परिचय

परिचय

सुन्तलाजात फलफुल नेपालको मध्यपहाडी भेगको प्रमुख नगद आर्जनको माध्यमको रुपमा रहेको सदाबाहार फलफुल हो । सुन्तलाको पाकेको फलमा प्रशस्त मात्रामा भिटामिन ए,बी, सी पाउनुको साथै क्याल्सियम, म्याग्नेसियम, सोडियम, पोटासियम, सल्फर र फलामजस्ता खनिज तत्वहरु थोरै पाइन्छन् । सुन्तलाजात फलफुलले आ.ब. २०६३/६४ सम्ममा नेपालको कुल फलफुलको क्षेत्रफल मध्ये २९.४५ प्रतिशत (२७९८० हे.) क्षेत्रफल ढाकेको छ । कास्की जिल्लामा सुन्तलाजात फलफुल ६५० हे.मा ब्यबसायिक रुपमा खेति हुदै आएको छ जसको कुल   उत्पादनशिल क्षेत्रफल ३६१ हे. रहेको छ ।नेपालमा बिगत लामो समयदेखि परम्परागत रुपमा बिजु बिरुवा रोपी सुन्तलाजात फलफुलको खेति हुदै आएको छ । हाल आएर सुन्तलाजात फलफुलमा ह्रास (Citrus decline) को समस्याले गर्दा यसको उत्पादन तथा क्षेत्रफल बिस्तारमा नकारात्मक असर पारेको छ । तसर्थ आजको आबश्यकता भनेको कम समयमा बढी भन्दा बढी उत्पादन लिइ प्रति एकाइ जमिनमा उत्पादकत्व बृद्धि गर्नु हो । कम दुरीमा वा बाक्लो गरी विरुवा रोपी उचित ब्यबस्थापन प्रबिधि अपनाइ खेति गर्ने प्रणाली नै उच्च घनत्व बगैचा प्रणाली हो । सुन्तलाजात फलफुलमा बिश्वको इजरायल लगायतका देशमा यसको ब्यापक प्रयोग हुदै आएको छ । नेपालको सन्र्दभमा केही अनुसंधानका नतिजाअनुसार कम समयमा बढी उत्पादन लिइ ग्रिनिङ रोगबाट हुने क्षति अगाबै नाफा लिन यो प्रबिधि उपयुक्त प्रबिधिको रुपमा पहिचान भइसकेको छ ।

orange   orange

उच्च घनत्व किन?
  • बिरुवा लगाएको १०–१५ बर्षमा नै उत्पादन लिइ सिट्रस ग्रिनिङ रोगबाट हुने उत्पादन ह्रास पूर्व प्रतिफल लिन
  • महंगो एवं थोरै जमिनबाटपनि अधिकतम प्रतिफल लिन
  •  बोटको कद तथा स्बरुपलाई नियन्त्रण गरी बोटलाइ उत्पादनशिल बनाउन 
  • बगैचा ब्यबस्थापन कार्य (मल, जल, उपचार, टिप्ने कार्य आदि) लाइ सहज बनाउन
  • छोटो समयमा उत्पादन लागतमा कटौती गरी बढी एवं गुणस्तरिय उत्पादन लिन

आवश्यकता

हावापानी

नेपालमा सुन्तला खेती ८०० देखि १४०० मिटर उच्चाईसम्म समशितोष्ण हावापानी भएका स्थानहरुमा गर्न सकिने भएतापनि राम्रो फल उत्पादनको लागि १००० देखि १२०० मिटर उच्चाईसम्म अति उत्तम हुन्छ । नेपालको मध्य पहाडी भागको समुन्द्री सतहबाट ६००–१४०० मिटरसम्म उचाइ भएका उत्तरी मोहडा । सिंचाइको ब्यबस्था भएमा र उचित ब्यबस्थापन गर्न सकेमा दक्षिणि मोहडामा पनि लगाउन सकिन्छ । उत्तर दिशा तर्फ फर्केका पहाडी भेगमा फलेको सुन्तलाको स्वाद झनै स्वादिलो हुने गरेको पाइएको छ । सुन्तला खेतीको लागि तापक्रम तथा प्रकाशको अहम भूमिका हुन्छ । उचाई बढ्दै जाने क्रममा पानी पर्ने ठाउँमा बढी हुस्सु लाग्ने र ढाकिरहने हुन्छ । फल स्वरूप यसको प्रतिकुल असर फूल र फल वृद्धि विकासमा पर्न जान्छ । सुन्तला खेती १०० देखि ३५० सेल्सियस तापक्रमसम्म गर्न सकिने भएतापनि राम्रो फल उत्पादनको लागि २५० सेल्सियस उपयुक्त मानिन्छ । बोटको वानस्पतिक वृद्धिको लागि २५–३५० सेल्सियस तापक्रम उपयुक्त हुन्छ । कम तापक्रम भएमा बोटको वृद्धि विकास रोकिन पुग्छ । गर्मी मौसममा तातो हावा चल्नाले फूल तथा कलिला फूल ओइलाउन सक्दछन् । सुन्तला खेती विभिन्न प्रकारको माटोमा गर्न सकिने भएतापनि गहिराइसम्म भएको दोमट माटो अति उपयुक्त हुन्छ । धेरै चिम्टाइलो तथा पानी जम्ने माटो सुन्तला खेतीका लागि उपयुक्त हुँदैन । माटोको पि.एच्. ६ देखि ७.५ सुन्तला खेतीका लागि उत्तम हुन्छ ।

