परिचय

परिचय

कफी प्रमुख पेय पदार्थहरु मध्ये एक नरम पेय पदार्थ हो। व्यापारिक कारोबारका हिसाबले कफी विश्वमा पेट्रोलियम पदार्थपछिको दोश्रो ठूलो परिमाणमा बिक्री वितरण हुने वस्तु पनि हो । कफी संसारको ७० भन्दा बढी देशमा उत्पादन हुने गर्दछ । विश्वमा सबैभन्दा बढी कफी उत्पादन गर्ने देश ब्राजिल हो भने अमेरिका सबभन्दा बढी खपत गर्ने देश हो। कफीमा उत्तेजना र स्फुर्ति ल्याउने क्याफिन (caffeine) हुन्छ, यसले  मानसिक र शारिरीक थकान मेट्छ, अल्छीपन र निद्रा हटाउँछ । यसमा गुलियो पदार्थ (कार्बोहाइड्रेट), प्रोटिन (नाइट्रोजिनस कम्पाउण्ड), अम्ल (क्लोरोजेनिक एसिड), वास्ना (भोलाटाइल कम्पाउण्ड) र कार्बोक्सिलिक एसिड पाइन्छ । कफी एक सदाबहार बहु वर्षे नगदे बाली हो । कफीको बोट साना झाडीदेखि ठूला रुखसम्मका हुन्छन् । वानस्पतिक वर्गीकरण अनुसार कफी रुबियसी परिवारमा पर्दछ । यो प्रमुख रुपमा चार किसिमका कफीहरु उल्लेखमा आएका छन्। ती हुन्ः अराबिका रोवष्टा, लाईबेरिका र एक्सेल्सा । आर्थिक दृष्टिकोणले अराबिका र रोबस्टा बढी महत्वपूर्ण मानिएका कफी हुन्। अराबिका कफीको गुणस्तर राम्रो हुने भएकोले विश्वमा करीब ७० प्रतिशत उत्पादन यसैको हुन्छ भने बाँकी ३० प्रतिशत रोबष्टा जातको कफीको खेती गरिन्छ । लाईबेरिका कफी नगन्य मात्रामा प्रयोगमा आउँछ । नेपालमा उत्पादन गरिने सबै कफी अराबिका कफी हुन् |

विश्वमा कफी

विश्वमा १०० भन्दा बढी मुलुकले कफी उत्पादन गर्दछन् भने यी मध्ये ५० देश जति मुख्य कफी उत्पादक देशमा गनिन्छन् । ब्राजिल विश्वमा सबभन्दा बढी कफी उत्पादन गर्ने देश हो, भियतनाम,कोलम्बिया, इण्डोनेसिया, इथियोपिया, भारत विश्वका प्रमुख कफी उत्पादन गर्ने देशहरु हुन्। अमेरिका सबभन्दा बढी खपत गर्ने देश हो । डेनमार्क लगायत स्केन्डेनेभियन राष्ट्रहरुमा प्रति व्यक्ति प्रति वर्ष सबभन्दा बढी कफी खपत (९.७ के.जी/व्यक्ति/वर्ष) भएको पाइन्छ । करिब ७५ प्रतिशत कफी विकसित मुलुकहरु अमेरिका, जापान एवं युरोपमा खपत हुन्छ र २५ प्रतिशत कफी उत्पादक देश एवं अन्य देशमा खपत गरिन्छ । विश्व बजारमा स्पेसियल्टी कफीको माग बढी रहेको छ तर साधारण कफीको माग र मूल्य घट्दो क्रममा छ । 

नेपालमा कफी

नेपालमा कफी गुल्मी जिल्लाको आँपचौरमा प्रवेश गरेको करिब ३७ वर्षसम्म कौतुहल बालीको रुपमा रह्यो। वि.सं २०३२ सालतिर सरकारी स्तरबाट केही बीउ भारतबाट झिकाई किसानलाई वितरण गरेपछि मात्र यसको उत्पादन व्यावसायिक रुपमा शुरु भयो। २०४० को दशकमा कफी विकास केन्द्रको स्थापना र २०५० मा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना भई नियमित कार्यक्रमको रुपमा कफीलाई विभिन्न सुविधाहरुका साथ प्रवर्द्धन गरियो। यसका साथै २०४७ सालमा कृषकहरुको संगठन नेपाल कफी व्यवसायी संघको स्थापना भएपछि कफी उत्पादनमा गति आयो । हाल कफीको खेती मध्य–पहाडका करिब ४० जिल्लामा २७,००० भन्दा बढी किसानहरुले करिब १,७६० हेक्टर क्षेत्रफलमा खेती गरेको पाइन्छ ।
नेपाली कफीे जापान, अमेरिका, कोरिया लगायत यूरोपियन देशहरुमा निर्यात भइरहेको छ । समग्रमा कुल उत्पादनको ५१ प्रतिशत कफी निर्यात भएको र ४९ प्रतिशत आन्तरिक रुपमा खपत भएको देखिन्छ ।  नेपाल सरकारले कफीलाई निर्यात योग्य नगदे बालीको रुपमा लिई यसको विकासको लागि पञ्चवर्षीय योजनामा राख्दै आएको छ । हाल आएर कफी उत्पादन, प्रशोधन एवं व्यापारिक कारोवारमा निजी तथा सहकारी क्षेत्र समेतको सहभागिता बृद्धि गरी देशमा उपलब्ध संम्भावनाहरुको दिगो र व्यवस्थित उपयोग गरी आय आर्जन, रोजगारीको अवसर वृद्धि एवं वैदेशिक मुद्रा आर्जन गर्ने भरपर्दो स्रोतको रुपमा कफी विकास गर्न गराउन नेपाल सरकारले राष्ट्रिय कफी नीति २०६० स्वीकृत गरी लागु गरेको छ ।

महत्व

आर्थिक महत्व

अन्न तथा अरु बालीको तुलनामा यसबाट कृषकलाई बढी लाभ हुन्छ । मकै कोदो भन्दा २–३ गुना बढी आर्थिक फाइदा हुन्छ कफी र केरा लगाउँदा मकैभन्दा ७.८ गुणा बढी र कोदो भन्दा ६ गुणा बढी आम्दानी हुन्छ । 

आयात प्रतिस्थापन र वैदेशिक मुद्रा आर्जन

नेपालमा प्रति बर्ष करोडौं रुपैयाँको कफी आयात हुन्छ । नेपालको जलवायु एवं माटोमा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने उच्च गुणस्तरको कफी उत्पादन हुन सक्ने कुरा प्रमाणित भइसकेको छ । यसर्थ कृषक वर्गमा कफी खेतीको प्राविधिक एवं आर्थिक चेतना बढाई राम्रो गुणस्तरको कफी उत्पादन गरी आयात प्रतिस्थापन गर्ने र बिदेशमा निर्यात गरी वैदेशिक
मुद्रा आर्जन गर्न सकिने प्रशस्त सम्भावना एवम् अवसर छ ।

रोजगारी

आज हजारौं नेपाली युवा युवती कामको खोजीमा विदेश पलायन भएका छन्। कफी खेती पहाडी गाउँमा हुने भएकोले आर्थिक विपन्न वर्गका लागि यसले ग्रामीण रोजगारी दिन्छ र शहरी क्षेत्रमा प्रशोधन एवं बजार व्यवस्थापनमा धेरैले रोजगारी पाउन सक्छन् ।

पर्यावरण संरक्षण

कफी बाली पातलो वनभित्र फस्टाउँछ । खुल्ला ठाउँमा कफी बिरूवा लगाउनुछ भने पनि छहारी रुख रोपी जङ्गली वातावरण बनाउनु आवश्यक छ । रुख विरूवाले भू–क्षय रोक्ने, हरियाली बढाउने, पशुपंक्षीलाई संरक्षण दिने र त्यस क्षेत्रको पर्यावरणीय वातावरणलाई आकर्षक बनाउने काम गर्छन्। यसले कृषि–पर्यटन (Agro-Tourism) उद्योगलाई सहयोग पुर्याउँछ । 

जातहरु

 कफीको जातीय भिन्नता

प्रमुख रुपमा चार किसिमका कफीहरु कफीको फूल र साथमा फल्छन् । ती हुन्: अराबिका रोवष्टा, लाईबेरिका र एक्सेल्सा । आर्थिक दृष्टिकोणले अराबिका र रोबस्टा बढी महत्वपूर्ण मानिएका कफी हुन |

विवरण अरबीका रोवष्टा
जातिको वर्णन गरिएको मिति १७५३ १८९५
क्रोमोजम संख्या  ४४ २२
फूल फुलेपछि फल पाक्न लाग्ने अवधि  १०-१२
फूल फुल्ने बानी  पानी परेपछि मात्र निश्चित नभएको
फूल फुल्ने मौसममा पानी पाएपछि फुल्न लाग्ने दिन ९–१० दिन ७–८ दिन
दिउल उत्पादन हुन सक्ने क्षमता (किलो/हे) १५००–३००० २३००–४०००
दिउलमा क्याफिनको मात्रा ०.८–१.४% .७–४.०%
दिउलको आकार चौडा अण्डाकार
कफी पिउँदा अनुभव लाग्ने अम्लियपन तितो , बाक्लो
वार्षिक सरदर उपयुक्त तापक्रम डि.सं.
(सेल्सियस)
१५–२४ डि.से. २४–३० डि.से.
वार्षिक सरदर उपयुक्त वर्षा मि.मी. १५००–२००० १५००–२०००
कफी उत्पादनको लागि उपयुक्त उचाई (मिटरमा) ६००–१६०० ६०–५००
जरा गहिरो जाने वा नजाने गहिरो जाने गहिरो नजाने
जूका (नेमाटोड)  सहन नसक्ने सहन सक्ने
कफी फल सड्ने रोग  सहन नसक्ने सहन सक्ने
उच्च गुणस्तरको विशिष्ट कफी उत्पादन उचाई (मिटरमा) ८००–१६००   
वोर्बोन

वोर्बोन कफीको काण्ड र मुख्य हाँगाको कोण ४५ डिग्री भन्दा कम हुन्छ । हाँगाहरु काण्ड नजिक नजिक लागेका हुन्छन्, काण्डको अन्तर आँख्लाको दुरी कम हुन्छ । यसमा धेरै सहायक हाँगाहरु निस्कन्छन् । यसको बोट करीब ३ मिटर अग्लो हुन्छ । यसका पातहरु चौडा र किनारा खुजमुजिएका हुन्छन्। फल साना हुन्छन्, बाक्लो गरी लाग्छन् र छिट्टै पाक्छ । हुरी बतास र दर्कने पानीबाट पाकेका फल झर्छन्। फल उत्पादन टिपिकाको तुलनामा २०–३० प्रतिशत बढी हुन्छ तर अरु विकसित जातको दाँजोमा कम हुन्छ । यसको फल उत्पादन नियमित छ तर फल्न ढिलो शुरु हुन्छ । फल पाकेपछि रातो फल हुने र पहेलो फल हुने गरी दुई किसिमको बोट छुट्याउन सकिन्छ । यो कफीको स्वाद उच्च गुणस्तरको हुन्छ । यो जात ९०० देखि १६०० मिटरको उचाइमा राम्रो हुन्छ । 

टिपिका

यसको बोट ३.० देखि ४.० मिटरसम्म अग्लो हुन्छ । यसका हाँगा बलिया हुन्छन् र प्रतिकुलअवस्था सहन सक्ने क्षमताको हुन्छ । फेदका हाँगाहरु लामा तथा टुप्पो तर्फका हाँगाहरु छोटा हुने हुँदा बोट कोणाकार देखिन्छ । मूल हाँगासँंग सहायक हाँगाको फैलावट ५० देखि ७० डिग्रीको कोणसम्मको हुन्छ । हाँगा सुक्ने रोग कम लाग्छ । यसको फल उत्पादन वोर्बोन भन्दा कम हुन्छ । यसको पात हल्का पहेलो ढाँचाका  र पातको टुप्पा छुट्टिएको हुन्छ । यसमा पनि पहेलो र रातो दुवै किसिमको फल लाग्छ । यसको लागि बढी छहारीको आवश्यकता पर्छ । कफी पिउँदा यसको स्वाद उच्च गुणस्तरको हुन्छ । यो जात १२०० देखि १६०० मिटरको उचाइमा राम्रो हुन्छ । 

पाकस

यसको बोट होचो, हाँगा मझौंला र पात ठूला एवं गाढा हरियो रङ्गको हुन्छ । यसको हाँगाको आँख्ला बीचको दुरी छोटो र टुप्पाको मुनाको डाँठ हरियो रङ्गको हुन्छ । यसका सहायक हाँगाले मूल हाँगासँंग करीब ९० डिग्रीको कोण बनाउँछ जसले बोटमा प्रशस्त सुर्यको प्रकाश पार्न सक्छ । यसको जरा बलियो र गहिरो जाने हुँदा सुख्खा, हुरी बतास, बढी प्रकाश एवं ताप सहन सक्छ र छिटो बढ्छ । यसमा फल धेरै लाग्छ तर फल मझौला खाले हुन्छ । यसलाई ८०० देखि १००० मिटरको उचाइमा लगाउन सकिन्छ ।

काटिसिक

यसको बोट पाकस जस्तै सानो सुलुत्त परेको हुन्छ तर हागा केही ठूला हुन्छन्, फल ठूलो लाग्छ । जरा कम लाग्ने भएको हुँदा सुख्खा र रुखो जमिनमा राम्रो सप्रन सक्दैन । यसमा विभिन्न किसिमका रोगसँंग लड्न सक्ने क्षमता हुन्छ । यसको मुना हरियो रङ्गको हुन्छ र यो ६०० देखि १००० मिटरको उचाइमा लगाउँन उपयुक्त हुन्छ ।

