कमन भेच (Vicia sativa L)
जात : कुटिल कोसा १
कुटिल कोसा–१ भेच घाँस हिउँद महिनामा लगाइने उन्नत जातको एक वर्षीय कोसे घाँस हो । यसलाई एकल रूपमा वा जैसँग मिश्रित खेती गरेर लगाउन सकिन्छ । गहुँ हुने जुन सुकै क्षेत्र वा जग्गामा पनि भेचको खेती गर्न सकिन्छ । नेपालका तराई तथा मध्य–पहाडी सबै जिल्लाहरूमा यसको खेती सफलतापूर्वक गर्न सकिन्छ । यसलाई प्राय जैसँग मिसाएर खेती गरिन्छ । भेचलाई हरियो मलको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
जातीय गुणहरू
कुटिल कोसा–१ भेच एकवर्षीय लहरे कोसेबाली हो । यसको बिरुवा (लहरा) २ मिटरसम्म लामो हुन्छ । पातहरू एक लामो डाँठमा दुईतिरबाट निस्केका हुन्छन् । एक डाँठमा ३–८ जोडीसम्म पातहरू हुन्छन् । यसका फूलहरू वैजनी रङका हुन्छन्र गुच्छामा फुल्छन्। यसको बिउका कोसा लामा हुन्छन्र एउटा कोसामा कालो खेरौ रङका ४–१२ वटासम्म दाना हुन्छन् । बिउ ठुलो आकारका हुन्छन्र एक के.जी. बिउमा १६,०००– २०,००० बिउका दाना हुन्छन्।