माटो

प्रशस्त प्रांगारिक पर्दाथ भएको,दूई मिटर सम्म खन्दा ढुंगा नआउने, कडा चट्टान नभेटिने, बर्षादको पानि नजम्ने (माटोको पि.एच. ६.५ को आसपास भएको)

कृषि इन्पुट

बेर्ना छनोट
  • फेदबाट १०–१५ से.मीको बिचमा कलमी गरिएको स्वस्थ १–१.५ बर्षको
  • समुन्द्र सतहबाट १००० मीटर भन्दा माथि नर्सरी गरी उत्पादन गरिएको ग्रिनिङ रोग मुक्त १–१.५ फिट अग्लो
बेर्ना रोप्ने तरिका र समय
  • सुन्तलाजात फलफुल पहाडी भेगमा  असार–श्रावण महिनामा गह्रामा रोपिने फलफुल हो त्यसैले खाडलको रेखांकन गर्दा माथिल्लो लाईनको बिरुवाले तल्लो लाईनलाइ नछोप्ने गरी त्रिकोणाकार रुपमा गर्ने
  • एउटा खाडल देखि अर्कोको दुरी ३– ४ मीटर राखि ३ह् ३ह् ३ फिट गहिरो खाडल  चैत्र–वैशाख महिनामा खन्ने
  • खाडल खन्दा मथिल्लो आधा भागको माटो एकतर्फ र तल्लो आधा भागको माटो अर्कोतर्फ राखि कम्तिमा २०–२५ दिन खाडलमा घाम पर्न दिने
  • मथिल्लो आधाभागको माटोले १ फिटजति खाडल भर्ने र बाँकी माटोमा माटोमा २ डोका राम्ररी पाकेको कम्पोष्ट, बोनमिल ५० ग्राम, पिना ५० ग्राम, युरिया २५ ग्राम, गेडामल ३० ग्राम, पोटास ३० ग्राम,हाली जमिनबाट ५–६ इन्च माथि आउने गरी पुर्ने र खाडलको बिचमा पर्नेगरी लठ्ठी गाड्ने
  • बिरुवा रोप्दा कलमी गरेको भाग माटोमा नछुने गरी  खाडल पुरेको ६–७ दिनपछि रोप्ने र बलीयो लठ्ठीगाडेर बिरुवा बाँध्ने
  • बिरुवाको बरीपरी फेदवाट २–३ ईन्च पर २–३ ईन्च बाक्लो सुकेको घाँस वा पत्करको छापो हाल्ने वा कालो प्लाष्टिकको छापो हाल्ने र बिरुवा नसरुन्जेल चिस्यान हुने गरी पानी हाल्ने 

  hi

पहाडी भेगमा काल्ला 

बाली व्यवस्थापन तथा हेरचाह

मलखाद

मलखादको प्रयोग गर्नु पूर्ब माटोको नमुना परिक्षण गराई माटोमा नपुग तत्वको समुचित प्रयोग गर्न सकेमा माटोमा संतुलित खाद्यतत्व ब्यबस्थापनमा सहयोग पुग्दछ । सुन्तलाको राम्रो उत्पादनलिन निम्न अनुसारको सन्तुलित मलखादको प्रयोग गर्न सिफारिस गरिएको छ  

विरुवाको उमेर (बर्ष)

गोठेमल (के.जी)

युरिया (ग्राम)

डी.ए.पी (ग्राम)

पोटास (ग्राम)

