परिचय

परिचय

कुरिलो (Asparagus officinalis) एक पौष्टिकताले भरिपुर्ण बहुबर्षवय तरकारी हो । यस्को ३०० भन्दा बढी प्रजातीहरु छन जसमध्ये Asparagus officinalis तरकारीको लागि मुना उत्पादन गर्ने र Asparagus racemesus औषधीको लागि जरा उत्पादन गर्ने उद्धेश्यले बेयवसायिक खेती गरिन्छ ।कुरिलो खेती न्यानो र समशितोष्ण हावापानी भएको क्षेत्रहरुमा सफलता पुर्वक खेती गर्न सकिन्छ । नेपालको तराई भागदेखी मध्य पहाड सम्म कुरीलोको व्यवसायीक खेती गर्न सकिन्छ । कुरिलो रुख विरुवा पातलो भएको भएको निजि वन, सामुदायिक वन, कबुलियती वन तथा ढुङ्गान कम भएको पाखा पखेरोमा समेत खेती गरि अतिरिक्त आयआर्जन गर्न सकिन्छ ।
यो वाली लगाएको २-३ वर्ष देखी मुना टिप्न सकिन्छ । वाली लगाएको ६-७ वर्ष सम्म क्रमिक रुपमा उत्पादन बढ्‌दै जान्छ भने १०-१२ वर्ष सम्म एकनासले उत्पादन दिईरहन्छ । बगानको नियमित जल र वाली संरक्षण गरिएमा करिव १५ बर्ष सम्म आर्थिक मुनाफा लिन सकिन्छ ।कुरिलोको पौष्टिक तथा औषधिय गुणको कारण राष्ट्रिय र अन्तराट्रिय बजारमा माग बढ्दो छ ।

asparagus    a

कुरिलोको औषधिय गुण / महत्व

१. कुरिलो स्वस्थ्य मुटुको लागि प्रभावकारी हुन्छ ।
२. यसले मधुमेह रोग नियन्त्रण गर्छ ।
३. मानिसलाई जवान र तनदुरुप्त राख सहयोग गर्दछ ।
४. छालालाई स्वस्थ्य र चम्किलो बनाउछ ।
५. मृगौलाको पत्थर हटाउन सहयोग गर्छ ।
६. पाचन प्रणाली चुस्त र दुरुस्त राख्छ ।
७. अर्बुद (cancer) रोगको जोखिम कम गर्दछ ।
८. पिसावको विकृत (Urinary disorder) हटाउँछ ।
९. वालक, वृद्ध तथा दिर्घ रोगीहरुलाई उत्तम पोषण गर्छ ।
१०. सन्तुलित पोषक तत्व पाईने हुनाले यस्को सेवनले सबे उमेरको मानिसहरुलाई स्वस्थ्य र तन्दुरुस्त राख सहयोग गर्दछ ।

कुरिलोमा पाईने पोषक तत्वहरु

कुरीलोमा मानिसलाई पोषणको लागि आवश्यक कार्बोहाईदड्रेट, प्रोटिन, भिटामिन, लवणहरु र खाध्य रेसाहरु प्रचुर मात्रामा पाईन्छ । कुरीलोको कलिलद् मुनामा एसएमजिन भन्ने तत्व पाईन्छ जसले मानव शरिरको लागि आवश्यक प्रोटीन निर्मामणमा महत्तपुर्ण भुमिका खेल्छ । कुरिलोमा निम्न लिखित पोषक तत्वहरु पाईन्छ ।

a

 

उत्पती र फैलावट

कुरिलो उत्पती पुर्वी भुमध्यसागरीय क्षेत्रहरुबाट (अफगानिस्थान, बहराईन, ईजिप्ट, ईरान, ईराक, कुवेत) भएको विश्वास गरिन्छ । युरोप र एसिया मा २००० वर्ष पहिले देखी कुरीलो खेतो हुदै आएको छ । युरोपियनहरुले कुरिलोलाई परापुर्वक काल देखी एउटा विशेष महत्व दिईएको तरकारी बाली हो । युरोपबाट कुरीलोको बिस्तारै विश्वको अन्य भुभागमा फैलिएको हो । कुरीलो चाईना, अमेरिका, ग्रिस, फ्रान्स, हलेण्ड, पेरु, जर्मनी, स्पेन, मेक्सीको हंगेरी, ईन्लान्ड ईत्यादी देशहरुमा प्रसस्त रुपमा विस्तारित भएको छ । कुरिलो उत्पादन दृष्टिबाट विश्वका ५ ठुला मुलकहरु निम्न लिखित छन् जसले विश्व उत्पादनको महत्वपुर्ण हिस्सा ओगटेको छन् ।
 

a

 

