छाउरा (लार्भा) मौरीमा लाग्ने रोगहरू
१) युरोपियन फाउल ब्रुड (EFB)
युरोपियन फाउल ब्रुड एउटा सूक्ष्म जीवाणु: Melissococcus pluton नामक ब्याक्टेरियाले नया लार्भाहरूको पेटमा सङ्क्रमण गर्दछ रे पेटभरि जीवाणु फैलिएर छाउरा कुहिन्छन् ।
लक्षण र पहिचान
- घारको प्रवेशद्वार अगाडि मरेका लार्भाहरू देखिनु ।
- छाउराको रङ परिवर्तन भई पहेँलो-खैरो खरानी रङको हुनु
- लार्भाका श्वासनलीहरू (Tracheae) पारदर्शी हुनु ।
- कुहिएका लार्भाहरू लस्सादार र सुकेपछि पाप्रा परेर कोषको भित्तामा टाँसिन्छन्, जसलाई मौरीले हटाउन सक्तैनन् ।
नियन्त्रण र व्यवस्थापन
- मौरीले नढाकेका चाका, काला पुराना चाकाहरू घारवाट हटाउने र मौरीले ढाक्न सक्ने चाकाहरूमात्र घारमा राख्ने ।
- रोगले सङ्क्रमण गरेमा, नयाँ घारमा मौरी टक्ट्क्याएर चाकाहरू र रानु फेर्ने ।
- मौरीगोलालाई छाउराविहीन बनाउन ११-१४ दिन सम्म रानुलाई पिंजडामा थुनेर घार भित्र राख्ने र हटाउने र सङ्क्रमण भएका घार, चौकोस, चाकाहरू जलाउनुपर्दछ ।
- ५०० एम.जी. अक्सिटेट्रासाइक्लिन वा टेरामाइसिन प्रति लिटर चास्नीको अनुपातमा तयार गरेर ३/४ दिनको फरकमा ३ पटक प्रयोग गर्ने, अथवा ओटेट्राभेट-५० धुलो एन्विायोटिक्स ०.५ ग्राम प्रति रोगी घारका दरले चिनी चास्नमिा मिसाएर ४/५ दिनको फरकमा ३ पटक खुवाउने वा यस औषधिलाई १०० ग्राम चिनीको धुलोमा वा चिनी पानीको पातलो घोलमा मिसाएर सिधै छाउरा चाकामा हल्का डस्टिङ वा स्प्रे गरिदिंदा रोग व्यवस्थापन हुने ।
२) थाइ स्याक बुड (Thai Sac Brood Virus, TSBV)
यो सेराना मौरीमा भाइरसद्वारा लाग्ने मुख्य छाउरा रोगमा लार्भाको पेटमा सङ्क्रमण गर्दछ । लार्भाको पेटमा यी जीवाणु, वृद्धि हुन्छन् र दिशासँगै बाहिर निस्कन्छन् ।
लक्षण र पहिचानः
- रोगी गोलाहरू पहिचान गरी मौरीखर्कबाट अलग्गै राख्ने ।
- सदैव गोला मजवुत, सफा राख्ने र प्रसस्त खाना उपलब्ध गराएर राख्ने ।
- मौरीगोलामा छाउराविहीन बनाउन रानुलाई पिँजडामा राख्ने र हटाउने । रोगी घार, चाका, फ्रेमहरू जलाएर नष्ट गर्ने ।
नियन्त्रण र व्यवस्थापन
- रोगी गोलाहरू पहिचान गरी मौरीखर्कबाट अलग्गै राख्ने ।
- सदैव गोला मजवुत, सफा राख्ने र प्रसस्त खाना उपलब्ध गराएर राख्ने ।
- मौरीगोलामा छाउराविहीन बनाउन रानुलाई पिँजडामा राख्ने र हटाउने । रोगी घार, चाका, फ्रेमहरू जलाएर नष्ट गर्ने ।
३) चक बुड (Chalk Brood)
मौरीको लार्भामा लाग्ने ढुसीजन्य (Ascosphaera apis) रोग हो । यो रोग लागिसकेपछि छाउरा मौरीहरू चकजस्तो सुकेर कडा हुने हुँदा यसलाई चक बु्रड भनिएको हो ।
लक्षण: लार्भा पहिला नरम र अलिकति सुन्निएको हुन्छ र पछि खुम्चिएर कडा हुन्छ र चकजस्तै सेतो हुन्छ ।