२० १२० १९५ १५०
२५ २०० ३२५ ३३५
३० २६५ ४३५ ५००
३५ ३३० ५४५ ८३५
४० ४६५ ७६० १०००
४५ ५३० ८७० ११६५
५० ५९५  ९८०  १५००

नोट : ७ बर्षबाट माथि उल्लेखित मात्रामा मलखाद प्रयोग गर्दे जाने । मलखाद फल टिपिसकेपछि पुष–माघ महिनामा दिनुपर्दछ, आधाभाग युरिया असारमा दिनुपर्छ । मलखाद दिएपछि सिंचाइ गर्न बिसर्नुहुन्न । मलखाद दिदा बोटको फैलाबटमुनि चारैतिर १५–२० से.मी. चाक्लो तथा ३० से.मी. गहिरो खाडल खनेर दिनुपर्दछ । यसका अलावा फुल फुलेपछि, फल केराउको दाना जत्रो भएपछि सुक्ष्म तत्वहरु दिनुपर्दछ।

चिस्यान व्यवस्थापन

कार्तिक देखि चैत्र महिनासम्म  बोटको फेद नछुनेगरी वरिपरी छापो दिएर चिस्यान कायम गरेमा उत्पादनमा उल्लेख्य बृद्धि गर्न सकिन्छ।

तालिम तथा काँटछाँट

उच्च घनत्व बगैचा प्रणालीमा  बोटको कद नियन्त्रण गरी प्रति एकाई उत्पादन बृद्धि गर्न यसको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।फलको गुणस्तर बढाउन, रोग किरा ब्यबस्थापन कार्यलाइ सहज बनाउन, बोटलाइ स्वस्थ , उत्पादनशिल तथा टिकाउ राख्न तालिम तथा काँटछाँट आबश्यक छ ।

सानो बोट काँटछाँट

  • मजबुत संरचना निर्माण गर्न ४ बर्षसम्म बिरुवाको शुषुप्त अबस्था ( पौष–माघ ) मा काँटछाँट गर्नुपर्दछ
  • बिरुवा लगाएको बर्ष पौष माघमा जमिनबाट ५०–६० से.मि. माथिबाट काट्ने र बलिया चारैतिर फैलेका ३–४ हाँगा आउन दिने
  • त्यसपछिको बर्षमा प्रत्येक मुख्य हाँगामा २ वटा सहायक हाँगा राख्ने र उप सहायक हाँगालाइ बढ्न दिइ बोटको चारैतर्फ फैलिन सक्ने एवं एक आपसमा नजेलिने गरी राख्ने
  • तेश्रो तथा चौथो बर्षबाट मुल हाँगाको टुप्पो नुगाउँदा जहाबाट बाङगो हुन्छ त्यहिबाट काटेर अन्य हाँगाहरु फैलाउने
  • चोर हाँगा, रोग एवं किरा लागेका हाँगा, कलमी गरेको भागभन्दा मुनिबाट पलाएका हाँगा नियमित निरिक्षण गरी हटाउँदै जाने
  •  तालिम तथा काँटछाँट गरीसकेपछि बोर्डोपेष्ट काटेको भागमा दल्ने तथा बोर्डो मिश्रण बनाई बिरुवालाई छर्ने 

    hi

    खुल्ला केन्द्रीय प्रणालिबाट काँटछाँट 

    फल लाग्ने बोटको काँटछाँट 

  • एक आपसमा जेलिएका, चोर हाँगाहरु,कमजोर, घामको प्रकाश छेक्ने तथा रोग किरा लागेका हाँगाहरु हटाउने   

नोट : काँटछाँट गर्दा बिरुवाको शुषुप्त अबस्थामा गर्नुपर्दछ । सुन्तला सदाबहार फलफुल भएको र नयाँ मुनामा फुल खेल्ने भएकोले एकैचोटी धेरै काँटछाँट गर्नुहुदैन र सकभर कलिला मुना आईसकेपछि चोर हाँगा भन्दा बाहेक अरु हाँगा हटाउने कार्य गर्नुहुदैन ।