जातहरु

जातहरु
  • मेरी वासिङ्गटन (Marry washingtion): नेपालमा मेरी वासिङ्गटन जातको कुरिलो खेती अत्याधिक रुपमा गरिन्छ । यो हरियो ठुलो मुना आउने अगौटे जात हो । यो जात सिन्दुरे रोग मुक्त छ तर जरा कुहिने रोग (croown root) ग्रस्त हुन्छ । यो जातमा भाले र पोथी दुवै बोट निस्कन्छ । यस्को मुनाहरु एकै साईजको आउदैन । मुनाहरु केहो ठुला केही साना आउने हुनाले बजारीकरण गर्दा मुनाहरुको स्तरीकरण (Grading) गर्नु पर्छ ।
  • मार्था वासिङ्गटन (Marth washingtion): यो पुरानो अमेरीकन जात हो । यस्ले लामो कलिलो हरियो मुना (Spears) हरु उत्पादन गर्छ । यस्ले वैशाख जेष्ठ महिनामा मुना छाड्न सुरु गर्छ । बाली लगाएको २ वर्षमा मुनाहरु उत्पादन गर्न सकिन्छ । यो जात सिन्दुरे (Asparagus rust) निरोधक छ तर जरा कुहिने रोग भने लाग्न सक्छ । यस्को पनि भाले र पोथी फुल छुट्टा छुट्टै बोटमा रहन्छ र पोथी बोटले बिउ उत्पादन गर्छ । पोथी बोट भन्दा भाले बोटको उत्पादन धेरै र गुणस्तरीय हुन्छ । आजकाल सबै भाले बोट मात्र हुने वर्णशंकर (Hybrid) जातहरु निस्केको हुनाले मार्था वासिङ्गटन जातको खेती कम गरिन्छ ।
  •  जर्सी सिरजका जातहरु (Marry Hashington, Martha Washington): तुलनामा गुणस्तरीय मुना र बढी उत्पादन दिन्छन् । यि जातहरु कुरीलोको सिंदुरे (Asparagus rust), जरा कुहीने रोग (Color root) तथा फुजारीयम जातको ढुसी (Fussrium Fungus) बाट लाग्ने रोग मुक्त छन् । ब्यवसायीक कुरीलो खेतीको लागि जर्सी सेरीजको जातहरुले बढी मुनाफा दिन्छ ।
  • मिलोनियम : यो कुरीलोको जात क्यानडाको गल्फ युनिभरसिटी बाट विकास गरिएको हो । यो जातले गुणस्तरीय मुनाहरु उत्पादन गर्छ । यस्को मुनाहरु नरम र वास्नादार हुने गर्दछन् । यस्को खैती अन्य कुरिलोको तुलनामा विभिन्न किसिमको माटोमा गर्न सकिन्छ यो जातको कुरीलोले अन्य जातहरुले भन्दा बढी चिसो खप्न सक्छ । एक पटक लगाएपछी यस्ले १५ दिनसम्म राम्रो उत्पादन दिन्छ ।
  • पर्पल प्यासन (Purpie passion): यो कुरिलोले गाढा रातो मुना उत्पादन गर्छ। पर्पल रंगको मुना उत्पादन गर्नेजातहरु मध्ये यो जात प्रसिद्ध जात हो । यसको मुनालाई फ्रीज गरैर राख सकिने ज्यादै नरम मुना भएकाले सलादको लागि प्रसिद्ध छ । पोथी बाट धेरै निस्कने हुदाँ उत्पादन कम हुन्छ ।

आवश्यकता

हावापानी

कुरीलो एक विभिन्न हावापानीमा हुन सक्न बाली हो । यो उष्ण, समशितोष्ण र शितोष्ण हावा पानी भएको क्षेत्रमा समेत उत्पादन गर्न सकिन्छ । नेपालको समथल तराई भाग देखि उच्च पहाडको तल्लो भाग सम्म कुरीलो खेती गर्न सकिन्छ । कुरीलोको विउ उम्रनको लागि ८ डिग्री सेल्लियस भन्दा कम तापक्रम हुनु हुदैन । मुनाहरुको वृद्धि र विकासको लागि १५-२० डिग्री सेल्लियस तापक्रमको आवश्यकता पर्दछ । चिसो समयमा कुरीलो सुषुप्त अवस्थामा रहेको हुन्छ, तेती बेला यस्लाई न्युन तापक्रमको आवश्यकता पर्दछ । कुरीलोले हल्का तुसारो सहन सक्छ तर लामो चिसो वातावरण र बढी तुसारो हानिकारक हुन्छ ।