टेकिसिक

यसको बोट मध्यम अग्लो, सोली आकारको हुन्छ । हाँगाहरु ठूला र अन्तर आँख्लाको दुरी छोटो हुन्छ । यसका सहायक हाँगाहरु धेरै निस्कन्छन् र वृद्धि पनि राम्रो हुन्छ । यसको टुप्पाको मुना हरियो नै हुन्छ । यसका पात सानादेखि मध्यम साइजका हुन्छन् । यसका फल मध्यम साइजको, उत्पादन बढी र स्वाद उच्च गुणस्तरको हुन्छ । यसलाई ८०० देखि १३०० मिटरको उचाइमा लगाउँदा उपयुक्त हुन्छ ।

कातुरा

वोर्बोन जातको बोटमा प्राकृतिक परिवर्तन भई उत्पति भएकोजात हो। बिरूवाको आकार र रुप करीब पाकसको जस्तै हुन्छ तर फल ठुला हुन्छन् । बोट सोली आकारको होचोदेखि मझौला र घना, पात ठूला र किनारा खुम्चिएका, अन्तर आँख्लाको दूरी कम हुन्छ । यसको टुप्पाको मुना खैरा, राता रङ्गका हुन्छन्। यो पनि पाकेपछि फल रातो र पहेलो हुने दुई किसिमको हुन्छ र उत्पादन बढी हुन्छ । यो सिन्दुरे रोगबाट प्रभावित हुन्छ । यो जात जुनसुकै हावापानी र उचाइमा हुन्छ तर ८०० देखि १२०० मिटरको उचाइमा बढी राम्रो हुन्छ । 

सेलेक्सन–१०

यो कातुरा र अन्य अराबिका जातहरुसँंग दुई पटकसम्म वर्णशङ्कर गरी भारतमा बिकास गरिएको जात हो। यो जातको वंशावली अनुसार लाईबेरिका कफीको जात यसमा मिसिएको छ । यसको बोट मध्यम उचाइको र हाँगा बाक्लो हुन्छ । यसको फल ठुला हुनुका साथै उत्पादन क्षमता निकै बढी छ र गुणस्तर पनि राम्रो छ । तर सिंन्दुरे रोग सहन सक्दैन । यो जात नेपालको बिभिन्न उचाइ एवं हावापानीमा लगाइएको र राम्रो भएको पाइएको छ । यसलाई ८०० मिटर देखि १२०० मिटरको उचाइमा लगाउन उपयुक्त हुन्छ । 

काटिमोर

यो जात कातुरा र टिमोरको वर्णशङ्कर जात हो। यो जातको वंशावली अनुसार रोबष्टा कफीको जात यसमा मिसिएको छ । यसले सिन्दुरे रोग सहन सक्छ । बोट सानो सोली आकारको हुन्छ र फल ठुलो हुन्छ । उत्पादन निकै बढी हुन्छ र चाँडै पाक्छ । जरा जमिनको माथिल्लो भागमा नै सीमित रहने हुँदा यसलाई बढी चिस्यान र मलिलो माटो आवश्यक पर्छ । यसलाई ८०० देखि ९०० मिटरको उचाइमा लगाउन उपयुक्त हुन्छ । 

काबेरी

यसको बोट मध्यम उचाइको, काण्डमा बाक्लो हाँगा भएको,अन्तर आँख्लाको दुरी कम भएको, फल लागेका हाँगा नुग्ने, झोलिने र प्रशस्त फल लाग्ने जात हो। दुई वर्षमा नै फल्न शुरु गर्ने, चाँडै फुल्ने अगौटे जात हो। यसको उत्पादन क्षमता ३००० किलो ग्रिन बिन प्रति हेक्टर हुन्छ । यसको दिउल मध्यम साईजको र निलो हरियो रङ्गको हुन्छ शुरुमा यो जात सिन्दुरे रोग सहन सक्ने देखिएतापनि हाल यो जातमा पनि सिन्दुरे रोगका लक्षणहरु देखिएका छन्। 

आवश्यकता

हावापानी

कफी खेतिको लागी जग्गा छनोट गर्दा सर्वप्रथम जलवायु (climate) लाई ध्यान दिनु पर्दछ । सरदर बार्षिक तापक्रम १५ देखी २५ डिग्री सेल्सियस, सरदर बार्षिक बर्षा १५०० देखि २००० मि.लि., औषत सापेक्षिक आद्रता ७० देखी ८०% भएको ८०० मि.देखी माथीको तुसारो एवं असिना नपर्ने उत्तर र उत्तरपूर्व मोहडा भएको क्षेत्र छनोट गर्नु पर्दछ । बार्षिक औषत तापक्रम १० डिग्री सेल्सियस भन्दा कम र २८ डिग्री सेल्सियस भन्दा बढि कफि खेतिको लागी उपयुक्त हुँदैन । जलवायुलाई जमिनको उचाई, मोहडा वनस्पति एवं अन्य व्यवस्थापन पक्षले प्रभाव पारी शुक्ष्म जलवायु (micro-climate) बन्छ । कफिलाई यस्तो अनुकुल जलवायु श्रृजना भएमा प्रतिकुल हुने जमिनलाई पनि केही हदसम्म अनुकुल बनाउन सकिन्छ । कफिलाई फुलफुल्नु भन्दापहिले ४ – ५ महिना (मंसिर देखि फागुन चैत्र) सम्म सुख्खा जलवायु हुनु आवश्यकहुन्छ ।

माटो

कफी खेतीको लागि ज्वालामुखीबाट निस्किएको माटो सबभन्दा राम्रो हुन्छ तर खैरो, रातो वा अन्य रङ्गको माटोमा पनि राम्रो उब्जनी लिन सकिन्छ । माटोको पि.एच. ६ देखी ६.५ भएको खुकुलो प्रशस्त प्रांगारीक पदार्थ भएको मलिलो र पानी नजम्ने दोमट माटो हुनु पर्दछ । यस्तो माटोले लामो समय सम्म चिस्यान कायम राख्ने हुन्छ र कफी उत्पादन राम्रो हुन्छ । माटोको पि.एच. ६ भन्दा कम भएमा सिफारीस अनुसार कृषि चुन प्रयोग गर्नु पर्दछ ।

कृषि इन्पुट

माउ बोटको छनौट

जुन ठाउँमा कफी बगैंचा स्थापना गर्ने हो, सोही ठाउँको माउ बोटबाट बीउ संकलन गर्नु पर्छ । १००० मिटर भन्दा माथिको हुनु पर्छ । १०/१२ बर्षको बोटबाट बीउ संकलन गर्नु पर्छ । माउबोटको जात थाहा हुनु पर्छ । माउबोट स्वस्थ, निरोगी र बलियो हुनु पर्छ ।   राम्रो, मलिलो माटो, छायादार बिरुवा भएको ठाउँबाट माउ बिरुवा छनोट गर्नु पर्छ । पुरानो (१५ वर्ष माथिको) पुनर्जीवन दिएको, अस्वस्थ, र उत्पादन घट्न थालेका माउ बिरुवा छनौट गर्नुहुँदैन ।  रोवष्टा र अराबिका, लाइबेरीका आदीबाट वर्णशंकर जातको कफी लगाउनु हुँदैन । यि जातको कफीहरु विशिष्ट जातको कफी मानिदैन । बोरबोर्न, टिपिका, कटुरा यी जातहरुसँग मिल्ने अन्य जातहरु विशिष्ट कफीको लागि राम्रो मानिन्छ ।

 रातो चेरी छनौट गर्ने समय, तरिका

चेरी कफी पाक्ने समय हावापानी र उचाई अनुसार फरकफरक हुन्छ, खास गरी मंसिर देखि फल्गुन सम्म टिप्नुपर्छ ।  सुरुको टिपाई अन्तिम टिपाईबाट चेरी छनौट गर्नु हुँदैन, चेरी एकनाशले पाक्न थाले पछि बीउको लागी चेरी छनौट गर्नु पर्छ । रातो, चम्कीलो, पुरा पाकेको दाना चोर औंला, माझी औंला र बूढी औंलाको सहायताले एकएक गरीकन टिप्नु पर्छ । कम पाकेको र बढी पाकेको दाना लिनु हुँदैन । बोटको माथि र तल पट्टीको, हाँगाको काण्ड तिरको र टुप्पा तिरको दाना छाडी बीच भागको मात्र लिन पछ ।  राम्ररी नपाकेको, काँचो, बढी पाकेर गढा रातो हुन थालेको, धेरै सानो वा ठूलो, चराचुरुङ्गीले नखाएको, रोगकीरा नलागेको, दाना मात्र छनोट गर्नु पर्छ । फल एकनाशको हूनु पर्छ।

एकनाशको ठुलो, बाक्लो गूदी भएको राता चेरी मात्र प्रयोग गर्नुपर्छ । चेरी छनौट गरी सके पछि सफा पानी भएको बाल्टीनमा डुबाउनु पर्छ, पानीमा उत्रेको दाना फाली, पानीमा बसेको दाना मात्र लिनु पर्छ ।  रातो बोक्रा पल्प गरी सके पछि एक दलीय दाना (pea berry), तीन दलीय दाना (trigo) हटाई, दुई दलीय (diose) भएको मात्र लिनु पर्छ ।

1

कफीको बीउ प्रशोधन
  1. एकएक गरी रातो चेरीको बोक्रा (पल्प) हातले छोडाउनु पर्छ, pulper machine प्रयोग गर्नुृ हुँदैन ।
  2. काँचो पार्चमेन्टको चिल्लो पदार्थ (mucilage) हटाउन खरानी मिसाइ हातले माड्नु पर्छ ।
  3. चिप्लो पदार्थ  हटाइसके पछि सफा पानीले धुनु पर्छ । त्यस बेलामा उत्रेको दाना हटाउनु पर्छ ।
  4. सफा दानालाई छहारी मुनी सुकाउनु पर्छ, जसले गर्दा सेतो बोक्रा फुटदैन ।
  5. बीउको अद्रता जाँदा दाँतले टोक्दा किटिक्क अवाज नआउन्जेल सुकाउनु पर्छ ।
  6. बीउ तयार भए पछि एकएक गरी केलाई सिधा रेखा भएको दाना बीउको लागी राख्नु पर्छ ।
बीउ भण्डार

बीउ सकभर जूटको बोरा वा सुती कपडाको थैलामा राखी खुल्ला हावा चल्ने ठाउँमा भण्डारण गर्नुपर्छ । धेरै समय वा ३/४ महिना भन्दा बढी पुरानो बीउ रोप्नु हुँदैन, कफी टिपिसकेपछि बीउको उमार शक्तिमा ह्रास आउन थाल्छ ।

Germination हुन पनि समय लाग्छ । अर्गानिक उत्पादन को लागी बीउ संरक्षणको लागी रसायनिक विषादी प्रयोग गरिदैन । केही मात्रामा असुरो तितेपातीको पात मिसाएर भण्डारण गर्न सकिन्छ ।

नर्सरी व्यवस्थापन

नर्सरीको लागी जग्गा छनोट

कफी नर्सरी ब्याड पानीको स्रोत भएको ठाँउमा बनाउनु पर्दछ । जग्गा छनोट गर्दा केही भिरालो, बर्षाको पानी निकास हुने खालको र ठुलो रुख बिरुवा नभएको ठाउँ छनोट गर्नुपर्दछ । जग्गाको माटो हल्का वा मध्यम दोमट खालको र माटोको जिवाणु, बिषाण ढुसि र जुका रहित हुनुपर्दछ । नर्सरी ब्याड बस्तु भाउबाट जोगाउन बारबन्देजको व्यवस्था गर्नुपर्छ र दैनिक रेखदेखको लागी घर नजिकै सकभर बनाउनु पर्दछ । बेर्नामा रोग र किराको प्रकोप हुन नदिन ब्याडको सरसफाई र जैविक बिषादी प्रयोग गर्नु पर्दछ, सकभर पुरानो कफीको बगैचाभित्र नर्सरी बनाउनु हुँदैन । ब्याडको आकार आवश्यकता अनुसार बनाउनु पर्दछ, बीउको मात्रा अनुसार ब्याडको आकार ठुलो वा सानो बनाउन सकिन्छ । ब्याडको लम्बाई आवश्यकता अनुसार, चौडाई १ मि. र उचाई १५ से.मि. को बनाउँदा राम्रो हुन्छ । ब्याडको चारैतिर ईटा, पिलर वा काठको फल्याक आदिले घेरी बिच भागमा जंगली माटो तिन भाग, गोबर मल दुई भाग र बालुवा एक भागको मिश्रण बनाई ब्याड पुर्नुपर्छ । ब्याड बनाई सकेपछि माटो उपचारको लागी कालो पलास्टीकले १५ दिन सम्म छोपेर राख्नु पर्दछ, वा ३ वर्ग मि. आकारको ब्याडको लागी २०० लि. तातो पानीले उपचार गर्नुपर्दछ ।

बीउ रोपण

बीउ रोप्नु भन्दा अगाडी मनतातो पानीमा १२ देखि १८ घण्टा भिजाएर राख्दा चाडो उम्रन्छ । बीउलाई ब्याडमा १० से. मि. को फरकमा लाइन बनाई ५ से.मि. को फरकमा घोप्टाएर रोप्नुपर्दछ । बीउलाई माटो, मल र बालुवाको मिश्रणले करिब २ से.मि. बाक्लो हुने गरी छोप्नु पर्दछ । बीउ रोपण पछि तातो पानीले उपचार गरिएको पराल वा जुटसिटले छोप्नु पर्दछ । धमिराको प्रकोप हुने ठाउँमा हरियो तितेपातीको छापो राख्नु पर्दछ । छापो हटाईसकेपछि १.मि. को अग्लो छहारी दिनु पर्दछ । बीउ उम्रेको, नउम्रेको निरीक्षण गर्नुपर्दछ, बीउ अंकुरण हुन थालेपछि पराल, बोरा वा छापो हटाई बेर्नालाई सजिलै बढ्न दिनु पर्दछ । ब्याडमा हरेक दिन बिहान पानी छर्ककनु पर्दछ । रोपण गरेको ३०—४० दिनमा बीउ उर्मन्छ ।