खानजोत तथा खेति प्रणाली
  •  फलफुल लगाएको ५–६ बर्षसम्म अन्र्तबाली लिन सकिन्छ । बाली लगाउँदा कोसेबालीहरु (भटमास, मास,लहरा नजाने बोडी आदि) लगाउने तर कोदो र मकै भने नलगाउने
  •  आषाढ देखि भाद्र सम्म गहिरो खनजोत नगर्ने
  • बर्षायाम शुरुहुनुभन्दा पहिले फेद बरिपरी पानि नजम्ने ब्यबस्था मिलाउने तथा फेद बरिपरिको झारपात हटाउने
  •  सुन्तला लगाएको जमिनमा हलोले गहिरो गरि नजोत्ने
  • पौष र जेठ महिनामा १÷१ पटक बोर्डो मिश्रण छर्ने ( १० ग्राम घरपोत्ने चुन, १० ग्राम निलोतुथो १ लिटर पानी) तथा बोर्डो पेष्ट ( १०० ग्राम घरपोत्ने चुन, १०० ग्राम निलोतुथो, २५–३० मि.लि. आलसको तेल , १ लिटर पानी) बनाइ बिरुवाको फेदमा तथा काँटछाँट गरेको भागमा दल्ने असोज महिना देखि जेठ महिनासम्म बोटको जरामा छापो दिने
  • फागुन महिना देखि  जेठ सम्म माटोमा चिस्यान कायाम राख्ने
  •  अन्तरबाली लगाउँदा बोटको फेदको १ मीटर बरिपरी गोलाइ सम्म केहीपनि नलगाउने
बगैंचा व्यवस्थापन

उच्च घनत्व बगैचामा सुन्तलाजात फलफुल लगाउँदा बगैचा ब्यबस्थापनमा उचित ध्यान पु–याउन आबश्यक छ । त्यसकारण राम्रो ब्यबस्थापनको लागि निम्न कुरामा ध्यान दिनुपर्दछ

  • उत्पादन लागत घटाउन गाउँघरमा उपलब्ध तथा कम खर्चिला प्रबिधि जस्तै पानिको स्रोत कम भएको ठाउँमा प्लाष्टिक पोखरीको निर्माण, गोठ सुधार गरेर मुत्र संकलन गरी बिरुवामा प्रयोग आदि गर्न सकेमा उत्पादनमा उल्लेख्य बृद्धि गर्न सकिन्छ ।
  • बिरुवा उत्पादनशिल अबस्थामा आएपछि (७–८ बर्ष पछि ) पुन  दुई बिरुवाको बिचको भागमा  ३–४ मीटरको दुरी कायम गरी अर्को स्बस्थ बिरुवा रोपण कार्य गर्ने यसो गर्दा पुराना बिरुवाको उत्पादन क्षमता ह्रास हुनुपुर्व नयाँ बिरुवाले उत्पादन दिई प्रति एकाई जमिनको सदुपयोग हुन्छ ।
  • तलिम, काँटछाँट तथा मलखाद एवं सिंचाईको समयानुकुल समुचित प्रयोगमा ध्यान दिने

रोग व्यवस्थापन

जरा कुहिने रोग (ROOT ROT)
  • जरा कुहिए तर्फको पातहरु पहेलो भई झर्दछ । पात पहेलो भएतर्फको जरा खोतलेर हेरेमा जराको बोक्रामा पानी सोसिएको, जराको बोक्रा कुहिएको तथा जराको भित्रि भाग खैरो देखिन्छ ।
  •  कुहिएका जरा काटेर हटाई जरालाई बोर्डोमिश्रण १५ को घोलले भिजाउने वा कपर अक्सिक्लोराईड युक्त बिषदी २ ग्राम प्रति लिटर पानीमा राखेर  जरा भिजाउने
  • बोटको १ मिटर सतह वरीपरी पानी जम्न नदिने ब्यवस्था मिलाउने तथा माटो खुकुलो पार्न कम्पोष्ट मलको प्रयोग गर्ने  ।

citrus   citrus

 

धुले ढुसी (powdery mildew)
  • नयाँ कलिला पात, हाँगा , चोर हाँगा तथा डाँठमा सेतो खरानी छर्केजस्तो देखा पर्दछ । यसलाई हावाले फैलाउँदछ ।
  • चोर हाँगा हटाउने ,गन्धकको धुलो छर्ने वा केराथेन १.५ मि.लि. प्रति लिटर पानीमा मिसाएर छर्ने वा एक भाग गहुँतमा ३ भाग पानी मिसाएर मुना भिजाउन।

citrus   citrus

कोत्रे रोग (citrus canker)
  • पात, हाँगा तथा फलमा केही उठेका खस्रा खैरा धव्वा देखा पर्दछ । 
  • बर्षात अगावै रोगी पात तथा हाँगाबिगा हटाउने, १५को बोर्डोमिश्रणको घोल छर्कने

