaic Virus (CMV)

जीवाणुको प्रकार: Virus (भाईरस)

क्षति गर्ने बालीहरु: काक्रो

लक्षण

भर्खरका पातहरुमा हरीयो र पहेंलो रङ्ग मिसिएको धब्बाहरु देखिन्छन् । यस्तो लक्षण बढी मात्रामा नशाको वरिपरि प्रष्ट देखा पर्दछ । पुराना पातहरुको किनाराका नशाहरुवाट सुरु भै मुख्य नशासम्म अनिश्चित आकारका टाटेपाटे चिन्ह देखिन्छन् । पातहरु घुम्रेका र पातका नशाहरुको बीचको भाग तलमाथि उठेका हुन्छन् । विरुवाको वृद्वि कम हुन्छ र होचा खालका देखिन्छन् । डांठ, भेट्ना तथा अन्य भागहरु पनि छोटा हुन्छन् । फलको आकारमा विकृती आउंदछ। लाही कीराले यी विषाणु सार्ने र फैलाउने भएकोले लाही कीराको नियन्त्रण गर्दा यसको प्रकोप कम हुन्छ।

y    cucumber mosaic

 

व्यवस्थापन

• रोग नलागेको खेतबारीवाट मात्र बीउ उत्पादन गर्ने।
• खेतबारी वरिपरिका विषाणुयुक्त झारपातहरु तुरुन्तै उखेलेर जलाउने ।
• रोगी बोट देख्नासाथ उखेलेर जलाइ दिने।
• धेरै प्रकारका लाहीहरुले यो रोग सार्ने भएकोले लाही कीराको नियन्त्रण गर्ने।

धानको कालो पोके (Head Smut)

परिचय

रोगको जीवाणु: Ustilago maydis sphacelotheca spp

जीवाणुको प्रकार: Fungus

क्षति गर्ने बालीहरु: मकै

लक्षण

धान चमरा कालो भई लट्टा परेको जस्तो देखिन्छ । घोगामा दानाको सट्टा कालो बीजाणुको धूलोले भरिएको हुन्छ ।

hs

व्यवस्थापन

१. स्वस्थ बीउको प्रयोग गर्ने
२. बारीमा कालोपोके रोग देख्ने बित्तिकै जम्मा गरी नष्ट गर्ने
३. धेरै रोग आउने क्षेत्रमा कार्वेन्डाजिम ५० % डब्लु.पी (वेभिष्टिन) २ ग्राम प्रति के.जी. बीउको दरले उपचार गरी रोप्ने

गहुँको कालो पोकेरोग (Loose smut)

परिचय

रोगको जीवाणु: Ustilago nuda tritici

जीवाणुको प्रकार: Fungus

क्षति गर्ने बालीहरु: गहुँ

लक्षण

रोगी विरुवा स्वस्थ विरुवा भन्दा केही दिन अघि फूल्ने गर्दछ तथा सामान्य भन्दा अलिक होचो हुने गर्दछ । गहुँको वालामा दाना लाग्नुको सट्टा ढुसीको जीवाणुको कालो धुलोको पोकामा परिणत हुन्छ ।

loose smut   ls

 

व्यवस्थापन
  •  स्वस्थ बीउको प्रयोग गर्ने तथा रोग कम लाग्ने अन्नपूर्ण लगायतका जातहरु लगाउने ।
  • रोग लागेको बालावाट धुलो नउड्दै उखेलेर खाल्डोमा पुर्ने वा जलाउने ।
  • ४०° से.मा एक मिनेट तातो पानीले बीउ उपचार गरेर बीउ छर्ने वा कार्बोक्सीन १७.५% + थिराम १७.५% मिश्रीत विषादी २ ग्राम प्रती केजी बीउका दरले बीउ उपचार गरी रोप्ने ।

सिट्रस ट्रिस्टेजा भाईरस (Citrus tristeza virus)

परिचय

रोगको जीवाणु: Citrus tristeza virus

जीवाणुको प्रकार: Virus

क्षति गर्ने बालीहरु: जुनार, सुन्तला, कागती

लक्षण

यो रोग सिट्रस ट्रिस्टेजा भाइरसले गर्दा लाग्ने भयानक रोग हो। यो रोग विभिन्न प्रजातिको लाही कीरा जस्तै कालो लाही, खैरो लाही, हरियो लाही कीराले सार्ने गर्दछ। यो रोग जुन बेला बोटलाई पानीको अति आवश्यक हुन्छ अर्थात गर्मी मौसममा बढी देखिन्छ। 
लक्षणहरु 