माटो

कुरीलो खेती बढी ढुङ्गयान र वालुवा बाहेक प्राय सबै प्रकारको माटोमा गर्न सकिन्छ । तर माटोको प्रकृती अनुसार प्राङ्गारीक मल र सिंचाईको समुचित व्यवस्था गर्नुपर्दछ । तर राम्रो निकासा र प्रसस्त प्राङ्गरिक पदार्थ भएको बलौटे दोमट माटो कुरीलो खेतीको लागि उपयुक्त हुन्छ । ज्यादै अम्लिय र क्षारिय दुबै माटोमा कुरीलो खेती राम्रो हुदैन । यसको लागि माटो पि.यच. ६-६.७ उत्तम हुन्छ ।

कृषि इन्पुट

मलजल (Manuring and Fertilizeration)

कुरीलो एक बहुबर्षिय तरकारी बाली भएको हुनाले माटोको उर्वरा शक्ती र भौतिक अवस्थालाई ध्यान दिनुपर्दछ
कुरीलो बारीबाट १०.५ क्वि. ताजा मुनाहरु उत्पादन गर्दा यसले माटोबाट ४४ के. जि नाईट्रोजन, १२.५ के.जि फस्फोरस र ४० के.जी. पोटास उपभोग गर्दछ ।
कुरिलोलाई वार्षिक रुपमा ५० के.जि नाईट्रोजन, २५ के.जि फस्फोरस र ५० के.जी. प्रति है. गोवरमलको आवश्यकता पर्दछ ।
कुरीलोको गुणस्तरीय मुना उत्पादनको लागि रासायनिक मलको अतिरिक्त प्रतिबोट ५०० ग्रामका दरले प्राङ्गरीक मल वा गडौले मल दिनु राम्रो हुन्छ ।


मल राखे समय र बिधि (Method and time of manure/fertilizer application)
क. मल राखे समय (time of manure/fertilizer application)
कुरीलोलाई वर्षको २ पटक मलजल गरिन्छः
१. पहिलो पटक माघ महिनाको तेस्रो हप्ता जुन बेला कुरीलोले शुषुप्त अवस्था समाप्त गरी सक्रिय अवस्थामा प्रवेश गर्दछ
२. दोस्रो पटक भाद्रको तेस्रो हप्ता जतो बेला कुरीलो काट्‌ने काम समाप्त भै सकेको हुन्छ ।


ख. मलको मात्रा (Dose of manure/fertilizer application)
सिफारीस गरिएको सम्पुर्ण मलको आधा भाग पहिलो पटक मल राख्दा प्रयोग गर्नुपर्छ ।
बाकी आधा भाग दोस्रो पटक प्रयोग गर्नु पर्छ ।
यसरी मल प्रयोग गर्दा एक पटकमा २५ के.जी. नाईट्रोजन, १२.५ फस्फोसर, २५ के.जी. पोटास र ७४०.५ के.जी. कम्पोष्ट वा गडौले मल दिनु पर्छ ।

ग) मल दिने तरीका (time of manure/fertilizer application)
माथी उल्लेखीत नाईट्रोजन, फस्फोसर, पोटास र कम्पोष्ट मल (२५ के.जी. १२.५ के.जी+२५ के.जी. पोटास+७४०.५ के.जी.) त्रिपालमा थुप्रो पारी राम्ररी मिसाई मलको मिश्रण तयार गर्नुपर्छ ।
यसरी तयार भएको जम्मा ७४७० के.जी. मिश्रण (७४७०००० ग्राम) कुरीलो गाँज वरीपरी सानो कुलेसो बनाई २५२.२ ग्रामका दरले राखी माटोले पुरी हल्का सिंचाई गर्नुपर्छ ।

सिंचाई (Irrigation)
  • कुरीलो बाली कलीलो मुना उत्पादनको लागि खेती गरिने हुदाँ पानीको विशेष महत्व छ ।
  • पानीको मात्रा कम भयो भने मुनाहरु कडा हुनुको साथै उत्पादन पनि घट्छ ।
  • कुरीलो बारीमा चिस्यान र माटोको अवस्था हेरी १०-१५ दिनको फरकमा सिंचाई गर्नुपर्छ ।
  • सिंचाई गर्दा दुई ड्याङको बिचमा ड्याङ भिज्ने गरी पानी पट्याउनुपर्छ ।
  • गोडमेल गर्दा कुट्टो वा सानो कोदालो प्रयोग गरी जराहरु काटिन बाट जोगाउनु पर्छ ।
  • गोडमेल पश्चात दुई लाईन विचमा रहेको ड्याङको माटो प्रयोग गरी उकेरा लगाउनु पर्छ ।