citrus   citrus

गुलाबी रोग (pink disease)
  • यस रोगको प्रकोप वर्षात शुरु हुनुभन्दा अगाडि वा पछाडि शुरु हुन्छ र आक्रमण भएको हाँगा  ओइलाएर मर्दछ
  •  ग्रसित हाँगामा शुरुमा चाँदीजस्तो टल्कने सेतो ढुसीको तह देखा पर्दछ जुन गुलावी रंगमा परिणत हुन्छ । यस रोगको अत्याधिक प्रकोप भएमा बोक्रा ठाडो चिरा परी फुट्दछ र गम निस्कन्छ ।
  • रोग लागेका हाँगा काटि जलाउने र काटेको भागमा बोर्डो पेष्ट लगाई बोटमा बोर्डोमिश्रण छर्ने । बगैचाको सरसफाईमा ध्यान दिने एवं बाक्ला घाम नछिर्ने जेलिएका हाँगा हटाउने 

citrus    citrus

सिट्रस ग्रीनिंग

यो रोग (Candidatus liberibacter var. asiaticus) नामक ब्याक्टेरियाबाट लाग्दछ । नेपालमा यो रोग पहिलो पटक वि.सं. २०२४ मा पोखरामा देखिएको थियो र हाल यो रोगले नेपालमा विकराल रुप लिई सकेको अवस्था छ । यो रोगको जीवाणु सिट्रस सिल्ला किराले एक रोगी बिरुवाबाट अर्को स्वस्थ बिरुवामा सार्दछ । साथै रोगबाट संक्रमित बोटको सायन प्रयोग गरेमा कलमी गरिएको बोटबाट एक
स्थानबाट अर्को स्थानमा सर्दछ ।
लक्षण

  • पातको नसाहरु पहेंलिने र बिस्तारै पुरै पात पहेंलिने
  • बोटहरु टुप्पोबाट सुक्दै जाने र अन्तमा बोट मर्ने;
  • पातहरु सानो हुने,
  • पातहरुको हरियो पृष्ठभूमिमा
  • हरियो र पहेंलो टाटाहरू देखिने र यी टाटाहरू पातको बीच भागको नसाको दुबैतिर असमान किसिमले रहन्छ;
  • बेमौसमी फूल फुल्ने र फलको आकार सानो हुने,
  • फललाई काटेर हेर्दा फलको गुदी भागदेखि समान नभई एका पट्टीको पाटो ठूलो र अर्को पट्टीको पाटो सानो हुने,
  • बिऊहरु चाउरी पर्ने;
  • फलको भेट्नो तिरबाट पहेंलिदै पाक्ने तर टुप्पोतिर हरियो नै रहने ।

1

रोकथामका उपायहरु

  • रोगी बिरुवाको हालसम्म उपचार पत्ता नलागेको । तसर्थ बगैंचामा यो रोग भित्रिन नदिनु नै उत्तम उपाय हो ।
  • नयाँ बगैंचा स्थापना गर्दा बिरुवाहरु १२०० मी. भन्दा धेरै उच्चाईमा रहेको नर्सरीहरुमा जालीदार घर भित्र उत्पादन गरिएको रोग मुक्त स्वस्थ बिरुवाको प्रयोग गर्ने ।
  • सिट्रस सिल्ला किराको व्यवस्थापन गर्ने ।
  • रोगी बिरुवालाई बगैंचाबाट तुरन्तै हटाई नष्ट गर्ने ।
सिट्रस ट्रीस्टेजा भाइरस

यो एक भाइरसबाट लाग्ने रोग हो । यो रोग लाही किरा, कलमी बिरुवा तथा प्रुनिङ्गं गर्न प्रयोग गरिएको औजारहरुबाट सर्दछ ।
लक्षण

  • बोट पहेंलिने, चाँडो ओइलाउने, टुप्पोदेखि सुक्दै आउने र केहि वर्षमा नै बोट मर्ने;
  • पातलाई सूर्यको प्रकाश तिर पारेर हेर्दा नसाहरु प्रष्ट देखिन्छ;
  • अत्यधिक फूल फुल्ने र फलको आकार सानो हुने;
  • रोगी बिरुवाको बोक्रा खुईलाउँदा डाँठमा पिनले कोपेको जस्तो धब्बाहरु देखिन्छ ।

citrus   citrus

रोकथामका उपायहरु

  • रोग प्रतिरोध गर्न सक्ने रुटस्टकहरु जस्तै तीनपाते सुन्तला प्रयोग गर्ने ।
  • सुट टिप ग्राफ्टिङ्गबाट भाइरस मुक्त बिरुवा उत्पादन गर्ने ।
  • लाही किराको व्यवस्थापन गर्ने ।
  • रोगमुक्त बोटबाट मात्र सायन प्रयोग गर्ने ।
  • जाली घर भित्र उत्पादन गरिएका बिरुवाको प्रयोग गर्ने ।

