परिचय

परिचय

स्थानिय नाम : नर्साले   

अङग्रेजी नाम : Grain Sorghum 

वैज्ञानिक नाम : Sorghum bicolor   

जुनेलो एक महत्वपुर्ण अन्न तथा घाँसकोरुपमा प्रयोग गरिने बाली हो । सिमान्तकृत तथा सुख्खा जमिनमा पनि उत्पादन दिन सक्ने र केही बढि चिस्यान भएपनि सहन सक्ने यस बालीको गुण हुन्छ । जुनेलोले बढी सुख्खा भएमा अवस्था अनुसार पात वटारियर र सुसुप्त अवस्थामा वसेर पनि सुख्खाको सामना गर्न सक्दछ । यसको दाना भुटेर खान, चामल जस्तै पकाएर र रोटी बनाएर खाने गरिन्छ । जुनेलो विभिन्न औधोगिक उत्पादन र पशु आहाराको रुपमा पनि प्रयोग गर्ने गरिन्छ । यसले सिमान्तकृत जमिनमा मकैले भन्दा राम्रो उत्पादन दिन सक्दछ ।

पौष्टिक तत्व (प्रति १०० ग्राम)

शक्ति ३५७ क्यालोरी, चिस्यान १४.३ ग्राम, प्रोटीन ७.६ ग्राम, चिल्लो २.४ ग्राम,  कार्वोहाईड्रेड ७४.७ ग्राम, मिनरल्स १ ग्राम,  फाईवर ०.६ ग्राम, क्याल्सीयम १७ mg, फस्फोरस १९६ mg,  आईरन ३.६ mg, भिटामीन बि १– ०.१ mg, भिटामीन बि २ – ०.०३ mg, भिटामीन बि ३ – ३ mg पाईन्छ ।

जातहरु

जातहरु

नेपालमा यसको उन्नत जातको हाल सम्म सिफारिस भएको छैन तर बजारमा उन्नत तथा हाईब्रिड जातहरु उपलव्ध हुने गरेका छन् । जस्तै सि. एस भि.१, सि. एस भि २, सि. एस भि ३ आदी

जातहरु

नेपालमा यसको उन्नत जातको हाल सम्म सिफारिस भएको छैन तर वजारमा उन्नत तथा हाईव्रिड जातहरु उपलव्ध हुने गरेका छन् । जस्तै सि. एस भि.१, सि. एस भि २, सि. एस भि ३ आदी

आवश्यकता

हावापानी

जुनेलोलाई गर्मी हावापानीको आवश्यकता पर्दछ । तर यो उष्ण तथा समशितोष्ण हावापानी भएको स्थानहरुमा सफलतापूर्वक खेती गर्न सकिने बाली हो । यसले तुसारो सहन सक्दैन । १५०० मिटरको उचाइ सम्म यसको सफलतापुर्वक खेती गर्न सकिन्छ ।

माटो

यो बाली विभिन्न किसिमको माटोमा खेती गर्न सकिन्छ । चिम्टयाईलो दोमट तथा सुख्खा माटोमा सफलतापुर्वक खेती गर्न सकिन्छ । पि.एच. मान ६ देखि ८.५ सम्म भएको माटो उपयुक्त हुन्छ ।

कृषि इन्पुट

बीउदर

अन्न उत्पादनको लागी ७–८ के.जी र घाँसको लागी लगाउने हो भने १२ के.जी  प्रति हेक्टर बीउको आवश्यकता पर्दछ ।

जग्गा तयारी

जमिनको तयारी

जुनेलो बाली लगाउनको लागी माटोको राम्रो खनजोत गरेर तयार गर्नुपर्ने हुन्छ । यसको जरा गहिरो जाने हुनाले गहिरो (२०–२५ से.मी) खनजोत गर्नु आवश्यक हुन्छ ।

बाली लगाउने समय

वसन्ते बाली फागुन चैतमा र वर्षे वाली पहिलो मनसुनि वर्षा भए पछि लगाउनु उचित हुन्छ ।

बीउ छर्ने तरीका

जुनेलो घाँसको लागि लगाउने हो भने छरुवा विधिवाट लगाउनु पर्दछ । अन्न उत्पादनका लागि लगाउने हो भने हार देखि हार र बोट देखि बोटको दुरी ४५ से.मी. को दुरीमा रोप्नु पर्दछ । बीउ रोप्दा ४–५ से.मी भन्दा बढि गहिराईमा रोप्नु हुँदैन ।

बाली व्यवस्थापन तथा हेरचाह

मलखाद

कम्पोष्ट तथा गोबरमल २५–३० डोको प्रति रोपनीका दरले जमिन तयारीका बेला माटोमा मिसाउनु पर्दछ भने रसायनिक मल प्रयोग गर्ने चलन खासै पाईदैन तथापी यसको राम्रो उत्पादन लिनका लागि युरिया ८.७ के.जी, डि.ए.पी ५.५ के.जी र पोटास ३.३ के.जी प्रति रोपनीका दरले प्रयोग गर्नु पर्दछ । रसायनिक मलको हकमा युरीयाको आधा मात्रा ,डि.ए.पी र पोटास को पुरै मात्रा जमिन तयारीको वेला र युरीयाको बाँकी आधा मात्रा लाई दुई भागमा बाँडी पहिलो गोडमेल र दोस्रो गोडमेलको बेला प्रयोग गर्नु राम्रो मानिन्छ ।

सिंचाई

फुल फुल्ने समय र दाना भरीने समयमा चिस्यानको बढी आवश्यकता पर्दछ । वर्षा नभएको समयमा आवश्यकता बमोजिम सिंचाई गर्नु पर्दछ ।

गोडमेल

वर्षाको समयमा लगाएको वालीमा विभिन्न किसिमका झारपातहरु उम्रि जुनेलो सँग प्रतिस्पर्धा गर्दछन जसले गर्दा उत्पादनमा कमि ल्याउदछ । एक वा दुई पटक गोडमेल गर्दा यसवाट राम्रो उत्पादन लिन सकिन्छ ।

रोग किरा व्यवस्थापन

जरा कुहिने रोग, खराने रोग , सिन्दुरे रोग, पात डढुवा कालो पोके जस्ता रोहरुको प्रकोप देखिन्छ । उपचार गरिएको बीउको प्रयोग र बालीचक्र अपनाउनाले यी समस्याहरुलाई कम गर्न सकिन्छ । किराहरुमा डाँठको गवाररो र पात वेरुवाको समस्या देखिन्छ यसका लागि सुरक्षित विषादीको प्रयोग गरी नियन्त्रण गर्न सकिन्छ ।