खेति गर्ने तरिका

कुरीलोको प्रशारण

कुरीलो प्रशारण दुई विधि बाट गरीन्छ ।
१. कुरीलोको जरा सहितको गानो बाट प्रशारण (Propagation by crown)
कुरीलोको पुर्ण विकाशित भएको गाँजलाई जमीनवाट जरा नछिन्ने गरी खनेर निकाल्नु पर्छ । गाँज निकाली सकेपछी गानोमा कम्तो २-३ वटा आखाँ पर्ने गरि गानोलाई चक्कुले टुक्का-टुक्का पार्नु पर्छ ।कुरीलोको वारी तयार गरि एउटा खाल्टोमा एउटा टुक्रा रोप्नु पर्छ । गानाबाट प्रशारण गरिएको कुरिलोले छिटो उत्पादन दिन्छ । यस्को मृत्युदर पनि कम हुन्छ तर विउबाट प्रशारण गरेको भन्दा खर्चिलो हुन्छ ।

२. कुरिलोको बिउ उमारेर सार्ने (Propagation by Seedling)
बिउबाट कुरिलोको प्रशारण गर्दा दुई विधिवाट गर्न सकिन्छ ।


.जमिनमा ब्याड बनाई कुरिलोको बिउ उमार्ने (Seeding in nursery bed)
कुरीलोको बिउको बाहिर पट्टी कडा बोक्राले ढाकेको हुन्छ । त्यस कारण बिउ लाई नभिजाईकन रोप्यो भने उम्रन ढीलो हुन्छ । छिटो उम्रन र उम्रन प्रतिशत बढाउनको लागि बिउलाई २४-७२ घण्टा भिजाउनु पर्दछ
भिजेको बिउको पानी तर्काइ १/२ देखि घण्टा सम्म कपडामा फिजाई छाँयामा राखुपर्दछ ।
बिउ ओभाई सकेपछि जम्मा गरि कचौरा वा अन्य भाँडोमा राखु पर्छ ।
यसरी उपचार गरिएको विउ नर्सरी ब्याड वा प्लास्टिक ट्रे मा उमारी मुख्य पल्टमा सार्न सकिन्छ ।


ख. ब्याड तयारी (Preparation of Nursery)
नर्सरी बनाउने जग्गालाई ३-४ पटक खनजोत गरि झार, ढुङ्गा र अन्य वालीको अवशेष हटाई माटो बुर्बुराउदो बनाउनु पर्दछ ।
माटो तयार भएपछि आवश्यकता अनुसारको ब्याड बनाउन सकिन्छ ।
सामान्यतया १ मि. चोडाइ ३ मि. लम्बाई र १० से.मि उचाई भएको ब्याड बनाउने प्रचलन छ ।
काम गर्न सजिलो होस भन्ने हेतुले हरेक दुई ब्याडको बिचमा ५० से.मि जग्गा खाली राखु पर्छ ।
ब्याडको तयारी भै सकेपछि बिउलाई लाईनमा रोप्नु पर्छ । दूई लाईन बिच १५-२० से.मी, दुई बोट बिच ५-७ से.मी दुरी कायम गरि बिउलाई १.५-२.० से.मि गहिरो गरि रोप्नु पर्दछ ।बिउ रोपेको ७-१५ दिनमा उम्रन्छ । बिउ नउम्रदा सम्म माटोको चिस्यान हेरी स्प्रेयर द्वारा पानी दिनु पर्दछ ।

  •  प्लास्टिक ट्रेमा बिरुवा उमार्ने तरिका (Seeding in Plastic tray)