किरा व्यवस्थापन

पात खानुवा (leaf miner)
  • यसको लार्भाले पातमा सुरुङ बनाई पातको हरितकण खाई पातलाई जालीजस्तो बनाउँदछ साथै कोत्रे रोगलाई सार्न मद्धत पु–याउँदछ 
  •  यसको नियन्त्रण गर्न सावुन, पानी र सृुर्तिको झोल प्रयोग गर्ने वा रोगर १.५ मि.लि. प्रति लिटर पानीमा मिसाई प्रयोग गर्ने

citrus    citrus

गवारो (fruit and shoot borer)
  •  यसको लार्भाले वोटको हाँगामा प्वाल पार्दछ । प्वाल पारेको हाँगा चिरेर हेर्दा कालो टाउको भएको हल्का पहेले शरिर भएको लाभ्रे देखा पर्दछ ।
  • बगैचाको सरसफाईमा ध्यान दिने, चोर हाँगाहरु हटाउने,सुकेका हाँगाहरु काटेर जलाउने र गवारोले पारेको प्वालमा कपासमा मट्टितेल चोवी प्वालभित्र हाली माटोले टालिदिने ।

citrus    citrus

लाही
  • यिनिहरुले कलिला पात र वोटको मुन्टा चुसी बोटको बृद्धिमा असर गर्दछन्  साथै सिट्रस ट्राईस्टेजा भाईरस र  अन्य ब्याक्टेरिया सार्न मद्दत गर्दछ । यसले गुलियो पर्दाथ निकाल्दछ जसमा ध्वाँसे रोगका जिबाणुको बृद्धि हुन्छ
  •  साबुन,सुर्ती र पानीको मिश्रण वा गहुँत पानी (१ः४) प्रयोग गर्ने र थोप्ले खपटेको संख्या बृद्धिमा जोड दिने

citrus

कत्ले किरा
  • यिनिहरुले स–साना बिरुवा देखि पुराना वोटसम्मको रस चुस्दछन् । यसले गुलियो पर्दाथ निकाल्दछ जसमा ध्वाँसे रोगका जिबाणुको बृद्धि हुन्छ
  •  सर्भो १५ मि.लि. प्रति लिटर पानीमा मिसाएर छर्ने वा अन्य खनिज तेलको प्रयोग गर्ने र रातो थोप्ले खपटेको संख्या बृद्धिमा जोड दिने

citrus  citrus

फल कुहाउने औँसा
  • भाद्र महिना देखि कार्तिकसम्म बिशेष गरी जुनार र निवुवाको फल पहेलो हुने वेलामा खैरो रंगको झिंगाले फुलपार्ने अंगको सहायताले बोक्रामा प्वाल पारी फल भित्र फुल पार्दछ र औसाले फल कुहाउँदछ

 औसाको नियन्त्रण गर्ने उपायहरू:

  •  औसा लागेर झरेका फल काटि पानीमा ६–७ घण्टा डुवाउने,हिउँद याममा जमिनको खनजोत गर्ने
  •  फेरोमेन पासो ( मिथाईल युजिनोल र मालाथियन मिसाएको) को पासोको प्रयोग गर्नाले भाले आर्कषित भई संख्या नियन्त्रणमा सहयोग गर्दछ ।

citrus   citrus

सिट्रस सिल्ला (citrus psylla)
  •  यो सेतो खालको चुसाहा कीरा हो जसले ग्रिनिङ रोग सार्न मद्दत गर्दछ र १००० मी. भन्दा माथिको स्थानमा यसको गतिबिधि कम भएको बिश्वास गरिन्छ 
  •  कामिनी फुलको बोट भएमा नष्ट गर्ने र कीरा नियन्त्रण गर्न मालाथियन १–१.५ मि.लि. प्रति लिटर पानीमा मिसाएर छर्ने तथा नियमित रुपमा बगैचा निरिक्षण गर्ने

