कुरिलो (Asparagus officinalis) एक पौष्टिकताले भरिपुर्ण बहुबर्षवय तरकारी हो । यस्को ३०० भन्दा बढी प्रजातीहरु छन जसमध्ये Asparagus officinalis तरकारीको लागि मुना उत्पादन गर्ने र Asparagus racemesus औषधीको लागि जरा उत्पादन गर्ने उद्धेश्यले बेयवसायिक खेती गरिन्छ ।कुरिलो खेती न्यानो र समशितोष्ण हावापानी भएको क्षेत्रहरुमा सफलता पुर्वक खेती गर्न सकिन्छ । नेपालको तराई भागदेखी मध्य पहाड सम्म कुरीलोको व्यवसायीक खेती गर्न सकिन्छ । कुरिलो रुख विरुवा पातलो भएको भएको निजि वन, सामुदायिक वन, कबुलियती वन तथा ढुङ्गान कम भएको पाखा पखेरोमा समेत खेती गरि अतिरिक्त आयआर्जन गर्न सकिन्छ ।
यो वाली लगाएको २-३ वर्ष देखी मुना टिप्न सकिन्छ । वाली लगाएको ६-७ वर्ष सम्म क्रमिक रुपमा उत्पादन बढ्दै जान्छ भने १०-१२ वर्ष सम्म एकनासले उत्पादन दिईरहन्छ । बगानको नियमित जल र वाली संरक्षण गरिएमा करिव १५ बर्ष सम्म आर्थिक मुनाफा लिन सकिन्छ ।कुरिलोको पौष्टिक तथा औषधिय गुणको कारण राष्ट्रिय र अन्तराट्रिय बजारमा माग बढ्दो छ ।