  • स्टेम पिटिङ्ग - करिब एक वर्ष मुनिका हाँगाहरुमा बोक्रा छोडाएर हेर्दा चाल्नो खोपेका जस्ता खोपहरु देखिन्छ । यी लक्षण देखिएमा ट्रिस्टेजा निदान गर्न सकिन्छ। 
  • भेन क्लियरिङ्ग पात टिपेर घामतिर फर्काएर हेर्दा पातमा स-साना नसाहरू ठाउँ ठाउँमा पहेंलिएका हुन्छन् 
virus

 

व्यवस्थापन
  • रोग लागेका बोटलाई तुरुन्त हटाई जलाउने, नष्ट गर्ने। 
  • रोग प्रतिरोधक रुटस्टकको प्रयोग गर्ने (ट्राइफोलिएट, ट्रोयर सिट्रेस, सित्रुमेलो, रंगपुर लाईम, आदि)। 
  • माउ बोटलाई जाली घरमा राम्रोसँग व्यवस्थापन गर्ने। 
  • लाहीको रोकथाम गर्न निमजन्य विषादी ३-५ मि.लि. प्रति लिटर पानीमा वा डाइमेथोएट विषादी १-२ मि.लि. प्रति लिटर पानीमा मिसाएर छर्ने।

क्यान्कर (Citrus canker)

परिचय

रोगको जीवाणु: Xanthomonas campestris pv. citri

जीवाणुको प्रकार: Bacteria

क्षति गर्ने बालीहरु: जुनार, सुन्तला, कागती

लक्षण

सुन्तलाजातको विरुवाको सबै भागमा यसले आक्रमण गरी सानोसानो -खटिरा बनाउँदछ । यसले गर्दा बोटको बृद्धि र फलको गुणस्तर घट्दछ । यो रोग कागतीमा बढी लाग्छ। यो रोग धेरै जसो रोगग्रस्त नर्सरीमा उत्पादन भएका रोगी विरुवावाट सर्न पुग्दछ । पातमा, हाँगामा, काँडामा, फलमा सानो गोलो, पारदर्शी दागहरु देखिन्छन्। दाग अलिक उठ्छ र खैरो हुन्छ। केन्द्र विन्दुमा दाग फाट्छ । दागले खस्रो कचौराको रुपमा लिन्छ।

cc     cc

 

व्यवस्थापन

• बगैंचाको नियमित रुपमा सरसफाई गर्ने तथा झारपातहरु हटाउने ।
• रोग ग्रस्त हाँगाहरु काँटछाँट गर्ने रोगी तथा झरेका पातहरु जम्मा गरी जलाएर नष्ट गर्ने ।
• यो रोग पात खन्ने लिफमाइनरले सार्ने भएकाले यसको नियन्त्रण गर्ने ।
• रोग लाग्नु भन्दा अगावै १% बोर्डो मिक्सचर फागुण, जेठ र असोजमा विरुवाको पातहरुमा छर्ने।
• रोग लागिसकेको अवस्थामा कासुगामाईसिन दुसीनाशक विषादी १.५ एम.एल प्रति लिटर पानीमा फागुण देखी वर्षा नसकिदाँसम्म १२-१५ दिनको अन्तरमा बोटमा छर्ने ।

ब्याक्टेरियल लिफ ब्लाइट रोग (Bacterial Leaf Blight)

परिचय

रोगको जीवाणु: Xanthomonas oryzae pv oryzae

जीवाणुको प्रकार: Bacteria

क्षति गर्ने बालीहरु: धान

लक्षण

- पातको किनाराबाट लामो पहेंला वा खैरा रङ्गका नागबेली धर्साहरू देखिन्छन्, पात टुप्पोबाट सुकेर मर्दछ ।
- रोगको प्रकोप बढ्दै गएपछी गाज आई मर्न थाल्दछ ।

blb       rice

 