प्लास्टिक विभिन्न आकार प्रकारका हुन्छन् । त्यस कारण ट्रे रोज्दा दह्रो र प्रयाप्त पिटमस जाने खालको हुनुपर्छ ।
पिटमसलाई पक्कि सतहमा फिजाई पानी छर्कनु पर्छ ।
पिटमसले प्रशस्त पानी सोस्ने हुदाँ फिजिएको पिटमसमा पटक-पटक एक नासले पानी छर्दै मोल्दै गर्नु पर्छ । पिटमस भिजि सकेपछि एक ठाउँमा थुप्रो लगाई १/२ घण्टा भिज्न दिनु पर्छ । अव राम्ररी भिजेको पिटमसलाई ट्रे माथी थुपारी हत्केलाले दलेर पिटमसको प्वाल भर्नुपर्दछ । ट्रे को प्वालहरु भरि सकेपछी पुनः हरेक प्वालमा औलाको सहायताले थप पिटमस खाँदी टन्न भर्नुपर्दछ । पिटमस राम्ररी खादिएन भने पिटमस छिटो छिटो सुक्ने हुदाँ र पछि बिरुवा निकाल्न समेत असहज हुन्छ ।
बिरुवाको आवश्यकता अनुसार ट्रेहरु भरेर तयार भएपछि सिसाकलम जत्रो आकारको छेस्कोको भाग तिखारेर चुचो पारी ट्रेको हरेक प्वालको बिचमा १.५-२.० से.मि गहिरो खाल्टो भिजाएर ओवानो भएको एउटा एउटा बिउ रोप्नु पर्दछ ।
बिउ रोपेपछी नउम्रीदा सम्म दिनको एक पटक स्प्रेयरको सहायताले पानी छर्नु पर्छ ।
बिउ रोपेको ७-१० दिनमा उम्रन्छ भने उम्रेको १-१.५ महिनामा मुख्य प्लटमा सार्नको लागि तयार हुन्छ ।
नर्सरी ब्याडमा लगाएको बिरुवाको तुलनामा ट्रेमा उमारेको बिरुवालाई बढी पानीको आवश्यकता हुन्छ । पिटमस तुरुन्तै सुक्ने हुदाँ दैनिक रुपमा विरुवा तयार नहुदाँ सम्म स्प्रेयरको सहायताले पानी दिनु पर्छ ।
ट्रेमा प्रयोग भएको पिटमसमा बिरुवाको लागि आवश्यक खाद्यतत्व छिट्टै सकिने हुदाँ बिरुवा लाई मुख्य खाद्य तत्व NPK र अरु शुक्ष्म खाद्य तत्वहरु छरी राखु पर्दछ ।
विरुवा तयार हुनासाथ मुख्य बारीमा बिरुवाहरु सारी हाल्नु पर्छ । बिउको मात्रा २.५-४.० के.जी प्रति हे. विउ आवश्यक पर्छ ।

बिरुवा उखेल्ने (Uprooting of seedlings)
  • बिरुवा सार्न योग्य भएपछी नर्सरी ब्याड वा ट्रे बाट बिरुवाहरु निकाल्नु पर्छ ।
  • बिरुवा उखेल्नु पुर्व नर्सरी वा ट्रेमा हल्का सिंचाई को आवश्यकता पर्ने हुँदा पिटमस वा माटो सामान्य चिसो हुने तर पानी नबग्ने गरि सिंचाई गर्नुपर्दछ ।
  • नर्सरीको विरुवा उखेल्दा एक पटकमा एउटा मात्र बिरुवा उखेल्नु पर्छ । बिरुवाको जरा भन्दा तल चुच्चे कुटो गाडेर माथि तिर उचाली बिरुवाको जरा नछिन्ने गरि विरुवा निकाली योग्य भएपछी नर्सरी वा अन्य भाडोमा जम्मा गर्नुपर्दछ ।
  • प्लास्टीक ट्रेमा लगाएको बिरुवालाई ट्रेको तल्लो भाग बाट औलाले माथि धकेली एक एक प्वालको विरुवा उख्लेल्न पर्छ । बिरुवालाई फेदमा समातेर तान्नु हुन्न यसो गर्नाले बिउ छिनेर नोक्सान हुन्छ ।
  • कुरीलो सार्ने जग्गामा भएको अन्य बोट बिरुवा झाडी र बुट्यानहरु फाडेर जग्गा सफा गर्नु पर्छ ।
  • जमिनलाई ३-४ पटक खनजोत गरि सम्पुर्ण झारपात, ढुङ्गाहरु र पुराना बालीको अवशेषहरु हटाउनु पर्छ ।
  • जमिनको सतह मिलेको छैन भने सम्याएर बराबर हुने गरि मिलाउनु पर्छ ।
कुरीलो सार्ने (Trasplating)

कुरीलो सार्ने (Trasplating)

  • कुरीलो बिरुवालाई दुई लाईनको बिचमा ७५-९० से.मी दुरी हुने गरि २० से.मि गहिरो कुलेसो बनाई ४५-६० से.मी को फरकमा बिरुवा सारिन्छ ।
  • कुलोसेको बाटो दूई कुलेसोको बिचमा ड्याङ बनाई राखुपर्छ ।
  • बिरुवा सरेपछि विस्तारै ड्याङको माटो प्रयोग गरि उकेरा लगाउदै जानुपर्दछ ।