प्लास्टीक ब्याग तयारी

बेर्ना सार्नुभन्दा अगाडी नै रोप्ने थैलाहरु तयार पार्नुपर्दछ ।  थैला भर्दा जंगली माटो २ भाग, गोबर मोल २ भाग र बालुवा १ भागको मिश्रणलाई १५ दिन घाममा सुकाई उपचार गरेपछि भर्नुपर्दछ । पलास्टीक थैलाको आकार ५–७ इन्च (३०० गेज) को हुनुपर्दछ । र ३ मि.मि. को ३ जोडा प्वाल पार्नु पर्दछ ।  भरेको थैला एउटै लहरमा वा दोहारो लहरमा बासको कप्टेराले टेवा दिई अड्याउनु पर्दछ | बेर्ना उर्मेको १ हप्ता पछि टोपे अवस्थाको पलास्टीक थैलामा सार्नु पर्दछ । बेर्नाको मुल जराको टुप्पो (Main root) नचिमोटी सार्नुपर्दछ । बेर्ना ब्याडको एक छेउबाट जरा नचुडिने किसिमले बासको कप्टेरोको सहायताबाट झिक्नु पर्दछ । सोहि कप्टेराबाट थैलाको बिच भागमा प्वाल बनाई जरा सिधा पारी रोप्नु पर्दछ । 

थैलाको हेर विचार

ब्याडमा बिहानको घाम पर्ने गरी २ मि. अग्लो छापोको व्यवस्था गर्नुपर्दछ । पलास्टीक थैलालाई मिलाएर राख्दा १ पलास्टीक थैला बराबरको खाली ठाउँ राख्नु पर्दछ । हावा पानी र माटोको चिस्यान अनुसार हरेक दिन आवश्यकता अनुसार पानी दिनुपर्दछ । जरा, डाँठ वा पातमा रोग र कीरा उत्पन्न हुने किसिमको होचो, घाम नछिर्ने खालको छापो हुनु हुँदैन । समय समयमा रोग र कीराको प्रकोपबाट बचाउन जैविक विषादी, मलमुत्र प्रयोग गर्नु पर्दछ । बेर्नालाई स्वस्थ बनाउन प्रांगारिक झोलमोल, डायनामिक झोलमोल बनाई छर्नु पर्दछ । नर्सरी बिरुवामा फेद कुहिने रोग रोग बढी लाग्ने भएकाले समय समयमा ०.५ प्रतिशतको बोर्डो मिक्चर छर्नु पर्छ । बेर्ना लगाएको प्वाल औलाले थिचि प्वाल बन्द गर्नुपर्दछ । बेर्ना उखेल्दा माटोले छोपिएको पुरा भाग माटो मुनि पुरीनु पर्दछ । थैलामा सारीएका बेर्नाहरुमा पुन हजारीले सिंचाई गर्नु पर्दछ ।बेर्ना रोप्दा जरा बाङ्गो, टिङ्गो हुनु हुँदैन, घुमको, बाङ्गो जरा भएको बेर्ना रोप्नु हुँदैन । १ बर्षदेखि डेढ बर्षको बेर्ना रोपणको लागि तयार हुन्छ । प्राय असार, साउनमा बेर्ना रोपिन्छ । यदि सिंचाईको सुविधा भएमा ८ महिनाको बेर्ना फागुन, चैतमा रोप्न सकिन्छ ।

 गुणस्तरको कफी बेर्नामा हुनु पर्ने आधारभुत गुणहरु

बेर्नाको साइज कान्छी औला वा पेन्सील साइजको हुनुपर्दछ । कम्तीमा ६ जोडि पात भएको, एक देखि डेढ बर्षको र एक देखि डेढ फिटको स्वस्थ बेर्ना हुनुपर्दछ ।  बेर्नाको पातहरु हरियो चिल्लो कीरा नलागेको र जरा बाङ्गो टिङ्गो नभएको सिधा बढेको हुनु पर्दछ ।

1

जग्गा तयारी

बगैंचाको रेखांकन

कफी खेती व्यावसायिक रुपमा गर्दा  रेखांकन गरी लगाउनु आवश्यक हुन्छ ।  रेखांकन गरी लगाएको बगैंचा आकर्षक देखिनुको साथै काम गर्न सजिलो र कम खर्चिलो हुन्छ । बिरूवा लगाउनु भन्दा करिब दुई महिना पहिल्यै रेखांकन गर्नुपर्छ । जग्गाको अवस्था अनुसार रेखांकन वर्गाकार वा त्रिभुजाकार वा गरा–कान्ला तरिकाले गर्न सकिन्छ ।

  1. वर्गाकार तरिका
  2. आयातकार तरिका
  3. त्रिभूज/षट्कोणकार तरिका
  4. कान्ला/कन्टुर तरिका
  5. षटकोण प्रणाली (Hexagonal System)
  6. कुयीनकक्स (Quincux System)

सबै तरिकाबाट रेखांकन गर्नका लागी शुरुमा एउटा सिधा आधार रेखा तान्नु पर्दछ । आधार रेखा बनाउन ३ः४ः५ मिटर वा डोरीबाट बनाउन सकिन्छ । आधार रेखा सिधा छ छैन यकिन गर्न ३ वटा सिधा लठ्ठीहरु गाडनु पर्दछ । कुनै एउटा छेउको किलाबाट हेर्दा बाँकि २ वटा किला सिधा एउटै लाईनमा देखीएमा आधार रेखा सिधा भएको सम्झनु पर्दछ । जुनसुकै तरिकाबाट रेखांकन गरेपनि बिरुवा रोप्न निर्धारण गरीएको ठाउँमा किला गाडन बिर्सनु हुँदैन ।

1

१. बर्गाकार तरिका

2

२. आयातकार तरिका

1

३. त्रिभूज/षट्कोणकार तरिका

3

४. कान्ला/कन्टुर तरिका

5
५. षटकोण प्रणाली (Hexagonal System)

6
६. कुयीनकक्स (Quincux System)

विरुवा लगाउने खाडलको तयारी

विरूवा लगाउनु भन्दा एक दुई महिना पहिलेदेखि रेखांकन गरी खाडल खन्नु पर्छ । खाडल एक हात (४५ से.मि.) गहिरो र त्यतिकै चौडा हुनुपर्छ । माथिल्लो आधा भागको मलिलो माटो छुट्टै र तल्लो भागको माटो छुट्टै राख्नु पर्छ । खाडल खनेपछि १५/२० दिन त्यसै खुला राख्नु पर्छ, यसो गर्दा माटो भित्र रहेका कीरा एवं रोगका जीवाणु घामको रापले नष्ट हुन्छन् । खाडल पुर्ने समयमा खाडलको एकातिर थुपारेको माथिल्लो भागको माटोमा ४/५ केजी राम्रोसँग पाकको गोठे वा कम्पोष्ट मल, २५० ग्राम नीम वा च्यूरीको पीना/खरानी र २०० ग्राम कृषि चुन मिलाई खाडलको पीँंधमा राख्ने र त्यसपछि अर्कोतिर थुपारेको तल्लो भागको माटोले जमिनको सतह भन्दा १० से.मि. (चार इन्च) उचा हुने गरी खाल्डो पुर्नु पर्छ । यसरी पुरेको खाल्डोमा पछि विरूवा लगाउँदा थाहा पाउन ठीक बीचमा पर्ने गरी एक किला गाड्नु पर्छ ।

विरुवाको छनोट

कफीका विरूवा ठुला प्लाष्टिक थैला तयार गरी बोट एवं जरा सर्लक्क सिधा बढेको, कम्तिमा ३० से.मि. उचाई र ६/७ जोर पात भएका र ८ महिना देखि १८ महिना उमेरको हुनु पर्छ । जात छुट्टिएको, घाम पानी सहन सक्ने गरी कडा बनाइएको र विश्वासिलो नर्सरीबाट ल्याइएको हुनु पर्छ ।

विरुवा ढुवानी

प्लाष्टिक थैला सहितको विरूवा टाढाबाट ढुवानी गर्न अप्ठेरो र महङ्गो पर्ने भएकोले कफी पकेट क्षेत्रभित्र नै नर्सरी गरी विरूवा उत्पादन गर्नु पर्छ । कफीका बिरूवा प्लाष्टिक थैलामा माटोको गोला सहित सार्ने बगैंचामा लैजानु पर्छ ।

विरूवा सार्ने समय

कफीका विरूवा वर्षाको शुरु (असार) मा नै सार्नु राम्रो हुन्छ । कफी लगाउने जग्गामा पानी जम्ने समस्या भएमा वर्षातको आखिरी (भदौ तिर लगाउनु उपयुक्त हुन्छ । ठूलो प्लाष्टिक थैलाका विरूवा भए सिंचाई उपलब्ध हुने ठाउँमा फागुन महिनामा लगाउँदा एक वर्ष पहिले नै फुल फल लाग्न शुरु गर्दछन् । विरूवा बेलुकी पख सार्दा घामको तापले ओइलाउन पाउँदैन ।

विरूवा सार्ने तरिका

विरूवा लगाउने समयमा खाडल पुर्दा गाडेको किला उखलेर त्यसमा बिरूवाको गोला अटाउने खाल्टो बनाउनु पर्छ । पोली ब्यागबाट विरूवा निकाल्दा गोला नफुटाई निकाल्ने र गोला सहित खाल्टोमा राखी पुर्नुपर्छ । पुर्ने क्रममा प्लाष्टिक थैलामा जहाँसम्म माटोले ढाकेको थियो त्यति भाग मात्र विरूवा लगाउँदा पुर्नुपर्छ । कम पुरे विरूवा सुक्ने र बढी पुरे डाँठ कुहिने डर हुन्छ । खाडल ताजा घाँसपात राखी तत्काल पुरेको हुनु हुँदैन । यस्तो घाँसपात सड्दा निस्कने तातोले विरूवाको जरा जलाउने र त्यहाँ रहेको हावाले सुकाउन सक्छ । विरूवा रोपेको फेद वरिपरिको माटो बसेर दब्ने र पानी जम्ने सम्भावना रहने भएकाले जमिन सतह भन्दा १०— १५ ईन्च अग्लो हुने गरी माटो उठाउनु पर्छ । बिरूवाको मूल जरा चुडिएको, बाङ्गो भई बटारिएको, मसिनो डाँठ भै अल्गिएको र अस्वस्थ विरूवा सार्नु हुँदैन । बेजात देखिने र बोट मुनि आफैं उम्रिएका विरूवा पनि सार्नु हुँदैन, यस्ता विरूवाबाट गुणस्तरहिन फल उत्पादन हुन्छ ।

बाली व्यवस्थापन तथा हेरचाह

मलखाद व्यवस्थापन

बोट बढ्न, निश्चित आकार दिन तथा हाँगा र पातको समुचित वृद्धि र विकासको लागि आवश्यक खाद्यतत्वको मात्रा तथा माटोले मल सोसेर लिन सक्ने क्षमताको र माटो वा बोटको पात जाँच गरेर प्राप्त नतिजाको आधारमा मलखादको मात्रा सिफारिस गरिन्छ । साधारणतया फलले माटोबाट लिएको पोषक तत्वको मात्रा अर्को वर्ष फल लाग्ने डाँठ/पात/हाँगा/काण्डलाई आवश्यक पर्ने पोषक तत्व र माटोबाट उडेर र चुहिएर जाने पोषक तत्व समेत विचार गरी मलखादको मात्रा सिफारिश गरिन्छ । हुर्केको र धेरै फल्ने कफी बोटलाई प्रतिवर्ष सामान्यतया १०० ग्राम नाइट्रोजन, २०–३० ग्राम फस्फोरस र १०० ग्राम पोटास मलको आवश्यकता पर्दछ । १ टन क्लिन बिन उत्पादन गर्दा ४० के.जी. नाइट्रोजन, ७ के.जी. फस्फोरस र ४५ के.जी. पोटास उपयोग गर्छ । तसर्थ उत्पादकत्वका आधारमा पनि मलको मात्रामा फरक पर्छ ।

  1. साधारणतय पहिलो वर्ष  ५ ग्राम नाइट्रोजन र ५ ग्राम पोटास प्रति बोट ३–४ पटक दिने ।
  2.  दोस्रो बर्ष १० ग्राम नाइट्रोजन र १० ग्राम पोटास प्रतिबोट ३–४ पटक गरेर दिने ।
  3.  तेस्रो देखि पाँचौ वर्ष १२ ग्राम नाईट्रजन, ५ ग्राम फस्फोरस र १२ ग्राम पोटास प्रतिबोट ३–४ पटक गरेर दिने |

प्रभावकारी रूपमा मलको प्रयोग गर्ने तरिका

  1. प्राङ्गरिक मलको प्रयोग बढी भन्दा बढी गर्ने ।
  2. खेतबारीमा भएका झारपातहरू कुहाएर पुनः प्रयोग गर्ने ।
  3. हाँगाहरु जहाँसम्म फैलिएको छ, सो को मुनि ३० देखि ४० से.मि. लम्बाई, २० देखि ३० से.मि.चौडाई र १५–२० से.मि. गहिरो खाडल खनि मल राख्ने ।
  4. प्रत्येक वर्ष हाँगाहरु फैलिए अनुसार बोटबाट दूरी मिलाई खाडल खनि मल राख्ने र खाडल फरक दिशामा बनाउने ।
  5. महिनामा एक पटक झोलमलको प्रयोग गर्ने ।
सिंचाइ सुविधा 