citrus  citrus

ध्वाँसे (Sooty Mould)
  • पात, हाँगाविगा तथा फलमा कालो मखमली ढुसीले छोप्दछ । यी ढुसीहरु लाही, कत्ले कीरा आदिको गुलियो बिष्टामा बिकास हुन्छन् ।
  • कीरा नियन्त्रणको लागि कीटनाशक विषादीको प्रयोग गर्ने वा बोर्डोमिश्रणमा आलसको तेल वा स्टिकर मिसाई प्रयोग गर्ने वा एक लिटर पानीमा ५ ग्राम चिनि मिसाएर छर्कनाले ढुसी पाप्रा परेर झर्दछ 

citrus

पतेरो
  • यो कीराका बच्चा तथा बयस्कले फलमा सुँढ घुसाई रस चुस्दछन् जसको कारणवाट फल झर्दछ
  •  फल नभएको बखतमा यिनिहरु नयाँ पात र हाँगामा बस्दछन्

नियन्त्रण गर्ने उपाएहरु:

  • यिनिहरुलाई बिषादीको प्रयोग गर्दा बयस्क पतेरो लुक्ने हुँदा बिहानीपख जालीको सहायताले संकलन गरी मार्नु नै उत्तम उपाय हो । जेठ–आषाढमा बगैचाको नियमित निरिक्षण गरेर फुल वा बच्चाहरुको झुण्ड नष्ट गर्ने
  • शिकारी पासो (सिनोलाई बोरामा वेरेर लठ्ठीमा झुण्ड्याएर बगैचाको बिचमा राख्ने र बिहानीपख आर्कषित भएका बयस्क संकलन गरी मार्ने ), अण्डा एवं निम्फलाई देख्ने बितिकै हातले टिपेर मार्ने

hi

कागतीको पुतली
  • यो पुतलीको लार्भालाई शुरुको अबस्थामा हेर्ने हो भने पातमा चराको बिष्टा जस्तो देखिन्छ र यसको  लार्भा अबस्थामा शरिरमा रौ हुदैन । यसले बिरुवाको पात खाएर बोट नाङगो पारिदिन्छ|

नियन्त्रण गर्नेउपाएहरु:

  • यसको लार्भालाई देख्नेबितिकै टिपेर मार्ने,सुर्ती पानीको झोल छर्कने । यति गर्दा पनि नियन्त्रण नभएमा स्पर्श वा दैहिक बिष १–१.५ मि.लि. प्रति लिटर पानीमा मिसाएर छर्ने

hi

मिलिबग
  • यसको निम्फ र वयस्क पोथीले पातको तल्लो भाग र फलको भेट्नोबाट रस चुस्दछन् । यसको अत्याधिक प्रकोपले फल, पात र फुल झर्दछ । यसले गुलियो पर्दाथ निकाल्दछ जसमा ध्वाँसे रोगका जिबाणुको बृद्धि हुन्छ 

नियन्त्रणको उपाए:

  • थोप्ले खपटेको संख्या बृद्धि गर्ने, सुर्ति पानीको झोलको प्रयोग गर्ने, दैहिक विष १.५ मि.लि. प्रति लिटर पानीमा मिसाएर छर्ने

citrus

विरुवाको सुलसुले
  • निम्फ र बयस्कले पात, हरियो बोक्रा र फलको रस चुस्दछन् । फलमा यसको आक्रमणको कारणबाट फलको बोक्रा खैरो भई फल झर्दछ तथा फल खिया लागे जस्तो देखिन्छ 

नियन्त्रणको उपाए:

  • सर्भो १५ मि.लि. १ लि. पानीमा हालेर छर्ने वा खनिज तेलको प्रयोग गर्ने वा मालाथियन १.५ मि.लि. प्रति लिटर पानीमा हालेर छर्ने वा केल्थेन ०.५ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्ने