व्यवस्थापन

१. रोग निरोधक जातहरू मकवानपुर-१, राधा-४,७,११,१२ स्वर्ण-२, स्वर्ण-१, सुख्खा-१,२ सावित्री, खजुरा-२, चैते-२, ४ लगाउने
२. सिफारिस अनुसार रासायनिक मल हाल्ने
३. रोग लागेको खेतमा केही दिन पानी सुकाई दिने
४. एग्रिमाइसिन–१००, ०.२५ ग्राम प्रति लिटर पानीको झोलमा बीउलाई ३० मिनेटसम्म डुबाएर बीउ उपचार गर्ने
५. गाईको ताजा गोबर ५० ग्राम प्रति लिटर पानीका दरले घोल पुरै बोटमा छर्ने

आलुको खोष्टे रोग ( Black Scurf)

परिचय

रोगको जीवाणु: Rhizoctonia solani

जीवाणुको प्रकार: Fungus

क्षति गर्ने बालीहरु: आलु

लक्षण

यो रोग एक प्रकारको दुसीको संक्रमणले लाग्छ यो दुसीका जिवाणुहरु माटोमा रहेका हुन्छन् । यदी विरुवा टुसाउने समयमा नै संक्रमण भएमा काण्डमा रातो खैरो दाग लागेर विरुवा मर्छ । यदी बोट छिप्पिई सकेपछि संक्रमण भएमा पात, डाँठ, जरा वा आलुमा रातो वा कालो खैरो धब्बा देखिन्छ । यस्ता धब्बा भएका आलुको गुणस्तर न्युन रहन्छ।

Black scurf

 

व्यवस्थापन

• घुम्ती वाली लगाउने।
• आलु रोप्दा उचित गहिराईमा रोप्ने, विस्तारै माटो चढाउदै जाने।
• शुरुको अवस्थामा बढि सिंचाई नगर्ने तथा स्वस्थ बीउ रोप्ने।

अल्टरनारिया पात थोप्ले रोग (Alternaria leafspot)

परिचय

रोगको जीवाणु: Alternaria brassicola/ A. brassicae

जीवाणुको प्रकार: Fungus

क्षति गर्ने बालीहरु: काउली, वन्दा, ब्रोकाउली

लक्षण

यो रोग गाढा रंगको सानो थोप्लावाट शुरु हुन्छ। पछि गोलो दागमा परिणत हुन्छ । दागको केन्द्र विन्दुबाट ढुसी विस्तारै फैलिंदै जाँदा दागमा गोलो घेराहरु बन्छन्। काउलीमा पानीले भिजेको जस्तो दाग हुन्छ।

alternaria  alternaria

 

व्यवस्थापन

• रोग लागेको पातहरु जम्मा गरी नष्ट गर्ने।
• थाईराम ७५% वा क्याप्टान ५०% धुलो वा कार्वेन्ङाजीम ५०% डब्लु पी २ ग्राम प्रति केजी का दरले बीउ उपचार गर्ने।
• मेन्कोजेव ७५ डब्लु पी रोगनाशक विषादी ३ ग्राम प्रति लिटर पानीका दरले १५ दिनको अन्तरमा छर्ने ।

फेद कुहिने रोग (Foot Rot Disease)

परिचय

रोगको जीवाणु: Fusarium monoliforme

जीवाणुको प्रकार: Fungus

क्षति गर्ने बालीहरु: धान

लक्षण

- रोगी बेर्ना/बोटहरु स्वस्थ बोट भन्दा अग्लो हुने, पहेलिने र अन्त्यमा कुहिएर मर्ने गर्दछन्
-रोगि बोटको तल्लो आख्लाबाट जरा निस्कन्छ |

foot rot

 

व्यवस्थापन

१. बेभीस्टिन (carbendizim) ३ ग्राम प्रति किलोग्राम बीउका दरले उपचार गरि मात्र ब्याड राख्ने
२. खेतमा यो रोग देखा परेमा माथि उल्लेखित विषादी २ ग्राम प्रति लिटर पानीमा मिसाई छर्ने

जरामा गाँठा बनाउने रोग (Root-Knot Nematode)

परिचय

रोगको जीवाणु: Meloidogyne spp.