कफीलाई अरु बालीको जस्तो बढि सिंचाईको आवश्यकता पर्दैन | यो सुख्खा सहन सक्ने बाली भएपनि सम्बेदनसिल अवस्थामा फुल फुल्ने र फललाग्ने अवस्था) माटोमा चिस्यान हुनु पर्दछ । पहिलो वर्ष माटोको चिस्यान हेरी सिंचाई गर्नु पर्दछ । हुर्केर फल लाग्न थालेपछि फागुन देखी जेष्ठ महिना सम्म बढि सुख्खा हुने भएको र त्यती बेलै फुल फुल्ने र फल लाग्ने समय भएको हुनाले सिंचाईको व्यवस्था हुनु पर्दछ र त्यसको लागी पानीको श्रोतको विचार गर्नु पर्दछ |

सिंचाई/चिस्यान व्यवस्थापन

कफी बाली पानी कम भएको ठाउँमा पनि लगाउन सकिने बाली भएकोले यसलाई विशेष किसिमको सिंचाईको आवश्यकता पर्दैन । तर लामो समयसम्म सुख्खा भएमा त्यसले कफी उत्पादनमा नकारात्मक असर पार्दछ । हाम्रो देशमा पुष देखि चैत्र/वैशाखसम्म वर्षा कम हुने र कफीको फूल फुल्ने, फल लाग्ने समय पनि यिनै समयमा शुरु हुने भएकोले कफी खेतीमा चिस्यानको व्यवस्था गर्न आवश्यक हुन्छ । यसका लागि माटोमा चिस्यान व्यवस्थापन गर्न विशेष ध्यान दिनु पर्दछ । बिरूवा लगाएको वर्ष, फूल फुल्ने समय र फलको विकास हुने अवस्था कफीको अति संवेदनशील अवस्थाहरु critical stages हुन् । यी अवस्थाहरुमा सिंचाई गर्दा उत्पादनमा दोब्बरसम्म वृद्धि हुन सक्छ । अन्य देशहरुमा गरिएको अनुसन्धानबाट फूल फुल्ने समयमा मात्र पनि सिंचाई गर्दा लगभग ५०% उत्पादनमा वृद्धि भएको पाइएको छ । पहाडको भिरालो जग्गामा निकासको आवश्यकता नभएपनि समथर जग्गा भएको बारीमा कफी लगाउँदा निकासको व्यवस्था गर्न आवश्यक हुन्छ । लामो समयसम्म वर्षाको पानी जमिरह्यो भने जराले प्राण वायु (अक्सिजन) पाउँदैन र मर्न थाल्दछ । तसर्थ बोटको दुई लाइन बीचबाट एक फिट चौडा र डेढ फिट गहिरो पानी निकासको नाली खन्नु पर्दछ र सबै ठाउँको पानी यी नालीबाट ठूलो नालीमा जोडी पोखरीमा गएर जम्मा हुने व्यवस्था मिलाउँदा राम्रो हुन्छ ।

सिँचाइको आवश्यकता हुने सम्वेदनशील अवस्था

१) विरूवा लगाइएको वर्ष साना विरूवाको जरा माटोमा
२) फुल फुल्ने समयमा
३) फलको विकास हुने समयमा

पानी निकास

पहाडको भिरालो जमिनमा पानी निकासको आवश्यकता नभएपनि समथर जग्गामा लामो अवधिसम्म वर्षाको पानी जमिरहेमा बिरूवाको जराले अक्सिजन पाउँदैन र कुहिएर मर्न थाल्छ । यसर्थ बोटको बीचबाट एक–फुट गहिरो पानी निकासको नाली खन्नु पर्दछ । सबै ठाउँको पानी यी नालीबाट ठूलो नालीमा जोड्नुपर्छ र अन्त्यमा पोखरीमा जम्मा हुने व्यवस्था मिलाउनु पर्छ । यो पोखरीको पानी पछि सिँंचाइको लागि प्रयोग गर्न सकिन्छ ।

माटोको संरक्षण

भिरालो माटोमा जथाभावी खनजोत गर्दा माटोको भौतिक अवस्था कमजोर हुने, ठूलो हुरी बतास र दर्कने पानीले खुकुलो माटोलाई उडाएर एवं बगाएर लैजाने गर्छ । यसरी माटो उड्न तथा बग्न नदिन गह्रा बनाउने, घाँस एवं बिरूवा रोपी माटो संरक्षण गर्नुपर्छ । माटोको संरक्षणको निम्ति भिरालो जग्गामा समउच्च रेखा contour line पत्ता लगाई त्यसमा कफी बिरूवा लगाउने अथवा गह्रा बनाई लगाउने गर्दा माटोको बहाव  रोक्न पुग्छ । जमिनको भिरालोपन १०–२० प्रतिशत (१०० मिटर जमिनको लम्बाइमा १०–२० मिटर उचाइ कम हुन) भएको जग्गामा “ए–फ्रेम” प्रयोग गरी समउच्च रेखामा गह्रा बनाई कफी बोट रोप्नु पर्छ । बढी भिरालो जग्गामा कफी बिरूवा लगाउन उपयुक्त हुँदैन । 

झारपात व्यवस्थापन

कफी बिरूवा लगाइएको पहिलो तीन वर्षसम्म नियमित रुपमा झारपात नियन्त्रण अनिवार्य रुपले गर्नुपर्छ । झारपातले बिरूवासँग खाद्यतत्व र चिस्यानको लागि प्रतिस्पर्धा गर्छ र बोटमा सूर्यको प्रकाश छिर्न दिंदैन जसको फलस्वरुप खास गरेर साना बोट कमजोर हुन्छन् र मर्दछन् । झारपातको नियन्त्रण निम्न अनुसार गर्न सकिन्छ ।

झारपात उखेल्ने

नया बगैंचामा वर्षको ३–४ पटक र पुरानो बगैंचामा २–३ पटक झारपात उखेलेर, काटेर वा छाँटेर नियन्त्रण गर्नुपर्छ । वर्षातको समयमा झार काटेर छाड्ने र वर्षातको अन्तमा गोडेर बगैंचा सफा राख्ने गर्नुपर्छ ।

झार खनेर पल्टाउने

वर्षातको अन्तमा नया  बगैंचामा १–१.५ फिट गहिरो र पुरानो बगैंचामा ३ ईन्च हलुका खनाई गरी झार पुर्ने गर्दा जमिन उर्वर हुन्छ, झार कम आउँछ र माटोमा चिस्यान रहिरहन्छ ।

छापो हाल्ने

वर्षातको अन्ततिर गोडमेल गरी छहारी रुखको पात, काटेको झारपात, कफी फलको बोक्रा र अन्य प्राङ्गारिक पदार्थले छापो हाल्दा झार नियन्त्रण हुन्छ । साना बिरूवालाइ छापो दिनु अति जरुरी हुन्छ ।

मिश्रित बाली लगाउने

मिश्रित बालीलाई अन्तरबाली, सहयोगी बाली, बहुतले खेती, विविध बाली खेती प्रणाली आदि नामले चिनिन्छ । एक आपसमा मेल खाने दुई वा दुईभन्दा बढी बालीलाई जमिनको सदुपयोग हुने गरी लगाउँदा कुनै एक बाली नोक्सान भए पनि अर्को बालीबाट क्षतिपूिर्त हुन सक्छ । कफी बोटमा छहारीको रुपमा लगाइएका छायाँदार रुखहरुबाट घाँस, दाउरा, काठ आदि उपलब्ध हुन्छ, माटोको भू–क्षय रोकिन्छ, पातबाट छापो र प्रांङ्गारिक मल प्राप्त हुन्छ, कफीको जरालाई न्यानो राख्छ, बोटलाइ शितल बनाउँछ, वातावरण शुद्ध बनाउँछ र कफी फलको गुणस्तर बढाउँछ । डेस्मोडियम, सिरात्रो, तरवारे सिमी वा कोशेवालीका कुनै पनि जात कफी बालीमा मिसाएर रोपेमा माटोको मलिलोपना बढ्नुको साथै चिस्यान कायम राख्न मद्दत पुग्छ ।

अन्तरबाली लगाउने

कफी बिरूवा लगाइएको २–३ वर्षसम्म बोटहरुको बीचको खाली जमिनमा हरियो मल बाली, कोसे घाँस बाली, कोसेबाली, तरकारी बाली, आलु, सखरखण्ड, बन्दा, अदुवा, हलेदो आदि अन्तरबालीको रुपमा लगाउन सकिन्छ । नेपालमा प्राङ्गारिक कफी मात्र उत्पादन गर्ने लक्ष्य भएको हुनाले अन्तरबाली लगाउँदा यी बालीहरुमा पनि रासायनिक मल तथा विषादीको प्रयोग नगरी प्राङ्गारिक मल तथा विषादी प्रयोग गर्नुपर्छ ।

कफी रोपाई सम्बन्धित समस्याहरु

गहिरो रोपणबाट हुने समस्या र व्यवस्थापन

कफीको बेर्ना प्लाष्टिक ब्यागमा जति माटोले पुरेको छ त्यति नै माटोले छोपी रोप्नु पर्छ । तर रोप्ने तरिकाको ज्ञानको अभावले गर्दा र कफी रोप्ने खाडल उपयुक्त प्रबिधी अनुसार तयार नपार्दा रोपीसके पछि माटो दबेर रोपेको बेर्ना चाहिने भन्दा बढी माटोले पुरिन्छ । यसले गर्दा डाँठ/जरा कुहेर बेर्ना मर्दछ । कफी र रोप्ने खाडल मल माटो मिलाई एक महिना पहिले पुरी राखेको खाल्डोमा बिरुवा रोपेमा बेर्ना मर्ने समस्या धेरै घटाउन सकिन्छ ।

छहारीको कमी बाट हुने समस्या र व्यवस्थापन

कफीमा छहारी नभएमा वा छहारीको कमी भएको खण्डमा सेतो गबारोको आक्रमण बढी हुन्छ । यसको साथ साथै कफीको पातहरु तथा फलमा पनि सूर्यको प्रकाशले गर्दा पात तथा फलको बोक्रा डढ्ने समस्या हुन्छ ।  छहारीको कमीबाट हुने समस्या न्युन गर्न कफी लगाउदाँ छहारी भएको ठाँउमा लगाउनु पर्छ । यदि छहारी छैन भने कफी लगाउन भन्दा एक वर्ष पहिले छहारीको वोट लगाउनुपर्छ । यसका साथै विरुवा रापेको वर्ष तुषारोबाट बचाउन अस्थाई छहारीको व्यवस्था गर्नुपर्छ ।

निकासको कमी बाट हुने समस्या र व्यवस्थापन

भिरालो जग्गामा कफी लगाउँदा माटोमा चिस्यानको मात्रा बढी हुने समस्या आउने सम्भावना कम हुन्छ । तर समतल गरामा कफी लगाउँदा निकासको राम्रो प्रबन्ध नभएमा माटोमा चिस्यान बढी भई जरा कुहिएर बोट नबढ्ने तथा मर्ने सम्भावना हुन सक्छ । यो समस्या आउन नदिन कफी लगाउदाँ निकासको रामा्रे व्यवस्था गर्नु पर्छ ।

कफीको बाटेको काँटछाँट

बोटलाई स्वस्थ, बलियो एवं सन्तुलित राख्न र नियमित रुपमा गुणस्तरको फल बढी उत्पादन गर्न शुरु देखि नै बोटको तालिम गर्नु पर्छ । 
कफीको बोटको आकार बनाउन विरूवा लगाएदेखि बिचार गर्नु पर्छ । बोटलाई दिइने तालिमको प्रकार जमिनको बनोट, कफीको जात, बगैंचाको वातावरण (छहारी भएको/खुला), कृषकको ज्ञान, सीप, इच्छा आदिमा भर पर्दछ । 

काँटछाँट गर्ने समय

कफी बोटको मुख्य काँटछाँट फल टिपिसकेपछि फूल लाग्नुभन्दा अगाडि फागुन चेैत महिनामा गरिन्छ । बोटको अवस्था, त्यस स्थानको हावापानी तथा आवश्यकता अनुसार यो काँटछाँट वैशाख/जेठसम्म पनि गर्न सकिन्छ । यसको अलावा दोस्रो पटकको हलुका काँटछाँट (टुसा हटाउने कार्य /नयाँ मुनाको छट्नी पनि साउन भदौमा गरिन्छ | 

काँटछाँटको बहु वर्षीय चक्र

पहिलो काँटछाँट

बगैचामा रोपेर ४–५ वर्ष पुगेको बोटलाई जमिन भन्दा ४ फिटको उचाइमा काट्ने । टुप्पोबाट पलाएका टुसाहरु मध्ये सबभन्दा बलियो र राम्रो देखिने दुईवटा हाँगाहरुलाई बढ्न दिई बाँकी टुसाहरु हटाउने ।

दोस्रो काँटछाँट

रोपेको ७–९ वर्ष (पहिलो काँटछाँट गरेको ३–४ वर्ष पछि दुवै हाँगालाई ३–४ फिट बाँकी राखी काट्ने । यसो गर्दा बोटको जम्मा उचाइ ७–८ फिट हुन्छ । टुप्पोबाट पलाएका टुसाहरुमध्ये बाहिर तिर फर्केर पलाएको एउटा बलियो राम्रो टुसा बढ्न दिई अरु टुसा हटाउने ।

तेस्रो काँटछाँट

रोपेको ९–१२ वर्ष (दोस्रो काँटछाँट गरेको २–३ वर्ष पछि) जमिनबाट १ फिटको उचाइमा काट्ने । नया पलाएका हाँगाहरु मध्ये दुईवटा बलियो र राम्रो हाँगालाई बढ्न दिई अरु हाँगा काटेर हटाउने ।

चौथो काँटछाँट

रोपेको ११–१५ वर्ष (तेस्रो काँटछाँट गरेको ३ वर्ष पछि दोहोरो डाँठ दुवैलाई जमिन देखि ४–५ फिटको उचाईमा काट्ने । चौथो काँटछाँट पछि बोटको उचाई ५–६ फिटको हुन्छ | दुवै डाँठबाट नयाँ पलाएका टुसाहरु मध्ये बाहिर तिर फर्केर पलाएको एउटा बलियो राम्रो टुसा बढ्न दिई बाँकी टुसा हटाउने ।