बाली व्यवस्थापन तथा हेरचाह

गोडमेल (Interculture Operation)
  • कुरीलो बहुबर्षिय बाली भएको हुनाले निरन्तर गोडमेल गरी बगानलाई झारपात रहित राखुपर्छ ।
  • गोडमेल गर्दा कुटो वा सानो कोदालो प्रयोग गरी जराहरु काटिन बाट जोगाउनु पर्छ ।
  • गोडमेल पश्चात दुई लाईन विचमा रहेको ड्याङको माटो प्रयोग गरी उकेरा लगाउनु पर्छ ।
अन्तर बाली (Inter cropping)
  • कुरीलो लगाए पछी पहिलो पटक मुना उत्पादन गर्न कम्तीमा २ वर्ष लाग्ने हुदाँ लाईनहरुको विचको भाग खाली हुन्छ ।
  • कुरीलो बाट आय नभएको बेला छीटो तयार हुने र पानी, प्रकाश र खाद्य तत्वहरुको लागि कम प्रतिस्पर्धा गर्ने तरकारीहरु उत्पादन गर्न सकिन्छ ।
  • कुरीलो बारीको खाली भागमाम घिउसिमि, अगौटे बन्दा, जिरीको साग, धनियाँ र अन्य बोट ठुला नहुने तरकारी लगाउन सकिन्छ ।
स्वयतीकरण (Blanching)
  • स्वयतीकरणको प्रकृया कुरीलोको सेतो मुना उत्पादनको लागि गरिन्छ ।
  • कुरीलोले मुना छाड्ने वेला कुरीलोको गाँजमा २५-३० से.मि. माटोचढाईन्छ ।
  • कुरीलोको मुना जमिनको सतहमा निस्कने बेला भएपछि जमिन मुनीबाट चक्कुले काटेर सेतो रङको मुनाहरु उत्पादन गरिन्छ ।
  • मुनाहरुको टुप्पो जमिनको सतहमा देखिने बित्तिकै मुनाहरु काटी हाल्नु पर्छ । अन्यथा मुना प्रकाशको सम्पर्कमा आउना साथ हरितकणको विकास भै हरियो मुना उत्पादन हुन्छ ।
  • सेतो मुनाहरु डब्बामा संरक्षण गर्न र सलादको लागि प्रयोग हुने हुदाँ राम्रो मुल्यमा बिक्री गर्न सकिन्छ ।
कुरीलोमा छापो हाल्ने (Mulching)

कुरीलो लगाईएको बारीमा प्राङ्गरिक पदार्थ वा प्लाष्टिकले जमिनको सतह छोपिने प्रकृयालाई छापो हाल्ने भनिन्छ । छापो राख्दा विरुवाको गाँज वरीपरी र खाली सतहमा एक नासले छोप्नु पर्दछ । छापो हाल्ने काम बिरुवा एक वर्ष भै सकेपछी गोडेर उकेरा लगाएपछी राम्रो हुन्छ । प्लास्टिक छापो भन्दा प्राङ्गारीक छापो राख्दा उत्तम हुन्छ । छापोको लागि मेशिन लगाएको परालको टुक्राहरु, मास, मसुरो तथा केराउको कुसुरो, भूस, ईत्यादी प्रयोग गर्न सकिन्छ ।

रोग व्यवस्थापन

कुरीलोको सिन्दुरे रोग

यो रोग puccinia asparagi जातको ढुसी बाट हुन्छ ।
लक्षण
यो रोग कुरीलोको पातमा लाग्छ । रोग लागेको पातमा सुरुमा हल्का हरियो रंगको घाउहरु देखिन्छ । यि घाउहरु सुन्तला रंगमा परिणत भै ईट्टा रंगको रातो अनि अन्तमा कालो रंगमा परिणत भै पातहरु झर्न थाल्छ । यो रोग बढ्दै गएपछी डाठहरुमा पनि खैरो घाउहरु देखिन्छ ।

व्यवस्थापन
सिन्दुरे रोग मुक्त जातहरुको खेती गर्ने ।
सिन्दुरे रोगको लक्षण देखा पर्नासाथ साफ (mancozeb 63%+ carbendazem 12% Hp) २ ग्राम प्रति लिटर पानीमा घोली छर्ने ।

फुजारीयम जरा, गाँठो तथा तल्लो काण्ड कुहिने रोग

यो रोग Fusarium oxysporium.t sp. Asparagi Fusarium proliteratum जातको ढुसी बाट हुन्छ ।
लक्षण
यो रोगको प्रकोप खडेरीबाट कुरीलोको विरुवाहरु कमजोर भएको बेलामा बढी हुन्छ । रोगले आक्रमण गरेपछी जमिन नजिक रहेको काण्डको भाग, जरा र गाढामा खैरो रंगका घाउहरु निस्कन्छ । रोगको प्रकोप बढ्‌दै गएपछी पुरै सुक्छ । सुकेको बाट तान्यो भने कुहिएको भागबाट सजिलो सँग छिनेर हातमा आउछ ।


