Welcome_page

मोबाईल कृषि

मोबाईल कृषि ड्रीमवोर्क सोलुशनको अनलाईन प्लाटफर्म हो जहाँ कृषिसंग सम्बन्धित सम्पूर्ण जानकारी पाईन्छ | अहिलेको जमानामा कृषिका कुनै पनि विषयको जानकारी हासिल गर्न गाह्रो छैन तर पनि नेपालको भौगोलिक अवस्था ,यहाँको हावापानी लाई सुहाउँदो बालीहरुको उत्पादन र अन्य कुराहरुको उल्लेख कमै मात्रामा पाईन्छ | नेपालकै कृषिको प्रणाली,रोग किराको नियन्त्रण, खेति प्रविधिलाई समेटेर कृषि क्षेत्रका विज्ञहरुद्वारा लेखिएका लेखहरु, कृषि विभागबाट प्रकाशित जानकारीमूलक सामाग्रीहरु तथा नेपाल कृषि अनुसन्धान परिषदबाट सिफारिस गरिएका जात, बिउ, खाद्य तत्व, विषादी, पानी इत्यादीबारे सम्पूर्ण विषयवस्तु साभार गरेर मोबाईल कृषिको सिर्जना गरिएको हो |

किसानलाई सरल भाषामा कुनै पनि खेति प्रविधिको बारेमा सुचना एवम् जानकारी गराउन सकियोस् भन्ने हेतुले नेपालमा कृषि ज्ञानको संजाल निर्माण गर्ने हाम्रो उद्देश्य रहेको छ। विश्वसनीयता तथा सम्पूर्णताको पक्षमा मोबाईल कृषिको बाहेक अन्य कुनै विकल्प नै हुनेछैन ।

कुनै गाउँपालिका,नगरपालिका तथा कृषि ज्ञान केन्द्रमा एस प्लाटफर्मको सहायताले किसान,कृषि सम्बन्धि काम गर्ने सरोकारवालाहरुलाई सूचना र कृषिको प्रविधिको उचित समयमा उचित जानकारी प्रदान गर्न सकिन्छ। मोबाईल कृषिको मोबाईल एप्लिकेशन पनि यसकै सामग्रीहरुलाई साभार गरेर बनाएका छौँ | एपको सिर्जनासंगै किसानले अनलाईन वा अफलाईन दुवै तरिकाबाट सूचना तथा जानकारी पाउन सक्नेछन् | चलाउन सजिलो र अति भरपर्दो भएकाले किसानलाई मोबाईल कृषि निकै उपयोगि ठहरिनेछ |