पाँचौ काँटछाँट

रोपेको १५–१९ वर्ष (चौथो काँटछाँट गरेको ४ वर्ष पछि दोहोरो हाँगाको दुवै फेदबाट २ फिट जति माथि सम्म सबै हाँगाहरु हटाई सफा गर्ने ।  दुवै हाँगालाई भुईतिर फरक दिशातिर नुगाई डोरीले बाधेर राख्ने ।

छैठौं काँटछाँट

रोपेको १६–२० वर्ष (पाँचौ काटछाँट गरेको एक वर्ष पछि नुगाएको पुरानो हाँगालाई काट्ने । नया पलाएका हाँगाहरु मध्ये बलियो र राम्रो २–३ वटा हाँगालाई बढ्न दिई बाँकी हाँगाहरु हटाउने ।

काटछाँट गर्दा ध्यान दिनु पर्ने कुराहरू
  • एउटै बगैचामा भएका बोटहरूको काँटछाँटको प्रकृति उस्तै नहुन सक्छ । प्रत्येक बोटको आकार वृद्धि क्षमता आदिलाई ध्यानमा राखी काँटछाँट गर्नु पर्दछ ।
  • टुप्पाबाट फेद तिर मर्दै आएका हाँगाहरूलाई बढी काँटछाँट गर्नुपर्दछ । यसो गर्दा फल लाग्ने नया हाँगाहरूको विकास हुन्छ ।
  • फल लाग्ने हाँगाहरू राम्रोसंँग पलाउने गरेका बोटहरूमा भने हल्का काँटछाँट गरे पनि पुग्छ ।
  • कफीको जात अनुसार उचाइ राखी बोटको टुप्पा काट्नु पर्दछ ।
  • हावा बढी लाग्ने तथा रूखो जग्गामा लगाएको कफीको उचाइ मलिलो जग्गामा लगाएको कफीको उचाइ भन्दा कमै राख्नुपर्छ ।
  • मूल हाँगाको टुप्पा काट्दा मुख्य हाँगाको सबभन्दा माथि रहेको प्राथमिक हागाको पनि टुप्पा काट्नुपर्छ ।
  • टुप्पा काटि सकेपछि मूल हाँगामा अन्य चोर हाँगाहरू पलाउन दिनु हुँदैन ।
  • सुख्खा र गर्मी ठाउँमा गर्मीको समयमा पलाउने केही हाँगाहरू पलाएपछि मात्र काँटछाँट गर्नु उचित हुन्छ ।
  • पानीको मात्रा नपुगेको बोटहरू तथा टुप्पा मर्ने समस्या देखिएका बोटहरूमा काटछाँट गर्दा माटोमा प्रशस्त चिस्यान भएको समयमा मात्र गर्नुपर्दछ ।
  • काँटछाँट गर्दा बुढा, भाँचिएका भूइमा लत्रिएका, फल लाग्न छाडेका, रोगी, एक आपसमा जोडिएका, मरेका/सुकेका हाँगाहरू मात्र हटाउनु पर्दछ ।
  • काँटछाँटको खास फाइदा लिने हो भने (जेठ–असार) तिर एक पटक हाँगा छाट्ने, चोर हाँगाहरू हटाउने काम गर्नुपर्दछ ।
  • फेद काट्दा करौतीको सहायताले ४५ डिग्री छड्के हुने गरी काट्नु पर्दछ ।
  • कफीको बोटलाई उपयुक्त आकारको बनाउन र कफीको बोटबाट बढी भन्दा बढी उत्पादन लिनको लागि काँटछाँट र तालिम गर्ने कार्य महत्वपूर्ण कार्य हो । यो एक जटिल प्रक्रिया हो जुन कार्य कफीको जात र लगाइएको स्थान अनुसार फरक -फरक तरिकाले गर्ने गरिन्छ ।
  • काटेको भागमा बोर्डो पेष्ट  तत्कालै लगाउनु पर्छ ।
कफीमा काँटछाँट गर्दा गरिने महत्वपुर्ण कार्यहरु र छहारी

ह्याण्डलिङ

कफीको बोटको मूख्य हाँगाबाट बाक्लोसँग पलाएका नयाँ सहायक हाँगाहरुलाई हातले हटाउने कार्यलाई ह्याण्डलिङ गर्ने भनिन्छ । यो कार्य गर्दा मुख्य हाँगाको आंख्लाबाट दुवैतर्फ पलाएका सहायक हाँगाहरु मध्ये एकातिर एकभन्दा बढी नयाँ हाँगाहरुलाई हटाउनु पर्छ । यो कार्य जेठ—आषाढ र भदौ—असोज महिनामा गर्नु उपयुक्त हुन्छ ।

सेन्टरिङ

कफीको बोटको मूल हाँगाबाट ६ इन्च वरिपरि नयाँ पलाएका हाँगाहरु हटाउने कार्यलाई सेन्टरिङ भनिन्छ । यो कार्यबाट बोटमा हावा र प्रकाशको राम्रो संचार हुन पाउँछ । यो कार्य आषढ—श्रावण महिनामा गरिन्छ ।

ग. डिसकरिङ 
त्यसैले मूल हाँगाबाट पलाएका ठाडा मूनाहरुलाई हटाउने कार्यलाई  डिसकरिङ भनिनछ । यो कार्य आषाढ—श्रावण महिना र कार्तिक—मङिसर महिनामा गरिन्छ । 

2                                                
छहारीको किसिम 

क) तत्कालीन छहारी

कफीका कलिला बिरूवालाई तुषारो पर्ने मौसम (मंसिर देखी माघ) र सुख्खा मौेसम (फागुन देखि जेष्ठ) मा छहारीको अति जरुरी हुन्छ । त्यसको लागि धेरै समयसम्म पात नझर्ने रुखका हाँगाहरु जस्तै कटुस वा बाँसको स्याउला, बाँसको टोकरी, चित्रा, खर, पराल, बोरा आदिको छादन बनाई प्रत्येक बोटमा छाँया दिनुपर्छ । त्यसको साथै दुई बोटको बीचमा छिटो बढ्ने प्रकारका कोसे बालीहरु जस्तै अरहर, ढैंचा, सनहेम्प, टेफ्रोसिया आदि लगाउन पनि सकिन्छ । 

3
) अस्थायी छहारी

छहारी दिनको लागि ठुल्ठुला छाँयादार स्थायी बिरूवा नहुर्किन्जेलसम्मको लागि अस्थायी छहारीको व्यवस्था मिलाउनु पर्दछ । अस्थायी छहारीका रुखहरु कफी बिरूवा रोप्नु भन्दा १ देखि २ वर्ष अगाडि नै रोप्नु पर्दछ । यिनीहरु छिटो बढ्ने, पात मसिनो वा सानो हुने, कफी बालीलाई नोक्सान नपुर्याउने प्रकारको हुनुपर्छ ।अस्थायी छहारीका रुखहरु कफीको प्रत्येक दुई वा तीन लाइनको बीचमा रोप्नु पर्छ र स्थायी रुख हुर्के पछि हटाउनु पर्छ । इपिल इपिल, डाडाप, फलेदो, शितल चिनी, केरा, मेवा, आदि अस्थायी ५ छहारीको रुपमा लगाउन सकिन्छ । केराले जमिनबाट बढी पानी सोस्ने हुँदा सिंचाईको सुविधा भएको ठाउँमा मात्र यसलाई लगाउनुपर्छ ।

ग) स्थायी छहारी

यस्ता रुखलाई शुरुमा ४ देखि ५ मिटरको फरकमा रोप्ने र बोट हुर्केर बढी छहारी दिन थालेपछि बीच बीचका बोट हटाई स्थान र अवस्था अनुसार ८ देखि १० मिटरको फरकमा स्थायी किसिमले राख्नु पर्छ । कफी बालीले हलुका छहारी मन पराउने हुँदा ५०% घामछायाँ बोटमा पर्ने गरी रुखहरुलाई समय समयमा काँटछाँट गरी पतल्याउनु पर्छ । कफीलाई बढी पहारिलो ठाउँमा ५० देखि ६० प्रतिशत, मध्यम ठाउँमा ४० देखि ५० प्रतिशत र उच्च भागमा ३५ देखि ४० प्रतिशत छहारीका आवश्यकता पर्छ । उत्तर मोहडा भएको जमिनमा पनि कम छहारी दिएपुग्छ । 
      4 

रुख बिरुवा (डाडाप) /चिलाउने रुखको स्थायी छहारी

छहारी रुखको काँटछाँट र व्यवस्थापन डाले घाँस सुख्खा समयमा काट्दा पुरै नकाटी बीच बीचका हाँगा छहारीको लागि राखी आधा (५० प्रतिशत) मात्र काट्नु पर्छ । हाँगा पतल्याउँदा काण्डको सतहमा नै नकाटी केही माथि ठुटा राखेर काट्नु पर्छ ताकि ती ठुटाबाट पुन डाले घाँस पलाअ‍ोस् । वर्षातको समयमा छहारीको बढी आवश्यकता नपर्ने हुँदा काँटछाँट गरी पातहरु कफी बगैंचामा छापो (मल्चीङ) दिन सकिन्छ । स्थायी छहारी रुखहरुलाई ३ देखि ४ मिटर उचाईसम्म एकल काण्ड पद्धतिमा हुर्काई त्यसपछि रुखको माथिल्लो भागमा मात्र तेर्सो गरी फैलिने हाँगा विकास गर्नुपर्छ र मूल काण्ड ७ मिटर अग्लो भएपछि यसको टुप्पा काट्नु पर्छ । कफी बाटको टुप्पाको भाग र छहारी रुखको तल्लो हाँगाको बीचमा सूर्यको प्रकाश पर्न र हावा खेल्न दिनको लागि कम्तिमा ५ फिट जति खुला ठाउँ राख्नुपर्छ । पहाडी जग्गाको बनोट अनुसार छहारी रुखहरुलाई उपयुक्त ठाउँ हेरी कान्ला एवं गराको डिलमा लगाउन सकिन्छ । छहारी रुख एउटै जात वा किसिमको नभई विभिन्न किसिमको हुनु राम्रो हुन्छ ।

1

कफीलाई चाहिने पोषकतत्वहरु माटोमा कम भएमा विभिन्न लक्षणहरु देखा पर्दछन्

नाईट्रोजनको कमी
शुरुमा पुरानो पातहरु पहेलो हुनु र पछि पुरै पात पहेलिनु तथा बृद्धि रोकिनु, उत्पादनमा कमिहुनु
1
 फोस्फोरसको कमी
बनस्पतिक बृद्धि कम हुने, कोपिला राम्रो संग बन्न नपाउने, फल सानो हुने, फलको बोक्रा खस्रो र बाक्लो हुने, फल छिपिनु अघि नै झर्ने ।

2

पोटासको कमी
फलको आकार सानो हुने,बोक्रा चिल्ला र पातलो हुने,फल झर्ने र फुटने हुन्छ ।

3

 जिंकको कमी
शुरुमा पात पहेलिनु तर पातका नसाहरु हरियो र हन्छ । पछि पातमा डढेको थोप्लाहरु देखापर्दछ 

4

 म्यागनेसियमको कमी शुरुमा पात पहेलिनु तर नसाहरु हरियो रहन्छ । धेरै नै कमी भएमा पुरै पात तामा रंगको देखिने भै अन्त्यमा पात झर्दछ ।

5
 आइरनको कमी नयाँ पालुवामा नसा हरियो तर बीचको भाग पहेलो हुन्छ ।

6
 सल्फरको कमी बसन्त ऋतुमा निस्किने नाया पालुवा तथा कलिला पात पुरै पहेलिन्छ तर पुराना पातहरु हरिया नै हुन्छ ।

5
 क्याल्सियमको कमी नयाँ पातको किनारामा हरितकण हराएर जान्छ । हाङ्गाहरु टुप्पाबाट तल तिर मर्दै जान्छ ।

7
 बोरोनको कमी फल सानो हुने र फल फुट्ने गर्छ ।

9
गहिरो रोपण
कफीको बेर्ना प्लाष्टिक ब्यागमा जति माटोले पुरेको छ त्यति नै माटोले छोपी रोप्नु पर्छ । तर रोप्ने तरिकाको ज्ञानको अभावले गर्दा र कफी रोप्ने खाडल उपयुक्त प्रबिधी अनुसार तयार नपार्दा रोपीसके पछि माटो दबेर रोपेको बेर्ना चाहिने भन्दा बढी माटोले पुरिन्छ । यसले गर्दा डाँठ/जरा कुहेर बेर्ना मर्दछ ।कफी र रोप्ने खाडल मल माटामा मिलाई एक महिना पहिले पुरी राखेको खाल्डोमा बेनो रोपेमा बेर्ना मर्ने समस्या धेरै घटाउन सकिन्छ ।
1

छहारीको कमी

कफीमा छहारी नभएमा वा छहारीको कमी भएको खण्डमा सतो गवारोको आक्रमण बढी हुन्छ । यसका साथ साथै कफीको पातहरु तथा फलमा पनि सूर्यको प्रकाशले गर्दा पात तथा फलको बोक्रा डढ्ने समस्या हुन्छ ।

छहारीको कमीबाट हने समस्या न्यनु गर्न कफी लगाउँदा छहारी भएको ठाउँमा लगाउनु पर्छ । यदि छहारी छैन भने कफी लगाउनु भन्दा एक वर्ष पहिले छहारीको बोट लगाउनु पर्छ । यसका साथै बिरुवा रापेको वर्ष तुषारोबाट बचाउन अस्थाई छहारीको व्यवस्था गर्नुपर्छ ।