व्यवस्थापन
खडेरीको समयमा बगानमा नियमित सिंचाई गर्ने ।
कुरीलो बगानलाई गोडमेल गरी झार रहित राखुपर्दछ ।
रोग मुक्त जातहरुको खेती गर्ने ।
रोगको अत्याधिक प्रयोग भएको जग्गामा कम्तीमा ४ वर्ष सम्म अर्को बाली लगाउने ।

फाईटोपथोरा जरा, गाँठो तथा मुना कुहिने रोग

यो रोग Phytophtora Asparagi जातको ढुसी बाट हुन्छ ।
लक्षण
यो रोगको प्रकोप माटोमा चिस्यानको मात्रा बढी भएको बेला देखा पर्दछ । रोगले आक्रमण गरेको मुनाहरु पानीले भिजेको जस्तो घाउहरु देखिन्छ । जसले गर्दा मुनाहरुको जमिनमा जोडिएको भाग भन्दा केही तल र माथील्लो भाग ओलिएर खुम्चन्छ ।
रोग लागेको जरा र हागाँहरु पनि पहेलो रंगको घाउहरु निस्कि ओईलाउन थाल्छ ।
रोग लागेको बोटका पातहरु पहेलो हुन्छ ।


व्यवस्थापन
पानी जम्ने खेतहरुमा खेतो नगर्ने ।
प्रविधि पुस्तिका
सिन्दुरे रोगमा जस्तो ढुसी नासक प्रयोग गर्ने ।

किरा व्यवस्थापन

कुरीलोको खपटे किराहरु (Asparagus Beetles)

यो किराको कालो टाउको टाउको, रातो छाती रातो पखेटा र खपटामा कालो थोप्लाहरु हुन्छन ।
क्षतीको विवरण (Description of losses)
यो किराको लार्भा तथा वयस्क किरा दुबैले कुरीलोको पात चपाएर नष्ट गर्छ ।


व्यवस्थापन
कुरिलोको १-२% मुनामा किरा लागेको देखासाथ विषादी प्रयोग गर्नु पर्छ ।
मुनाहरु हुर्की सकेको अवस्थामा भने ५०-७५% विरुवामा लार्भा देखियो वा ५-१० प्रतिशत बिरुवामा वयस्क खपटे देखियो भने मात्र विषादीको प्रयोग गर्नु पर्छ ।
साईपरमिथ्रिन ५% मिश्रण भएको विषादी २.५ मि.लि. प्रति लिटर पानीमा राखी स्प्रे गर्यो भने किराहरु नियन्त्रण हुन्छ ।

लाहि किरा (Asparagus Aphid)

लाही किरा मसीनो खैरो रंगको हुन्छ । लाही किरा पुर्ण वयस्कमा पखेटा भएको हुन्छ भने लार्भा र बढ्दै गरेको किराको पखेटा हुदैन् ।

क्षतीको विवरण 
बयस्क र लार्भा दुवैले कलिलो वोट र मुनाको रस चुसेर खान्छ । लाही लागेका मुनाहरु वाङ्गो टीङ्गो हुन्छ । कलिलो बोट अत्याधिक आक्रमण भएमा बोट मर्छ ।

व्यवस्थापन
यो किरा सानो भएकाले बोटलाई पल्टाएर राम्ररी हेरेपछी मात्र देखिन्छ । कुरीलोको ५% पातहरुमा लाही किरा देखियो भने बिषादी प्रयोग गर्नु पर्छ । यो किराको नियन्त्रणको लागि सापरमिथ्रिन, विफेनथ्रिन ०.००१% झोल प्रभावकारी हुन्छ ।

कुरीलोको झिंगा Asparagus Minor)

यसले बोटको कलिलो भाग र मुनाहरुमा सानो सानो दुलो पारेर खान्छ जस्ले गर्दा मुनाहरु वाङ्गो टीङ्गो र बोट जिर्ण हुन्छ । यो कालो रङको सानो (०.२ ईन्च) झिङ्गा हुन्छ ।


व्यवस्थापन
कुरीलो बगानलाई गोडमेल गरी झार रहित राखुपर्दछ । यस्को अत्याधिक आक्रामक भएमा रोगर () १-२ मि.ली प्रति लिटर पानीमा मिलाई छर्नु पर्छ ।