जीवाणुको प्रकार: Nematode (निमाटोड)

क्षति गर्ने बालीहरु: गहुँ, गोलभेडा, आलु, कोदो, वन्दा, फर्सी, काक्रो, लौका, भिण्डी, सिमि, बोडी, अलैंची, अदुवा, आँप, कटहर, मेवा, लिची, कफी

लक्षण

निमाटोडले आक्रमण गरेको ६/७ दिन पछि जरामा गाँठा शुरु हुन थाल्दछ । दिन प्रतिदिन जरामा गाँठाको आकार बढ्न गई गाँठाको मोटाइ ५ सेमि सम्म हुन्छ। गाँठोले गर्दा बिरुवामा पानी र खाद्यतत्वको परिवहन लाई अवरोध गर्दछ । बिरुवाको बृद्धि रोकिन्छ । पात पहेलिने, माटोमा आवश्यक चिस्यान हुदा हुदै पनि बिरुवा ओईलाउने र बिरुवा मर्ने हुन्छ ।

nematode   nematode

 

व्यवस्थापन

• खेतको सरसफाई, घुम्ती वाली लगाउने, ड्याङ्गको विच विचमा सयपत्री फूल लगाउने
• गोलभेडा, भण्टामा कण्टकारी (Solanum sysibmbrifolim) को रुटस्कमा कलमी गरेर रोप्ने
• रायो/तोरीको पिना विरुवा रोप्नु अघि २००-२५० ग्राम १ वर्ग मिटरको दरले प्रयोग गर्ने
• गाईवस्तुको काँचो मलमुत्र वा वायोग्यास स्लरी २ के.जी प्रति वर्ग मीटरका दरले खनजोत गर्ने बेलामा प्रयोग गर्ने ।
• कालो तोरी छर्ने, फुल्ने बेलामा माटो पल्टाई दिंदा नेमाटोड ग्रस्त माटोमा सुधार आउँदछ
• फोसथियाजेट ५०० एस एल १ मिलि प्रतिलिटर पानीका दरले मिसाइ माटो उपचार गर्ने।

कालो ध्वाँसे ( Citrus Sooty mould)

परिचय

रोगको जीवाणु: Capnodium citri

जीवाणुको प्रकार: Fungi  (ढुसी)

क्षति गर्ने बालीहरु: जुनार, सुन्तला, कागती

लक्षण

यो रोग बिरुवाको पात, हाँगा र फलमा फैलिएर आंशिक वा पुरै सतहमा कालो बनाएर ढाक्छ। यो हल्का किसिमले टाँसिएको हुनाले हातले पुछेमा उप्किन्छ । प्रकाश संश्लेषणमा बाधा पुग्नाले बोटको स्वास्थ्य कमजोर हुन्छ । रोग ग्रसित बोटका मुना, हाँगाबिगा सुकेर जान्छन् । प्रभावित फलहरुको आकार केही सानो हुन्छ।

sooty

 

व्यवस्थापन
  • यो रोग सेतो झिंगा र कत्ले कीरा जस्ता चुसाहा कीराको कारणले लाग्ने हुँदा यी कीराहरु नियन्त्रण गर्न गहुँत-पानी, वानस्पतिक विषाादी/निमजन्य विषादी उचित मात्रामा वा डाईमेथोएट (रोगर) कीटनाशक विषादी १-१.५ मि.लि. प्रति लिटर पानीमा मिसाएर वा हर्टिकल्चर आयल एट्सो (Agricultural tree spray oil) सिफारिस मात्रामा वा सर्वो तेल १०-१२ मि.लि. प्रति लिटर पानीमा मिसाएर छर्ने। 
  • बोटको नियमित काँटछाँट, बगैंचा सफा र उचित दुरी कायम गरेमा कीराहरुको प्रकोप न्यून हुने हुँदा यो रोग लाग्ने सम्भावना कम हुन्छ । 
  • कत्ले कीरा जेठ देखि शुरु भै श्रावण, भाद्रमा निकै बढ्ने हुँदा यो रोग पनि यही समयमा देखिने हुन्छ। तसर्थ यो समयमा बगैंचाको नियमित निरीक्षण गर्नु जरुरी हुन्छ। 
  • रोग लागिसकेको ढुसी हटाउन म्यान्कोजेब (डायथेनियम-४५) २ ग्राम वा ०.५-१% को बोर्डो मिश्रण वा कपरअक्सिक्लोराइड १.५-२ ग्राम प्रति लिटर पानीमा मिलाएर छर्नु पर्छ।