११

निकासको कमी

भिरालो जग्गामा कफी लगाउँदा माटोमा चिस्यानको मात्रा बढी हुने समस्या आउने सम्भावना कम हुन्छ । तर समतल गरामा कफी लगाउँदा निकासको राम्रो प्रबन्ध नभएमा माटामो चिस्यान बढी भई जरा कुहीएर नबढ्ने तथा मर्ने सम्भावना हुन सक्छ ।
यो समस्या आउन नदिन कफी लगाउँदा निकासको राम्रो व्यवस्था गर्नु पर्छ ।
१

रोग व्यवस्थापन

नर्सरीका रोगहरु पहिचान  

नर्सरी राख्दा राम्रो व्यवस्थापन नपुगेमा नर्सरीमा विभिन्न रोगहरु लाग्दछन् । खैरो पात थोप्ले, बेर्ना कुहिने, आदि नर्सरीको कलिला बेर्ना/बोटहरुमा लाग्ने प्रमुख रोगहरु हुन् । नर्सरी राख्दा ज्यादै साना प्लाष्टिकका थैला प्रयोग गरेमा, थैला भर्ने सामग्री, रोग लागको ठाउँको प्रयोग भएमा र कम्पोस्ट उचित मात्रामा नभएमा, नसर्रीमा पानी जम्मा हुने स्थिति भएमा तथा उचित छहारीको व्यवस्था नभएमा बेर्ना कुहिने र खैरो पात थोप्ले रोग देखा पर्दछ ।

लक्षण

  1. पात थोप्ले रोग लागेमा पातमा खैरा थोप्लाहरु देखिन्छन ।
  2. थोप्लाको बीच भाग हल्का खैरो र छेउछाउ गाढा रङ्गको हुन्छ ।
  3. थोप्लाहरुको आकार बढ्दै जाँदा दुई वा दुई भन्दा बढि थोप्लाहरु जोडिएर पात पुरै मर्छ र झर्छ ।  
  4. बेर्ना कुहिने रोगमा जरा खैरो हुँदै सड्न थाल्छन्
  5. बेर्नाहरु ओईलाउँदै मर्न थाल्दछन् । 

1

व्यवस्थापन 

  • ब्याड बनाउँदा र थैलामा मल माटोको मिश्रण भर्दा निर्मलीकरण गरेको माटो र बालुवा तथा पाकेको कम्पोष्ट मात्र प्रयोग गर्ने 
  • सिंचाईको उचित व्यवस्था मिलाउने 
  • प्लाष्टिकको थैला राख्दा लाइन मिलाएर हावा खेल्न सक्ने गरी राख्ने 
  • सर्चको प्रकाश छिर्न सक्ने गरी हल्का छहारीको व्यवस्था गर्ने 
  • निरोगी बीउ मात्र प्रयोग गर्ने 
  • बोर्डोमिक्सचर ०.५% ले नर्सरीको उपचार गर्ने
कोत्रे रोग

यो रोग Colletotrichum gloeosporioides नामक ढुसीको आक्रामणबाट लाग्छ । यसले पात, हाँगा र फलहरुमा समेत आक्रमण गर्दछ । यो ढुसीको कारणले कफीमा ३ प्रकारका रोगहरु लाग्दछन् ।
क. टुप्पा मर्ने (twig die back)
ख. फल र पात कुहिने(stalk rot of berries and leaves)
ग.  पातको खैरो डढुवा (Brown blight of leaves)

टुप्पोबाट हाँगा मर्ने रोग

कारण

यो रागे सुक्खा मासैममा प्राय जसो असोज/कार्तिक देखि वैशाख/जेष्ठसम्म लाग्दछ र फुल खेलेपछिको वर्षा पछि यसको प्रभाव सबभन्दा बढी हुन्छ ।
यो रोग छहारीको कमी भएमा, असिना आदिबाट हाँगामा परेको चोट, रोगको आक्रमण सहन नसक्ने कफीको जात र माटोमा चिस्यानको कमीको कारणले चाँडै फैलिन्छ ।

लक्षण

  1. पातहरु पँहेलिदै झर्न थाल्दछ ।
  2. सानो बिरुवा भएमा पुरै बिरुवा मर्दछ भने रोगको शुरु अवस्थामा ठुलो बिरुवाका हाँगाहरु टुप्पाबाट पँहेलिन थाल्छन् ।
  3. फूल फुल्ने हाँगाहरुमा यो रोग लागेको छ भने फूल फुल्दैन ।  
  4. रोगग्रस्त बोटको मुख्य हाँगा नजिकै प्राथमिक तथा सहायक हाँगाहरुमा नयाँ पालुवाहरु पलाएर बढ्दछन् जस्ले गर्दा बोट झ्याम्म परेको देखिन्छ । रोगी बोटमा पलाएका पातहरु सानो, चाउरिएको हल्का पहेलो र बाक्लो हुन्छ । 
  5. दुई आख्ला बीचको भाग छोटो हुन्छ वा अन्तर आख्लाको लम्बाई कम हुन्छ ।   
  6. बोटको मर्ने क्रम टुप्पोबाट शरुु भएर बढ्दै जान्छ ।

1
चित्र: टुप्पोबाट हाँगा मर्ने रोग 

पात र फलको भेट्नु कुहिने रोग 

कारण

  1. कम तापक्रम र बढी आद्रता हुने मौसममा यसको प्रकोप बढी हुन्छ ।  
  2. फल वा पातको भेट्नुमा कुनै पनि कारणले चोट पटक लागेमा
  3. सिमसिमे वर्षाको कारणले धेरै समयसम्म चिसो भएमा ¾ माटोमा बढी चिस्यान भएमा यो रोगको आक्रमण बढी हुन्छ ।

लक्षण

  1. पात र फलको भेट्नो हाँगामा जोडिएको ठाउँबाट खैरौ दाग भेट्नोको टुप्पातिर बढ्छ र भेट्नो कुहिन्छ ।
  2. पातहरु विस्तारै पहेलिदै जान्छन र फलहरु कुहिदै झर्न थाल्छन ।  
  3. फलहरु झरी हाँगा रित्ता देखिन्छन् ।  
  4. रोगी फलहरुबाट नजिकका अरु स्वस्थ फलहरुमा सदर्छ र बाँकि फलहरु पनि नछिप्पिदै पाक्न थाल्दछन् र फोस्रो हुन्छन् ।

1
चित्र: पात र फलको भेट्नु कुहिने रोग 

पातको खैरो डढुवा रोग 

कारण

  1. सुख्खा र गर्मी मौसममा यो रोग बढी देखिन्छ ।
  2. सुर्यको तापले बनेका दागहरु वा पातमा लागेका घाउहरुबाट यो रोगको जिवाणुहरु बिरुवा भित्र प्रवेश गर्दछन् ।

लक्षण

  1. यो रोग लागेको पातमा डढको जस्तो धब्बा देिखन्छ । धब्बा २५ मि.मि. को व्याससम्मको हुन्छ । एकभन्दा बढी यस्ता धब्बाहरु मिलेमा पात पुरै डढेको जस्तो देखिन्छ ।  डढेको भाग खैरो हुने भएकोले यसलाई खैरो डढुवा नामाकरण गरिएको हो ।

 

2

कोत्रे रोगको व्यवस्थापन

  1. बगैंचाको काँटछाँट गरि सकेपछि १% प्रतिशतको बोर्डेक्स मिक्सचर बिरुवामा छर्ने 
  2. रोग लागेका बिरुवाका भागहरु काटेर/जलाई दिने/नष्ट गर्ने 
  3. सुर्यको प्रत्यक्ष प्रभावबाट कफीका बाटेलाई बचाउन छहारीको व्यवस्था मिलाउने
  4. असिंचित बगैंचामा चिस्यान कायम राख्न छापोको व्यवस्था गर्ने  
  5. पर्याप्त मात्रामा मलखाद ,झालेमल आदिको प्रयोग गर्ने
  6. कफी बगैंचाको झारपात हटाई कम्पोष्ट बनाउन प्रयोग गर्ने 
खैरो पात थोप्ले रोग

कारण

यो रोग प्राय गरी नर्सरी र नयाँ बगैंचामा बढी लाग्दछ । यो रोग Cercospora coffeicola नामक ढसुीबाट लाग्दछ । नर्सरीमा छायाँको व्यवस्था नभई सोझै घाम परेमा यो रोगको प्रकोप बढी हुन्छ ।

लक्षण

  1. यो रोग लागेको पातको बीच भागमा हल्का खैरा र छेउछाउमा गाढा खैरो रङ्ग भएको धब्बाहरु/थोप्लाहरु देखिन्छन् ।  
  2. पातका थोप्लाका बीचमा रागेका जिवाणकुा बीजहरु (spores) देख्न सकिन्छ ।
  3. ढुसीको लगातार आक्रमणले पातका थोप्लाहरुको आकार बढ्दै जान्छ र दुई वा दुई भन्दा बढी थोप्लाहरु जोडिएर पात पुरै मर्छ र झर्न सक्छन् ।  रोगको प्रकोप बढी भएमा ती धब्बाहरुको बीचमा प्वाल पर्दछ ।

4

व्यवस्थापन 

  1. नर्सरीमा छहारीको व्यवस्था गर्नेे
  2. नयाँ बगैंचामा माटोको चिस्यान कायम राख्न छापोको व्यवस्था गर्ने 
  3. पुरानो बगैंचा भएको ठाउँमा नर्सरी नराख्ने 
  4. रोगको लक्षण देखिने बित्तिकै १% बोर्डोमिक्सचर  बनाई  बगैंचामा छहारीको व्यवस्था मिलाउने 
  5. उचित मलखादको व्यवस्था गर्ने 
बेरी ब्लच

कारण

यो रोग पनि Cercospora coffiecola नामक ढुसीको कारणले लाग्दछ । रोगको प्रमुख कारण छहारी नभएको अवस्थामा फलहरुमा सोझै सूर्यको किरण पर्नु हो ।

5

लक्षण

  1. कलिला फलहरुमा गाढा खैरा र अनियमित किसिमका दागहरु देखिन्छन् ।
  2. दागहरुका कारणले फलहरु केही खुम्चिदै कडा हुँदै जान्छन् र मरेका जस्ता देखिन्छन् ।
  3. रोगको प्रकोप बढी भएमा दागहरुको आकार बढ्दै जान्छ र पुरै फलहरु दागी बन्दछन् र फल सुकेर कडा हुन्छ ।

व्यवस्थापन

  1. छहारीको उचित व्यवस्था मिलाउने 
  2. माटोको चिस्यान कायम राख्न छापोको व्यवस्था गर्ने 
  3. बगैचा वरिपरीका झारपातहरु उखेलेर नष्ट गर्ने 
  4. रोगको लक्षण देखिने बित्तिकै १% बोर्डोमिक्सचर छर्ने
  5. उचित मलखाद (गुणस्तरिय कम्पोष्ट र झोलमल) प्रयोग गर्ने 
बोट ओईलाउने रोग

कारण

  1. नर्सरी देखि ठूला ठूला कफीको बोटमा समेत यो रोग लाग्न सक्छ।
  2. यो रोग माटोमा हुने फ्युजारीयम (Fusarium) नामक ढुसीद्वारा लाग्दछ । 
  3. पानी जम्ने र कमसल माटो भएको बगैचामा यो रोग लाग्ने सम्भावना बढी हुन्छ । बिरुवाको जरामा घाउचोट आदि लागेमा यो रोगले सजिलै आक्रमण गर्दछ । 

1

लक्षण 

  • जरा सुरुमा सुक्दछ र पात ओइलाएर झर्न थाल्दछन् ।
  • साना र कलिला हाँगाहरु ओइलाउँदै अन्त्यमा पुरै बोट सुक्दछ । 
  • रोगी बोटको जरा काटेर हेरेमा भित्रि भागमा खैरो दाग देखिन्छ । 

व्यवस्थापन

  • रोग लागेका बोटहरु उखेलेर नष्ट गर्ने 
  • बिरुवाको जरा भिज्ने गरी बोर्डोमिक्सचर १% ले उपचार गर्ने वा जैविक ढुसी जन्य रोग नियन्त्रण गर्न ट्राइकोड्रामा लाई पाकेको गाठेमेलसँग मिलाइ प्रयोग गर्ने 
  • राम्रोसँग पाकेको कम्पोष्ट मल मात्र प्रयोग गर्ने 
  • छहारीको राम्रो व्यवस्था मिलाउने 
  • झोलमल प्रयोग गर्न जोड दिने 
  • माटो जाँच गरी अम्लियपन बढी देखिएमा कृषि चुनले उपचार गर्ने 
अल्गीबाट हुने पातको थोप्ले रोग

कारण

यो रोग अल्गीको कारणले लाग्दछ । यो रोग एक ठाउँबाट अर्को ठाउँमा सर्दैन । बाक्लो छहारी भएको ठाउँमा यस्तो समस्या देखिन्छ ।


7

लक्षण 

पातको सतहमा अल्गीका सेता धब्बाहरु विकास भई पातको खाना बनाउने प्रक्रियामा अवरोध पुर्याउँछन् ।

व्यवस्थापन 

  • बाक्लो छहारी भएमा छहारीको काँटछाँट गरि ५०% छहारीको व्यवस्था मिलाउने ।
  • रागेको आक्रमण बढी भएमा ०.५% बोर्ड़ो मिक्सचरले उपचार गर्ने ।

किरा व्यवस्थापन

कफीको सेतो गवारो

यो खपटे वर्गको कीरा हो । हाल नेपालमा जाइलोट्रेकस क्वाडिपेस प्रजातिको गवारोको लाभ्रेले कफीमा हानी पुर्याउने देखिऐको छ । यसले मुख्य रुपमा अराविका जातको कफीलाई क्षति पुर्याउने  । यसको वयस्क खपटे १–२ से.मि. लामो हुन्छ भने यसको अगाडीको पखेटामा कालो र सेतो धर्सा हुन्छन्

जीवन चक्र

यसका फूल, लार्भा, प्यूपा र वयस्क गरी चार अवस्था हुन्छन्, जसमा लार्भा अवस्थाले कफीको डाँठमा पसेर क्षति पुर्याउँदछ भने अवस्थाले कुनै प्रत्यक्ष हानी पुर्याउँदैन । 