नियन्त्रणः
- बढी चिसो समयमा यो रोग देखिने हुँदा गोला मजबुत तथा न्यानो बनाउने ।
- मौरीलाई खानाको अभाव हुन नदिने ।
४) अमेरिकन फाउल ब्रुड (American Fouul Brood, AFB) American Foul BroodAmerican Foul B
अमेरिकन फाउल वु्रड रोग पेनी व्यासिलस लार्भी (एबभलष् दबअष्ििगक बिचखबभ) नामक व्याक्टेरियाबाट मेलिफेरा मौरीको लार्भामा लाग्दछ । खानासँग यस रोगका स्पोर्सहरू २ दिन उमेर पुगेका लार्भाको शरीरमा पस्छन् । उच्च तापक्रम, अधिक चिसो र विभिन्न रसायनमा पनि जीवित रहन सक्छन् ।
लक्षण:
- सङ्क्रमित लार्भाको रङ परिवर्तन हुने ।
- कोषको ढक्कन धस्सिने र प्वाल पर्ने, रड गाढा र भिजेको जस्तो देखिने ।
नियन्त्रणः
गोला र मौरीघार सम्पूणर् जलाएर नष्ट गर्ने ।
वयस्क मौरीमा लाग्ने रोग
१) नोसिमा (Nosema)
नोसिमा एपिस (Nosema Apis) नामको परजीवीद्वारा वयस्क मौरीमा यो रोग लाग्दछ । वयस्क मौरीको पचानप्रणलीमा बाधा पुर्याउँछ । रोगी मौरीले पातलो दिशा गर्दछ ।
लक्षण:
- मौरीघारभित्र र बाहिर पातलो दिशा गरेको देखिनु ।
- रोगी मौरीको पेट फुल्नु ।
- स्वस्थ मौरीको आन्द्रा खैरो रङको हुन्छ भने नोसेमा रोगले ग्रसित मौरीको आन्द्रा सेतो र फुकेको हुन्छ ।
नियन्त्रणः नियन्त्रण नभएमा विज्ञसंग सल्लाह लिने ।
२) अमिबा (Amoeba)
अमिवा एक सुक्ष्म गिर्खा (ऋथकत) बनाउने ःबउजष्नजबmयभदब mभििषष्अबभ नामक परजीवीका कारणले वयस्क मौरीमा लाग्ने रोग हो । यो मौरीको पेटमा दिशा गर्ने अङ्ग (ःबउिष्नजष्बल तगदगभिक) मा वृद्धि हुन्छ । दिशासँग यसको सुक्ष्म गिर्खा बाहिर निस्केर अर्को मौरीको शरीरमा प्रवेश गर्छन ।
यो परजीवीले सड्क्रमण गरेको मौरीले खास लक्षण भने देखाउँदैन । यसको पहिचानको लागि प्रयोगशालामा सूक्ष्म परीक्षण गर्नुपर्दछ । यो रोग नेपालको सेराना र मेलिफेरा मौरीमा हालसम्म भेटिएको छैन । तर अन्य देशमा मेलिफेरामा र अमिबा सँगसगै देखा परिसकेको छ ।
३) पक्ष घात (Paralysis)
सुक्ष्म जीवाण भाइरसका कारणले वयस्क मौरीमा पक्ष घात हुने गर्दछ । यी भाइरस रोगका दुई फरक लक्षणहरू छन् । एउटा वेलायतका मौरीपालकले पक्ष घात ९एबचबथिकष्क० भनेर नाम राखेका हुन् । जसमा सङ्क्रमित मौरीले आफ्नो पखेटा र शरीर असामान्य गतिमा चलाउँछ । अनी उड्न असमर्थ भई भुइँमा घसे्रर हिँड्छन् । तिनीहरूको पेट फुलेको र पखेटाले ठाउँ छाडेको हुन्छ ।
अर्को प्रकारको पक्ष घात (Type 2) लाई बेलायतले black robbers र lKttle blacks नाम राखको छ । तिनीहरू रौविहीन हन्छन । गाढा हुन्छ । पेट भने केही ठूलो र चम्किलो हुन्छ र वाहिर निस्केपछि सुरक्षा मौरीले घारभित्र छिर्न दिदैनन् ।