hi

कार्य तालिका

जेठ/असार
  • बोटमा आएका चोर हाँगा हटाउने
  •  बोट तथा हाँगामा बोर्डो मिश्रण (१५) वा कपरअक्सिक्लोराईडयुक्त विषादी २ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्ने 
  •  एक लिटर गाई-वस्तुको पिसाबमा ६ भाग पानी मिसाएर १५ दिनको फरकमा छर्ने तथा महिनामा १ पटक फेदको वरिपरि हाल्ने
  •  बोटको बरिपरिको झार हटाउने 
  •  रोग/कीराको अबस्था अबलोकन गरी बिषादीको प्रयोग गर्ने
साउन/भाद्र /असोज
  • एक लिटर गाई/बस्तुको पिसाबमा ६ भाग पानी मिसाएर १५ दिनको फरकमा छर्ने तथा महिनामा १ पटक फेदको वरिपरि हाल्ने र बोटमा झ्याउ देखा परेमा जुटको बोरा चुन पानीमा भिजाई बोटलाई सफा गर्ने
  • चोर हाँगा हटाउने, फल बाक्लो भएमा छाँट्ने तथा आबश्यकता अनुसार बोटमा टेका दिने
  • सर्भो  १५ मिलिलिटर प्रति लिटर पानीको दरले बोटमा एकपटक छर्ने वा अन्य खनिज तेल छर्ने   पतेरोको अबलोकन गरी कीरा ब्यबस्थापनमा  बताएअनुसार गर्ने
  •   फल कुहाउने औसा अबलोकन गरी ब्यबस्थापन गर्ने
कार्तिक/मङ्सिर र पौष १५ सम्म
  • बगैचाको सरसफाई गर्ने 
  • एक लिटर गाई/बस्तुको पिसाबमा ६ भाग पानी मिसाएर १५ दिनको फरकमा छर्ने तथा फेदको वरिपरि महिनामा १ पटक हाल्ने
  • चुसाहा कीराको ब्यबस्थापन गर्ने
  • आबश्यकता अनुसार फल फलेको हाँगामा टेका दिने
  • फल ५० ५ भन्दा बढी पहेलो भएपछि भ–यङको प्रयोग गरी सिकेचर तथा कैचीको सहायताले फल टिपि चोटपटक नलाग्ने गरी झोलामा राख्ने र उचित ठाउँमा माटोमा नपर्ने गरी प्याकिङको लागि राख्ने 
  •  फल ग्रेडिङ गरी, राम्रोसंग प्याकिङ गरेर बजारमा लैजाने
पौष १५ देखि माघ १५ सम्म
  • बगैचा सफा गर्ने
  • सिकेचर तथा प्रुनिङ स को सहायताले बोटको काँटछाँट गर्ने
  • जुटको बोरा चुन पानीमा भिजाई बोटलाई सफा गर्ने ,बोटलाई गहुँत पानी (१ः३) ले भिजाउने
  • बोट तथा हाँगामा बोर्डो मिश्रण (१५) वा कपरअक्सिक्लोराईडयुक्त बिषादी २ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्ने तथा काँटछाँट गरेको हाँगाको घा
  • बोर्डो पेष्ट ( १ लिटर पानीमा १०० ग्राम घरपोत्ने चुन र १०० ग्राम निलोतुथो) बनाई दल्ने
  • बोटको फैलाबटको मुनि चारैतिर तालिकामा बताएअनुसारको मलखाद १५–२० से.मी. चाक्लो तथा ३० से.मी. गहिरो रिङ बनाई दिने तथा प्रति बोट
  • ग्राम जिङक र २० ग्राम जति कृषि चुन हाल्ने र यदि धमिरा÷कमिलाको प्रकोप भएमा २० ग्राम निमाजिन हाल्ने र माटोले पुर्ने तथा छापो दिई पानी दिने
  • सर्भो  १५ मिलिलिटर प्रति लिटर पानीको दरले बोटमा एकपटक छर्ने वा अन्य खनिज तेल छर्न
  • जरा कुहिएका बोटलाई तिनपातेको सहायक जरा दिने तथा बोर्डो मिश्रण (१५) वा कपरअक्सिक्लोराईडयुक्त बिषादी २ ग्राम प्रति लिटर पानीमा मिसाएर जरा हल्का खोस्रिई भिजाउने र बोटको फेद वरिपरीको भागमा फेद नछुने गरी माटो राखी उँचो बनाउने
माघ १५ देखि फाल्गुन सम्म
  • एक लिटर गाई/वस्तुको पिसाबमा ६ भाग पानी मिसाएर १५ दिनको फरकमा छर्ने तथा महिनामा १ पटक फेदको वरिपरि हाल्ने
  • सर्भो  १५ मिलिलिटर प्रति लिटर पानीको दरले बोटमा एकपटक छर्ने वा अन्य खनिज तेल छर्ने
चैत्र/बैशाख
  • एक लिटर गाई/वस्तुको पिसाबमा ६ भाग पानी मिसाएर १५ दिनको फरकमा छर्ने तथा महिनामा १ पटक फेदको वरिपरि हाल्ने
  • चुसाहा कीरा नियन्त्रण गर्ने
  • सुक्ष्म तत्व (फुल फुलेपछि, फल केराउको दाना जत्रो भएपछि) स्प्रे गर्ने 
  • बोटको बरिपरि पानी जम्न नदिन निकासको ब्यबस्था मिलाउने