लक्षण 

  1. काण्ड वा प्रमुख हाँगा वरिपरिका बोक्रा चर्केको र उठेको देखिन्छ । 
  2. बोटहरु ओइलाएर विस्तारै सुक्दै जान्छन् ।
  3. काण्ड देखि जराहरु सम्म बिस्टाले कडा तरिकाले पुरीएका सुरुङ्गहरु भेटिन्छन् |
  4. आक्रमण गरेका बोटहरु तान्यो भने सजिलैसँग भाचिन्छन् र चिरेर हेर्दा प्राय लाभ्रेहरु खाईरहेको अवस्थामा भेटिन्छन्  । 
  5. पूराना ठूला बोटहरु गबारोले आक्रमण गरेको केही वर्षसम्म उत्पादन दिन्छ र गबारोको स्रोतको रुपमा रहन्छ । 

1

व्यवस्थापन

  1. छहारीको उपयुक्त व्यवस्था गर्ने 
  2. गवाराले आक्रमण गरको बोटहरु पत्ता लगाई काट्ने वा उखल्ने र कीरा सहित जलाई नष्ट गर्ने 
  3. काण्ड वा हाँगाको खस्रो बोक्रा बोराको टुक्राउने वा अन्य कुनै खस्रो वस्तुले घोटेर चिल्लो बनाउने 
  4. कुनै नीम जन्य वा लिस्प मलहमको प्रयोग गर्ने
  5. अन्तिम टिपाइपछि बोटको काँटछाँट गरि झोलमल प्रयोग गर्ने 
  6. समुदायमा आधारित सेतो गवारो व्यवस्थापन अभियान संचालन गर्ने
  7. बढि समस्या भएको ठाउँमा फेरोमोन पासो राख्ने 
मिलीबग

पहिचान

पखेटा विहिन, सानो, च्याप्टो र नरम शरीर भएको साथै अण्डाकार वा लामो शारिरिक आकार–प्रकार भएको हुन्छ । शरिर बाहिरबाट सेतो पदार्थले ढाकिएको हुन्छ ।

लक्षण

कलिला मनुा, हागाँ, पात र दानाका वरीपरी टाँसिएर बिरुवाको रस चुसेर खान्छन् । आफु बसेको ठाउँमा गुलियो पदार्थ छोड्छन् जसले गर्दा कमिलाहरु यिनीहरु प्रति आर्कषित हुन्छन् ।  
कलिला हागाँ, मनुा र पातहरु बढ्दैनन्, आइेर्लाउछन् र विस्तारै सुक्दै जान्छन् । मिलीबग बसेको ठाउँमा कालो दाग र ढुसी रोगको प्रकोप देखिन्छ । मिलीबगले चुसेको दानाहरु बढ्दैनन् र खोस्टो भएर सुक्छन् ।  

1

व्यवस्थापन

  1. छहारीको उपयुक्त व्यवस्था गर्ने 
  2. बगैँचामा रहेका कमिलाका गोलाहरु पत्ता लगाई नष्ट गर्ने 
  3. बगैंचाको नियमित गोडमेल र काँटछाँट गर्ने 
  4. कीरा लागेका बोटका भागहरु काटेर कीरा सहित नष्ट गर्ने  
  5. कुनै नीम जन्य विषादि वा जैविक झोल औषधि प्रयोग गर्ने
कत्ले कीरा

पहिचान

वयस्क अवस्था च्याप्टो, अण्डाकार र हल्का हरियो रङ्गको हुन्छ । पातको भेट्नो र कलिलो डाँडमा बसेर रस चुसेर खाने गर्दछ ।

लक्षण

  1. प्रायः गरेर पातको तल्लो भागको नसाको छउे–छउेमा, बढ्दै गरको  मनुाका टुप्पामा र कलिलो फुलहरुमा आक्रमण गर्दछ ।
  2. जसले कमिला आर्कषित हुन्छन् र कालो ढुसीको पत्र जम्दछ ।  
  3. कीरा लागेको बोटहरु बढ्न सक्दैनन् र हेर्दा असामान्य देखिन्छन् । 

4

व्यवस्थापन

  1. छहारीको उचित व्यवस्था गर्ने 
  2. बगैंचामा रहेका कमिलाका गोलाहरु नष्ट गर्ने 
  3. बगैंचाको नियमित सर–सफाई गर्ने 
  4. कुनै नीम जन्य विषादिको प्रयोग गर्ने 
शंखे कीरा

पहिचान  

  1. नरम शरीर भएको र बाहिरबाट शंख आकारको कडा खोलले ढाकिएको हुन्छ । 
  2. शंख जस्तो खोलको रङ्ग नौनी जस्तो वा केहि गाढा खालको हुन्छ । 
  3. यिनीहरुको प्रकोप, ओसिलो, बढी छहारी भएको, बढी उचाई भएको स्थान तथा चिसो र आद्रता बढी भएको अवस्थामा देखिन्छ । 
  4. प्रशस्त चिस्यान भएको माटोमा सन्तान उत्पादन गर्छन् । 
  5. कलिला पातहरु, मनुाहरु र कलिला हागाँका बोक्रा र कहिलेकाहिँ फलको बाहिरी भाग समेत खान्छन् । 

लक्षण

  1. आक्रमण गरेका पातहरुमा अनियमित आकारका प्वालहरु र हाँगाहरु बोक्रामा खस्रा दागहरु देखिन्छन् । 
  2. क्षतिग्रस्त हागाँहरु बाङ्गा टिङ्गा भएर बढ्छन् र बाटेको माथिल्लो भागको वृद्धि असामान्य देखिन्छ । 
  3. क्षतिग्रस्त फलको वृद्धि रोकिन्छ र बाहिरी भाग खस्रो हुन्छ । 

२

व्यवस्थापन 

  1. बगैचाको नियमित सर–सफाईको व्यवस्था गर्ने । 
  2. शंखे कीराहरु हातले टीपेर तातो पानी वा नुन पानीमा डुबाएर मार्ने । 
  3. बगैचाको ठाउँ–ठाउँमा पातको थुप्रोहरु राख्ने र थुप्रोमा जम्मा भएको शंखे कीराहरु बटुलेर मार्ने । 
  4. शंखे कीरालाई भगाउन चुना वा खरानीको प्रयोग गर्न सकिन्छ । 
कफीको रातो गवारोे

पहिचान

यसको लाभ्रे रातो रङ्गको हुन्छ, । यसको माउ पुतली वर्गमा पर्दछ । यो पूतली वर्गमा पर्ने ज्युजेरा प्रजातीको कीरा हो जस्ले कफीलाई नोकसान पुर्याउँछ । लाभ्रे हाँगा र पात जोडिने ठाउँबाट काण्ड भित्र पस्छ । यो कीरा लाभ्रे अवास्थामा मात्र प्रत्यक्ष रुपमा कफीको लागि हानिकारक हुन्छ ।

लक्षण 

  1. नयाँ हाँगाहरु वा कम उमेरका बोटका काण्डमा समेत यसको प्रकोप देख्न सकिन्छ । 
  2. प्रारम्भमा पातहरु ओईलाउछन् र प्रकोप बढेपछि कीरा लागेको पुरै हाँगा सुक्छ । 
  3. कीरा लागेको हाँगामा एक वा एकभन्दा बढी स–साना लाभ्रे पसेका प्वालहरु भेटिन्छन् । 
  4. यिनको विष्टा दाना—दाना परेको र प्वालबाट बाहिर झुण्डीदै खसेको भेटिन्छ । 
  5. यिनले बनाएका हाँगा भित्रका सुरुङ्गहरु खोक्रा हुन्छन् । 
  6. हाँगाहरु तान्दा वा हावाको कारणले सजिलै भाचिन्छन् । 

2

व्यवस्थापन 

  1. कफी बगैचाको नियमित खनजोत र गोडमेल गर्ने 
  2. कफी बगैचाको नियमित काँटछाँट गर्ने  
  3. गवारो लागेको हाँगाहरु काट्ने र कीरा सहित जलाएर नष्ट गर्ने 
  4. नसर्रीमा गवारो लागको बिरुवाहरु छानरे नष्ट गर्ने 

बाली कटानी तथा भन्डारण

कफीको फुल र फल

 कफीको बोटमा फूल बन्ने प्रक्रिया आन्तरिक रुपमा असोज महिना देखि नै शुरु हुन्छ र क्रमशः कोपिला हुँदै बढ्दै चैत्र महिनामा फुल्छ । साना सेता फूलका झुप्पा एक वर्ष पुरानो हाँगामा फुल्छन् । प्रत्येक आँख्लामा ५ वटा फूलका कोपिला हुन्छन । प्रत्येक कोपिलामा ४ वटा बास्नादार फूल फुल्छन् । २० देखि ८० प्रतिशत फूलमा मात्र फल लाग्छ । त्यसैले प्रत्येक आँख्लामा १० देखि २० वटा फल लाग्न सक्छ ।
अराबिका कफी स्वयंसेचित बाली हो । कफीको फूल बिहानको समयमा फुल्छ र फुलेको ५ घण्टाभित्र परागसेचन हुन्छ । फूल फुलेको समयमा वर्षा भएमा पराग पखालिने हुँदा फल कम लाग्ने सम्भावना हुन्छ । परागसेचन भएको २ दिनभित्र गर्भाधारण हुन्छ । फूलबाट परिपक्व फलमा विकास हुन हावापानी र जात अनुसार अराविकालाई ६ देखि ९ महिना र रोवस्टालाई ९ देखि ११ महिना लाग्छ ।
कफीको फललाई बानस्पतिक भाषामा (drupe) डुप भनिन्छ, जुन पाकेपछि जात अुनसार राता र पहेला रङ्गमा परिवर्तन हुन्छन् । साधारणतया यसको फल भित्र दुई वटा बीउ वा फक्लेटा हुन्छन्, जसलाई पार्चमेन्ट भनिन्छ। कुनै फलमा एक र कुनैमा दुई भन्दा बढी पार्चमेन्ट हुन सक्छन्। फलमा एक मात्र पार्चमेन्ट भए पी बेरी र तीन वटा भए ट्रायोज भनिन्छ । 

फलको बाहिरी बोक्रा र पार्चमेन्टको बीचमा गुदी हुन्छ, जसलाई गुम्स्याएर फाल्नु पर्छ । पार्चमेन्टलाई भित्री झिल्लीदार बोक्राले घेरेको वा छोपेको हुन्छ जसलाई सिल्भर स्किन (silver skin) भनिन्छ । सिल्भर स्किन भन्दा भित्र फिक्का हरियो रंगको दिउल हुन्छ यसलाई ग्रिन विन भनिन्छ । यहि दिउललाई भुटेर पिधेको धुलो कफीलाई उमालेको पानीमा छानेर पिउने कफी तयार गरिन्छ ।

1

कफीको टिपाई

कफी खेती गरिएको ठाउँको उचाइ, मौसम र जग्गाको मोहडा अनुसार नेपालमा कार्तिक महिनादेखि कफी पाक्न शुरु हुन्छ । कफीको फल (चेरी) बढी पाकेको खण्डमा कफीको स्वाद बिग्रने हुँदा गाढा रातो हुने गरी पाक्नु अगाडि वा चम्किलो रातो हुदै टिप्नु पर्दछ । (बोटमा फलेको कफीको ५% फलहरू चम्किलो रातो हुनेगरी पाकेपछि टिप्न थाल्नु पर्दछ ।) फललाई चोर र बुढी औंलाले थिच्दा फक्लेटा निस्केमा फल टिप्ने बेला भएको बुझ्नुपर्छ । पहिलो टिपाइ झन्झटिलो भएपनि बढी पाकेको कफीलाई राम्रो कफीमा मिसाउन नहुने हुँदा बेलैमा टिप्नुपर्दछ ।
चम्किलो रातो भएर पाकेका फलमात्र टिप्नुपर्दछ । हरियो फल टिप्नु हुँदैन । थोरै हरियो फल मिसिए पनि कफीको स्वाद बिग्रने हुन्छ । टिपेका कफीका चेरीहरु जम्मा गर्न सफा डालो वा जुटको बोराको प्रयोग गर्नुपर्दछ । बढी पाकेका र बोटमै सुकेका फलहरु टिपेर फाल्नुपर्दछ । यस्ता चेरीहरुमा ढुसी आउने सम्भावना हुन्छ । ढुसी लागेको कफी विषालु हुन्छ । एक दुईवटा मात्र ढुसी परेका चेरी मिसिए पनि सबै कफीको गुणस्तर बिगार्दछ ।

1

  1. कफी टिप्दा फलहरु जमिनमा खसेमा माटो लागेर ढुसी आउने सम्भावना हुन्छ । माटोमा परेको फलहरू सुकाएर बोक्रा छोडाइसकेपछि सुँघ्दा र पिउने अवस्थामा जाँचगर्दा माटोको गन्ध र स्वाद आउँदछ । तसर्थ दाना टिप्दा सकेसम्म कफीको फेदमा प्लाष्टिक वा त्रिपाल बिछ्याएर टिप्नुपर्दछ ।
  2. बढी पाकेको फलको टिपाइ कम गर्न र रातो चम्किलो फल धेरै मात्रा टिप्न पटक–पटक गरी बढीमा पाँच पटकसम्म कफी टिप्न सकिन्छ । अनुकूल वर्षा भएमा वा सिंचाई व्यवस्थापन गर्न सकिएमा एकैपटक धेरै परिमाणमा पाक्ने सम्भावना हुन्छ । मौसम, उचाइ, जग्गाको मोहडा, चिस्यान, आदिको अवस्था अनुसार एक टिपाइपछि अर्को टिपाइको अन्तर १० देखि २० दिनसम्म हुनुपर्दछ ।  पहिलो टिपाइदेखि चौथो टिपाइमा चम्किलो रातो फलमात्र टिप्नु पर्दछ ।
  3. अन्तिम वा पाँचौ टिपाइमा हरियो र सुकेको सबै फलहरू टिपेर बोट खाली गर्नुपर्दछ । फलहरू बोटमा तथा फेदमा बाँकी रहेमा कफीको चेरीमा लाग्ने गबारोको प्रकोपले बढ्न सक्छ । फूल राम्रो लाग्नको लागि पनि बोट सफा गर्नु आवश्यक हुन्छ । बोट सफा गर्दा फेद वरिपरि खसेका सबै दानाहरू हटाउनुपर्दछ ।  
  4. खसेका, बढी पाकेका र बिग्रेका दाना अलग्गै राख्नुपर्दछ । हरेक दिनको टिपाइपछि कफी केलाउन जरूरी हुन्छ । रातो र हरियो फल अलग–अलग छुट्याएर राख्नुपर्दछ । बढी पाकेको र बिग्रेका फल, पात पतिङ्गर, ढुङ्गा, माटो आदि केलाएर निकाल्नुपर्दछ । बढी पाकेको वा बिग्रेको फलबाट कम्पोष्ट बनाउन सकिन्छ ।