कुरिलो काट्ने किरा (CutWorm)

यो किरा पुत्ला हो । यस्को माउ पुतली जस्तो देखिन्छ । यो सेतो र खैरो दुई थरी हुन्छ । यस्को लार्भा १.५ ईन्च सम्म लामो हुन्छ । लार्भाहरुमा हल्का खैरो र खैरो रंगको धर्काहरु हुन् । लार्भाहरुले कलिलो मुनाको फेदमा दुलो पारेर खान्छ जस्ले गर्दा मुनाहरु बाङ्गो र कडा हुन्छन् ।

व्यवस्थापन
कुरीलो बगानलाई गोडमेल गरी झार रहित राखुपर्दछ ।
रोगर वा नोरानी २ मि.लि. प्रति लिटर पानोमा मिसाई बगानमा छर्ने ।

बाली कटानी तथा भन्डारण

कुरीलोको मुनाहरु काट्ने (Harvesting)
  • कुरीलोको मुनाहरु ६-९" अग्लो भएपछी कुरीलो काट्नको लागि तयार हुन्छ ।
  • कुरीलोको मुनाहरु जबरजस्ती उखेल्नु हुदैन यसले गर्दा पछी कुरीलोको मुनाहरुको बिकास हुने आँखाहरु र गाँठो मा नकारात्मक असर पर्दछ ।
  • कुरीलोको मुनाहरुलाई लाग्ने कागज काट्नु चक्कुको सहायताले जमिनभन्दा १-२ ईन्च तलबाट काट्नु पर्दछ । गाठो भन्दा २ ईन्च माथो पर्ने गरी काट्नु उपयुक्त हुन्छ ।
  • कुरीलोको मुनाहरु छिटो छिटो बढ्ने हुदाँ १ दिनको फरकमा काट्नुपर्दछ ।
  • कुरीलोको मुनाहरु काट्दा हुर्केको मुना सँगै बढ् गरेको मुनालाई जोगाएर सतर्कता पुर्वक काट्नुपर्दछ ।

उत्पादनोप्रान्त गरीने क्रियाकलापहरु

स्तरीकरण (Grading)

कुरीलो वारीबाट सबै मुनाहरु एकै नासको प्राप्त गर्न सकिदैन । त्यसकारण ठुलो साइजको मुनाहरु सानो साइजको मुनाहरु र लामो र छोटो मुनाहरु अलग गर्नु पर्छ । धेरै लामो मुनाहरु छ भने फेदको केही भाग काटेर मिलाउनु पर्छ । बजारमा ठुलो मुनाको धेरै भागमा छ भने ठुलो मध्यम र सानागरी ३ स्तरमा स्तरीकरण गर्नुपर्दछ। तर ठुलो मुनाको खासै राम्रो मुल्य छैन भने धेरै सानो मुनाहरु नराखी सबै मुनाहरुको सरदर लम्बाइ बराबर हुने गरि सानो ठुलो मिलाइ १ के.जी. १/२ के.जि र २५० ग्रामको मुठाहरु बनामउनु पर्दछ । मुठा बनाउदा मुनाको तल्लो भागलाइ बराबर बनाउनु पर्छ ।

बजारीकरण

कुरीलोको मुना बिक्री गर्ने ठाउमा एकिन गरेर मात्र कुरीलो काट्नु पर्छ । कुरीलोलाइ चिसो पारेर राख्खु सुविधा छैन भने काटेको मुनाहरुको गुणस्तर खस्कन्छ । यदी तुरुन्त बिक्री सकिएन भने मुठा पारेको मुनाको तल्लो भाग १-२ इन्च पानीमा डुब्ने गरी ठाडो पारेर राखु पर्छ । यसरी बढीमा एक दिन भन्दा बढी राख हुदैन । पानीमा धेरै डुवाएर राख्यो भने फैद कुहिन थाल्छ भने टुप्पो तिर बढी बृध्दी पनि हुन्छ ।
तर चिस्याउने सुबिधा छ भने ०-२ से. तापक्रम र ९५ प्रतिशत आद्रता छ भने २ हप्ता सम्म राम्रो अवस्थामा संरक्षण गर्न सकिन्छ ।

उत्पादन (Yield)

कुरीलोको मुना उत्पादकको मात्रा लगाइएको जात माटोको किसिम र बगानको ब्यवस्थापनमा भर पर्दछ । कुरीलोको उत्पादन काट्न थालेको ६-७ वर्ष सम्म क्रमिक रुपले वृद्धि हुन्छ । राम्रो ब्यवस्थापन गर्न सक्यो भने निम्न लिखित उत्पादन हुन्छ ।