उत्पादनोप्रान्त गरीने क्रियाकलापहरु

कफी प्रशोधन

कफी प्रशोधन भन्नाले पाकेको कफीको फललाई विभिन्न प्रक्रिया अपनाई पिउन योग्य धुलो बनाउनु हो । यसका लागि विशेष गरी २ तरिका (सुख्खा र चिसो प्रविधि) प्रचलनमा छन् । विगतमा नेपालमा राष्ट्रिय तथा अन्तर्र्रािष्ट्रय दुवै बजारको लागि सुख्खा प्रशोधन प्रविधि अनुसार ताजा फललाई सुकाएर ड्राई (सुकेको चेरी उत्पादन गर्ने चलन थियो । तर केही समययता अन्तर्रािष्ट्रिय बजारको माग र गुणस्तरलाई दृष्टिगत गरी चिसो प्रविधि शुरु गरिएको छ ।

क) सुख्खा विधि

यस विधिमा कफीको फललाई बोक्रा सहित १५ देखि २० दिन सम्म वा चेरीमा ११ देखि १२ प्रतिशत चिस्यान रहने गरी सुकाउनु पर्छ । सुकेको चेरी हलर मेशिन वा ढिकीले कुटेर बोक्रा छोडाउनुपर्छ र निफन्ने केलाउने गरेर दिउल तयार गर्नुपर्छ । यही दिउल भुटेर पिंधेर धूलो कफी तयार हुन्छ ।

ख) चिसो विधि
चिसो प्रविधिबाट प्रशोधन गर्दा ठिक्क पाकेका चम्किला राता फलहरु मात्र टिपी २४ घण्टाभित्र बोक्रा हटाई अर्थात पल्पिङ्ग गरी ठाउंँ अनुसार २४ देखि ४८ घण्टा सम्म गुम्स्याएर (फर्मेन्टेसन गरी) चिप्लो पदार्थ (म्यूसिलेज) हटाउन सफा पानीले धोएर घाममा सुकाई पार्चमेण्ट तयार गरिन्छ । यसरी तयार गरिएको कफीको गुणस्तर राम्रो हुन्छ । यसलाई धोएको वा पखालेको कफी पनि भनिन्छ । पार्चमेन्ट तयार भएपछि जुटको सफा बोरामा राखि भण्डारण गरिन्छ र कफी प्रशोधकलाई विक्री गरिन्छ । दिउलको बोक्रा हटाई वा हलिङ्ग गरी बिक्री योग्य कफी (ग्रिन बिन) तयार गरी भुटने र पिँधेर धूलो बनाई पिउन योग्य बनाईन्छ ।

 चरण १

ताजाफल पानीमा राखी पानीमा डुबेका राता सग्ला फलहरु छुट्याउने पल्पिङ्ग गर्नका लागि ठिक्क पाकेको, राता र सग्लो फलहरु मात्र छान्नपुर्छ । काचाँ वा कम पाकको र हरियो फलहरु कलिलो छटुयाउनु पदर्छ । छानिएका चेरी बाल्टिनमा राखि पानी हाल्ने र हातले चलाउनु पदर्छ । पानी माथि तैरिएका हल्का फलहरु अलग राख्ने पानीमा डुबेको फलहरु मात्र पल्पिङ्ग गनर्पुदर्छ । पानी कम भएका ठाउँमा फल केलाउन दइुर्वटा बाल्टिन प्रयोग गर्न सकिन्छ । पहिलो बाल्टिनमा पानी भर्न रअर्को बाल्टिनका चारैतिर साना साना प्वाल पारी कफी भनर्पुर्छ । त्यसपछि पानी भरेको बाल्टिनमा डुबाएर कफीलाई चलाउने। पानीमा तैरिएका फलहरु, (कीरा लागको, सुकेको, बिग्रेका पर्चमेन्ट पात, छेस्का लगायत अन्य वस्तहुरु (हटाइ पानीमा डुबेको फलहरु मात्र पल्पिङ्ग गर्नुपर्छ।) 
1

 चरण २ 

पल्पिङ्ग गर्ने

(बाहिरी बोक्रा छुट्याउने, फल टिपेको २४ घण्टा भित्र पल्पिङ्ग गर्नु पर्ने भएकोले टिपेर केलाएका राता सग्ला फलहरु सकेसम्म छिटो पल्पिङ्ग गर्नुपर्छ । केलाएका फलहरु बढी समयसम्म पल्पिङ्ग नगरेमा गुम्सिएर कुहिने प्रक्रिया शुरु भई अमिलो गन्ध आउनुका साथै पार्चमेन्टको रङ्ग खैरो हुन्छ र ग्रिन विन (दिउल) को रङ्ग बिग्रन्छ जसले कफीको गुणस्तर पनि बिग्रन्छ । आफूसँग पल्पिङ्ग मेसिन छैन भने पल्पिङ्गका लागि नजिकैको पल्पिङ्ग केन्द्रमा लैजानुपर्छ । टिपेको २४ घण्टाभित्र पल्पिङ्ग गर्न सकिदैन भने फलहरुलाई सुकाएर राख्नुपर्छ । पल्पिङ्ग गर्दा कफीको दानामा चोट नलाग्ने गरी पूरै बोक्रा निस्कनु पर्छ । चोट लागेको दानामा सूक्ष्म जीवाणुले आक्रमण गरी कफीको गुणस्तर बिगार्न सक्छ । त्यसैले पल्पिङ्ग मेसिन राम्रो काम गर्ने हुनु पर्दछ । पल्पिङ्ग गरी निस्केको कफीको बोक्राबाट राम्रो कम्पोष्ट बनाउन सकिन्छ ।
7

 

 चरण ३

फर्मेन्टेशन गर्ने बोक्रा हटाई सकेपछि कफीलाई समय र ठाउँं अनुसार २४ देखि ४८ घण्टा सम्म फर्मेन्टेशन (पार्चमेन्टबाट चिप्लो पदार्थ हटाउने काम) गर्नुपर्छ । गरम ठाउँमा २४ घण्टा भन्दा कम समयमा पनि फर्मेन्टेसन पुरा हुन सक्दछ । यसका लागि काठका ठुला भाडा वा प्लाष्टिकका ड्रमहरु प्रयोग गर्न सकिन्छ । पल्पिङ्ग गरेको कफी थोरै मात्र भएमा प्लाष्टिकको झोलामा पोका पारेर पनि फर्मेन्टेसन गराउन सकिन्छ । फर्मेन्टेसन पुरा भएन भने पार्चमेन्टबाट चिप्लो पदार्थ (म्यूसिलेज) निस्कदैन र फर्मेन्टेसन बढी भएमा कुहिएको गन्ध आउन सक्छ साथै सफा पानीको प्रयोग भएन भने गुणस्तर बिग्रन सक्छ । फर्मेन्टेसन पुरा भए नभएको जांच्न हातमा पार्चमेन्ट लिएर रगड्दा चिप्लो पदार्थ निस्किएर दाना जुधेको खस्रो आवाज आएमा फर्मेन्टेसन पुरा भएको बुझ्नुपर्छ । साथै एक इन्च जति मोटो लट्ठी फर्मेन्टेसन गरेको कफीमा घुसाई निकाल्दा बनेको प्वाल जस्ताको तस्तै रह्यो भने फर्मेन्टेसन पुरा भएको बुझिन्छ तर लट्ठीको प्वाल पुरियो भने फर्मेन्टेसन पूरा नभएको बुझ्नुपर्दछ ।
3

 चरण ४

पार्चमेन्टको सफाई फर्मेन्टेशन पछि पार्चमेन्टलाई ४ देखि ५ पटक सफा पानीले चिप्लो पदार्थ (म्यूसिलेज) नरहने गरी पखाल्नु पर्छ । चिप्लो बाँकि रहेमा, दाना कुहिने र दागहरु बस्ने समस्या आउन सक्छ । पखाल्दा खेरि पानी माथि तैरिएका हल्का पार्चमेन्टहरु हटाउनु पर्दछ । पार्चमेन्ट धोएको पानी खानेपानीको श्रोतमा नमिसिने गरी छुट्टै ठाउंँमा फ्याक्नुपर्दछ । पानी कम भएको ठाउँमा ५ वटा प्लाष्टिकका बाल्टिन प्रयोग गर्न सकिन्छ । एउटा बाल्टिनको पिँध एवं वरिपरी मसिना प्वाल पारी त्यसमा फर्मेन्ट भएको पार्चमेन्ट राख्नुपर्छ । अर्को बाल्टिनमा आधा भाग सम्म सफा पानी भरी प्वाल पारेको पार्चमेन्ट भएको बाल्टिनलाई पानी राखेको बाल्टिनभित्र राख्नु पर्छ र दायाँ बायाँ हल्लाउनु पर्छ जसले गर्दा सडेको चिप्लो पदार्थ पार्चमेन्टबाट पानीमा जान्छ । अब प्वाल पारेको पार्चमेन्टको बाल्टिनमा त्यसैगरी डुबाई चलाउने र सफा गर्नुपर्छ । एवंरितले पार्चमेन्टको बाल्टिनलाई तेस्रो र चौथो बाल्टिनमा डुबाई सफा गर्दा पार्चमेन्ट पुर्णरुपले सफा हुन्छ । पहिलो पटक धोएको पानी धेरै फोहर भएमा फाल्नु पर्छ । दोश्रो पटक धोएको बाल्टिनको पानीमा अर्को खेप पार्चमेन्ट धुँदा पहिलो पटक प्रयोग गर्न सकिन्छ । त्यसैगरि तेश्रो बाल्टिनमा दोश्रो धुलाई गर्ने, चौथो बाल्टिनमा तेश्रो धुलाइ गर्नुपर्छ । एवंरितले अरु खेपको पार्चमेन्ट धुने र सुकाउने गर्नुपर्छ । 

2

 

चरण ५

सुकाउने

पूर्व सुकाई सफा गरेको पार्चमेन्टबाट सकेसम्म छिटो सबै पानी हटाउन, १६ गेजको तारको जालीबाट बनाइएको सुकाउने मान्द्रो माथि पार्चमेन्ट फिजाई ३–४ दिनसम्म सुकाउनु पर्छ । कडा घाम छ भने पार्चमेन्टलाई पटक पटक चलाउनु पर्छ । जालीलाई जमिनदेखि कम्तिमा २–३ फिट माथि राखेमा राम्रोसँग हावा खेल्न पाउनाले पार्चमेन्ट छिटो सुक्छ । पार्चमेन्ट धेरै समयसम्म चिसो रहेमा चर्किने र कुहिने प्रक्रिया शुरु भई नराम्रो गन्ध आउन सक्छ र गुणस्तरमा ह्रास आउँछ |

मुख्य सुकाई

प्लाष्टिक/टार्पोलिन वा सिमेन्टको सफा भूईमा पार्चमेन्टको चिस्यान ११ देखि १२ प्रतिशत सम्म रहने गरी ७ देखि १० दिन सम्म घाममा सुकाउनुपर्छ । सुकाउने ठाउँ सफा र गन्धरहित हुनु पर्दछ । सम्भव भएसम्म पार्चमेन्टलाई जालीमा नै सुकाउँदा छिटो सुक्नुका साथै गुणस्तर राम्रो हुन्छ । सुकेको दानालाई दाँतले टोक्दा कुटुक्क आवाज गरी टुक्रियो भने पार्चमेन्ट सुकेको मानिन्छ । पार्चमेन्टलाई घाममा सुकाउँदा छिटो सुक्नुका साथै सूर्यको किरणले पार्चमेन्टलाई निर्मलीकरण पनि गर्दछ । 

5

 चरण ६

भण्डारण गर्ने सुकेको पार्चमेन्टलाई सफा जुट वा सुतीको बोरामा राखि लेबल टास्नु पर्दछ । लेबलमा समूहको नाम, पल्पिङ्ग गरेको मिति, जिल्ला, पल्पर सञ्चालकको नाम, पार्चमेन्टको तौल र उत्पादन गरिएको ठाउंँको उचाइ उल्लेख गर्नु पर्छ र ति बोराहरुलाई दोहोरो हावा चल्ने सुख्खा ठाउँमा भूईमा काठको फल्याक ओछ्याई भित्ताबाट करिब १ फिट जति टाढा भण्डारण गर्नु पर्दछ । पार्चमेन्टलाई ४ महिना भन्दा बढी भण्डारण गर्नु हुँदैन यसकारण सकेसम्म छिटो बिक्री गर्ने व्यवस्था मिलाउनु पर्दछ ।


6

सन्दर्भ सामग्री

सन्दर्भ ग्रन्थहरु

प्रांगारिक कफी खेती
सहयोगी पुस्तिका

प्रकाशकः
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड
नयाँ,बानेश्वर, काठमाडौं